Sunday, November 30, 2014

रूस गणतन्त्रको पूर्वेली भागमा अवस्थित बु-यातियामा बुद्धधर्म

                बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक रुस महासंघमा मुख्यत: क्रिश्चियन अर्थाडक्स चर्च, इस्लाम, यहुदी तथा बुद्धद्धर्म प्रचलित छन् र देशका अधिकांश वासिन्दाहरूले मान्ने यी चार प्रमुख धर्महरुमध्ये देशको पूर्वेली भागमा अवस्थित बु-यातिया, काल्मिकिया, तुभा क्षेत्रहरुमा बुद्धधर्माबलम्बीहरुको बसोवास छ । नेपाली पाठकवृन्दलाई रूस गणतन्त्रको पूर्वेली भागमा अवस्थित बु-यातियामा बुद्धधर्मको इतिहास र वर्तमानबारे अवगत गराउनु यस लेखको उद्देश्य रहेको छ ।

Friday, November 28, 2014

मास्कोमा उत्तरआधुनिक कला-प्रदर्शनीको कथा

रूसको राजधानीको केन्द्रमै अवस्थित एकातेरिना कला कोषको तत्वावधानमा १७ सेप्टेम्बर (२०१३) मा आयोजित उत्तरआधुनिक किंवा उत्तरसोभियत कलाप्रदर्शनीको  उद्घाटन समारोहमा भाग लिने अवसर मलाई प्राप्त भएको थियो । 

Tuesday, November 4, 2014

रुसमा नेपालविद्याको विकासमा अपूरणीय क्षति

प्राचीन नेपालको इतिहासका ज्ञाता रुसी विद्वान् दिमित्री निकोलाएभिच लेल्युखिनको निधनबाट रुसमा नेपालविद्याको निम्ति अपूरणीय क्षति पुग्न गएको छ । उनी रुसमा नेपाल र भारतका प्राचीन शिलाभिलेखहरुका एक लब्धप्रतिष्ठ अनुसन्धानकर्ता थिए । 

Sunday, October 26, 2014

मास्कोमा नेपाल सम्बत् ११३५ को म्हपूजा र तिहार सम्पन्न

 र तिररूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा रूसमा बसोवास गरिरहेका नेपालीहरूका सबै सामाजिक संस्थाहरूको समेत सक्रिय सहभागितामा नेपाल सम्बत् ११३५ को शुभागमनको सुखद उपलक्ष्यमा दीपावली र म्हपूजा सुसम्पन्न भएको छ । नेपाली राजदूतावासको सभाकक्षको भुईंमा प्रज्ज्वलित दीपमालिकाले सिंगारिएको ठूलो आकारको मण्डपलाई फलफूल, धूप, दीप, नैवेद्यका साथै पूजासामग्रीहरूले सजाएर दीपमालिकाद्वारा नै ११३५अंकित गरिनुका साथै मध्यभागमा ज्ञानको प्रतीक षट्कोणको बीचमा सिद्धिदायक गणेश स्थापना गरी नेपाली नारी निकुञ्जका सदस्यहरूले विधिपूर्वक पूजा गरेपछि राजदूतदम्पतिका साथै सबै संघसंस्थाका प्रतिनिधिहरूले घण्टध्वनिका साथै फूलअक्षता चढाउँदै मण्डप परिक्रमा गरे । 

Saturday, September 6, 2014

इन्द्रविनायक (नेवारी किम्बदन्ती)

थानकोट (शोणितपुर) इमाखेल (शुरूमा शोणितपुर विनायक विद्याश्रमको नामले स्थापित भई हाल मङ्गलोदय माध्यमिक विद्यालय रहेको) चहुरको पुछारमा इन्द्रविनायकको सानो मन्दिर रहेको छ ।त्यसको प्रादुर्भावको सम्बन्धमा प्रचलित किम्बदन्तीको छन्दोबद्ध वर्णन यहाँ प्रस्तुत गरिन्छ ।

Thursday, August 14, 2014

Стихи и отрывки из поэм Бханубхакты Ачарьи

БХАНУБХАКТА  АЧАРЬЯ
(Стихи и отрывки из поэм)
Стихотворный перевод на русский язык:
Людмила Сальтикова и Кришна Пракаш Шрестха

भानुमहिमा (कविता)

भानुमहिमा (कविता)
Стихи, посвящённые Бханубхакте

Wednesday, July 23, 2014

मास्कोमा आदिकविप्रति समर्पित कविता प्रतियोगिता र वनभोज

रुसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह मनाउने क्रममा विश्व नेपाली साहित्य महासंघ रुस शाखा तथा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रुस महासंघको संयुक्त तत्वावधानमा मास्कोको रमणीय ओस्तान्किनो पार्कमा कविता प्रतियोगिता र बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । 

Saturday, July 12, 2014

रुसको प्रसिद्ध तीर्थस्थल त्रोइत्सा सेर्गेएभ मोनेष्ट्रीको कथा

    रुसको चार प्रसिद्ध धर्मस्थलमध्येको एक मानिने त्रोइत्सा सेर्गेएभ मोनेष्ट्रीले लाभ्रा (विशाल मोनेष्ट्री) को मान्यता प्राप्त गरेको यसै वर्ष २७० वर्ष पूराभएको छ । मास्को अञ्चलको उत्तरी भागमा कोन्चुरा भनिने नदीको तटमा सेर्गिएभ पोसाद भनिने रुसको एक प्राचीन नगर अवस्थित छ । यसै नगरको बीचमा कोन्चुरा र भोन्द्युगा भनिने दुई साना नदीहरुको संगमस्थलमा रहेको प्रचीन कालमा माकोभित्सा भनिने थुम्कोमा त्रोइत्सा सेर्गेएभ लाभ्रा भनिने विशाल र भव्य मोनेष्ट्री रहेको छ । 

Sunday, June 22, 2014

रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकको सन्दर्भमा भव्य समारोह

रूसको राजधानी मास्कोको एक रमणीय स्थलमा रहेको पार्क पैलेसस्थित रेष्टुराँमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह समिति रूस महासंघको अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहप्रति समर्पित सप्ताहव्यापी कार्यक्रमको उत्कर्षस्वरूप भव्य नेपालरूस साहित्य सम्मेलनको साथै क्युरियो वस्तु, बुद्धको कांस्य मूर्ति र मानेहरू, पौभा (थान्का), गलैंचा, पस्मिना, चिया, कफी इत्यादि  नेपालमा उत्पादित घरेलु शिल्पकला तथा हस्तकलाका वस्तुहरूको प्रदर्शनी र पर्यटन विकाससम्बन्धी विशेष कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Friday, June 20, 2014

रूसमा भानुभक्तप्रति समर्पित बनभोज र अन्तरक्रिया कार्यक्रम

विगत वर्षहरुमा जस्तै यस वर्ष पनि मास्को महानगरीको होहल्लाबाट टाढा प्रकृतिको काखमा मास्को अञ्चलको इस्त्रा नदीको रमणीय तटमा गैरआवासीय नेपालीदिवस (एनआरएन डे) उल्लउसमय वातावरणमा भव्यताका साथ मनाइएको छ । यस कार्यक्रमको आयोजक गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदले यस बनभोज कार्यक्रमलाई आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहप्रति समर्पित गरी अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ ।

Thursday, June 19, 2014

रूस लेखक संघको ‘लेर्मोन्तोभ पदक’ बाट नेपाली साहित्यकरद्वय विभूषित

रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहमा भाग लिन मास्को आउनु भएका मदन पुरस्कार विजेता नेपालका लब्धप्रतिष्ठ साहित्यकारद्वय श्री कृष्ण धरावासी तथा श्री अमर न्यौपानेलाई रूस लेखक संघले रूसका विख्यात कवि एवं गद्यकार मिखाइल लेर्मोन्तोभको नाममा स्थापना गरिएको साहित्यिक सम्मान लेमोन्तोभ पदकबाट विभूषित गरेको छ ।

Sunday, June 15, 2014

रूसमा आदिकविको प्रतिमा अनावरण र ‘भानु संग्रहालय’ स्थापना

   रूस दिवसको शुभउपलक्ष्यमा मास्कोबाट ९० किलेमिटर टाढा रहेको नृवंशलोक’ (‘एत्नोमिर’) अन्तर्गत निर्मित नेपाली घरमा आदिकवि भानुभक्त आचार्यको आवक्ष प्रतिमाको अनावरण समारोह सुसम्पन्न भयो ।

Sunday, June 1, 2014

रुसका विख्यात सन्त सेर्गेइ रादोनेज्स्कीको कथा

रुसमा प्रचलित प्रमुख क्रिश्चियन धर्म अर्थात् अर्थाडक्स चर्चअन्तर्गतका विभिन्न सन्तहरुमध्ये महामना सेर्गेइ रादोनेज्स्कीको नाम अग्रगण्य स्थानमा रहेको छ । यसै वर्ष मेई महिनामा उनको ७०० यौं जन्मजयन्ती मनाइयो । उनको जन्म सन् १३१४ को ३ मेईका दिन भएको थियो भन्ने स्वीकार गरिएको छ । रोस्तोभ भेलिकीनिवासी बोयार भनिने उच्च खानदानका किरिल्ल तथा मारिया दम्पतिले चर्चका धर्मगुरुको परामर्शअनुसार नवजात शिशुको नाम भार्फोलोमेइ भन्ने राखिदिएका थिए । त्यस दिन सन्त भार्फोलोमेइको धार्मिक उत्सव परेको हुँदा उनलाई यस्तो नाम दिइएको थियो । उनी सन्त सेर्गेइ रादोनेज्स्की भन्ने नामले प्रसिद्ध भए ।

Friday, May 16, 2014

रुसमा निर्मित नेपाली घरमा २५५८ औं बुद्धजयन्ती समारोह


केन्द्रीय रुसको कालुगा अञ्चलस्थित एत्नोमिर’ (‘नृवंशलोक’) अन्तर्गत निर्मित नेपाली घरको प्रांगणमा रुसमा रहेका नेपालीहरुले २५५८ औं बुद्धजयन्ती भव्यताका साथ मनाए । 

Sunday, April 27, 2014

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

विश्वको सर्वोच्च हिमश्रृंखलाको काखमा अवस्थित नेपाल र ककेशिया पर्वतश्रृंखलाको काखमा अवस्थित दागेस्तानबीच समानता र विषमताको तुलनात्मक अध्ययनका लागि मास्कोमा रुसी भाषामा प्रकाशित ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक (मास्को-काठमाडौं, २०१२) शीर्षकको सचित्र ग्रन्थबाट निकै सहयोग पुग्न सक्तछ । 

Tuesday, April 22, 2014

सोभियत नेता ख्रुश्चेभसँग जम्काभेटको कथा

पछिल्लो समयमा रुसमा मात्र नभई विश्वभरि नै क्रिमिया, युक्रेन (उक्राइना) र रुसको चर्चापरिचर्चा भइरहेको छ र यस परिप्रेक्ष्यमा बारम्बार ४३ वर्षअघि दिवंगत भइसकेका तत्कालीन सोभियत नेता निकिता ख्रुश्चेभ (ई.सं. १८९४१९७१) को पनि नाम लिइने गरिएको छ । यस वर्ष उनको १२०सौं जन्मजयन्ती पर्ने भएको हुनाले उनको व्यक्तित्वप्रति (खास गरी रुसमा) यसरी ध्यान आकर्षित भएको होइन, बरु उनले क्रिमिया प्रायःद्वीप नै उक्राइनालाई उपहारदिएको सन्दर्भमा उनको नाम लिने गरिएको छ ।

Wednesday, April 16, 2014

मास्कोमा नयाँ वर्ष २०७१ को रमाइलो सांस्कृतिक साँझ

बिक्रम सम्बत् २०७१ को शुभागमनको स्वागतार्थ गैरआवासीय नेपाली संघ रुस तथा नेपाली छात्रसंघ, रसियाली जनमैत्री विश्वविद्यालयको तत्वावधानमा रुसमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाहरु (रुस सीआईएस नेपालउद्योगवाणिज्य संघ, नेपालीनारी निकुञ्ज, नेपाल खेलकूदतथा संस्कृति समाज, विश्व नेपाली साहित्यमहासंघ रुस) को समेत सक्रिय सहभागितामा १३ अप्रिल २०१४ (आइतवार) का दिन मास्कोमा भव्य समारोह र सांस्कृतिक साँझ सुसम्पन्न भएको छ । 

Sunday, March 23, 2014

आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति रूस महासंघ


नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री सुशिल घिमिरेको अध्यक्षतामा काठमाडौंमा २०७० साल पौष २६ गते आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह मूल समिति गठन भई नेपालीहरू पुगेका संसारका विभिन्न देशमा द्विशतवार्षिकी भानुजयन्ती भव्यतापूर्वक मनाउने सक्रिय तैयारी भइरहेको सन्दर्भमा रूसबाट उक्त मूल समितिमा कृष्णप्रकाश श्रेष्ठलाई संयोजक नियुक्त गरिएको सर्वविदीतै छ ।

रुसमा क्रिमिया प्रायद्वीपको पुनर्मिलनको कथा


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसका जनताहरुको अभिमतलाई समेत ध्यानमा राखेर गतः १८ मार्चका दिन मास्को क्रेमलिनको भव्य गिओर्गी सभाकक्षमा देशको व्यवस्थापिकाका प्रतिनिधिहरुसमक्ष विशेष सम्बोधनको आयोजना गरी भव्य राजकीय वातावरणमा क्रिमिया गणराज्यका प्रमुख सेर्गेइ आक्स्योनोभ, सर्वोच्च सोभियतका अध्यक्ष भ्लादिमिर कन्स्तान्तिनोभ तथा सेभास्तोपोल नगरका मेयर अलेक्सेइ चालीका साथै क्रिमिया प्रायःद्वीपलाई रुसमा सम्मिलित गर्ने दस्तावेजमा हस्ताक्षर गर्नुभयो । रुसको विधायिका अंग (राजकीय दुमा र संघीथ परिषद्) मा सर्वसम्मतिबाट सन्धिपत्रको अनुमोदन तथा तत्सम्बन्धी विधेयकपारित गरिएपछि भव्य समारोहमा दुवै दस्तावेजमा राष्टपतिको हस्ताक्षर भई क्रिमिया पायःद्वीप पुनः रुसको अभिन्न अंग बन्न पुगेको छ ।

Saturday, March 15, 2014

कृष्णसागरको मोती क्रिमियाको कथा

                               वक्षस्थलमा भूमण्डलको                                                         अलङ्कार हो अत्युज्ज्वल यो !
        पाभ्लो नेरुदा
 आजभन्दा ठीक ६० वर्षअघि सन् १९५४ को २६ अप्रिलका दिन तत्कालीन सोभियत संघको सर्वोच्च सोभियतले रसियाली संघ तथा युक्रेन गणराज्यका सर्वोच्च सोभियतहरूको आकांक्षाअनुसार सोभियत सैनिक शिविर रहेको सेभास्तोपोलबाहेक क्रिमियालाई युक्रेन गणराज्यको मातहतमा प्रदान गर्ने निर्ण लिएको थियो  

Friday, February 21, 2014

मास्कोमा तन, बुखारेष्टतिर मन


उपरोक्त शीर्षकले नेपाली पाठकवृन्दलाई आजको नभई ६ दशकअघिको एक साहित्यिक परिघटनाको स्मरण गराउने छ, यद्धपि हालै रोमानियाको राजधानी बुखारेष्ट पुग्नुभएका रुस महासंघका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको घटनाले मलाई कलम चाल्न घच्घच्याएको हो । यस सन्दर्भमा मलाई आजभन्दा ठीक ६० वर्षअघि सर्वप्रथम बुखारेष्ट पुग्ने नेपालीहरुमध्ये हाम्रा विख्यात कवित्रय लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ तथा बालकृष्ण समको नाम सम्झना भयो ।

Wednesday, January 29, 2014

लेनिनग्रादमा ९०० दिन लामो घेराबन्दीको कथा

आजभन्दा ठीक ७० वर्षहिले ९०० दिनसम्म फाशीवादी जर्मनीको फौजको घेराबाट रुसको उत्तरी राजधानी तथा सांस्कृतिक केन्द्रस्वरुप रहेको लेनिनग्राद (सेन्ट पिर्टसबर्ग) लाई सन् १९४४ को २७ जनवरीका दिन सोभियत सेनाले मुक्त गरेको थियो । भीषण घेराबन्दीमा परेको लेनिनग्रादका वासिन्दाहरुले पनि युद्धकालको असहनीय र अमानवीय आपदको सामना गर्दै शत्रुसमक्ष आत्मसमर्पण नगरेर वीरतापूर्वक आफ्नो सहरको रक्षा गरेका थिए । नगरवासीहरुले देखाएको यसै पराक्रमको सम्मानमा लेनिनग्रादलाई वीरनगरको उपाधिद्वारा विभूषित गरिएको थियो ।

Wednesday, January 22, 2014

आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति

   नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री सुशील घिमिरेको अध्यक्षतामा आादिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी कार्यकारी समिति गठन गरेको बिदेशमा रहेका नेपाली साहित्यकारहरुमध्ये रुसबाट कृष्णप्रकाश श्रेष्ठलाई सदस्य मनोनयन गरिएको प्रमाणपत्रसहितको प्रेसविज्ञप्ति यस प्रकार छ । 
  

रूसी भाषामा भानुभक्तको कवितासंग्रहको लोकार्पण


मास्को, १५ डिसम्बर २०१३ (आइतवार) । रूसको राजधानीमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा सम्पन्न काव्यगोष्ठीमा आदिकवि भानुभक्त आचार्यप्रति समर्पित 'लोकको गरूँ हित् भनी' शीर्षकमा प्रकाशित द्विभाषिक ग्रन्थको लोकार्पण गरिएको छ ।

Tuesday, January 7, 2014

मास्कोमा ओलम्पिक ज्योतिको कथा


ओलम्पिक खेलको जन्मभूमि ग्रीस (युनान) मा सेप्टेम्बरको अन्त्यतिर प्राचीन विधिद्वारा सूर्यको किरणबाट प्रज्ज्वलन गरिएको ओलम्पिक ज्योति ग्रीसका विभिन्न नगरहरुको परिक्रमापश्चात् विशेष विमानद्वारा ६ अक्टोबर २०१३ (आइतवार) का दिन अपरान्हमै रूसको राजधानीस्थित भ्नुकोभो विमानस्थलमा उतारिएको थियो । 

रुसमा निर्मित नयाँ जेरुसलमको कथा


मास्कोबाट ६० किलोमिटर मात्र टाढा इस्त्रा भनिने क्षेत्रमा नयाँ जेरुसलम नामक मोनेष्ट्री रहेको छ । सन् १६५६ मा रुसका धर्माधिकारी पैत्रिआर्क निकोनले मास्कोलाई तृतीय रोम बनाउने विचारलाई साकार रुप दिने उद्देश्यले मास्कोको नजिकै एक रमणीय स्थलमा जेरुसलमको नक्कल उतारेर बनाएको मोनेष्ट्रीले नयाँ जेरुसलम भन्ने नाउँ पाएको छ ।  

रुसको संविधानको कथा


रुसको विद्यमान संविधान १२ डिसम्बर (सन् १९९३) का दिन क्रियाशील भएको थियो । भर्खरै इतिहासको गर्भमा विलीन भएको सन् २०१३ को १२ डिसम्बरका दिन रुसमा देशको संविधान लागू गरिएको २० वर्ष पूरा भएको सन्दर्भमा संविधान दिवस मनाइयो ।

स्वास्थ्यनगरी सोचीको कथा


एक महीनापछि कृष्णसागरीय तटवर्ती स्वास्थ्यनगरी सोचीमा विश्वका सम्पूर्ण महादेशहरुका खेलाडीहरु खेलप्रेमीहरुको संगमस्थल हुनेछ यो रमणीय नगरी सन् २०१४ को फेब्रुअरीदेखि पूरै १७ दिनसम्म बाईसौं शीतकालीन ओलम्पिक खेलको राजधानी बन्ने यस विश्वव्यापी महत्वको घटनापश्चात् यसै नगरीमा संसारभरिका अपांग खेलाडीहरुले शीतकालीन खेलकूद प्रतियोगितामा भाग लिने छन् त्यसको सन्दर्भमा पनि विश्वका विभिन्न देशका खेलप्रेमीहरु त्यहाँ ओइरिने छन् मैले सोभियत कालमा देखेको सोची क्षेत्रमा अहिले अभूतपूर्व कायाकल्प भइसकेको तापनि यस अन्तर्राष्ट्रिय क्रीडा महोत्सवको पूर्ववेलामा रुसका लागि सन् २०१४ को महत्वपूर्ण ऐतिहासिक घटनाको केन्द्रबिन्दु बन्ने रमणीय सोचीनगरको बारेमा नेपाली पाठकवृन्दलाई संक्षेपमा बताउन अग्रसर भएको छु...   

Friday, January 3, 2014

नेपालविषयक काव्यहरूको त्रिभाषिक छविग्रन्थको लोकार्पण


मास्को, २५ डिसम्बर २०१४ (वृहस्पतिवार) । र्इश्बीसम्बत्को नयाँ वर्ष सन् २०१४ को शुभागमनको पूर्ववेलामा मास्कोको 'रेनासाँ' नामक रेष्टुराको विशाल कक्षमा 'दुर्इ देवताहरुप्रति' भन्ने शीर्षकमा दागेस्तानी जनकवि रासुल हाम्जातोभको नेपालविषयक दुर्इ काव्यकृतिहरु ('जीवनचक्र' र 'जीवित देवी कुमारी') को रुसी, आभार तथा नेपालीसमेत त्रिभाषिक छविग्रन्थको भव्य वातावरणमा लोकार्पण सुसम्पन्न भयो । खैरो रङ्गको मोरोक्को छालाले मोडिएको मोटो गातामा ठुलो साइजका ३६० पृष्ठ भएको (उपहारको उद्देश्यले लेखकस्वबिना सीमित संख्यामा छापिएको) यस सचित्र पुस्तकलाई छविग्रन्थ भन्नुको तात्पर्य के हो भने दागेस्तानी कविका काव्यकृतिहरुलाई युवा फोटो चित्रकार इभान कोजोरेजोभकृत नेपाल र दागेस्तानका हिमशिखरहरुका साथै रमणीय प्राकृतिक दृश्य, सांस्कृतिक परिवेश एवं मानवाकृतिहरुअंकित  रंगीन छविचित्रहरुद्वारा सिंगारिएको छ र काव्यकृतिका उक्त तीनै भाषाभाषी पाठकवृन्दले त्यसमा वर्णित परिवेशको दृश्यात्मक झलक समेत प्राप्त गर्ने सम्भावना पाउने छन् ।

रुसमा छापाखाना र पुस्तक-प्रकाशनको कथा



आजभन्दा ठीक ४५० वर्षअघि सन् १५६३ को १९ अप्रिलका दिन रुसमा पहिलो छापाखाना (तत्कालीन रुसी भाषामा पेच्यात्न्या) खोलिएको थियो र त्यस छापाखानाबाट रुसी भाषामा पहिलो पुस्तक प्रकाशमा ल्याइएको हालै १ मार्चका दिन ४४९ वर्ष पूरा भयो । यो रुसको सांस्कृतिक विकासमा ज्यादै महत्व राख्ने परिघटना थियो ।

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

मास्कोस्थित गणतन्त्र दागेस्तानको प्रतिनिधिप्रासादमा बीसौं-एक्काईसौं शताब्दीहरूको संघारमा दागेस्तान र नेपालका सामाजिक-आर्थिक तथा नृवंशात्मक-सांस्कृतिक समस्याहरू भन्ने व्याख्यात्मक वाक्यांसहित ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक शीर्षक बोकेको पुस्तकको लोकार्पण ५२-औं अन्तरिक्षदिवस (१२ अप्रिल २०१३) कै सुअवसरमा रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा तथा रुसका राष्ट्रपतिअन्तरगत दागेस्तानका स्थायी प्रतिनिधि अलेक्सान्द्र इगोरेभिच एर्मोश्किनबाट भएको छ । विश्वको सर्वोच्च हिमश्रृंखलाको काखमा अवस्थित नेपाल र ककेशिया पर्वतश्रृंखलाको काखमा अवस्थित दागेस्तानबीच समानता र विषमताको तुलनात्मक अध्ययनका लागि रुसी भाषामा हालै प्रकाशित यस ग्रन्थबाट निकै सहयोग पुग्न सक्तछ । यो दागेस्तानी तथा नेपाली लेखकद्वय क्रमशः सेर्गेइ मुर्तुजालिएभ तथा यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) को  संयुक्त कृति हो । 

प्राचीन रुसी ग्रन्थहरुमा समय र स्थानसम्बन्धी अवधारणा

प्राचीन रुसमा लिखित लेतोपिस भनिने वर्षावलीहरुको अध्ययनबाट समय (काल) र स्थान (दिक्) सम्बन्धी त्यतिखेरका ग्रन्थकारहरुको अवधारणा स्पष्ट हुन्छ । रूसी भाषाका दुई शब्द (“लेतो” को अर्थ “वर्ष” र “पिस” को अर्थ “लेखन”) को आधारमा  “लेतोपिस” भनिने यस्ता हस्तलिखित ग्रन्थहरुमा प्राय: वर्षभरि घटेका घटनाहरूको टिपोट गरिने हुनाले नेपालीमा वर्षावली भन्नु उपयुक्त हुन्छ । रुसले अपनाएको अर्थाडक्स चर्चका मोनेष्ट्रीहरुमा बस्ने क्रिस्चियन भिक्षुहरुले वर्षावली लेख्ने गरेका थिए । हुन पनि त्यस समयमा धर्मकर्ममा संलग्न व्यक्तिहरु नै शिक्षित पनि हुन्थे । ग्रन्थको नामअनुसार नै ग्रन्थावलीहरुमा समाजमा घटेका विभिन्न महत्वपूर्ण घटनाहरुलाई अभिलेख गर्नेगरिएको थियो । कुन कुरा पनि रोचक छ भने रूसी शब्द “लेतो” को अर्थ ग्रीष्मयाम पनि हुन्छ र वर्षको अधिकांश समय जाडो हुने रूसका लागि वर्षको गणनाका लागि त्यही ऋतुबोधक शब्द ग्रहण गरिएको होला भन्ने मेरो ठनाइ छ । हामीले पनि त गर्मीयाममा नेपालजस्तो कृषिप्रधान देशका लागि जीवनदायी मनसुन झरीवर्षा हुने वर्षाऋतुकै आधारमा सालबोधक “वर्ष” शब्द प्रयोग गर्दै आएका छौं । यसरी रूसवासीलेझैं हामीले पनि समयको गणना प्रमुख ऋतुबोधक शब्दद्वारा गर्दै आएका छौं ।