Showing posts with label Rusko Katha. Show all posts
Showing posts with label Rusko Katha. Show all posts

Saturday, July 12, 2014

रुसको प्रसिद्ध तीर्थस्थल त्रोइत्सा सेर्गेएभ मोनेष्ट्रीको कथा

    रुसको चार प्रसिद्ध धर्मस्थलमध्येको एक मानिने त्रोइत्सा सेर्गेएभ मोनेष्ट्रीले लाभ्रा (विशाल मोनेष्ट्री) को मान्यता प्राप्त गरेको यसै वर्ष २७० वर्ष पूराभएको छ । मास्को अञ्चलको उत्तरी भागमा कोन्चुरा भनिने नदीको तटमा सेर्गिएभ पोसाद भनिने रुसको एक प्राचीन नगर अवस्थित छ । यसै नगरको बीचमा कोन्चुरा र भोन्द्युगा भनिने दुई साना नदीहरुको संगमस्थलमा रहेको प्रचीन कालमा माकोभित्सा भनिने थुम्कोमा त्रोइत्सा सेर्गेएभ लाभ्रा भनिने विशाल र भव्य मोनेष्ट्री रहेको छ । 

Sunday, June 1, 2014

रुसका विख्यात सन्त सेर्गेइ रादोनेज्स्कीको कथा

रुसमा प्रचलित प्रमुख क्रिश्चियन धर्म अर्थात् अर्थाडक्स चर्चअन्तर्गतका विभिन्न सन्तहरुमध्ये महामना सेर्गेइ रादोनेज्स्कीको नाम अग्रगण्य स्थानमा रहेको छ । यसै वर्ष मेई महिनामा उनको ७०० यौं जन्मजयन्ती मनाइयो । उनको जन्म सन् १३१४ को ३ मेईका दिन भएको थियो भन्ने स्वीकार गरिएको छ । रोस्तोभ भेलिकीनिवासी बोयार भनिने उच्च खानदानका किरिल्ल तथा मारिया दम्पतिले चर्चका धर्मगुरुको परामर्शअनुसार नवजात शिशुको नाम भार्फोलोमेइ भन्ने राखिदिएका थिए । त्यस दिन सन्त भार्फोलोमेइको धार्मिक उत्सव परेको हुँदा उनलाई यस्तो नाम दिइएको थियो । उनी सन्त सेर्गेइ रादोनेज्स्की भन्ने नामले प्रसिद्ध भए ।

Tuesday, April 22, 2014

सोभियत नेता ख्रुश्चेभसँग जम्काभेटको कथा

पछिल्लो समयमा रुसमा मात्र नभई विश्वभरि नै क्रिमिया, युक्रेन (उक्राइना) र रुसको चर्चापरिचर्चा भइरहेको छ र यस परिप्रेक्ष्यमा बारम्बार ४३ वर्षअघि दिवंगत भइसकेका तत्कालीन सोभियत नेता निकिता ख्रुश्चेभ (ई.सं. १८९४१९७१) को पनि नाम लिइने गरिएको छ । यस वर्ष उनको १२०सौं जन्मजयन्ती पर्ने भएको हुनाले उनको व्यक्तित्वप्रति (खास गरी रुसमा) यसरी ध्यान आकर्षित भएको होइन, बरु उनले क्रिमिया प्रायःद्वीप नै उक्राइनालाई उपहारदिएको सन्दर्भमा उनको नाम लिने गरिएको छ ।

Sunday, March 23, 2014

रुसमा क्रिमिया प्रायद्वीपको पुनर्मिलनको कथा


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसका जनताहरुको अभिमतलाई समेत ध्यानमा राखेर गतः १८ मार्चका दिन मास्को क्रेमलिनको भव्य गिओर्गी सभाकक्षमा देशको व्यवस्थापिकाका प्रतिनिधिहरुसमक्ष विशेष सम्बोधनको आयोजना गरी भव्य राजकीय वातावरणमा क्रिमिया गणराज्यका प्रमुख सेर्गेइ आक्स्योनोभ, सर्वोच्च सोभियतका अध्यक्ष भ्लादिमिर कन्स्तान्तिनोभ तथा सेभास्तोपोल नगरका मेयर अलेक्सेइ चालीका साथै क्रिमिया प्रायःद्वीपलाई रुसमा सम्मिलित गर्ने दस्तावेजमा हस्ताक्षर गर्नुभयो । रुसको विधायिका अंग (राजकीय दुमा र संघीथ परिषद्) मा सर्वसम्मतिबाट सन्धिपत्रको अनुमोदन तथा तत्सम्बन्धी विधेयकपारित गरिएपछि भव्य समारोहमा दुवै दस्तावेजमा राष्टपतिको हस्ताक्षर भई क्रिमिया पायःद्वीप पुनः रुसको अभिन्न अंग बन्न पुगेको छ ।

Saturday, March 15, 2014

कृष्णसागरको मोती क्रिमियाको कथा

                               वक्षस्थलमा भूमण्डलको                                                         अलङ्कार हो अत्युज्ज्वल यो !
        पाभ्लो नेरुदा
 आजभन्दा ठीक ६० वर्षअघि सन् १९५४ को २६ अप्रिलका दिन तत्कालीन सोभियत संघको सर्वोच्च सोभियतले रसियाली संघ तथा युक्रेन गणराज्यका सर्वोच्च सोभियतहरूको आकांक्षाअनुसार सोभियत सैनिक शिविर रहेको सेभास्तोपोलबाहेक क्रिमियालाई युक्रेन गणराज्यको मातहतमा प्रदान गर्ने निर्ण लिएको थियो  

Wednesday, January 29, 2014

लेनिनग्रादमा ९०० दिन लामो घेराबन्दीको कथा

आजभन्दा ठीक ७० वर्षहिले ९०० दिनसम्म फाशीवादी जर्मनीको फौजको घेराबाट रुसको उत्तरी राजधानी तथा सांस्कृतिक केन्द्रस्वरुप रहेको लेनिनग्राद (सेन्ट पिर्टसबर्ग) लाई सन् १९४४ को २७ जनवरीका दिन सोभियत सेनाले मुक्त गरेको थियो । भीषण घेराबन्दीमा परेको लेनिनग्रादका वासिन्दाहरुले पनि युद्धकालको असहनीय र अमानवीय आपदको सामना गर्दै शत्रुसमक्ष आत्मसमर्पण नगरेर वीरतापूर्वक आफ्नो सहरको रक्षा गरेका थिए । नगरवासीहरुले देखाएको यसै पराक्रमको सम्मानमा लेनिनग्रादलाई वीरनगरको उपाधिद्वारा विभूषित गरिएको थियो ।

Tuesday, January 7, 2014

मास्कोमा ओलम्पिक ज्योतिको कथा


ओलम्पिक खेलको जन्मभूमि ग्रीस (युनान) मा सेप्टेम्बरको अन्त्यतिर प्राचीन विधिद्वारा सूर्यको किरणबाट प्रज्ज्वलन गरिएको ओलम्पिक ज्योति ग्रीसका विभिन्न नगरहरुको परिक्रमापश्चात् विशेष विमानद्वारा ६ अक्टोबर २०१३ (आइतवार) का दिन अपरान्हमै रूसको राजधानीस्थित भ्नुकोभो विमानस्थलमा उतारिएको थियो । 

रुसमा निर्मित नयाँ जेरुसलमको कथा


मास्कोबाट ६० किलोमिटर मात्र टाढा इस्त्रा भनिने क्षेत्रमा नयाँ जेरुसलम नामक मोनेष्ट्री रहेको छ । सन् १६५६ मा रुसका धर्माधिकारी पैत्रिआर्क निकोनले मास्कोलाई तृतीय रोम बनाउने विचारलाई साकार रुप दिने उद्देश्यले मास्कोको नजिकै एक रमणीय स्थलमा जेरुसलमको नक्कल उतारेर बनाएको मोनेष्ट्रीले नयाँ जेरुसलम भन्ने नाउँ पाएको छ ।  

रुसको संविधानको कथा


रुसको विद्यमान संविधान १२ डिसम्बर (सन् १९९३) का दिन क्रियाशील भएको थियो । भर्खरै इतिहासको गर्भमा विलीन भएको सन् २०१३ को १२ डिसम्बरका दिन रुसमा देशको संविधान लागू गरिएको २० वर्ष पूरा भएको सन्दर्भमा संविधान दिवस मनाइयो ।

स्वास्थ्यनगरी सोचीको कथा


एक महीनापछि कृष्णसागरीय तटवर्ती स्वास्थ्यनगरी सोचीमा विश्वका सम्पूर्ण महादेशहरुका खेलाडीहरु खेलप्रेमीहरुको संगमस्थल हुनेछ यो रमणीय नगरी सन् २०१४ को फेब्रुअरीदेखि पूरै १७ दिनसम्म बाईसौं शीतकालीन ओलम्पिक खेलको राजधानी बन्ने यस विश्वव्यापी महत्वको घटनापश्चात् यसै नगरीमा संसारभरिका अपांग खेलाडीहरुले शीतकालीन खेलकूद प्रतियोगितामा भाग लिने छन् त्यसको सन्दर्भमा पनि विश्वका विभिन्न देशका खेलप्रेमीहरु त्यहाँ ओइरिने छन् मैले सोभियत कालमा देखेको सोची क्षेत्रमा अहिले अभूतपूर्व कायाकल्प भइसकेको तापनि यस अन्तर्राष्ट्रिय क्रीडा महोत्सवको पूर्ववेलामा रुसका लागि सन् २०१४ को महत्वपूर्ण ऐतिहासिक घटनाको केन्द्रबिन्दु बन्ने रमणीय सोचीनगरको बारेमा नेपाली पाठकवृन्दलाई संक्षेपमा बताउन अग्रसर भएको छु...   

Friday, January 3, 2014

रुसमा छापाखाना र पुस्तक-प्रकाशनको कथा



आजभन्दा ठीक ४५० वर्षअघि सन् १५६३ को १९ अप्रिलका दिन रुसमा पहिलो छापाखाना (तत्कालीन रुसी भाषामा पेच्यात्न्या) खोलिएको थियो र त्यस छापाखानाबाट रुसी भाषामा पहिलो पुस्तक प्रकाशमा ल्याइएको हालै १ मार्चका दिन ४४९ वर्ष पूरा भयो । यो रुसको सांस्कृतिक विकासमा ज्यादै महत्व राख्ने परिघटना थियो ।

प्राचीन रुसी ग्रन्थहरुमा समय र स्थानसम्बन्धी अवधारणा

प्राचीन रुसमा लिखित लेतोपिस भनिने वर्षावलीहरुको अध्ययनबाट समय (काल) र स्थान (दिक्) सम्बन्धी त्यतिखेरका ग्रन्थकारहरुको अवधारणा स्पष्ट हुन्छ । रूसी भाषाका दुई शब्द (“लेतो” को अर्थ “वर्ष” र “पिस” को अर्थ “लेखन”) को आधारमा  “लेतोपिस” भनिने यस्ता हस्तलिखित ग्रन्थहरुमा प्राय: वर्षभरि घटेका घटनाहरूको टिपोट गरिने हुनाले नेपालीमा वर्षावली भन्नु उपयुक्त हुन्छ । रुसले अपनाएको अर्थाडक्स चर्चका मोनेष्ट्रीहरुमा बस्ने क्रिस्चियन भिक्षुहरुले वर्षावली लेख्ने गरेका थिए । हुन पनि त्यस समयमा धर्मकर्ममा संलग्न व्यक्तिहरु नै शिक्षित पनि हुन्थे । ग्रन्थको नामअनुसार नै ग्रन्थावलीहरुमा समाजमा घटेका विभिन्न महत्वपूर्ण घटनाहरुलाई अभिलेख गर्नेगरिएको थियो । कुन कुरा पनि रोचक छ भने रूसी शब्द “लेतो” को अर्थ ग्रीष्मयाम पनि हुन्छ र वर्षको अधिकांश समय जाडो हुने रूसका लागि वर्षको गणनाका लागि त्यही ऋतुबोधक शब्द ग्रहण गरिएको होला भन्ने मेरो ठनाइ छ । हामीले पनि त गर्मीयाममा नेपालजस्तो कृषिप्रधान देशका लागि जीवनदायी मनसुन झरीवर्षा हुने वर्षाऋतुकै आधारमा सालबोधक “वर्ष” शब्द प्रयोग गर्दै आएका छौं । यसरी रूसवासीलेझैं हामीले पनि समयको गणना प्रमुख ऋतुबोधक शब्दद्वारा गर्दै आएका छौं ।