Sunday, December 29, 2019

एक वर्षभित्र रूसी भाषामा नेपालबारे पाँच विषयका छ पुस्तक

बित्नै आँटेको सन् २०१९ रूसी भाषामा नेपाल विषयक पुस्तक प्रकाशनको क्षेत्रमा निकै उपलब्धिमूलक  रहेको छ । 

Thursday, December 26, 2019

मस्कोमा स्वागत-सम्मान, पुस्तक लोकार्पण तथा मिलन समारोह


गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष जस्तो गरिमामय पदमा रूसमा बसोवास गरिरहेको नेपाली समुदायका प्रतिनिधि डा. बद्री केसी निर्वाचित हुन सफल भएको उपलक्ष्यमा २२ डिसम्बर २०१९ (आइतवार) का दिन रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजित स्वागत-सम्मान समारोह भव्यतापर्वक सुसम्पन्न भयो ।

Wednesday, December 18, 2019

रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन


रूसको राजधानीमा १६ डिसम्बर २०१९ (सोमवार) का दिन मस्कभिचभनिने एक सांस्कृतिक केन्द्रको विशाल सभाकक्षमा रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन सुसम्पन्न भएको थियो । त्यसमा मस्को नगर संगठनका हाल विद्यमान २४३९ सदस्यहरूमध्ये १२३६ सदस्यहरूको समुपस्थिति रहेको थियो ।

Thursday, July 25, 2019

रूसमा 'हिमालय तथा तिब्बत अनुसन्धाता संघ' गठन


यस सालको वसन्तागमनका साथै रूसको सांस्कृतिक राजधानी सेन्ट-पिर्टसबुर्गमा 'रसियाली हिमालय तथा तिब्बत अनुसन्धाता संघ' ('Russian Association of Researchers on Himalaya and Tibet') नामक रसियाली अनुसन्धानकर्ताहरूको संगठन अस्तित्वमा आएको छ ।