रूसको राजधानीमा १६ डिसम्बर २०१९
(सोमवार) का दिन ‘मस्कभिच’ भनिने एक
सांस्कृतिक केन्द्रको विशाल सभाकक्षमा रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन
सुसम्पन्न भएको थियो । त्यसमा मस्को नगर संगठनका हाल विद्यमान २४३९ सदस्यहरूमध्ये
१२३६ सदस्यहरूको समुपस्थिति रहेको थियो ।