Tuesday, January 7, 2014

स्वास्थ्यनगरी सोचीको कथा


एक महीनापछि कृष्णसागरीय तटवर्ती स्वास्थ्यनगरी सोचीमा विश्वका सम्पूर्ण महादेशहरुका खेलाडीहरु खेलप्रेमीहरुको संगमस्थल हुनेछ यो रमणीय नगरी सन् २०१४ को फेब्रुअरीदेखि पूरै १७ दिनसम्म बाईसौं शीतकालीन ओलम्पिक खेलको राजधानी बन्ने यस विश्वव्यापी महत्वको घटनापश्चात् यसै नगरीमा संसारभरिका अपांग खेलाडीहरुले शीतकालीन खेलकूद प्रतियोगितामा भाग लिने छन् त्यसको सन्दर्भमा पनि विश्वका विभिन्न देशका खेलप्रेमीहरु त्यहाँ ओइरिने छन् मैले सोभियत कालमा देखेको सोची क्षेत्रमा अहिले अभूतपूर्व कायाकल्प भइसकेको तापनि यस अन्तर्राष्ट्रिय क्रीडा महोत्सवको पूर्ववेलामा रुसका लागि सन् २०१४ को महत्वपूर्ण ऐतिहासिक घटनाको केन्द्रबिन्दु बन्ने रमणीय सोचीनगरको बारेमा नेपाली पाठकवृन्दलाई संक्षेपमा बताउन अग्रसर भएको छु...   

उत्तरतिर हिमाच्छादित पर्वतश्रृंखला दक्षिणतिर समशीतोष्ण जलवायु भएको कृष्णसगर तटवर्ती यस न्यानो सहरमा ८० देशका हजार उत्कृष्ट खेलाडीहरुले विभिन्न शीतकालीन खेलकूद प्रतियोगितामा भाग लिएर विश्व कीर्तिमान स्थापित गर्नेछन् कुन्नि, हिमाली देश नेपालका खेलाडीहरु त्यहाँ पुग्ने हुन् वा होइनन्,  तर आजभन्दा आधाशताब्दी पहिले त्यस स्वास्थ्यनगरीमा पुग्ने पहिला नेपालीहरुमध्ये यो पंक्तिकार पनि एक हो कोही नेपाली त्यसअघि त्यहाँ पुगे-नपुगेको कुनै अभिलेख प्राप्त छैन तर त्यो सहर हेर्न त्यहाँ आराम गर्न गएको नभई चेर्नोमोर्स्काया ज्द्राभ्नित्सा (कृष्णसागरीय स्वास्थ्यागारं) भन्ने अखबारमा व्यावहारिक अभ्यासकार्य गर्न मास्को विश्वविद्यालय पत्रकारिता संकायबाट खटिएर गएका गौरव नरसिंह राणा दुवै जनाले सोचीनजिकैको वनस्पतिउद्यानमा उमारिएको मित्रतावृक्ष भनिने कागतीको बोटमा त्यहाँ सर्वप्रथम पुग्ने विभिन्न देशका उच्चपदस्थ नेताहरुको नामको सँगसँगै आफ्नो पनि नाम अंकित गराउने सौभाग्य पाएका थियौं
            त्यतिखेर क्रास्नोदार नगरको कम्सोमोलेत्स कुबानी (कुबान प्रदेशका तरुण साम्यवादी) भन्ने अखबारमा पत्रिकारितासम्बन्धी अभ्यासकार्य गरिरहेको थिएँ सोचीमा आफू एकलै रहँदा नियास्रो मानिरहेका मेरा मित्र  गौरवनरसिंह  राणाको अनुराधमा नोभोसिबिर्स्कबाट जहाज चढेर सोची पुगेको थिएँ हामी दुवैजनाले त्यहाँको अखबारमा एक महीना अभ्यासकार्य गरी पहाडको बीचमा रहेको रिच्चा सरोवरदेखि सोची नजिकैको कृष्णसागर तटवर्ती अन्तरराष्ट्रिय युवा विश्राम शिविर स्पुतनिक लगायत त्यस क्षेत्रको दृश्यावलोकन गर्ने राम्रो सम्भावना पाएका थियौं र अखबारमा पनि हामीले रूसी भाषामा तयार पारेका लेखहरू समेत छापिका थिए । 
क्रास्नोदार प्रदेशमा पर्ने यो सोची क्षेत्र ककेशियाली श्रृंखलाको फेदीमा अहिले ३५०२ वर्गकिलोमिटर क्षेत्रफल ओगटेर कृष्णसागरको किनारैकिनारा १४५ किलोमिटरसम्म तन्किएको त्यहाँ पुग्न जलमार्ग, स्थलमार्ग, रेलमार्ग हवाईमार्गको उपयोग गर्न सकिन्छ सोभियत संघमा विदेशी विद्यार्थीको निम्ति हरेक वर्ष ग्रीष्मकालमा एक महिना आराम लिन त्यसताका मास्को राजकीय विश्ववद्यालयबाट निशुल्क प्रदान गरिने टिकट प्राप्त गरी कृष्णसागर तटवर्ती विश्रामगृह बुरेभेस्तनिकमा आराम लिन जाँदा  पहिलोपल्ट हवाईमार्गद्वारा आडलेर विमानस्थलमा उत्रेको थिएँ कहिल्यै पनि समुद्र नदेखेको हुँदा निकै उत्सुकताका साथ विमानको झ्यालबाट हेर्दै थिएँ आकाशबाट तलतिर हेर्दा कृष्णसागर निक्खर कालो रंगको विशाल पत्थरजस्तो प्रतीत भएको थियो पछि रेडियो मास्कोमा काम गर्न थालेपछि सोची नगरको दुर्इतिर रहेका गाग्रा (आभ्काजिया) लाजारेभ्स्कायास्थित विश्रामगृहहरुमा आराम लिन रेलमार्गको उपयोग गरेको थिएँ हाल सोचीमा शीतकालीन ओलम्पिक खेलको आयोजनाको क्रममा सोचीसम्म पुग्ने सबै मार्गहरुको नवीकरण तथा पुनर्निमाण भई दुर्इतले द्रुतगामी रेल समेत चल्न थालेको दृश्य टेलिभिजनको पर्दामा देख्न पाइएको थियो...  
  
उत्तरतिर ककेशियाली श्रृखलाको हिमाच्छादिन पर्वत दक्षिणमा न्यानो कृष्णसागरको बीचमा पर्ने सोचीको धरातल बहुरुपी समशीतोष्ण जलवायु, खोलानालाको पेयजलका साथै समुद्रको जलजन्तु, सम्पन्न वनस्पति पशुपक्षी, पाषणअस्त्रका लागि उपयुक्त प्रचूर ढुंगा, आश्रयका लागि प्रशस्त गुफाकन्दरा पाइने यस क्षेत्रमा लाख वर्षपहिले नै लघुएशियातिरबाट आएका मानिसहरुको वस्ती रहेको अनुमान गरिएको यहाँका गुफाकन्दराबाट प्राप्त पुरातात्विक वस्तुहरु सोची, मास्को सेन्टपिटर्सबर्गका संग्रहालयहरुमा रहेका छन्
प्राचीन युनान (ग्रीस) रोम साम्राज्यसम्म नै जरो गाडिएको  सोचीको इतिहास निकै पुरानो छैटौंदेखि एघारौ शताब्दीसम्म यो जर्जियाअन्तर्गतका राज्यहरुको आधिपत्यमा रहेको थियो प्राचीन कालमा यो क्षेत्र युनान रोमसंग व्यापारको मार्गमा पर्दथ्यो सन् १८२५ मा जारशाहीविरुद्ध दिसम्बर क्रान्तिमा संलग्न भएको अभियोगमा निर्वासित गरिएका कतिपय डिसम्बरवादीहरुले समेत भाग लिएको ककेशिया युद्धको क्रममा यहाँका उबिख जातिका वासिन्दाहरु टर्कीमा बसाइँ सरेको भए पनि यहाँका प्राचीन स्थाननामहरु (मात्सेस्ता, होस्ता आदि) उबिख भाषामा छन् उन्नाईसौ शताब्दीमा रुसको कृष्णसागरीय जहाजी बेडाका एडमिरल लाजारेभको नामबाट सोचीको एक इलाकाको नाम लाजारेभ्स्की रहेको सन् १८१२ का महान् देशभक्तिपूर्ण युद्धका सहभागी राजेभ्स्कीका कान्छा छोरा कृष्णसागर तटवर्ती क्षेत्रको प्रशासक नियुक्त गरिएका थिए उनैको कमाण्डमा रहेको पल्टनको नामसित सम्बन्धित सोचीको विमानस्थल आडलेरको नाम पनि यसरी नै अस्तित्वमा आएको प्रतीत हुन्छ जर्मन भाषाको आडलेर शब्दको अर्थ हुन्छ : चील नेपालीहरुका लागि चाहिं हवाइजहाज अर्थात् चीलगाडी उत्रने उड्ने ठाउँको नाम आडलेर रहेको सार्थक नै प्रतीत हुन्छ
पन्द्रौ शताब्दीमा यो क्षेत्र स्थानीय पर्वतीय निवासीहरुको नियन्त्रणमा रहेको थियो ककेशिया टर्कीसंगको युद्धपश्चात् सन् १८२९ मा समुद्री तटवर्ती  यो क्षेत्र रुसको अधीनमा आयो सन् १८३८ मा सोची नदीको तटमा अलेक्साद्रिया (नाभागिन्स्की) भनिने किल्लाको निर्माण सुरु गरियो (सम्भवतः पहिलो नाम रुसी सैनिक दलका जर्नेलको नामबाट   दोस्रो नाम चाहिं सैनिक पल्टनकै नामबाट राखिएको प्रतीत  हुन्छ)
सन्  १८६४ को २१ मेर्इका दिन क्बाआडे (हाल क्रास्नाया पोल्याना) भनिने चहुरमा आधा शताब्दीसम्म लम्बिएको ककेशिया युद्धमा रुसी सैन्यको विजयको सन्दर्भमा परेड सम्पन्न गरिएको थियो (यहीं नै शीतकालीन ओलम्पिक खेल सम्पन्न हुँदैछ) । सन् १८६४ मा अन्तिम ककेशिया युद्धपश्चात् त्यसै ठाउँमा नयाँ दाखोभ्स्की भनिने किल्ला स्थापना गरियो कृष्णसागर क्षेत्रका मूल वासिन्दाहरुलाई कुबान वा स्ताभ्रोपोल क्षेत्रमा बसोवासको स्थान दिइएको थियो तर उनीहरु टर्कीमा बसाइँ सरेका थिए सन् १८९१-१८९२ मा रुसमा उत्पन्न आर्थिक संकटको समयमा विभिन्न इलाकाका लाख भुखमरीपीडित मानिसहरु कृष्णसागर तटवर्ती नोभोरसिइस्कदेखि बातुमसम्म सडक निर्माणको लागि पठाइएका थिए सन् १८९९ को १५ मेर्इका दिन जार निकोलाइ दि्वतीयको अध्यादेशअनुसार होस्ट नगरको स्थापना भयो कृष्णसागर तटमा रुसका कुलीन वर्गका बंगलाहरुका साथै आरामगृह, स्वास्थ्यनिवासहरु बन्न थालेपछि धमाधम नयाँ नयाँ बस्तीहरु देखापर्न थाले इटलीफ्रान्स जापान आदि देशका नर्सरीहरुबाट ल्याइएका वनस्पतिहरु रोपेर विभिन्न स्थानमा वनस्पति बाटिकाहरु स्थापना गरिए कहिल्यै केरा नदेखेका रूसीहरूलाई मैले त्यहाँ केराको बोट देखाउँदा अचम्म पर्ने गरेको मलाई अझै सम्झना छ (बोटमा केराको काँगियो लागे पनि चिसोले गर्दा पाक्न पाउँदैन) । सोची नदीको दायाँ किनारामा सन् १८८३ मा ९३० हेक्टर क्षेत्रमा स्थापित वनस्पति पार्कलाई सन् १९०२ देखि नगरीय पार्कको रुप दिइयो हाल यो पार्क रिभिएरा नामले प्रसिद्ध

बीसौ शताब्दीको आरम्भका वर्षहरुमा सोचीले रुसको स्वास्थ्यनगरीको रुपमा विकास गर्यो सन् १९०२ मा उपचारका लागि मात्सेस्टामा उपलब्ध खनिजजलको उपयोग हुन थालेपछि सोचीले स्वास्थ्यनगरीको रुपमा विकास गर्न थाल्यो सन् १९१४ मा त्यसले नगरपालिकाको मान्यता पायो
सन् १९१८ देखि १९२० सम्म गृहयुद्धको क्रममा त्यहाँको प्रशासन अस्थिर रहेको थियो सन् १९२० को अप्रिलमा सोचीमा लालसेनाको आधिपत्य कायम भयो सोभियत सत्ताको स्थापनाका साथै निजी बंगलाहरु पनि विश्रामगृहमा परिणत गरिए सन् १९३४ मा सोभियत सरकारले सोचीलाई स्वास्थ्यनगरीको रुपमा विकास गर्ने विशेष निर्णय लियो सात वर्षभित्र त्यहाँ थुप्रै विश्रामगृह, स्वास्थ्यनिवास, ठेटर, रेलस्टेशन आदिको निर्माण भयो यहाँ सोभियत नेता स्टालिनको दाचा (विश्रामगृह) बनेपछि देशका विभिन्न भागहरुबाट यहाँ आराम प्राकृतिक उपचार गर्न आउनेहरुका लागि स्वास्थ्यनिवासहरुको निर्माणका साथै यो नगर देशको एक प्रमुख ग्रीष्मकालीन स्वास्थागार बन्यो  कृष्णसागर तटवर्ती विभिन्न ठाउँमा हरेक वर्ष ग्रीष्म ऋतुमा सोभियत संघका विभिन्न भागहरुबाट मानिसहरु आराम लिन प्राकृतिक उपचार गर्न सोची लगायत कृष्णसागर तटवर्ती नगरहरुमा रहेका विश्रामगृह स्वास्थ्यनिवासहरुमा पुग्दथे । कोही स्वेच्छापुर्वक त्यहाँ कसैको घरमा बस्ने व्यवस्था आफै मिलाएर पनि आराम लिन जान्थे जसलाई दिकारी (जङ्गली) भनिन्थ्यो ।  
सोभियत संघको विघटनपश्चात् क्रिमिया युक्रेनमा परेपछि सन् २००२ को जनगणनाअनुसार लाख ३४ हजार २८२ जनसंख्या (प्रतिवर्गकिलोमिटर ९५ जनघनत्व) भएको सोचीले नै रुसको ग्रीष्मकालीन राजधानीको रुप लियो भन्न सकिन्छ सन् २०१४ को शीतकालीन ओलम्पिक खेलको तैयारीको क्रममा यहाँ निर्माण गरिएका क्रीडास्थलहरुका साथै सम्पूर्ण यातायात, संचार, मनोरञ्जन तथा आरामविश्रामका आधारहरुले भावी वर्षहरुमा स्वदेशी विदेशी पर्यटक, खेलाडी सर्वसाधारणलाई पनि सेवा प्रदान गर्दै आकर्षित गर्ने रमणीय स्वास्थ्यनगरी सोचीले रुसको ग्रीष्मकालीन राजधानीको साथै शीतकालीन खेलकूदको राजधानीको समेत भूमिका निर्वाह गर्दै रहने छ भन्ने विश्वास गरिन्छ
सोचीमा शितकालीन ओलम्पिक खेलको लागि तैयारी युद्धस्तरमा भइरहेको छ भने मास्कोको केन्द्रमा ठड्याइएको घडीले चाहिं सोची ओलम्पिक खेल अब कति दिन बाँकी छ भन्ने संकेत दिइरहेको छ...

दिनांक :   जनवरी २०१४ (मंगलवार)

मास्को, रुस महासंघ

No comments:

Post a Comment