Sunday, March 23, 2014

रुसमा क्रिमिया प्रायद्वीपको पुनर्मिलनको कथा


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसका जनताहरुको अभिमतलाई समेत ध्यानमा राखेर गतः १८ मार्चका दिन मास्को क्रेमलिनको भव्य गिओर्गी सभाकक्षमा देशको व्यवस्थापिकाका प्रतिनिधिहरुसमक्ष विशेष सम्बोधनको आयोजना गरी भव्य राजकीय वातावरणमा क्रिमिया गणराज्यका प्रमुख सेर्गेइ आक्स्योनोभ, सर्वोच्च सोभियतका अध्यक्ष भ्लादिमिर कन्स्तान्तिनोभ तथा सेभास्तोपोल नगरका मेयर अलेक्सेइ चालीका साथै क्रिमिया प्रायःद्वीपलाई रुसमा सम्मिलित गर्ने दस्तावेजमा हस्ताक्षर गर्नुभयो । रुसको विधायिका अंग (राजकीय दुमा र संघीथ परिषद्) मा सर्वसम्मतिबाट सन्धिपत्रको अनुमोदन तथा तत्सम्बन्धी विधेयकपारित गरिएपछि भव्य समारोहमा दुवै दस्तावेजमा राष्टपतिको हस्ताक्षर भई क्रिमिया पायःद्वीप पुनः रुसको अभिन्न अंग बन्न पुगेको छ ।

यस घटनाको २ दिनअघि  १६ मार्चका दिन कृष्णसागर तटवर्ती क्रिमिया प्रायःद्वीपमा सम्पन्न भएको आम जनमत संग्रहको क्रममा ९७ प्रतिशत मतदाताहरुले रूस महासंघको संघटक अंगको हैसियतले संलग्न हुने निर्णय लिएपछि सम्पूर्ण रुसका पनि अत्यधिक (९० प्रतिशतभन्दा बढी) वासिन्दाहरुको अभिमतको आधारमा क्रिमिया गणतन्त्र र सेभास्तोपोल नगरलाई रुस महासंघका दुई संघटक   अंगको रुपमा रुसमा सम्मिलित गर्ने सम्झौता र यसबारे विधेयकलाई देशको संसदको तल्लो सदन राजकीय दुमाले २० मार्चका दिन (विरोधमा १ मत मात्र) अत्यधिक बहुमतले  अनुमोदन गरेको छ र २१ मार्चका दिन देशको विधायिकाको उपल्लो सदन संघीय परिषदमा पनि ती दुवै दस्तावेजहरू  सर्वसम्मतिबाट अनुमोदन गरिएको छ । रुसका सत्तारुढ एदिनाया रसिया र विपक्षमा रहेका रुस कम्युनिष्ट पार्टी, लिबरल डेमोक्रेटिक पार्टी तथा स्प्राबेद्लिभाया रसिया सहित चारैवटा  संसदीय राजनैतिक दलहरुले क्रिमियालाई रुसमा सम्मिलित गर्ने प्रश्नमा अभूतपूर्व रुपमा पूर्ण एकमत व्यक्त गरेका छन् ।
लामो इतिहास भएको क्रिमिया प्रायःद्वीप २२१ वर्ष पहिले सन् १७८३ मा अन्तिम रूपमा रुस साम्राज्यमा गाभिएको थियो । अध्यापि सेभास्तोापोल नगरमा रुसको कृष्णसागरीय जहाजी बेडाको शिविर रहिआएको छ । सोभियत नेता निकिता ख्रुश्चेभको सदीक्षाअनुसार सन् १९५४ मा संघबाट प्रशासित सेभास्तोपोल नगरबाहेक क्रिमिया प्रायःद्वीप उक्राइनामा सम्मिलित गरिएको भए तापनि २३ वर्षअघि सोभियत संघको विघटनपश्चात् मात्र वास्तविक रुपमा त्यो मनोरम प्रायःद्वीप रुसबाट अलग्गिएर युक्रेन गणतन्त्रको भूभाग बन्न गएको थियो र सेभास्तोपोलमा रूसको जहाजीबेडा रहने सम्झौताअनुरुप रुसले वर्षेनी प्रत्यावत्र्य मुद्रामा भाडा समेत तिर्नुपरिरहेको थियो ।
क्रिमिया प्रायःद्वीप प्रशासकीय दृष्टिले मात्र सम्बद्ध नभई यस क्षेत्रको उत्तरी भेकमा युक्रेनबाट आउने नहरको पानीले सिंचाइ गरिन्छ भने बिजुली र पेट्रोल पनि युक्रेनबाटै आपूर्ति गरिन्छ । केर्च अन्तरिपले यस प्रायःद्वीपलाई रुससित जोडेको छ र भविष्यमा यहाँ पुल निर्माण गरी रेल र मोटर यातायात सुचारु गर्नुका साथै रुसबाट सोभैm तेल, ग्यास र बिजुली पनि त्यहाँ पु¥याउने योजना बन्दैछ ।
रुसमा पुनः सम्मिलित हुन आएपछि क्रिमियाका वासिन्दाहरुको जीवनस्तरमा आमूल वृद्धि हुनेछ भन्ने आम धारणा छ । मुख्यतः रुसी, युक्रेनी र तातार जातिका गरी  २२ लाख जनसंख्या भएको क्रिमियासमक्ष वास्तवमा नै आर्थिक प्रगतिको व्यापक सम्भावना छ । समशीतोष्ण हावापानी भएको यस प्रायःद्वीपमा सागपात, अंगुर र फलपूmलको खेती हुन्छ भने न्यानो र स्वस्थकर समुद्री तटमा सोभियत कालमै निर्मित स्वास्थ्यनिवास, विश्रामगृह, आर्तेक जस्तो विश्वप्रसिद्ध बाल स्वास्थ्यशिविर, प्राचीन किल्ला, बुर्जा, दरवार आदि दर्शनीय स्थलहरुको आधारमा रुस र अन्य देशका पनि स्वास्थाभिलाषी तथा पर्यटकहरुलाई आकर्षित गरेर पर्यटन उद्योगले आशातीत विकाश गर्न सक्तछ । मास्को र रूसका अन्य भागहरूबाट क्रिमिया जान युक्रेनको भूभागको प्रयोग गर्नुपर्ने हुन्छ । तसर्थ यस प्रायःद्वीपलाई रूसको भूभागसित जोड्नका लागि केर्च अन्तरिपनेर आधुनिक पुलका साथै ग्यास र खनिजतेल नली तथा विद्युत् प्रसारण लाइनको निर्माण गर्ने योजना छ ।
क्रिमियाले स्वाधीनताको घोषणा गरेपश्चात् युक्रेनको स्वामित्वमा रहेका बन्दरगाहहरु, रेलमार्ग, विद्युत् प्रसारण संजाल, जहाजनिर्माण कारखाना मोरे’, फेओदोसियामा रहेको खनिजतेल भण्डार, ‘चेर्नोमोरनेफ्तगाजकम्पनी, दशौं स्वास्थ्यनिवास आदि राष्ट्रियकरण गरिने छ । क्रियायामा खनिजतेल र ग्यासको उत्पादनमा संलग्न चेर्नोमोरनेफ्तगाजले सन् २०१३ मा १ अरब ६५ करोड घनमिटर ग्यास उत्पादन गरेको थियो । त्यसको क्षमता बढाएर आवश्यक ग्यासको उत्पादनमा  क्रिमियालाई आत्मनिर्भर तुल्याउन सकिन्छ ।
क्रिमियामा कृषिजन्य वस्तुहरूको प्रशोधन गर्ने ५ सय जति कारखानाका साथै मासान्द्रास्थित मदिरा कारखानामा अंगुरबाट बन्ने  मदिरा प्रख्यात छ । रूसले विश्व व्यापारको लागि याल्टा, सेभास्तोपोल लगायत यहाँका बन्दरगाहहरुको उपयोग गर्न सक्तछ ।
सोभियत संघको सर्वोच्च सोभियतले सन् १९५४ मा क्रिमियालाई विशाल देशको १५ गणराज्यमध्येको एक युक्रेन गणराज्यमा सम्मिलित गर्ने निर्णय लिए तापनि वास्तवमा सन् १९९१ को अगस्तमा  सोभियत संघको विघटनपघि मात्र क्रिमिया वास्तवमा स्वाधीन युक्रेनको भूभाग बन्न पुगेको थियो ।
युक्रेनको स्वाधीनतासम्बन्धी घोषणा सन् १९९१ को १ जनवरीका दिन सम्पन्न आम जनमत संग्रहबाट अनुमोदन गरिएको २ दिनपछि यसरी स्वाधीनताको घोषणा गर्ने गणराज्यहरुसंग रूसको सीमासम्बन्धी प्रश्नको अधिकार रूसमा सन्निहित रहेको वक्तव्य दिइएको थियो । तत्पश्चात् मास्कोका तत्कालीन मेयर गाभ्रील पोपोभले क्रिमिया र ओडेस्सा अञ्चलको सम्बन्धमा युक्रेनको सार्वभौमिकताको सम्बन्धमा सन्देह प्रकट गरेका थिए । यो विवाद सुल्झाउन रूसका राष्ट्रपति बोरिस एल्चिनले उपराष्ट्रपति रुत्स्कोइको नेतृत्वमा शिष्टमण्डल युक्रेनको राजधानी कीभमा पठाएका थिए ।  क्रिमिया अञ्चलका वासिन्दाहरुको आकांक्षालाई ध्यानमा राखेर युक्रेनको सर्वोच्च सोभियतले क्रिमिया स्वायत्त गणराज्यको पुनःस्थापना स्वीकार ग¥यो । त्यतिखेर समाचारपत्र प्राभदामा प्रकाशित रुत्स्कोइको लेखमा भनिएको थियो : रूसी जनताको ऐतिहासिक चेतनाले नै रूसको इतिहासको गौरवमय पानाहरूलाई बिर्सेर यान्त्रिक तरीकाले सीमारेखा कोर्ने अधिकार कसैलाई पनि दिन सकिंदैन… ’ । सन् १९९२ को मेइ महिनामा रूस गरातन्त्रको सर्वोच्च सोभियतले क्रिमिया अञ्चल युक्रेनलाई हस्तान्तरण गर्ने निर्णयको त्यसै समयदेखि नै कानुनी मान्यता रहेको छैन भन्ने जनाउँदै आधिकारिक विज्ञप्ति प्रकाशित गरेको थियो ।  तर राष्ट्रपति बोरिस एल्चिनले सोभियत संघको विघटनको क्रममा प्रशासकीय सीमालाई नवोदित गणतन्त्रहरुको सीमा स्वकार गर्ने अनुमति कायम भएको आधारमा सर्वोच्च सोभियतको तर्क अस्वीकार गरे तापनि क्रिमियाको जल्ःदोबल्दो प्रश्नलाई कृष्णसागरीय जहाजीबेडाको प्रश्नसित जोडेर समस्याको समाधान पछि सार्ने नीति अपनाएका थिए । सनर १९९२ को सेप्टेम्बरमा रूस र युक्रेनका राष्ट्रपतिद्वय (एल्चिन तथा क्राभ्चुक) बीच ५ वर्षको अवधिका लागि कृष्णसागरीय जजाजी बेडामा रूस र युक्रेनको संयुक्त नियन्त्रणसम्बन्धी सहमति भयो । सन् १९९३ को जुलाईमा सेभास्तोपेल नगरलाई रूस गणतन्त्रको मातहतमा रहने निर्णय पारित गरियो । संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्ले यस्तो निर्णय अवैधानिक भन्ने स्पष्ट पारेपछि रसियाली राष्ट्रपतिले उक्त निर्णय रद्द गरिदिए ।
युक्रेन र रूस महासंघबीच मित्रता, सहयोग तथा सहभागितासम्बन्धी सन्धिपत्र तयार पार्न दुई देशबीच सीमाको प्रश्नमा निकै लामो वादविवादपछि सन् १९९९ को अप्रिलमा मात्र  सोभियत संघको विघटनको तथ्यलाई मान्यता प्रदान गर्ने यो दस्तावेज क्रियाशील भएको थियो । यस सन्धिपत्रले रूस र युक्रेनबीचको सम्बन्ध निकै हमसम्म सामान्यीकरण हुन गएको थियो । हुन त वेला वेलामा सन् १९५४ को १९ फेब्रुअरीका दिन रसियाली संघ तथा युक्रेनको सर्वोच्च सोभियतहरूको आकाँक्षाअनुसार सर्वोच्च सोभियतले क्रिमियालाई युक्रेनमा गाभ्नेबारे लिएको निर्णय कति हदसम्म तिनको अधिकारको कुरो थियो भन्ने प्रश्न उठ्ने गरेको थियो ।
सन् १९३७ को सोभियत संविधानमा सर्वोच्च सोभियतलाई सीमारेखामा परिवर्तन ल्याउने अधिकार नरहेको र जनमत संग्रहको प्रावधान रहे तापनि क्रिमिया युक्रेनमा गाभ्नेबारे यसको उपयोग नगरिएको तथ्यको आधारमा भ.फ्योदोरोभ लिखित क्रिमिया र सेभास्तोपोलको वैधानिक स्थिति’ (सन् १९९९) शीर्षकको पुस्तकमा ‘…क्रिमिया अञ्चल हस्तान्तरण गर्ने निर्णय अदूरदर्शी र अनुत्तरदायित्वपूर्ण थियौभन्ने जनाइएको थियो
सन् १९४४ मा फाशिवादी जर्मनीको आक्रामक फौजको कब्जाबाट सोभियत सेनाले क्रिमिया मुक्त गरेपछि उज्बेकिस्तानमा स्थानान्तरण गरिएका तातार जातिका मानिसहरुले सन् १९८० पछि आप्mनो थलोमा फर्कने सम्भावना पाएका थिए । उनीहरु क्रिमियामा फर्कन थालेपछि सन् १९८९ र २००१ को जनगणनाअनुसार त्यहाँका वासिन्दाहरुको जातीथ अनुपातमा परिवर्तन भएको थियो र रुसीहरुको स्थिति ६५.६ प्रतिशतबाट ५८.३ प्रतिशतमा र युक्रेनीहरुको संख्या पनि २६.७ बाट २४.३ प्रतिशतमा झरेको थियो भने तातार जातिको संख्या चाहिं १.९ प्रतिशतबाट १२ प्रतिशत पुगेको थियो ।
युक्रेनको राजधानी कीभमा हाल अस्तित्वमा आएको सत्ताले सुरूमै युक्रेनी भाषा मात्र देशको एक मात्र राष्ट्रभाषा हुनेछ भन्ने निर्णय नलिंदो हो त क्रिमिया प्राय:द्वीपको रूसमा सम्मिलनको प्रश्न नै उठ्ने थिएन । अझैं पनि रुसी भाषाभाषी वासिन्दाहरुको वाहुल्यता रहेको  युक्रेनमा “एक भाषा एक देश” को नीति मान्य हुनेछ भन्ने प्रतीत हुँदैन । क्रिमियामा जनमत संग्रहकै क्रममा रूसी, युक्रेनी र तातार यी तीनै जातिको साझा थलो रहेको यस प्राय:ब्वीपमा तीनै भाषालाई राजकीय मान्यता प्रदान गरिएको थियो र कुनै समयमा स्थानान्तरणको मारमा परेका अल्पसंख्यक तातार जातिको हकहितको सुरक्षाको ग्यारेन्टी रूसले दिएको छ । रुसको राजनैतिक, आर्थिक एवं सामाजिक संरचनासंग एकरूपता कायम गर्न सन् २०१५ को १ जनवरीसम्म कायम रहने संक्रमणकाल घोषित नरिएको छ । क्रिमिया गणराज्य र संघीय महत्वको सेभास्तोपोल नगर रूस महासंघका वर्तमान ६३ संघटक अङ्गहरुमा थपिई  क्रिमिया गणराज्य र सेभास्तोपोल नगरको रुपमा दुई नयाँ संघटक एकाई बन्ने सन्धिपत्र संघीय परिषद्बाट पनि अनुमोदन गरियो र त्यसमा रुसका राष्टपतिको हस्ताक्षर समेत भई क्रिमिया विधिवत् रूपमा रूसको अभिन्न भाग बनेको सन्दर्भमा रूसको राजधानी मास्कोका साथै संघीय महत्व राख्ने सेन्टपिटर्सबुर्ग तथा सेभास्तोपोल नगरमा आतसवाजी गरी हर्षोल्लास मनाइएको छ ।


दिनांक : २१ मार्च २०१४ (शुक्रवार),

No comments:

Post a Comment