Sunday, March 23, 2014

आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति रूस महासंघ


नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री सुशिल घिमिरेको अध्यक्षतामा काठमाडौंमा २०७० साल पौष २६ गते आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह मूल समिति गठन भई नेपालीहरू पुगेका संसारका विभिन्न देशमा द्विशतवार्षिकी भानुजयन्ती भव्यतापूर्वक मनाउने सक्रिय तैयारी भइरहेको सन्दर्भमा रूसबाट उक्त मूल समितिमा कृष्णप्रकाश श्रेष्ठलाई संयोजक नियुक्त गरिएको सर्वविदीतै छ ।

रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूले हरेक वर्ष भानुजयन्ती मनाउँदै आएको र हाम्रा आदिकविको द्विशताव्दीय जन्मजयन्तीको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासंघ, रूस शाखाबाट रूसी भाषामा हाम्रा आदिकवि भानुभक्त आचार्यका केही कविता तथा काव्यांशको अनुवादका साथै मूल नेपालीसहित द्विभाषिक कवितासङ्ग्रह लोकको गरूँ हित् भनी शीर्षकमा प्रकाशमा ल्याइएको थियो । यस साल रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोह विभिन्न कार्यक्रमसहित अझ बढी भव्यताका साथ सम्पन्न गर्न गत: डेढ महीनाको अवधिमा समिति गठनार्थ गृहकार्य सम्पन्न गरिएको थियो र फागु पूर्णिमाको शुभमुहुर्तमा संयोजक कृष्णप्रकाश श्रेष्ठको अध्यक्षतामा रुसमा रहेका नेपालीहरुका विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूसहित आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति, रूस महासंघ गठन गरिएको घोषणा गरिनुका साथै सोही दिन बोलाइएको यस समितिको प्रथम बैठकमा त्यसको अनुमोदन गरिनुका साथै सम्भावित कार्यक्रम पनि निर्धारित गिरएको छ । 
आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति रूस महासंघका पदाधिकारीहरु तथा सदस्यहरूको नामावली निम्नप्रकार छ 
१. अध्यक्ष – श्री कृष्णप्रकाश श्रेष्ठ,
२. उपाध्यक्ष - डा. मधुकृष्ण श्रेष्ठ माधुर्य,
उपाध्यक्ष – श्री गोविन्दप्रसाद गौतम,
. कोषाध्यक्ष - श्री  डिल्ली खरेल 'सुमन',
. सदस्यसचिव - डा. मणिराज पोखरेल ।
सदस्यहरु –
श्री महेशकुमार खडका (गैरआवासीय नेपाली संघ, रुस – महासचिव), श्री टेकराज निरौला (नेपाल सीआइएस रुस उद्योगवाणिज्य संघ – उपाध्यक्ष), डा. विमला भण्डारी (विश्व नेपाली साहित्य महासंघ, रुस शाखा – उपाध्यक्ष), श्री खेमराज लामिछाने (नेपाल खेलकूद तथा संस्कृति समाज - अध्यक्ष), डा. विन्दिता लामिछाने (नेपाली नारी निकुञ्ज – उपाध्यक्ष), श्रीमती नीता सिंह (नेपाली नारी निकुञ्ज – सचिव), श्री किरण रानाभाट (नेपाली छात्रसंघ, जनमैत्री विश्वविद्यालय - अध्यक्ष), 
डा. उपेन्ब्र महतो, श्री जीवा लामिछाने, डा. बद्री के.सी., डा. एकनारायण चापागाइँ, डा. भरतराज पौडेल, डा. भीष्म आचार्य, डा. ऋषिकान्त मण्डल, डा. कुमार कार्की, डा. सूर्यप्रसाद रिजाल, डा. ध्रुव दास उलक, डा. मनमूर्ति भुर्तेल, श्रीमती सपिला राजभण्डारी, श्री इन्द्रकुमार श्रेष्ठ, श्री इन्द्रप्रसाद भुसाल, श्री उत्सव अमात्य, श्री एकनाथ दवाडी, श्री कुलबहादुर थापा, श्री गणेश रामदाम, श्री गोविन्द आचार्य, श्री छविलाल कुँवर, श्री जगदीश नेपाल, श्री जनार्दन सिंखडा, श्री तेजबहादुर शाह, श्री दीनानाथ राजभण्डारी, श्री दिनेशमणि श्रेष्ठ, श्री दीपेश दाहाल, श्री धनञ्जय श्रेष्ठ, श्री नन्दकिशोर साह अरविन्द, श्री प्रकाश पाल, श्री प्रणेशमानसिंह प्रधान, श्री प्रनिल प्रधान, श्री बलराम आचार्य, श्री भरतराज झा, श्री मनोज अमात्य, श्री रंगनाथ पौडेल, श्री राजकुमार पाण्डे, श्री राजाराम चौधरी, श्री राम अयोद्या चौरासिया, श्री रामबाबु पाण्डे, श्री रामेश्वर गौतम, श्री शम्भुप्रसाद रिजाल, श्री शिवमणि भुर्त्याल, श्री सुबोध देवकोटा, श्री सुमन रिजाल, श्री हेमन्तकुमार सिंह ।
      प्रथम बैठकले रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी समारोह मनाउने सन्दर्भमा निम्नानुसार सम्भावित कार्यक्रम निरूपित गरेको छ :
१.   रूसको कालुगा अञ्चलमा अवस्थित एत्नोमिरअन्तर्गत निर्मित नेपाली घर को प्रांगणमा आदिकवि भानुभक्त आचार्यको प्रतिमा स्थापनार्थ पहल गर्ने ।
२.    भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह मनाउने परिप्रेक्ष्यमा हाम्रा आदिकविको भावनात्मक प्रतिमास्वरूप आदिकविप्रति समर्पित निम्न पुस्तकहरूको प्रकाशन गर्ने वा प्रकाशनमा सहयोग पुर्याउने :
क. काव्यमय नेपाल (३५० पेज) - नेपालका विभिन्न स्थानहरुबारे भानुभक्तदेखि अहिलेसम्मका विभिन्न नेपाली कविहरूका प्राप्त कविताहरूको सङ्ग्रह,
ख. 'शब्दमञ्जुषा' (१३२ पेज) - नेपाली वाङ्मयमा प्रयुक्त उदाहरणसहित नेपाली भाषाका विरल शब्दहरुको संग्रह,
ग. 'रूसमा नेपालको विम्ब' (१६० पेज) – रूसी नेपालविद्हरूका नेपालविषयक विभिन्न लेखहरूको सङ्ग्रह (विश्व नेपाली साहित्य महासंघको समेत सहभागितामा),
घ. 'गोनु झाका कथाकुथुङ्ग्री' (६४ पेज) - रूसी भाषामा मैथिली लोकसाहित्यको सङ्ग्रह (डा. ऋषिकान्त मण्डलसहित मैथिली भाषी साहित्यानुरागीहरूको सहयोगमा),    
ङ. स्वर्गद्वारीको पुल (४० पेज) - रुसी कवि इगोर एलिसेएभले नेपालयात्राको अनुभूतिको आधारमा रचना गरेका तथा अन्य केही कविताहरूको नेपाली अनुवादसहित  द्विभाषिक कविता-सङ्ग्रह (स्वयं रचनाकारबाट प्रकाशित गरिने),
च. रूसी भाषाका पत्र-पत्रिकामा आदिकवि भानुभक्तप्रति समर्पित लेखहरूका साथै अन्य पनि सम्भावित पुस्तक-पुस्तिकाहरूको प्रकाशन ।
३.    रुस लेखक संघ, प्राच्यविद्या संस्थान र अन्य अनुसंधान संस्थानहरु, रुस-नेपाल मैत्री तथा सहयोग समाज तथा नेपालविद्हरुको समेत सहभागितामा साहित्य सम्मेलनको आयोजना गर्ने ।
४.    भानु जयन्तीप्रति समर्पित नेपाली पुस्तक प्रदर्शनी, कविता प्रतियोगिता, अन्तरक्रिया, सांस्कृतिक कार्यक्रम, वैज्ञानिक सम्मेलन आदिको सम्भावनाअनुसार आयोजना गर्ने ।
५.    विश्व नेपाली साहित्य महासंघको तर्फबाट वर्षेनी सम्पन्न गरिंदै आएको भानुजयन्ती कार्यक्रम पनि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समितिको तर्फबाट सम्पन्न गरिने कार्यक्रमहरुमा समावेश गरी संयुक्त रुपले मनाउने ।
उपरोक्त कार्यक्रमका अतिरिक्त नेपालबाट लब्धप्रतिष्ठ एक-दुईजना साहित्यकारहरूलाई मास्कोमा सम्पन्न हुने सम्मेलनमा आमन्त्रित गर्ने लगायत अन्य सिर्जनात्मक क्रियाकलापसम्बन्धी सुझावहरूमा पनि विचार गर्न सकिने छ।साहित्यानुरागी महानुभावहरूबाट रचनात्मक सुझाव र परामर्शको आशा राखिन्छ। धन्यवाद !  
   
                              सदस्यसचिव       
                          डा. मणिराज पोखरेल

मिति : १७ मार्च २०१४ ।

No comments:

Post a Comment