Wednesday, April 16, 2014

मास्कोमा नयाँ वर्ष २०७१ को रमाइलो सांस्कृतिक साँझ

बिक्रम सम्बत् २०७१ को शुभागमनको स्वागतार्थ गैरआवासीय नेपाली संघ रुस तथा नेपाली छात्रसंघ, रसियाली जनमैत्री विश्वविद्यालयको तत्वावधानमा रुसमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाहरु (रुस सीआईएस नेपालउद्योगवाणिज्य संघ, नेपालीनारी निकुञ्ज, नेपाल खेलकूदतथा संस्कृति समाज, विश्व नेपाली साहित्यमहासंघ रुस) को समेत सक्रिय सहभागितामा १३ अप्रिल २०१४ (आइतवार) का दिन मास्कोमा भव्य समारोह र सांस्कृतिक साँझ सुसम्पन्न भएको छ । 


रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबको प्रेक्षालय ध्वजा-पताकाझैं रंगीविरंगी बेलुनहरुको मालाले सिंगारिएको थियो भने रंगमञ्चको पृष्ठभूमि रुस र नेपालका राष्ट्रिय झण्डाहरुका साथै नववर्ष २०७१ सांस्कृतिक साँझको रंगीन भव्य पोष्टरले सिंगारिएको थियो ।
  
त्यसमा लहरै अङ्कित समारोहका आयोजक संस्थाहरुको लोगोहरुको मध्यभागमा सान्दर्भिक अभिलेखसहित नेपालबाट यसै समारोहका लागि निम्त्याइएका गायक आनन्दकार्की तथा गायिका रमिला न्योपानेको मुखाकृति देख्न सकिन्थ्यो । 
रुसस्थित नेपाली राजदूतावास परिवारका साथै विभिन्न नेपाली संघसंस्थाका पदाधिकारीहरु र सदस्यहरु तथा तिनका रुसी मित्रहरुले खचाखच भरिएको प्रेक्षालयमा नेपाली राष्ट्रिय गानको धूनबाट सांस्कृतिक साँझको शुभारम्भ गरियो । रुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा, गैरआवासीय नेपाली संघका निवर्तमान केन्द्रीय अध्यक्षजीवा लामिछाने, रुस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ माधुर्य’, नेपाली छात्रसंघका अध्यक्षकिरण रानाभाट लगायत पदाधिकारीहरुका साथै जेष्ठ नागरिकको हैसियतले यसै पंक्तिकारद्वारा जोर पानसमा दीप प्रज्ज्वलन गरिएपछि सांस्कृतिक साँझको औपचारिक खण्ड सुरु भयो ।
मञ्चबाट डा. मधुकृष्ण श्रेष्ठ माधुर्यबाटनयाँवर्ष २०७१ को आगमनको पूर्ववेलामाउत्पन्नराष्ट्रिय र अन्तर्राष्ट्रिय घटना समेत झल्कने गरी काव्यात्मक अभिव्यक्तिसहित मन्तव्य प्रस्तुत गर्दै सुखद परिवर्तनको अभिलाषासहित नयाँ वर्षको शुभकामना व्यक्त गरिएपछि निवर्तमान केन्द्रीय अध्यक्ष जीवा लामिछाने लगायत विभिन्न संघसंस्थाको तर्फबाट नववर्ष २०७१ को उपलक्ष्यमा शुभेच्छा संप्रेषण गरिएको थियो । 
रुसका लागि महामहिम नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले समारोह सम्बन्धीे कार्यक्रमको सारसंक्षेप उतार्दै एकै थलोमा पत्रिका विमोचन, उत्कृष्ट छात्रछात्राहरुमा छात्रवृत्ति वितरण, नववर्षको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम आदिको आयोजना गरी अमूल्य समयको सदुपयोग गर्न नेपालीहरुद्वारा गरिएको प्रयासको सराहना गर्दै उपस्थित सबैलाई नयाँ वर्ष प्रगतिमूलक रहोस् भन्ने आशयको शुभकामना व्यक्त गर्नुभयो । 
तत्पश्चात् नेपाली छात्रसंघका अध्यक्ष किरण रानाभाटका साथै महामहिम नेपाली राजदूत डा. रविमोहन सापकोटाज्यू तथा रुसमासन् १९६१ मा सर्वप्रथम झुल्केको नेपाली छात्रसंध सोभियत संघको मुखपत्र किरणपत्रिकाको संस्थापकसम्पादकको हैसियतले यसै पंक्तिकारबाट नेपाली छात्रसंघ जनमैत्री विश्वविद्यालयको वार्षिक पत्रिका र स्मारिक जनमैत्री २०१४को लोकार्पण गरियो ।
नेपाली, रुसी तथा अंग्रेजी भाषाका लेख, कविता, कथासहित रंगीनफोटो सामग्रीहरुद्वारा पनि सुसज्जितनिकै आकर्षक ठूलो साइजको एक सय पृष्ठयुक्त पत्रिकाको सन्दर्भमा त्यसका सम्पादक प्रणिल प्रधानबाट संक्षेपमा प्रकाश पारिएको थियो । 
त्यसपछि गैरआवासीय नेपाली संघका संस्थापक डा. उपेन्द्र महतोद्वारा स्थापित रुसका विभिन्न नगरहरुमा अध्ययनरत नेपाली छात्रछात्राहरुमध्ये वार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्नेहरुलाई फुलकुमारी महतो छात्रवृत्तिप्रदानगर्न गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा रुसका प्रतिनिधिसदस्य गोविन्दप्रसाद गौतमको संयोजकत्वमा गठित छात्रवृत्तिसम्बन्धी समितिको तर्फबाट पोहोर सालको तुलनामा यो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको संख्यामा यस साल वृद्धि भएको जनाउँदै यस वर्ष  छात्रवृत्ति प्राप्त गर्ने २५ जनाको नाम घोषित गरियो (मास्कोका विभिन्न शिक्षण संस्थानहरुमा अध्ययनरत १० जनामध्ये ७ जना विद्यार्थी जनमैत्री विश्वविद्यालयकै छात्रछात्रा थिए) ।
यसरी नेपाली राजदूतज्यूको हातबाट उमेशप्रसाद भट्टराई, रुपा पुडासैनी,पुनमझा(मास्को), सुकृत शाक्य, सुमन चौधरी, नूरी साहनवीन सेढाईँ, मिलन खतिवडा, हरि भट्टराई, मिलननिरौला (र.ज.वि.वि.) का साथै अन्य नगरहरुमा अध्ययनरत आकिना सैंजु, मदन अधिकारी, खगेश यादव (तुला), सुमन दाहाल, प्रताप राई, विष्णुप्रसाद अधिकारी (रियाजान), सुमन प्रधान, प्रियङ्का दाहाल, रहिस कोजु (माइकोप), सुमित रौनियार, सुबास थापा, विनायक अर्याल, सजन न्गाखुसी (त्भेर), असीमपौडेल (स्मोलेन्स्क), दिव्येन्द्र सिंघ (बेल्गोरोद) लाई भव्य वातावरणमा प्रशंसापत्रसहित छात्रवृत्तिको रकम पनि प्रदान गरियो ।
यस प्रकार समारोहको औपचारिक खण्डपश्चात् सांस्कृतिक कार्यक्रम सुरु भयो । नेपाली छात्र तथा छात्राले रोचकपाराले सांस्कृतिक कार्यक्रमको उद्घोषणा गरेको देखेर मलाई हर्ष लागिरहेको थियो । नेपाली विद्यार्थीहरुले मात्र नभई तिनका रसियाली मित्रहरुले पनिगीत र नृत्यको प्रदर्शन गरेका थिए । नेपालीमूलकी गायिका राइसा सायदसाहबाट नेपाली लोकलयमा आधारित गीत प्रस्तुत गरिंदा नेपालीहरुले ताली पिटेर हर्ष प्रकट गरेका थिए ।

सांस्कृतिक साँझको प्रमुख आकर्षण थियो: रुसमा पहिलोपल्ट आइरहेका अतिथिगायकगायिकाको प्रस्तुति । 
गायक आनन्द कार्कीको स्वरमा गुञ्जेका गीत र गजलहरुमा राष्ट्रप्रेम, विदेशमा बस्ने नेपालीहरुको भावना आदिमात्र अभिव्यक्तिएको नभई उनको सशक्त स्वरको आरोहअवरोहले मुन्धपारेको थियो । मेरै बगलमै बसिरहेका रुसी मित्रहरुले मास्कोमा नेपाली कलाकारहरुको सांस्कृतिक कार्यक्रम फेरि कहिले र कहाँ हेर्नसुन्न सकिन्छ भन्ने जिज्ञासा समेत जनाएकाथिए । गायिका रमिला न्यौपानेले मास्कोमा नेपाली लोकगीतको रन्को मात्र प्रस्तुत गरेकी थिइनन्, बरु ठटेउलो पाराले हँसीदिल्लगीसमेत मिलाएर स्वस्फूर्त झ्याउरे, दोहोरी आदिको मादकताले श्रोताहरुलाई मनोरञ्जन प्रदान गरेकीथिइन् ।
   
वसन्तकालीन मास्कोमा नेपाली नयाँ वर्षको सांस्कृतिक साँझनिकै सफल रहेको थियो । म सोभियतकालमापछिल्लो पटक राष्ट्रकवि माधवप्रसाद घिमिरेको नेतृत्वमा रुस भ्रमणमा आएको नेपाली कलाकारटोलीद्वारा मास्कोको ठेटरहलमा सम्पन्न भव्य सांस्कृतिक प्रदर्शनको सम्झनामा डुब्न पुगेको थिएँ ।
नेपाल र रुसबीच सांस्कृतिक आदानप्रदानको सम्झौतालाई क्रियाशील गरी वेला वेलामामास्को र  अन्य नगरहरुमा नेपाली कलाकारहरुको सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने चाँजोपाँजो मिलाउन सकिएमा रुसी मित्रहरुलाई नेपाली कलाको समुचित परिचय दिन सकिने थियो भन्ने लाग्छ... 
हाम्रो नयाँ वर्ष २०७१ को सुअवसरमा नेपाली कलाकारहरुलाई निम्त्याएर मास्कोमा रमाइलो सांस्कृतिक सांझको आयोजना गर्ने भाइबहिनीहरुप्रति विशेष आभारसहित नयाँ वर्षको शुभेच्छा !

No comments:

Post a Comment