Sunday, June 15, 2014

रूसमा आदिकविको प्रतिमा अनावरण र ‘भानु संग्रहालय’ स्थापना

   रूस दिवसको शुभउपलक्ष्यमा मास्कोबाट ९० किलेमिटर टाढा रहेको नृवंशलोक’ (‘एत्नोमिर’) अन्तर्गत निर्मित नेपाली घरमा आदिकवि भानुभक्त आचार्यको आवक्ष प्रतिमाको अनावरण समारोह सुसम्पन्न भयो ।

रूसमा हाम्रा आदिकविको द्विशतवार्षिक समारोह मनाउने क्रममा मास्को आइरहनु भएका मदनपुरस्कार विजेता नेपाली साहित्यकारद्वय श्री कृष्ण धरावासी तथा श्री अमर न्यौपाने, ‘एत्नोमिरका प्रमुख रुस्लान बैरामोभ र मूर्तिकार अलेक्सेइ लिओनोभका साथै रूसमा गठित आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिका संरक्षकरुसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले आदिकवि भानुभक्त आचार्यको आवक्ष प्रतिमाको अनावरण गर्नु भएको थियो ।
आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिका सदस्यसचिव डा. मणिराज पोखरेलले भव्य समारोहको सञ्चलन गर्दै रूसमा भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह मनाउन नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रूसका लागि संयोजक नियुक्त कृष्णप्रकाश श्रेष्ठको अध्यक्षतामा आदिकवि भानुभक्त आचार्य द्विकतवार्षिक समारोह समिति गठन गरिएको उल्लेख गर्नुभयो र रूसमा बसोवास गरिरहेका नेपालीहरुका सबै सामाजिक, साँस्कृतिक, साहित्यिक संस्थाहरुको प्रतिनिधित्वसहित सबै साहित्यानुरागी  नेपालीहरू समावेश भएको उक्त समारोह समितिमा डा. मधुकृष्ण श्रेष्ठ माधुर्य’.(अध्यक्ष, गैरअवासीय नेपाली संघ, रूस) तथा गोविन्दप्रसाद गौतम (अध्यक्ष, विश्व नेपाली साहित्य महासंघ, रुस) उपाध्यक्ष रहनुका साथै डिल्ली खरेल सुमन कोषाध्यक्ष र डा मणिरज पोखरेल (उपाध्यक्ष, रूसनेपाल मैत्री तथा सहयोग समाज) सदस्यसचिव रहेको जानकारी दिनुभयो । समारोह समितिले तय गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नेपाली घरमा आदिकविको प्रतिमा स्थापना समारोहमा उपस्थित नेपालीहरु तथा रसियाली मित्रहरूप्रति अभिवादन व्यक्त गर्दै उहाँले रूसमा भानुभक्तको प्रतिमा स्थापनाको विचारलाई मूर्तरूप दिन उपस्थित सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो ।
कालुगा अञ्चलस्थित एत्नोमिरका प्रमुख रुस्लान बैरामोभले संसारका विभिन्न जनजातिहरूको विविध संस्कृतिको प्रतिनिधित्व गर्ने यस थलोमा नेपालका कविको शालिग स्थापनाको सन्दर्भमा नेपालबाट समेत साहित्यकारहरू आउनु भएकोमा हर्ष प्रकट गर्दै प्रतिमा अनावरण समारोहका सहभागी सबैको हार्दिक स्वागत गर्नुभएको थियो ।
मास्को क्रेमलिनमा रूस दिवसको अवसरमा अयोजित भव्य राजकीय समारोहमा भाग लिएर सोझै १०० किलोमिटरको दूरी पार गरेर आदिकवि भानुभक्त आचार्यको प्रतिमा अनावरण समारोहमा भाग लिन आइपुग्नु भएका महामहिम नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले नेपालीहरूका लागि हाम्रा आदिकविको विवादरहित महत्वको बारेमा संक्षेपमा प्रकाश पार्नुहुँदै भानुभक्तलाई सर्वमान्य र सर्वकालिक व्यक्तित्वको रूपमा चित्रण गर्नुभयो र यूरोपका देशहरुमध्ये सर्वप्रथम रूसको भूमिमा भानुभक्तको प्रतिमा अनावरण गर्ने सुअवसर पाइएकोमा विशेष हर्ष प्रकट गर्नुहुँदै नेपालका आदिकविको प्रतिमा स्थापनामा योगदान पु¥याउने सबैप्रति आभार प्रकट गर्नुभयो ।
रुस महासंघमा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिको अध्यक्षको हैसियतले यसै पंक्तिकारले रूसमा स्थापित भानुभक्तको प्रतिमामा भावसुमन अर्पण गर्ने सम्भावना पाएपछि रूसमा वरिष्ठ नेपाली साहित्यकारहरूको प्रतिमा स्थापना गर्ने विषयमा कैयौं वर्षदेखि मनको भित्री तहमा खुम्चिएर बसिरहेका भावनाहरू तँछाड्मछाड गर्दै क्रमविहीन रुपमा व्यक्तिन थालेका थिए । अन्तरिक्ष चिन्तनका प्रवर्तक त्सीआलकोभ्स्कीको जन्मथलोमा नेपाली आदिकविको हस्तनिर्मित स्मारक स्थापना भएकोमा हर्षविभोर हुँदै भावनात्मक स्मारक अर्थात् भानुभक्तप्रति समर्पित पुस्तक प्रकाशनमा जोड दिएँ र  विश्वव्यापी गैरआवासीय नेपाली संघमा विश्वनारी प्रतिनिधि सपिला राजभण्डारीले यसै समारोहका लागि नेपालबाट ल्याएको भानुभक्तको रामायणलगायत कृतिसंग्रहको पुस्तक र विश्व नेपाली साहित्य महासंघ रूसबाट प्रकाशित भानुभक्तका कविताहरुको रुसी भाषामा छन्दोबद्ध अनुवादसहितको द्विभाषिक पुस्तक लोकको गरूँहित् भनी का साथै डा. ऋषिकान्त मण्डलको सहयोगबाट भर्खरै प्रकाशमा ल्याइएको भानु समारोहप्रति समर्पित मैथिली लोकसाहित्यका अग्रणी गोनु  झाका कथाकुथुङ्ग्रीशीर्षकका भावनात्मक भानुस्मारकका केही पुस्तकपुष्पहरु आदिकविको प्रतिमाछेउ अर्पण गरिदिएँ । भानुप्रतिमा स्थापित कक्षलाई भानु संग्रहालय नामकरण गर्ने प्रस्ताव करतलध्वनिबाट समर्थन गरिएपछि त्यहाँ प्रदर्शित नेपालविषयक रूसी भाषामा प्रकाशित कृतिहरु पनि संग्रहालयकै जिम्मामा राखिदिएँ । यसरी रूस दिवसका दिन रूस भूमिमा भानुभक्तको आवक्ष–प्रतिमा स्थापनाका साथै भानु संग्रहालयको समेत शिलान्यास भएको छ ।
गैरआवासीय नेपाली संघ केन्द्रीय निवर्तमान अध्यक्ष जीवा लामिछानेले छोटो समयमै भानुभक्तको प्रतिमा स्थापना गर्ने विचार कसरी साकार भएको थियो भन्ने विषयमा प्रकाश पार्दै मूर्तिकार अलेक्सेइ लेओनोभ तथा एत्नोमिरका प्रमुख रुस्लान बैरामोभप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ माधुर्यले रूसमा भानुभक्तको प्रतिमा स्थापना भएकोमा उद्गार प्रकट गर्दै नेपालबाट मुर्धन्य साहित्यकारद्वय कृष्ण धरावासी तथा अमर न्यौपानेको समेत सहभागितामा प्रतिमा अनावरण सम्पन्न भएकोमा यसको व्यवस्था मिलाउने सबैप्रति कृतज्ञता जनाउनुभयो ।
विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतमले रूसमा हरेक वर्ष भानुजयन्ती मनाउने परम्परा बसिसकेको स्मरण गराउँदै आदिकविको द्विशताब्दीय जन्मजयन्तीको उपलक्ष्यमा महासंघको तर्फबाट भानुभक्तका कविताहरुलाई रुसी भाषामा समेत अनुवाद गरी लोकको गरूँहितभनीसंग्रह प्रकाशमा ल्याइएको र भविष्यमा पनि यो क्रम जारी राखिने सदीक्षा व्यक्त गर्नुभयो ।
नेपालको कैयौंपल्ट यात्रा गरिसकेका र हालै नेपलयात्राबाट स्वदेश फर्केका इन्भेष्ट ब्याङ्कका निर्देशक एभ्गेनी कोजोरेजोभले नेपाललाई अति माया गर्ने दागेस्तानी कवि रासुल हाम्जातोभद्वारा रचिएका नेपाल विषयक काव्यकृतिहरु जीवनचक्रजीवित देवीकुमारीनेपालीमा कृष्णप्रकाश श्रेष्ठको अनुवादसहित यसै साल प्रकाशमा ल्याइएको सचित्र त्रिभाषिक (आभार, रूसी र नेपाली) संयुक्तग्रन्थ दुई देवताप्रति तथा इभान कोजेरेजोभको नेपालका छविचित्रहरूको रङ्गीन अल्बमको प्रदर्शन गरेर एत्नोमिरलाई उपहार दिनुभयो भने प्रो. सेर्गेइ मुर्तुलिजाएभ तथा यसैं पंक्तिकारको संयुक्त प्रयासबाट संक्षेपमा दागेस्तान र नेपालको सर्वांगिण परिचयदिने ककेशिया चुलीदेखिन् हिमाली उच्चतातकशीर्षकको ग्रन्थ एत्नोमिरतथा भानु संग्रहालय लाई पनि उपहारस्वरूप प्रदान गरियो ।
नेपाली अतिथि मदन पुरस्कार विजेता साहित्यकार श्री कृष्ण धरावासीले विश्वविख्यात रुसी लेखकहरुका कृतिहरु पढेर धेरै पहिलेदेखि नै रूसबारे गरिने कल्पना भानुभक्तको द्विशतवार्षिक समारोहको सन्दर्भमा साकार भएकोमा हर्ष प्रकट गर्दै एशिया (भारत र नेपाल) बाहेक अन्यत्र कतै पनि भानुभक्तको शालिक स्थापना नभएको परिप्रेक्ष्यमा अमेरिकामा शालिक स्थापना गर्ने तरखर भइरहेको जनाउ दिंदै रूस नै यस क्षेत्रमा पहिलो देश बन्न पुगेको अभिव्यक्ति दिनुभयो र साहित्यको निम्ति देशको सीमाना तगारो बन्न नसक्ने जनाउँदै भानुभक्तको मातृभाषा नेपालीका अनुपम साहित्यिक कृतिहरुको अंग्रेजीमा अनुवाद गर्ने अभियानको थालनी गर्ने आफ्नो योजना बताउनुभयो भने सेतो धरती उपन्यासका लागि गतःवर्षको मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेले नेपाली साहित्यको विकासमा सम्पन्न रूसी साहित्यको सकारात्मक प्रभाव परेको जनाउ दिंदै  रूस जस्तो पवित्र देशमा पदार्पण गर्ने र मास्कोमा आदिकवि भानुभक्तको द्विशतवार्षिक समारोहमा भाग लिने सम्भावना प्रदान गरिएकोमा रूसवासी सम्पूर्ण साहित्यानुरागी नेपालीहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

रूसमा आदिकवि भानुभक्त आचार्यको आवक्ष-प्रतिमा अनावरण् समारोहको समापन गर्दै अन्त्यमा यस पंक्तिकारबाट एत्नोमिरका प्रमुखलाई भानुभक्तको द्विभाषिक कविता सङ्ग्रह लोकको गरूँहित् भनी तथा रूसी भाषाभाषीहरूलाई मैथिली लोक साहित्यको परिचय दिने पुस्तक गोनु झाकाकथाकुथुङ्ग्री उपहार स्वरूप प्रदान गरिएको थियो ।
तत्पश्चात् समारोहका सबै रसियाली तथा नेपाली सहभागीहरु भव्य सन्ध्याभोजमा सामेल भएका थिए र कालुगा अञ्चलको स्वच्छ र रमाइलो साँझमा निकै बेरसम्म तीन गजूरयुक्त नेपाली परम्परागत शैलीको नेपाली घरका चोटाकोठा चहार्दै, प्रवेश कक्षको बीचमा राखिएको बज्रको मठनेर र घरबाहिर अन्यत्र पनि फोटो खिँच्दै घरबाहिर वरिपरि घुमफिर गर्दै नेपाली गैह्री ढुङ्गे तीनधारा, वरपरका प्रस्तर मूर्तिहरु र काष्ठकारीका नमूनाहरु, चैत्य र बौद्ध मन्त्रचक्रहरु, छानाको किनारामा जडिएका र हावा चल्दा बज्ने बतासे-घन्टीहरु, त्रिभाषिक शिलास्तम्भनेरको ठूलो घन्ट, प्रथम सगरमाथा विजेताद्वयको आदमकद शालिक र द्वारपालको रूपमा ब्याघ्र-व्याघ्रिनीका दुई मूर्ति रहेका प्रवेशद्वार, काठका स्तम्भहरुमा छाना अड्यएर बनाइएका नेपाली शैलीकै दुई सत्तलआदिको कलाकारिता नियाल्दै रमाइरहेका थिए

दिनाङ्क : १२ जून २०१४ (रूस दिवस)

No comments:

Post a Comment