Showing posts with label Bhanubhakta. Show all posts
Showing posts with label Bhanubhakta. Show all posts

Wednesday, July 23, 2014

मास्कोमा आदिकविप्रति समर्पित कविता प्रतियोगिता र वनभोज

रुसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह मनाउने क्रममा विश्व नेपाली साहित्य महासंघ रुस शाखा तथा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रुस महासंघको संयुक्त तत्वावधानमा मास्कोको रमणीय ओस्तान्किनो पार्कमा कविता प्रतियोगिता र बनभोज कार्यक्रम सम्पन्न गरिएको छ । 

Sunday, June 22, 2014

रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकको सन्दर्भमा भव्य समारोह

रूसको राजधानी मास्कोको एक रमणीय स्थलमा रहेको पार्क पैलेसस्थित रेष्टुराँमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह समिति रूस महासंघको अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहप्रति समर्पित सप्ताहव्यापी कार्यक्रमको उत्कर्षस्वरूप भव्य नेपालरूस साहित्य सम्मेलनको साथै क्युरियो वस्तु, बुद्धको कांस्य मूर्ति र मानेहरू, पौभा (थान्का), गलैंचा, पस्मिना, चिया, कफी इत्यादि  नेपालमा उत्पादित घरेलु शिल्पकला तथा हस्तकलाका वस्तुहरूको प्रदर्शनी र पर्यटन विकाससम्बन्धी विशेष कार्यक्रमको समेत आयोजना गरिएको थियो ।

Friday, June 20, 2014

रूसमा भानुभक्तप्रति समर्पित बनभोज र अन्तरक्रिया कार्यक्रम

विगत वर्षहरुमा जस्तै यस वर्ष पनि मास्को महानगरीको होहल्लाबाट टाढा प्रकृतिको काखमा मास्को अञ्चलको इस्त्रा नदीको रमणीय तटमा गैरआवासीय नेपालीदिवस (एनआरएन डे) उल्लउसमय वातावरणमा भव्यताका साथ मनाइएको छ । यस कार्यक्रमको आयोजक गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदले यस बनभोज कार्यक्रमलाई आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहप्रति समर्पित गरी अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ ।

Thursday, June 19, 2014

रूस लेखक संघको ‘लेर्मोन्तोभ पदक’ बाट नेपाली साहित्यकरद्वय विभूषित

रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहमा भाग लिन मास्को आउनु भएका मदन पुरस्कार विजेता नेपालका लब्धप्रतिष्ठ साहित्यकारद्वय श्री कृष्ण धरावासी तथा श्री अमर न्यौपानेलाई रूस लेखक संघले रूसका विख्यात कवि एवं गद्यकार मिखाइल लेर्मोन्तोभको नाममा स्थापना गरिएको साहित्यिक सम्मान लेमोन्तोभ पदकबाट विभूषित गरेको छ ।

Sunday, June 15, 2014

रूसमा आदिकविको प्रतिमा अनावरण र ‘भानु संग्रहालय’ स्थापना

   रूस दिवसको शुभउपलक्ष्यमा मास्कोबाट ९० किलेमिटर टाढा रहेको नृवंशलोक’ (‘एत्नोमिर’) अन्तर्गत निर्मित नेपाली घरमा आदिकवि भानुभक्त आचार्यको आवक्ष प्रतिमाको अनावरण समारोह सुसम्पन्न भयो ।