Friday, June 20, 2014

रूसमा भानुभक्तप्रति समर्पित बनभोज र अन्तरक्रिया कार्यक्रम

विगत वर्षहरुमा जस्तै यस वर्ष पनि मास्को महानगरीको होहल्लाबाट टाढा प्रकृतिको काखमा मास्को अञ्चलको इस्त्रा नदीको रमणीय तटमा गैरआवासीय नेपालीदिवस (एनआरएन डे) उल्लउसमय वातावरणमा भव्यताका साथ मनाइएको छ । यस कार्यक्रमको आयोजक गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदले यस बनभोज कार्यक्रमलाई आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहप्रति समर्पित गरी अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ ।
रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूको संयोजकत्वमा मास्कोमा गठित आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रुस महासंघबाट घोषित सप्ताहव्यापी कार्यक्रममा भाग लिनका लागि निम्त्याइएका मदन पुरस्कार विजेता नेपालका वरिष्ठ साहित्यकारद्वय श्री कृयण धरावासी तथा श्री अमर न्यौपानेको समेत समुपस्थितिले गर्दा बनभोज कार्यक्रमको रौनक निकै बढ्न गएको थियो ।
गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्को तत्वावधानमा यस पालि एघारौंपल्ट इस्त्रा नदीको रमणीय तटमा फुटबल प्रतियोगिता, रस्साकस्सी, घैंटो फोड्ने खेल आदिसहित बनभोज कार्यक्रमको आयोजना गरेर गैरआवासीय नेपालीदिवस’ (‘एनआरएन डे’) र आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह पनि भव्यताका साथ मनाइयो ।
बनभोज कार्यक्रममा नेपाली राजदूतवास परिवारका साथै रुसमा बसोवास गरिरहेका विभिन्न सामाजिक, सांस्कृतिक, साहित्यिक र शैक्षिक संस्थाका पदाधिकारीहरुका साथै रुसको राजधानीमा रहेका सम्पूर्ण नेपालीहरु र तिनका स्वजनहरु बिहानैदेखि भेला हुन थालेका थिए ।  आफ्नो गाडी नहुनेहरुका लागि त्यहाँसम्म जान र आउनका लागि ३ वटा बसको व्यवस्था मिलाइएको थियो भने गाडी हुनेहरु आफ्नो अनुकूल समय हेरी आइरहेका थिए ।
तल ठूलो चहुरमा विभिन्न टीममा विभाजित भएर फुटबल खेलिरहेका खेलाडीहरुलाई वरिपरि उभिएर दर्शकहरु हौस्याउँदै थिए भने माथि टहरोनेरको सानो चहुरमा ठुल्ठुला मकलहरुमा बलेको कोइलाको आगोमा सुइरोमा गुँथिएको चरा र च्याङ्ग्राको मासु पोलेर सेकुवा बनाइँदै थियो । टहरोको पालीमा दाल, भात, तरकारी, मासु, अचार आदिका ठूल्ठूला तसलाहरुअगाडि बनभोजका सहभागीहरु लाम लागेर मन परेको खानेकुरा एकपटके थालमा हालेर कतै उभिई विभिन्न नेपाली परिकारहरुको स्वाद लिइरहेका देखिन्थे । कतै पुरानो पुस्ताका नेपालीहरु झुम्मिएर भलाकुसारी गर्दै थिए भने कतै नारी निकुञ्जका सदस्यहरु आफ्ना स-साना केटाकेटीहरुको स्याहार गर्दै थिए । यसपटक मौसमले साथ नदिएको हुँदा किशोरकिशोरीहरूको निम्ति चित्रकला प्रतियोगिता आयोजना गर्न नसकिएकोमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा विश्व नेपाली महिला प्रतिनिधि सपिला राजभण्डारीको गुनासो सुनिएको थियो ।
फूटबल प्रतियोगिता समाप्त भएपछि बनभोजका सहभागी सबैलाई गैरआवासीय नेपली दिवस तथा आदिकवि भानुभक्त आचार्यको द्विकतवार्षिक समारोहको उपलक्ष्यमा आयोजित अन्तरक्रिया कार्यक्रममा भाग लिन तल मैदानमा निम्त्याइयो । गैरआवासीय नेपाली संघ रूसका महासचिव महेश खड्काले अन्तरक्रिया कार्यक्रमको सञ्चालन गर्दै अध्यक्ष मण्डलमा मान्यजनहरुलाई स्थान ग्रहण गराउनुभयो ।
गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. मधुकृष्ण श्रेष्ठ माधुर्य’ (आदिकवि भानुभक्त आचार्य द्विकतवार्षिक समारोह समिति, रुसका उपाध्यक्ष) ले स्वागत मन्तव्यमा रुसमा बसोवास गरिरहेका नेपालीहरुले गतः ११ वर्षदेखि रूस दिवसको अवसर पारेर बनभोज कार्यक्रमको आयोजना गरी एनआरएन डे मनाउने परम्परा बसालेको बारेमा प्रकाश पार्दै यसपटक रुसमा नेपाली साहित्यकारद्वयको पनि स्वागत गर्न पाइएकोमा हर्ष प्रकट गर्नु भयो र बनभोज कार्यक्रममा उपस्थित सबैको हार्दिक स्वागत गर्नुभयो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका निवर्तमान अध्यक्ष जीवा लामिछानेले ५ वर्षअघि बनभोजमा मुर्धन्य नेपाली साहित्यकारद्वय डा. ध्रुवचन्द्र गौतम तथा डा. गोविन्दराज भट्टराईको स्वागत गरिएको स्मरण गर्दै यसपटक नेपाली साहित्यकारद्वय कृष्ण धरावासी तथा अमर ग्यौपानेको उपस्थितिमा कालुगा अञ्चलस्थित नृवंशग्राममा बनेको नेपाली घरमा अदिकवि भानुभक्त आचार्यको आवक्ष प्रतिमा अनावरण सम्पन्न गर्न सकिएकोमा हर्ष प्रकट गर्नुभयो ।
यस संस्थाका केन्द्रीय कोषाध्यक्ष डा. बद्री केसीले विभिन्न देशहरुमा पनि नेपालीहरुले बनभोज कार्यक्रम गर्न थालेको सूचित गर्दै फ्रन्सलगायत कतिपय देशमा त सरकारले समेत यसका लागि सहयोग गर्ने उदाहरण प्रस्तुत गर्नुभएको थियो ।

गैरआवासीय नेपाली संघ केन्द्रीय सदस्यद्वय गोविन्दप्रसाद गौतम (आदिकवि भानुभक्त आचार्य द्विकतवार्षिक समारोह समिति, रुसका उपाध्यक्ष), डा. मणिराज पोखरेल (आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिका सदस्यसचिव) र सपिला राजभण्डारी प्रभृति विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरिसकेपछि  अतिथि साहित्यकारद्वयको बोल्ने पालो आएको थियो । कृष्ण धरावासीले नेपाल र भारतबाहिर आदिकवि भानुभक्तको सालिक स्थापनामा रूस पहिलो भएको जनाउँदिंदै रूसको यात्रा गर्ने पहिलेदेखिको चाहना साकार भएकोमा निमन्त्रणाका लागि आभार र उद्गार पोख्तै अनुवादको माध्यमबाट नेपाली सहित्यलाई विश्वभरिका पाठकसमक्ष पु¥याउनु आवश्यक रहेको बताउनुभयो । अर्का चलतलथ साहित्यकार अमर न्यौपानेले आफ्नो साहित्य सिर्जनाको अनुभव वर्णन गर्दै नेपाली जनजीवनको चित्रण प्रस्तुत गर्नुभएको थियो ।
आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिको अध्यक्षको हैसियतले यस पंक्तिकारलाई पनि आफ्नो मन्तव्य राख्ने सम्भावना दिइँदा सन् १९५८ मा ताशकन्द (तत्कालीन सोभियत उज्बेकिस्तानको राजधानी) मा आयोजित अफ्रोएशिया लेखक सम्मेलनमा भाग लिन आउँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली कविताहरुको अंग्रेजी अनुवाद गरी द्विभाषिक इन्द्रेनीपत्रिका उपहार ल्याएको हुँदा तत्कालै रूसी भाषामा पहिलो नेपाली कविता-संग्रह प्रकाशमा आएको अवगत गराउँदै इतर भाषाहरुमा नेपाली साहित्यको अनुवादको थालनी पनि परोक्ष र प्रत्यक्ष रुपमा रूसबाटै भएको र अहिले पनि जीवा लामिछानेको सत्प्रयास र प्रकाशनमा नेपाली कवितासंग्रह, कथासंग्रह, निबन्धसंग्रह, उपन्यास समेत अंग्रेजी भाषामा प्रकाशित भएको र रुसवासी हामी नेपालीहरु र रुसी कविहरुको संयुक्त प्रयासबाट लक्ष्मीप्रसाद देवकोटाका कविताहरुको दुई संग्रह संकलित रचनासुनको विहानका साथै मुनामदनखण्डकाव्य र हालै भानुभक्त आचार्यका कविता र काव्यांश संग्रह लोकको गरुँहित् भनी प्रकाशमा ल्याइएको सूचना दिएको थिएँ ।
आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समितिका संरक्षक, रुसका  लागि महामहिम राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले रुसमा बसोवास गरिरहेका नेपालीहरुलाई एक ठाउँमा भेला गरी आपसी सद्भावना वृद्धिमा योगदान पु-याउने बनभोज कार्यक्रम र अन्तरक्रियाको समेत व्यव्स्था गरेकोमा आयोजकहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
यसै वर्ष मास्को सडक निर्माण राजकीय प्राविधिक विश्वविद्यालय (मादी) बाट ईटझिंगटीको उत्पादन सुकाउने र पाको तुल्याउने क्षेत्रसम्म स्थानान्तरण गर्ने स्वचालित प्रणालीभन्ने विषयमा विद्यावारिधिको शोधपत्रको पुर्पक्ष गरेर विद्यावारिधिको प्राज्ञिक उपाधि प्राप्त गर्नुहुने गैरआवासीय नेपाली संघ रूसका कर्मठ सदस्य राजाराम चौधरीलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रमको समाप्तिपश्चात् फेरि खानपीन र प्रतियोगिता विजेताहरुलाई प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको थियो । यसरी यसपल्ट इस्त्रातटमा परम्परागत बनभोज कार्यक्रमका साथै आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोहको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम पनि सफलतापूर्वक  सुसम्पन्न भयो ।
रूसमा यस वर्षको एघारौं बनभोज कार्यक्रमलाई व्यवस्थित र सफल बनाउनका लागि तेजबहादुर शाहको संयोजकत्वमा गठित समिति र कार्यदलका सदस्यहरु, रामेश्वर गौतमको संयोजकत्वमा गठित खेलकूद सम्बन्धी कार्यदलका सदस्यहरु, आर्थिक संकलन कार्यदलका सदस्यहरुका साथै गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदप्रति आभारसहित हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।


दिनाङ्क : १५ जून २०१४ (आइतवार) ।

No comments:

Post a Comment