Showing posts with label Nepali Culture. Show all posts
Showing posts with label Nepali Culture. Show all posts

Friday, May 16, 2014

रुसमा निर्मित नेपाली घरमा २५५८ औं बुद्धजयन्ती समारोह


केन्द्रीय रुसको कालुगा अञ्चलस्थित एत्नोमिर’ (‘नृवंशलोक’) अन्तर्गत निर्मित नेपाली घरको प्रांगणमा रुसमा रहेका नेपालीहरुले २५५८ औं बुद्धजयन्ती भव्यताका साथ मनाए । 

Sunday, April 27, 2014

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

विश्वको सर्वोच्च हिमश्रृंखलाको काखमा अवस्थित नेपाल र ककेशिया पर्वतश्रृंखलाको काखमा अवस्थित दागेस्तानबीच समानता र विषमताको तुलनात्मक अध्ययनका लागि मास्कोमा रुसी भाषामा प्रकाशित ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक (मास्को-काठमाडौं, २०१२) शीर्षकको सचित्र ग्रन्थबाट निकै सहयोग पुग्न सक्तछ । 

Friday, January 3, 2014

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

मास्कोस्थित गणतन्त्र दागेस्तानको प्रतिनिधिप्रासादमा बीसौं-एक्काईसौं शताब्दीहरूको संघारमा दागेस्तान र नेपालका सामाजिक-आर्थिक तथा नृवंशात्मक-सांस्कृतिक समस्याहरू भन्ने व्याख्यात्मक वाक्यांसहित ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक शीर्षक बोकेको पुस्तकको लोकार्पण ५२-औं अन्तरिक्षदिवस (१२ अप्रिल २०१३) कै सुअवसरमा रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा तथा रुसका राष्ट्रपतिअन्तरगत दागेस्तानका स्थायी प्रतिनिधि अलेक्सान्द्र इगोरेभिच एर्मोश्किनबाट भएको छ । विश्वको सर्वोच्च हिमश्रृंखलाको काखमा अवस्थित नेपाल र ककेशिया पर्वतश्रृंखलाको काखमा अवस्थित दागेस्तानबीच समानता र विषमताको तुलनात्मक अध्ययनका लागि रुसी भाषामा हालै प्रकाशित यस ग्रन्थबाट निकै सहयोग पुग्न सक्तछ । यो दागेस्तानी तथा नेपाली लेखकद्वय क्रमशः सेर्गेइ मुर्तुजालिएभ तथा यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) को  संयुक्त कृति हो । 

Saturday, October 13, 2012

नेपालमा परम्परागत भोजको विधि (पञ्चम खण्ड)

यहाँनेर खुला चहुरमा मनाइएको नेवारी भोजबारे १३५ वर्षअघि सन् १८७५ मा नेपालको यात्रा गर्ने रुसी प्राच्यविद् इभान मिनाएभले  गरेको वर्णनबाट एक अंश उद्धृत गर्नु रोचक हुने ठान्दछु उनले “भारत तथा लङ्का वृतान्त” भन्ने पुस्तकको “नेपाल” शीर्षकको अध्यायमा अंशत: लेखेका छन् :