बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक रुस
महासंघमा मुख्यत: क्रिश्चियन
अर्थाडक्स चर्च, इस्लाम, यहुदी तथा बुद्धद्धर्म प्रचलित छन् र देशका
अधिकांश वासिन्दाहरूले मान्ने यी चार प्रमुख धर्महरुमध्ये देशको पूर्वेली भागमा अवस्थित बु-यातिया, काल्मिकिया, तुभा क्षेत्रहरुमा
बुद्धधर्माबलम्बीहरुको बसोवास छ । नेपाली पाठकवृन्दलाई रूस गणतन्त्रको पूर्वेली
भागमा अवस्थित बु-यातियामा बुद्धधर्मको इतिहास र वर्तमानबारे अवगत गराउनु यस लेखको
उद्देश्य रहेको छ ।
पुरातात्विक उत्खननको आधारमा के
प्रष्ट हुन गएको छ भने रुसको पूर्वी भागमा अवस्थित बु-यातियामा बुद्धधर्म दोस्रो
शताब्दीतिर नै प्रसिद्ध भइसकेको थियो । त्यतिखेर त्यहाँ बसोवास गरिरहेका मंगोलियन
बान्कीका जातिहरुमा बौद्ध धर्मका रीतिरिवाजहरु प्रचलित थिए । जेजसो भए
तापनि सत्रौं
शताब्दीदेखि चाहिं यस
क्षेत्रमा बुद्धधर्मले गहिरो जरा गाढिसकेको थियो भन्ने ठोकुवा
गर्न सकिन्छ । त्यसभन्दा पहिले यस इलाकाका विभिन्न सम्प्रदायहरूमा बौद्ध धर्मका साथै झाँक्री धर्मलगायत विभिन्न स्थानीय धर्महरु पनि प्रचलित
रहेको अनुमान गर्न सकिन्छ ।
सत्रौं शताब्दीको आरम्भमा बैकाल क्षेत्रमा मंगोलियाली सम्प्रदायको बुद्धधर्मले प्रवेश गरेको थियो । सुरुमा केही नृवंशात्मक समुदायमा मात्र प्रचलित रहेको बुद्धधर्म एक शताब्दीभित्र नै बैकाल क्षेत्रमा बसोवास गरिरहेका सबै नृवंशात्मक समुदायहरुद्वारा ग्रहण गरिएको थियो । यस क्षेत्रमा बुद्धधर्मको प्रचारप्रसारको अर्को स्रोत थियो तिब्बत (भोट) । त्यहींबाट बु-यातियामा बुघधर्मका प्रमुख सम्प्रदायहरुले प्रवेश पाएका थिए ।
सत्रौं शताब्दीको आरम्भमा बैकाल क्षेत्रमा मंगोलियाली सम्प्रदायको बुद्धधर्मले प्रवेश गरेको थियो । सुरुमा केही नृवंशात्मक समुदायमा मात्र प्रचलित रहेको बुद्धधर्म एक शताब्दीभित्र नै बैकाल क्षेत्रमा बसोवास गरिरहेका सबै नृवंशात्मक समुदायहरुद्वारा ग्रहण गरिएको थियो । यस क्षेत्रमा बुद्धधर्मको प्रचारप्रसारको अर्को स्रोत थियो तिब्बत (भोट) । त्यहींबाट बु-यातियामा बुघधर्मका प्रमुख सम्प्रदायहरुले प्रवेश पाएका थिए ।
रुसमा सन् १९१७ मा
सम्पन्न भएको अक्टोबर क्रान्तिभन्दा पहिले
यस क्षेत्रमा बुद्धधर्मले केही आन्तरिक मतभेद हुँदाहुँदै पनि क्रमिक विकास गरेको
थियो भन्न सकिन्छ । क्रान्तिको क्रममा केही अवरोध उत्पन्न भए तापनि यहाँ
बुद्धधर्मको विकास ठप्पै रोकिएको थिएन । सन् १७२२
मा रुस र मङ्गोलियाबीच
सीमारेखा निर्धारित गरिंदा बु-यातियाका नृवंशात्मक समूहहरु रुसअन्तर्गत पर्न गए । तत्पश्चात् सन् १७४१ मा एउटा महत्वपूर्ण घटना
घट्यो : तत्कालीन रुसी सम्राज्ञी एकातेरिना द्वितीयाबाट यस क्षेत्रका ११ वटा दाच्चान
(बौद्धविहार) लाई आधिकारिक मान्यता प्रदान गर्ने सनदमा हस्ताक्षर गरियो । त्यतिखेर
ती विहारहरुमा १५० जना लामाहरु स्थायी रुपले रहेका थिए । यस प्रकार यसै सनदद्वारा
बुद्धधर्मले रुसको एउटा आधिकारिक धर्मको मान्यता प्राप्त गरेको थियो ।
बुर्यातियाको
दाच्चान (बौद्धविहार)
ऐतिहासिक विकासक्रममा बु-यातियामा बौद्ध
धर्मले जटिल समयावधि पार गर्नुपरेको थियो । अठारौ शताब्दीमा चोन्गोल र गुसिनोओजेर्स्क नामक दाच्चानहरुका प्रमुखहरुबीच
धार्मिक नेतृत्वको प्रश्नमा निकै लामो समयसम्म संघर्ष जारी रहेको थियो।
उन्नाईसौं शताब्दीमा बु-यातियाका बौद्धमार्गीहरुले तिब्बत, मंगोलिया र चीनबाट बौद्ध साहित्य ओसारेर कर्मकाण्ड अपनाउने प्रक्रियालाई जोडतोडका साथ अगाडि बढाएका थिए । खास गरी तिब्बतको गेलुक सम्प्रदायका साथै विभिन्न प्रमुख बौद्ध सम्प्रदायका परम्पराहरु ग्रहण गरिए । उन्नाईसौं शताब्दीको उत्तरार्धमा बु-यातियाका बौद्धभिक्षुहरुले रोग-निदान र उपचारसम्बन्धी तिब्बती पद्धतिको अध्ययन गर्न थालेका थिए । तिब्बती पद्धतिअनुरूप उच्च बौद्धिक शिक्षाप्रणालीको विकासका निम्ति सन् १८७८ मा बु-यातियाको आगिन्स्क दाच्चानमा कालचक्र (तिब्बती भाषामा दुइनहोर) गुरुकुलको स्थापना गरियो । उन्नाइसौ शताब्दीको अन्त्यतिर यहाँ तिब्बती र मंगोलियाली भाषाहरुमा बुद्धधर्मसम्बन्धी पुस्तकहरुको व्यापक प्रकाशन हुन थालेको थियो ।
उन्नाईसौं शताब्दीमा बु-यातियाका बौद्धमार्गीहरुले तिब्बत, मंगोलिया र चीनबाट बौद्ध साहित्य ओसारेर कर्मकाण्ड अपनाउने प्रक्रियालाई जोडतोडका साथ अगाडि बढाएका थिए । खास गरी तिब्बतको गेलुक सम्प्रदायका साथै विभिन्न प्रमुख बौद्ध सम्प्रदायका परम्पराहरु ग्रहण गरिए । उन्नाईसौं शताब्दीको उत्तरार्धमा बु-यातियाका बौद्धभिक्षुहरुले रोग-निदान र उपचारसम्बन्धी तिब्बती पद्धतिको अध्ययन गर्न थालेका थिए । तिब्बती पद्धतिअनुरूप उच्च बौद्धिक शिक्षाप्रणालीको विकासका निम्ति सन् १८७८ मा बु-यातियाको आगिन्स्क दाच्चानमा कालचक्र (तिब्बती भाषामा दुइनहोर) गुरुकुलको स्थापना गरियो । उन्नाइसौ शताब्दीको अन्त्यतिर यहाँ तिब्बती र मंगोलियाली भाषाहरुमा बुद्धधर्मसम्बन्धी पुस्तकहरुको व्यापक प्रकाशन हुन थालेको थियो ।
बुर्यातियाको
दाच्चानमा नेपालाक्षरअङ्कित माने
उन्नाईसौं शताब्दीमा स्थानीय
झाँक्रीहरुका साथै ईसाई धर्मका गुरुहरुको तर्फबाट बैकाल क्षेत्रको उत्तरमा
बुद्धधर्मको प्रचार-प्रसारमा प्रतिरोध खडा गरिएको थियो । जे जसो भए तापनि अक्टोबर
क्रान्तिभन्दा पहिले बु-यातियामा भौगोलिक तथा नृवंशात्मक प्रणालीअनुसार स्थापना
गरिएका ४६ वटा दाच्चान (विहार) कार्यरत थिए ।
रुसमा अस्तित्वमा आएको नयाँ
कम्युनिष्ट सत्ताले सन् १९१८ मा धर्मलाई राज्यबाट अलग्याउने कानून जारी गरेको थियो, यद्धपि बु-यातियामा यो कानून सन्
१९२५ मा मात्र लागू भएको थियो । जे होस्, सन् १९२० को दशकमा बैकाल क्षेत्र (खास गरी आगा भनिने स्थान) बाट बौद्ध
धर्माबलम्बी बु-यातजातिका मानिसहरु आंशिक रुपमा भित्री
मंगोलियाको शेनेहेन भन्ने ठाउँमा बसाइँ सरेका थिए । नयाँ कानूनको परिणामस्वरुप
बीसौ शताब्दीको प्रथम चरणमा बुर्यातियामा कार्यरत दाच्चानहरुको नामोनिसाना बाँकी
रहेन । बौद्धविहारका १८६४ लामाहरुमध्ये कोही निर्वासित गरिए, कोही जेलमा परे, कोही गोलीको सिकार बने ।
सोभियत संघको जनकमिसार परिषद्को
निर्णयअनुसार सन् १९४५ मा इभोल्गा भनिने ठाउँमा हाम्बिन सुमे नामक बौद्धमन्दिर
खोलियो भने सन् १९४६ मा बुर्यातियामा इभोल्गिन दाच्चान र आगिन्स्क दाच्चान पनि पुन: क्रियाशील भए ।
सन् १९९१ मा इभोल्गिन
दाच्चानअन्तर्गत बौद्ध लामाहरुको शिक्षादीक्षा, धार्मिक ग्रन्थहरुको अनुवाद र
धार्मिक चित्रहरुको लेखनका लागि दाशी चोइनहोर्लिन भनिने धार्मिक उच्च शिक्षण
संस्थानको स्थापना गरियो । त्यसमा गोमान दाच्चानको परम्पराअनुसार बौद्ध शिक्षा
दिइन्छ । सन् १९९१ मा बुर्यातियामा १२ वटा दाच्चान (बौद्धविहार) क्रियाशील भए ।
बुर्यातियामा महायान शाखाको तिब्बती बुद्धधर्म (गेलुग सम्प्रदाय) को परम्परा कायम
छ तापनि यहाँको बौद्ध धर्ममा केही आफ्नै विशिष्टता पनि अस्तित्वमा रहेको छ ।
स्मरणीय के पनि छ भने बुर्यातियाका बौद्धमार्गीहरु बौद्ध गुरु
चोनकापा (बुर्यातियाली भाषामा जोनहोबो) लाई बुद्धधर्मका प्रवर्तक बुद्ध
शाक्यमुनिकै सरह पूज्य मान्दछन्
। बुर्यातियामा बुद्धधर्मको पूजापाठ र कर्मकाण्डमा प्राचीन कालदेखि
प्रचलित स्थानीय विशेषताहरुको प्रभाव परेको पाइन्छ । यस परिप्रेक्ष्यमा पहाडको
आत्मा, भूमिदेवता र जलदेवताको पूजाआराधनाको नाम लिन सकिन्छ (बुद्धधर्म
(सचित्र विश्वकोष), मास्को, एक्स्मो, ई.सं. २०१२, पृ ५४८–५५०) ।
हालै काल्मिकियाका प्रमुख लामा
तेलो तुल्कु रिङपोचेले जनाएअनुसार ‘बुद्धधर्म रूसको एक परम्परागत
धर्म हो र बौद्धमार्गीहरूले देशको इतिहास तथा संस्कृतिमा ठूलो योगदान पु-याएका छन्’ (मास्कोभ्स्की कोम्सोमोलेत्स, १५े११.२०१४, पृ. २) । के पनि स्मरणीय छ भने
रूस साम्राज्यको राजधानी सेन्ट–पिटर्सबुर्गमा उन्नाईसौ शताब्दीको अन्त्य र बीसौं शताब्दीको प्रारम्भमै बौद्धविहारको निर्माण गरिएको थियो । सन् १९१३ को फेब्रुअरीमा युरोपमै पहिलो त्यस बौद्धविहारमा पहिलोपल्ट पूजापाठ सम्पन्न गरिएको थियो...
नेपालाक्षरमा
मन्त्रले भित्ता सिंगारिएको
सेन्ट-पिटर्सबुर्गको बौद्धविहार
रूसको प्राचीन नगर एवं मुख्य राजधानी मास्कोमा चाहिं अद्यापि कुनै बौद्धविहार र
मन्दिर बनेको छैन, यद्यपि सन् १९९५ को ९ मेईमा पोक्लोन्नाया गोरा (शब्दशः ‘नतमस्तक गिरि’) मा जर्मन
फाशिवादविरुद्ध सोभियत जनताको महान् देशभक्तिपूर्ण युद्ध (सन्
१९४१-१९४५) मा विजयको स्मारकस्वरूप
मनोरम र विशाल विजयपार्कको स्थापना भई दोस्रो विश्वयुद्धमा सम्पूर्ण विश्वका
शान्तिकामी जनताको विजयको स्वर्ण जयन्ती मनाउने क्रममा विजय पार्कको
उदघाटन गरिंदा त्यहाँ देशका चार प्रमुख धर्महरूप्रति समर्पित मन्दिरहरू निर्माण
गर्ने घोषणाअनुसार अर्थाडक्स चर्च, यहूदी सेनागोग, इस्लामिक मस्जिद अस्तित्वमा
आइसकेको भए तापनि बौद्ध स्तुप बनेको थिएन । हालै त्यहाँ बौद्धमन्दिर निर्माण गर्ने
निर्णय लिइएको छ र मास्को तथा काल्मिकियाका वास्तुकलाविद्हरू त्यसको निर्माणमा जुटिसकेका
छन् । मङ्गोलियाले त्यस बौद्धमन्दिरका लागि बुद्धको मूर्ति प्रदान गर्ने सदीच्छा
जनाएको छ । त्यहाँ एशियाका ज्योति लसद्धार्थ गौतम बुद्धको जन्मभूमि नेपालमा निर्मित बुद्धप्रतिमा
राख्न सकिऐको भए कति राम्रो हुनेथियो भन्ने लागेको छ । आगामी मेई महिनामा ७०–यौं विजय–दिवस भव्यतापूर्वक मनाउने क्रममा
त्यस बौद्धमन्दिरको पनि उद्घाटन हुनेछ ।
दिनाङ्क : २८ नोभेम्बर २०१४
(शुक्रवार)
No comments:
Post a Comment