Showing posts with label रूसको कथा. Show all posts
Showing posts with label रूसको कथा. Show all posts

Friday, July 17, 2015

मास्कोको भोरोन्चोभ्स्की पार्कमा सप्ताहान्त

रुसको राजधानी ग्रीष्मकालमा हराभरा पार्कभित्रै रहेको महानगरी प्रतीत हुन्छ । नगरका राजमार्गहरुको अगलबगलमा रोपिएका रुखहरुको हरियालीलाई विभिन्न स्थानमा बनाइएका क्यारीहरुमा रोपिएका रङ्गीविरङ्गी फूलका बोटहरुले झन् मनमोहक  तुल्याइदिन्छन् ।

Saturday, May 30, 2015

मास्कोमा बौद्धविहार निर्माणको शुभारम्भ

  मास्कोमा भावी बौद्धविहार निर्माणस्थलमा १५ मेई २०१५ (शुक्रवार)  दिन बौद्धमन्दिरको निर्माणार्थ शुभमुहूर्तमा एक समारोहबीच जग खन्ने कार्य सुसम्पन्न भएको छ ।

Monday, May 11, 2015

मास्कोमा जर्मन फाशीवादउपर विजयको ७० वर्षको महोत्सव

    एकाबिहानै वसन्तऋतुको उज्यालो झ्यालबाट कोठामा पस्नासाथै ब्युँझेर बाहिर दृष्टि दिएँ । हिउँदभरि जाडोले कठ्यांग्रिएका रुखहरु हरिया पातहरुको पहिरनमा सिंगारिएर उभिइरहेका थिए । 

Sunday, November 30, 2014

रूस गणतन्त्रको पूर्वेली भागमा अवस्थित बु-यातियामा बुद्धधर्म

                बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक रुस महासंघमा मुख्यत: क्रिश्चियन अर्थाडक्स चर्च, इस्लाम, यहुदी तथा बुद्धद्धर्म प्रचलित छन् र देशका अधिकांश वासिन्दाहरूले मान्ने यी चार प्रमुख धर्महरुमध्ये देशको पूर्वेली भागमा अवस्थित बु-यातिया, काल्मिकिया, तुभा क्षेत्रहरुमा बुद्धधर्माबलम्बीहरुको बसोवास छ । नेपाली पाठकवृन्दलाई रूस गणतन्त्रको पूर्वेली भागमा अवस्थित बु-यातियामा बुद्धधर्मको इतिहास र वर्तमानबारे अवगत गराउनु यस लेखको उद्देश्य रहेको छ ।

Friday, November 28, 2014

मास्कोमा उत्तरआधुनिक कला-प्रदर्शनीको कथा

रूसको राजधानीको केन्द्रमै अवस्थित एकातेरिना कला कोषको तत्वावधानमा १७ सेप्टेम्बर (२०१३) मा आयोजित उत्तरआधुनिक किंवा उत्तरसोभियत कलाप्रदर्शनीको  उद्घाटन समारोहमा भाग लिने अवसर मलाई प्राप्त भएको थियो ।