Friday, February 21, 2014

मास्कोमा तन, बुखारेष्टतिर मन


उपरोक्त शीर्षकले नेपाली पाठकवृन्दलाई आजको नभई ६ दशकअघिको एक साहित्यिक परिघटनाको स्मरण गराउने छ, यद्धपि हालै रोमानियाको राजधानी बुखारेष्ट पुग्नुभएका रुस महासंघका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको घटनाले मलाई कलम चाल्न घच्घच्याएको हो । यस सन्दर्भमा मलाई आजभन्दा ठीक ६० वर्षअघि सर्वप्रथम बुखारेष्ट पुग्ने नेपालीहरुमध्ये हाम्रा विख्यात कवित्रय लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ तथा बालकृष्ण समको नाम सम्झना भयो ।

 नेपालमा सात सालको जनक्रान्तिको विजयपश्चात् उन्मुक्त वातावरणमा पूर्णबहादुर एम..को नेतृत्वमा १०-सदस्यीय नेपाली प्रतिनिधिमण्डलले त्यतिखेर समाजवादी व्यवस्थामा बामे सरिरहेको रोमानियामा आयोजित चतुर्थ विश्व युवा महोत्सवमा भाग लिने सुअवसर पाएको थियो । रोमानियाबाट नेपाली प्रतिनिधिमण्डल चेकोस्लोभाकिया हुँदै ९ सेप्टेम्बर (सन् १९५३) का दिन तत्कालीन सोभियत संघको राजधानी मास्को पुगेको थियो । यदि बीसौ शताब्दीको प्रारम्भमै सन् १९०८ तिर बेलायतको साथै यूरोपेली देशहरुको पनि यात्राभ्रमणको क्रममा 'नेपालका कोलम्बस' भन्न सकिने नेपाली प्रबोधनवादी एवं मानवतावदी साहित्यकार जयपृथ्वीबहादुर सिंहले रुस साम्राज्यको तत्कालीन राजधानी पेतेरबुर्गको यात्रा गरेको र रुसमा सन् १९१७ को समाजवादी क्रान्तिको परिणामस्वरुप सोभियत रुसको प्रादुर्भावपश्चात् सर्वहारावर्गका नेता भ्लादिमिर लेनिनलाई भेट्न आएको भारतीय प्रमण्डलमा छद्म रुपले समावेश भई सोभियत रुसको राजधानी मास्कोमै पनि पुगेको हुन सक्छ, यद्यपि उनले सन् १९२९ मा स्टालिनको समयमा सोभियत संघको यात्रा गर्न प्रवेशाज्ञा प्राप्त गर्न सकेनन् । तत्पश्चात् सोभियत संघमा उदारवादी 'न्यानोपना' ल्याउने निकिता ख्रुश्चेभको  समयमा मात्र उक्त नेपाली प्रमण्डलले पेकिङ (बेइजिङ) जाने क्रममा रुसको पनि सर्वप्रथम यात्रा गरेको थियो (अभिव्यक्ति, अंक १५८, पृ. २३)
मास्कोमा ३-४ दिनको बसाइँका वेला नै सम्भवतः नेपाली नाट्यसम्राट् बालकृष्ण सम (वि.सं. १९५९ - २०३८) को लेखनीबाट 'मेरो मन उड्छ बुखारेष्टतिर' तथा 'विश्वमानव लेनिन' शीर्षकमा वटा कविता निसृत भएको होला भन्ने मलाई लाग्छ लेनिनविषयक दोस्रो कविता पछि मात्र रचिएको पनि हुन सक्छ, तर बुखारेष्टविषयक कविता चाहिं सन् १९५३ मै देखि १२ सेप्टेम्बरभित्र मास्कोमा रचिएको थियो भन्ने कुरा रुसको साहित्यिक पत्रिकामा त्यतिखेरै प्रकाशित भएको तथ्यबाट स्वतः सिद्ध हुन्छ   
सन् १९५३ मै रूस (तत्कालीन सोभियत संघ) को यात्रा गर्ने पहिला तीनजना लब्धप्रतिष्ठ नेपाली साहित्यस्रष्टाहरूमध्ये एकजना बालकृष्ण सम थिए यस सम्मेलनको सन्दर्भमा उनले मास्कोमा रचना गरेको कविता 'मेरो मन बुखारेष्टतिर उड्छ' भन्ने शीर्षकमा त्यसै वेला रूसी भाषामा 'अक्टोबर' (र्इ.सं. १९५३, पुस्तक १२, पृ. ) मा छापिएको थियो नेपाल रुस (सोभियत संघ) बीच सन् १९५६ मा कूटनैतिक सम्बन्ध स्थापनाको लगत्तैपछि सन् १९५७ मा 'एशियाका कविहरु' भन्ने शीर्षकमा मास्कोबाट प्रकाशित कवितासंग्रह (पृ. ७२४-७२५) मा पनि पुनः मुद्रित गरिएको थियो यो कविता नै रुसी भाषामा प्रकाशित पहिलो कविता हो (अहिलेसम्म रुसी भाषामा अनूदित नेपाली कविताहरुका संग्रहहरु प्रकाशमा आइसकेका छन्)
  (नेपाली राजदूत डा.सापकोटाबाट ओहोदाको प्रमाणपत्र पेश
बुखारेष्टमा सम्पन्न भएको उक्त विश्व युवा सम्मेलनमा भाग लिने क्रममा बालकृष्ण सम सोभियत रूसको राजधानी मास्को पुगेका थिए त्यसै समयमा 'मेरो मन उड्छ बुखारेष्टतिर' शीर्षकको यो कविता मास्कोमा लेखिएको थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ रुसी भाषाबाट यसै पंक्तिकारबाट हालै नेपालीमा अनूदित त्यो कविता तल प्रस्तुत :

नेपालबाट,
      पुर्खाको सुदूर देशबाट त्यो,
टाढाको नगरीतर्फ
      निकै चहलपूर्णको
बुखारेष्टतिरै
      मेरो मन उडेर जान्छ यो
अनि उत्सवमा भाग लिन्छ
      नेपालबाट यो ।।
मञ्चमा उभिई गीत
      त्यहाँ गाउँछ यो मन,
नाट्य-प्रासादमा
      नाच्दै गर्छ क्यै क्षण रञ्जन,
अनि पौडी पनि खेल्छ
      त्यहाँ कृत्रिम तालमा,
युवाहरुसँगै
      चाल्छ पाइला पनि लाममा ।।
मेरो यो मनले खोल्छ रहस्य
      अब भित्रकै :
आत्मीय प्रेमको
      नापतौल सम्भव छैन है !!
प्रेम गर्नुको अर्थ -
      सिर्जना गर्नु नै हो,
सुखी जीवनमा आस्था
      भित्री हृदयदेखिको ।।  
अनि तात्पर्य के होला
      मैत्री सम्बन्ध जोड्नुको ?
सम्पूर्ण जातिको निम्ति
      सुखको द्वार खोल्नु हो !
तात्पर्य हो -
      दुःखदैन्यहरूबाट बचाउनू !
दुःखमा
      दिलको निम्ति दिल नै
            प्रेमले दिनू !!
आफ्नो मित्रका साथ
      मिलेर अघि लम्कनू,
सम्पूर्ण लोकको निम्ति
      उज्यालो दिन ल्याउनू !!
अहिले मनले मेरो चाहन्छ
      भन्न वाक्य यो : 
युगानुगसम्मै होस्
      रक्षा शान्ति मैत्रीको !!
     
मैले यस धरतीमा अवतरण गर्नुभन्दा ३५ वर्षअघि काठमाडौंको ज्ञानेश्वरमा जन्मेका नेपालका विख्यात नाट्यसम्राट्, कवि, छविचित्रकार, कलाकार दार्शनिक बालकृष्ण सम (ऊदय : माघ २४ गते १९५९ साल – अस्त : साउन गते २०३८ साल) नै एकजना पहिला नेपाली थिए जसले रुस भूमिमा पदार्पण गरेको वर्षपछि मात्र मैले पनि मास्कोको प्रत्यक्ष दर्शन पाएको थिएँ त्यसताकाको मास्को अहिलेको मास्कोमा आकाश-जमीनको फरक आइसकेको मास्कोको व्यापक विस्तार भइसकेको तर उनले देखेको मास्को सुरुमा मैले देखेको मास्कोमा उति अन्तर थिएन होला । उनी मास्को आउँदा लालमैदानमा क्रेमलिन पर्खालमुनि रहेको लेनिनसमाधिमा लेनिनको शव देखेका थिए त्यसैको अनुभूति लेनिन विषयक कवितामा पोखेका छन् (मैले यस समाधिमा पहिलोपल्ट पुग्दा लेनिन स्टालिन दुवैको शव देखेको थिएँ, तर हाल गत: ९० वर्षदेखि लेनिनको शव मात्र पूर्ववत् त्यहाँ रहेको )
  
बालकृष्ण समले 'लेनिन समाधिनेर चिन्तन' शीर्षकमा लेखेको कविताको रूसी अनुवाद ताशकन्द (उज्बेकिस्तानको राजधानी) बाट प्रकाशित 'भ्ला..लेनिनप्रति समर्पित एशिया अफ्रिकाका कविहरूका कविता (र्इ.सं. १९७०, पृ. १०६-१०८) भन्ने कवितासंग्रहमा प्रकाशित भएको नेपालीमा 'विश्वमानव लेनिन' शीर्षकको उक्त कविताको प्रारम्भिक पंक्तिहरु तल प्रस्तुत :

हेर !
   एक ज्योति
      चम्किलो भएर सुतिरहेछ
                निश्चल,
तर यसका किरणहरू फैलिरहेछन्
            विस्तिर्ण भएर !..
...लेनिन,
   सत्यतासितै रहू !
तिमी -
   निराशहरूका आशा थियौ,
   निस्सहायहरूका सहायक,
   निर्वल टुहुराहरूका पिता,
   सहनशीलहरूका शक्ति,
मुक्तहरूका वचन तथा बहिराहरूका कान,
ऐश्वर्यले उन्मत्त भएका अन्धाहरूका नयन !
तिमी -
   पददलितहरूका उद्धारक,
   दरिद्र निमित्तका दानस्वरूप तिमीले
   प्रत्येक वञ्चितका लागि द्वार खोल्यौ !..

स्मरण रहोस्, बालकृष्ण सम लेनिनबाट निकै प्रभावित थिए उनको कूचीबाट निसृत लेनिनको चित्र मैले मास्को लालमैदाननेरै रहेको लेनिन संग्रहालय (हाल ऐतिहासिक संग्रहालय) मा हेर्ने मौका पाएको थिएँ यसबारे मेरो एउटा लेख समेत ३ दशकजति अघि 'सोभियत भूमि' मा प्रकाशित भएको थियो
रूसमा अध्ययनार्थ आउनुभन्दा पहिले नै कैयौपल्ट काठमाडौंमा मैले बालकृष्ण समको दर्शन पाएको थिएँ लैनचहुरस्थित शान्तिविद्यागृहमा पढ्दाखेरि पकनाजोल (साउनेपाटी) मा बसेको थिएँ बसेको घरको झ्यालमुन्तिरैबाट काठमाडौंमा त्यतिखेर भएको एक मात्र दुर्इजनाले चलाउने साइकलमा पछिल्तिर एकजना पेडाल चलाएर बसेको मान्छेसहित अगिल्तिर सवार भई अर्को अघिल्लो पेडाल समेत चलाएर खास नेपाली पोशाकको माथिल्लो मोटो तनो बान्की पारेर बाँधिएको लबेदा-सुरुवाल लगाएका बालकृष्ण सम खुरुरुरु गुडेर जाने गरेको देख्ता निकै रमाइलो लाग्दथ्यो एकपल्ट तीनधारा पाकशालानेर एउटा कविसम्मेलन हो कि अरु नै कुनै आमसभा हो त्यसमा भाग लिन संगसंगै हिंडेर आएका वयोबृद्ध कविशिरोमणि लेखनाथ पौड्याल नाटककार बालकृष्ण समलाई आफ्नै बगलबाट जाँदै गरेको देख्ने समेत मौका मिलेको थियो स्कूलमा पछि कलेजमा अध्ययन गर्दा समेत उनका कृतिहरू पढिएको उनको बारेमा काठमाडौंमा हुने चर्चा-परिचर्चा सुनेको भए तापनि प्रत्यक्ष कुराकानी गर्ने आँट नै भएन...
बालकृष्ण समले बुखारेष्टको यात्रापछि पनि सोभियत संघको यात्राभ्रमण गरेका थिए   उनीसित मैले मास्कोमा भेट्ने सम्भावना पाइनँ, यद्यपि रूसमा आएपछि रसियालीहरूद्वारा उनको बारेमा खिंचिएको वृत्तचित्र भने सिनेमा हलमा हेर्न पाइएको थियो उनको ओजस्वी वाह्य छवि मेरो मानसपटलमा कहिल्यै नमेटिने गरी अंकित भएको

दिनाङ्क : २१ फेब्रुअरी २०१४ (शुक्रवार)

No comments:

Post a Comment