Tuesday, December 29, 2015

रुसमा क्रिश्चियन भिक्षु फोती ‘गोलोस–२०१५’ गायन प्रतियोगिताका विजेता

रुसको केन्द्रीय टेलिभिजनको प्रथम च्यानलद्वारा गतः ४ वर्षदेखि आयोजना गरिंदै आएको गोलोसगायन प्रतियोनितामा यस वर्ष रुसी अर्थाडक्स चर्चका  इएरोमोनाख  (क्रिश्चियन भिक्षु) फोती (भिक्षुत्वमा दीक्षा प्राप्तिपछिको नाम) प्रथम घोषित गरिएका छन् ।

Friday, December 25, 2015

रूसी कवि इगोर एलिसेएभको कविता ‘स्वर्गद्वारीको पुल’

रूस मडासंघको दक्षिणी भेकमा अवस्थित दोनवर्ती रोस्तोभनिवासी रूसी कवि इगोर एलिसेएभको कविता ‘स्वर्गद्वारीको पुल’ नेपाली पाठकसमक्ष प्रस्तुत छ ।

Thursday, December 17, 2015

बैतडी (महाकाली अञ्चल)

                                                       बैतडी (महाकाली अञ्चल)
            ज्यादै अग्लो ठाउँ भएकोले ज्यादा हावा लाग्ने हुँदा संस्कृतमा यस ठाउँको नाम 'वायूत्तड' ('वायु' - 'हावा' 'उत्तड' - 'उन्मुख') रहेको र त्यसैको अपभ्रंश भई क्रमशः 'वायोतड', 'बैतड' र अन्तमा बैतडी नाउँ रहन गएको हो । 

मास्कोमा प्राच्य विद्याविषयक त्रिदिवसीय वैज्ञानिक सम्मेलन

सधैंझैं यस वर्ष पनि प्रसिद्ध प्राज्ञ युरी रेरिख (निकोलाइ रेरिखका जेष्ठ पुत्र) को स्मृतिमा प्राच्यविद्या संस्थानमा त्रिदिवसीय वैज्ञानिक सम्मेलनको आयोजना गरिएको थियो ।

Saturday, December 5, 2015

रुसका महान् नागरिक एवं प्राज्ञ एभ्गेनी प्रिमाकोभको स्मृतिमा

रुसका एक वरिष्ठ राजनीतिज्ञ तथा प्राज्ञ एभ्गेनी प्रिमाकोभको देहान्त भएको दुःखद समाचारले विशाल रुस शोकाकूल भएको छ । गतः २६ जूनका दिन उनको देहावसान भएको थियो र ३ दिनपश्चात् २९ जून २०१५ (सोमवार) का दिन उनको पार्थिक शरीरलाई राजकीय सम्मानका साथ नोभोदेभिच्ये मोनेष्ट्रीको परिसरमा रहेको मास्कोको प्रतिष्ठित तथा प्रसिद्ध चिहानघारीको केन्द्रीयस्थलस्थित उद्यानपथमा रुस महासंघका प्रथम राष्ट्रपति बोरिस एल्चिनको समाधिनेरै रुसी अर्थाडक्स चर्चको विधिअनुसार दफनाइयो।

मास्कोमा जनस्तरीय राजनीतिको भूमिकाबारे फोरम

रूसमा विदेशका साथ मैत्री सम्बन्ध प्रवर्धनको उद्देश्यले सन् १९२५ मा गठित र हाल रोस्सोत्रुद्नीचेस्तभोभनिने निकायको स्थापना भएको ९०यौं वर्षान्त समारोहको सन्दर्भमा मास्कोमा अन्तर्राष्ट्रिय मानविकी सहयोगको विकासमा जनस्तरीय राजनीतिको भूमिकाभन्ने विषयमा अन्तर्राष्ट्रिय फोरम (२६-२७ नोभेम्बर २०१५) सम्पन्न भएको छ ।

Monday, November 16, 2015

मास्कोमा नेपाल सम्बत् ११३६ को म्हपूजा र तिहार

मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा नेपालीहरूको महान् चाड तिहार (दीपावली) मनाउन रूसमा रहेका नेपालीहरू भेला भएका थिए । 

Wednesday, November 11, 2015

हाम्रो सुन्दर नेपाल काव्यमय नेपाल बनोस् !

नेपालको राजधानी काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघको सातौं विश्व महाधिवेशनको एक सत्रमा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीबाट एनसीसी रूसको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा १५ अक्टोबर २०१५ (वृहस्पतिवार) का दिन भानुभक्तदेखि वर्तमान समयसम्मका नेपाली कविहरूको लेखनीबाट निसृत हाम्रो रमणीय मातृभूमि नेपाल र नेपालका विभिन्न स्थानहरूसित सम्बन्धित कविताहरूको सँगालो 'काव्यमय नेपाल' को विमोचन गरिएको थियो । 

Monday, November 2, 2015

दोस्रो विश्वयुद्धमा नेपालको भूमिकाबारे मास्कोमा समारोह

मास्कोको केन्द्रबाट पश्चिमतिर सेतुन र फिल्का भनिने सासाना खोल्साहरूको बीचमा रहेको पोक्लोन्नाया गोरा भनिने ढिस्कोमा २० वर्षअघि सन् १९९५ मा अस्तित्वमा आएको रमणीय विजयपार्कमा महान् देशभक्तिपूर्ण युद्धमा सोभियत संघका जनताको विजयको स्मारकस्वरुप स्मृतिसंग्रहालय रहेको छ । 

Monday, October 26, 2015

मास्कोमा विजया दशमीको टीका र दशैं भोज

नेपालीहरूको महान् राष्ट्रिय, सांस्कृतिक तथा धार्मिक पावन पर्व बडादशैं २०७२ को उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासमा विजयादशमी (२२ अक्टोबर २०१५, वृहस्पतिवार) का दिन टीका ग्रहण तथा दशैं भोजको आयोजना गरिएको थियो ।

Sunday, October 4, 2015

रूसमा नेपाली महिला नेतृत्रयको स्वागत एवं अन्तरक्रिया कार्यक्रम

मास्कोमा बसोवास गरिरहेका नेपालीहरुले रुसको सांस्कृतिक राजधानी सेन्टपिटर्सबर्गमा सुसम्पन्न भएको युरेसियाली महिला सम्मेलनमा भाग लिन आएको नेपाली महिला प्रमण्डलको हार्दिक स्वागत गरेका छन् । 

Tuesday, September 15, 2015

मास्कोमा गैरआवासीय नेपाली संघ रुसको सातौं राष्ट्रिय अधिवेशन

रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबको  सभाकक्षमा गैरआवासीय नेपाली संघ रूस (एनआरएनए रसिया) का कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमनको सभापतित्वमा सातौं राष्ट्रिय अधिवेशन सुसम्पन्न भयो ।

Thursday, July 30, 2015

मास्कोमा २०२–यौं भानुजयन्ती समारोहका पाँच बुँदा

मास्कोमा २०२–यौं भानुजयन्ती समारोहको विवरण
रूसको राजधानीमा रहेको रमणीय ओस्तान्किनो पार्कमा गतः १९ जुलाई २०१५ (आइतवार) दिन विश्वनेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा बनभोजसहित २०२यौं भानुजयन्ती समारोहसफलतापूर्वक सुसम्पन्न भएको छ ।

Friday, July 17, 2015

मास्कोको भोरोन्चोभ्स्की पार्कमा सप्ताहान्त

रुसको राजधानी ग्रीष्मकालमा हराभरा पार्कभित्रै रहेको महानगरी प्रतीत हुन्छ । नगरका राजमार्गहरुको अगलबगलमा रोपिएका रुखहरुको हरियालीलाई विभिन्न स्थानमा बनाइएका क्यारीहरुमा रोपिएका रङ्गीविरङ्गी फूलका बोटहरुले झन् मनमोहक  तुल्याइदिन्छन् ।

Thursday, June 4, 2015

मास्कोमा निर्माणाधीन बौद्धमन्दिरको जगमा बुद्धजयन्ती समारोह

       रुस गणतन्त्रमा बसोवास गरिरहेका बौद्ध धर्माबलम्बीहरुले नेपालीहरुले भन्दा एक चन्द्रमासपछि मात्र २ जून २०१५ (मङ्गलवार) का दिन पूर्णिमा तिथिमा बुद्धजयन्ती मनाएका छन् । तिब्बती पात्रोअनुसार यस्तो अन्तर पर्न गएको प्रतीत हुन्छ ।

Saturday, May 30, 2015

मास्कोमा बौद्धविहार निर्माणको शुभारम्भ

  मास्कोमा भावी बौद्धविहार निर्माणस्थलमा १५ मेई २०१५ (शुक्रवार)  दिन बौद्धमन्दिरको निर्माणार्थ शुभमुहूर्तमा एक समारोहबीच जग खन्ने कार्य सुसम्पन्न भएको छ ।

Saturday, May 16, 2015

रुसी अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई ७४-रौं शुभजन्मोत्सवको शुभेच्छा !

सन् २०१५ को १३ मेईका दिन नेपालका परम् मित्र रुसी अन्तरिक्षयात्री भ्लादिमिर अलेक्सान्द्रोभिच जानिबेकोभले जीवनको ७३ वसन्त पार गरी ७४रौं वर्षमा प्रवेश गरेका छन् ।

Monday, May 11, 2015

मास्कोमा जर्मन फाशीवादउपर विजयको ७० वर्षको महोत्सव

    एकाबिहानै वसन्तऋतुको उज्यालो झ्यालबाट कोठामा पस्नासाथै ब्युँझेर बाहिर दृष्टि दिएँ । हिउँदभरि जाडोले कठ्यांग्रिएका रुखहरु हरिया पातहरुको पहिरनमा सिंगारिएर उभिइरहेका थिए । 

महाभूकम्प पीडितोद्धारका लागि बुद्धजयन्तीको अवसरमा दीप प्रज्ज्वलन

                  हरेक वर्षझैं यस वर्ष पनि बुद्धजयन्तीका दिन बिहानै मास्कोमा बसोवास गरिरहेका नेपालीहरु र तिनका रसियाली मित्रहरु पनि मास्कोबाट ९० मिलोमिटर टाढा कालुगा अञ्चलमा निर्मित नेपाली घरको प्रांगणमा पुगेका थिए । 

Friday, April 10, 2015

मास्कोमा नेपालविषयक वैज्ञानिक सेमिनार

मास्कोको केन्द्रमा अवस्थित रुस विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमा भारतवर्ष अनुसन्धान केन्द्रको अग्रसरतामा ६ अप्रिल २०१५ (सोमवार) आयोजना गरिएको नेपालविषयक एक वैज्ञानिक सेमिनार सुसम्पन्न भयो । 

Friday, February 20, 2015

रूसमा नेपाली पाठशालाको कथा

नेपाली साहित्यक्षेत्रमा देखापर्न थालेको अग्रेजी भाषामा नेपाली वाङ्मयको नवीनतम शाखाको जगमा रूसमा हुर्किरहेका नेपाली किशोरद्वय अनुराग तथा अनुकृत लामिछाने दाजुभाइबाट पुस्तकरूपी ईंट थपिएको छ । 

Monday, January 19, 2015

नेपालसँग सहयोग तथा मैत्री समाजको विशेष सम्मेलन

 मास्कोको वाह्य चक्रपथको छेवैमा रहेको नेपाली-भारतीय रेष्टुराँ 'तुन्दुर' को एक कक्षमा  
१७ जनवरी २०१५ (शनिवार) का दिन 
नेपालसँग सहयोग तथा मैत्री समाजको नामबाट पुनर्गठनको सन्दर्भमा 
विशेष सम्मेलन सुसम्पन्न भयो ।