Monday, November 2, 2015

दोस्रो विश्वयुद्धमा नेपालको भूमिकाबारे मास्कोमा समारोह

मास्कोको केन्द्रबाट पश्चिमतिर सेतुन र फिल्का भनिने सासाना खोल्साहरूको बीचमा रहेको पोक्लोन्नाया गोरा भनिने ढिस्कोमा २० वर्षअघि सन् १९९५ मा अस्तित्वमा आएको रमणीय विजयपार्कमा महान् देशभक्तिपूर्ण युद्धमा सोभियत संघका जनताको विजयको स्मारकस्वरुप स्मृतिसंग्रहालय रहेको छ । 

हाल मास्कोवासीहरूको घुमफिर गर्ने एक प्रमुख स्थल बनेको यस ठाउँबाट मास्को छर्लङ्ग देखिने हुँदा मास्कोबाट बाहिरिने मानिसहरुले उहिले यस ठाउँमा उभिएर सुनौला गजूरहरूको शहर मानिने मास्कोका चर्चहरुको अवलोकन गरी ढोग्ने गरेको हुँदा यस ढिस्कोले पोक्लोन्नाया गोरा (शब्दशः नतमस्तकगिरि’) भन्ने नाउँ पाएको थियो । यसै रमणीय ढिस्कोमा महान देशभक्तिपूर्ण युद्ध (सन् १०४११९४५) मा सोभियत जनताको विजयको स्मारकस्वरुप यहाँ २० वर्षअघि हिटलरविरोधी मोर्चाका प्रमुख देशहररू (रूस, संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स, चीन  आदि) का राष्ट्राध्यक्ष र सरकार प्रमुखहरूको समुपस्थितिमा  विशाल विजयपार्क र स्मृति-संग्रहालयको उद्घाटन समारोह सुसम्पन्न गरिएको थियो । 
नेपाली राजदूत-दम्पति भव्य समारोहका सहभागीहरूको साथमा
यस विजयपार्कमा रूसका चारै प्रमुख धर्महरूको प्रतीक (क्रिश्चियन अर्थाडक्स चर्च, यहूदी सिनागोग, इस्लामिक मस्जिद र बौद्धविहार) निर्माण गर्ने योजनाअनुसार पहिला तीन धार्मिक स्थलहरु बनिसकेका छन् र बौद्धविहार चाहिं अद्यापि निर्माणाधीन अवस्थामै हेको छ ।
संग्रहालयको विजयकक्षमा
रूसनेपाल सहयोग तथा मैत्री समाजको तत्वावधानमा २९ अक्टोबर २०१५ का दिन यसै संग्रहालयको एक कक्षमा फाशीवादविरुद्ध महान् विजयको ७०-यौं वर्षान्त र दोस्रो विश्वयुद्धमा नेपालको योगदानको सन्दर्भमा एक भव्य समारोहको आयोजना गरिएको थियो । 
भ्लादिमिर फेदोतोभ (उपाध्यक्ष), मिखाइल नेक्रासोभ (अध्यक्ष),
डा. मणिराज पोखरेल (उपाध्यक्ष वक्तव्य दिंदै), 
डा. रविमोहन सापकोटा कोपिला (नेपाली राजदूत)
समारोहमा मैत्री समाजका कार्यकर्ताहररूका अतिरिक्त रूस परराष्ट्र मन्त्रालय तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, लेखक-कवि, पत्रकार तथा उद्यमीहरूका साथै विशेष अतिथिको रूसमा रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिला, मास्कोस्थित नेपाली राजदूतावास परिवार, गैरआवासीय नेपाली संघका अध्यक्ष दीनानाथ राजभण्डारीसहित नेपाली उद्यमी, व्यवसायी तथा मास्कोका विभिन्न उच्च शीक्षना संस्थानमा अध्ययनरत नेपाली  विद्यार्थीहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
भव्य समारोहका सहभागीहरू
रूसनेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभको सभापतित्वमा सम्पन्न भव्य समारोमा यसै मैत्री समाजका उपाध्यक्ष, रूसको परराष्ट्र मन्त्रालयका प्रतिनिधि भ्लादिमिर फेदोतोभद्वारा  ‘दोस्रो विश्वयुद्धमा फाशीवादउपर विजयप्राप्तिमा नेपालको सहभागिता र भूमिका भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । रुसका लागि नेपाली राजदूत, मैत्री समाजको संरक्षक परिषद्का पदेन सदस्य डा. रविमोहन सापकोटा कोपिलाज्यूले आधा शताब्दीभन्दा बढी समयदेखि जनस्तरमा नेपाल र रुसका बीच मैत्री तथा सदभावनाको सुदृढीकरणमा गहकिलो योगदान पुर्याउँदै आइरहेको नेपालरूस सहयोग तथा मैत्री समाजको क्रियाकलापको सराहना गर्दै दोस्रो विश्वयुद्धको ७०यौं वर्षान्तको उपलक्ष्यमा विजयस्मारकस्थलमा भव्य समारोहको आयोजना गरिएकोमा हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।
रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिला वक्तव्य दिंदै
भव्य समारोहमा यसै साल नेपालमा गएको महाभूकम्पको भीषण परिणामको निराकरण तथा राहत कार्यमा सक्रिय योगदान पुर्याउने रूसका सामाजिक एवं व्यापारिक संस्थाका प्रतिनिधिहरू तथा लोककल्याणकारी कार्यमा भाग लिने व्यक्तिहरूलाई भव्य वातावरणमा कृतज्ञता ज्ञापनपत्र प्रदान गरिएको थियो । 
रूस‍-नेपाल सहयोग तथा मैत्री समाजका अध्यक्ष मिखाइल नेक्रासोभ
नेपाली राजदूतज्यूबाट  कृतज्ञताज्ञापनपत्र ग्रहण गर्दै
बायाँतिर भ्लादिमिर फेदोताभ
रूसनेपाल सहयोग तथा मैत्री समाजको निर्णयबमोजिम एभ्गेनिया गोरेमिकिना (एपिडबिओमेड कम्पनीकी महानिर्देशिका), जोरान कोभाच (हेर्चोग इन्जिनियरिङ्ग कम्पनीका महानिर्देशक), मिखायल नेक्राशोभ (नानोलेक कम्पनीका महानिर्देशक)प्योत्र कानिगिन (मिक्रोगेन कम्पनीका महानिर्देशक), इगोर शेपेलिन (एपिडबिओमेड कम्पनीकामहानिर्देशक), इभान राद्युश्किन (बिओहोल्ड कम्पनीका महानिर्देशक)कोन्स्तान्तिन शेपेलिन (इन्टेरबिओ कम्पनीका महानिर्देशक)एभ्गेनी शरोखिन (एपिडबिओमेड लिमिटेडका अध्यक्ष), इगोर शाब्ब (इएफके डीभीएम इन्भेस्ट लिमिटेड कम्पनीका महानिर्देशक), मिखाइल पोलेझाएभ (युगोभ फर्निचर कारखानाका महानिर्देशक), भ्लादिमिर जानिबेकोभ (रूसनेपाल सहयोग तथा मैत्री समाजको संरक्षक परिषदका अध्यक्ष)अलेक्सान्द्र सोलोभ्योभ (मैत्री समाजका मानार्थ अध्यक्ष), एभ्गेनी कोजोरेजोभ (मैत्री समाजको संरक्षक परिषदका सदस्य), लारिसा सिनित्सिना (मैत्री समाजकी कोषाध्यक्ष), मणिराज पोखरेल (मैत्री समाजका उपाध्यक्ष), ऋषिकान्त मण्डल (मैत्री समाजको संरक्षक परिषदका सदस्य), बोरिस भेर्शिनिन (मैत्री समाजका महासचिव) र मिखाइल मार्तिरोस्यान (रसियाली उद्यमी) लाई भव्य समारोहमा नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले कृतज्ञता ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो ।
डा. ऋषिकान्त मण्डल कृतज्ञताज्ञापनपत्र ग्रहण गर्दै
मास्कोमा सम्पन्न भव्य समारोहका सहभागीहरूले महान् देशभक्तिपूर्ण युद्धमा रूसलगायत पूर्व सोभियत संघका जनताहरूको अतुलनीय वीरताको झलक दिने विजयसंग्रहालयको दृश्यावलोकन गर्नुका साथै मातृभूमिको स्वाधीनताको रक्षार्थ डटेर आक्मकहरूको सामना गर्दै भावी पुस्ताका लागि विश्वमा शान्ति स्थापनार्थ फाशिवादविरुद्धको युद्धमा आत्मोत्सर्ग गरी वीरगति प्राप्तगर्ने लाखौं वीरहरूको स्मृतिमा भावनात्मक श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
विजय स्मारक संग्रहालय अवलोकन गर्दै
समाचार स्रोत र फोटो सौजन्य :
          बोरिस भेर्शिनिन (मैत्री समाजकामहासचिव)
          मास्को, रूस महासंघ ।


No comments:

Post a Comment