सधैंझैं यस
वर्ष पनि प्रसिद्ध प्राज्ञ युरी रेरिख (निकोलाइ रेरिखका जेष्ठ पुत्र)
को स्मृतिमा प्राच्यविद्या संस्थानमा त्रिदिवसीय वैज्ञानिक सम्मेलनको आयोजना
गरिएको थियो ।
वैज्ञानिक
सम्मेलनमा मास्को र सेन्ट–पिटर्सबर्ग लगायत रूस महासंघका विभिन्न नगरका विभिन्न शिक्षण संस्थानका
साथै र कीभ (युक्रेन) बाट समेत प्राच्य विद्याको क्षेत्रमा अनुसन्धानरत
विद्वानहरुको सहभागिता रहेको थियो ।
वैज्ञानिक सम्मेलनको झलक (१४.१२.२०१५)
सम्मेलनको
उदघाटन गर्दै प्राच्यविद्या संस्थानका निर्देशक भालेरी आन्द्रोसोभले रुसमा जस्तै
अवस्थामा पनि प्राच्य विद्याको अस्तित्व कायमै हने आशा व्यक्त गर्नुका साथै ५२
पल्ट प्राज्ञ युरी रेरखिको स्मृतिमा सम्मेलन सम्पन्न भइरहेकोमा सन्तोष जनाएका थिए
।
निर्देशक भालेरी आन्द्रोसोभ उद्घाटन-मन्तव्य दिंदै
तीन दिन
(१४-१६ डिसम्बर २०१५) सम्म सम्पन्न सम्मेलनको पाँच सत्रमा प्रस्तुत ३१ वटा
कार्यपत्रहरुको विषयवस्तु रुस, मध्यएसिया, मङ्गोलिया,
चीन, तिब्बत, नेपाल,
भारत, श्रीलङ्का आदि व्यापक क्षेत्रलाई
समेट्ने गरी निकै विविधतापूर्ण रहेको थियो ।
वैज्ञानिक सम्मेलनका केही सहभागीहरू
सम्मेलनमा प्रस्तुत पूर्वेली देशका
प्राचीन र नव्य भाषा, साहित्य, वास्तुकला,
चित्रकला, संगीत, संस्कृति,
इतिहास, बुद्ध धर्म, हिन्दु
धर्म, इस्लाम धर्म आदि विभिन्न विषयको विवेचना गरिएका सबै
कार्यपत्रहरुको बारेमा यहाँ चर्चा गर्नु सम्भव छैन, न त सबै
कार्यपत्रहरुका शीर्षकको सूची मात्र प्रस्तुत गर्नु समेत सम्भव छ । तैपनि नेपाली
पाठकवृन्दको जानकारीका लागि केही कार्यपत्रहरुको नामोल्लेख गर्न चाहन्छु ।
उदाहरणका लागि भन्ने हो भने युक्रेनकी विदुषी ए.ओग्नेभाले ‘युरी
रेरिखको अध्ययन कक्षमा रहेका थान्का (पौभा) हरुको विशेषता’ बारे चर्चा गरेकी थिइन्
भने मास्कोकी विदुषी एन.आलेक्सान्द्रोभाले ‘बोधगयाको आध्यात्मिक
भूगोल’ को वर्णन गरेकी थिइन् । सेन्ट-पीटर्सबर्गकी विदुषी
एस.स्वेतकोभाले ‘कवीरको उपदेशको भाषिक तथा शैलीगत विशेषता’ बारे प्रकाश पारेकी थिइन् भने अर्की विदुषी टी.सेलिभानोभाले चाहिं ‘इस्लाम पूर्वको काश्मिरमा अन्तर्जातीय अन्योन्य सम्बन्ध’ बारे बताएकी थिइन् ।
सेन्ट-पीटर्सबर्गकी विदुषी टी.सेलिभानोभा
विदुषी टी.सेलिभानोभाले ‘राज–तरङ्गिणी’ ग्रन्थको उल्लेख गर्नुका साथै काश्मिरमा
धेरै पहिले नेपालबाट बसाइँ सरेका डम्बर भनिने जातिको सामाजिक स्तरोन्नतिबारे चर्चा
गरेकी थिइन् र मैले त्यसको स्रोत जान्न खोज्दा यस जातिको शारीरिक बनावटको आधारमा
किरात जातिको हुन सक्ने मेरो तर्कलाई स्वीकार गरेकी थिइन् । यस विषयमा गहन
अनुसन्धानको खाँचो छ भन्ने मलाई लाग्छ ।
तिब्बतविद् अलेक्सेइ भासिल्येभ कार्यपत्र प्रस्तुत गर्दै
अधिकांस
कार्यपत्रहरुमा वैदिक संस्कृति एवं संस्कृत र पाली भाषाका ग्रन्थहरुको चर्चा चलेको
थियो । उदाहरणार्थ मास्कोकी विदुषी आ गुरियाले ‘रामायण’ र अश्वघोषकृत ‘बुद्धचरित्र’
को काव्यिक विवेचना प्रस्तुत गरेकी थिइन् भने एन.लिदोभाले ३६
अध्याययुक्त प्राचीन ग्रन्थ ‘नाट्यशास्त्र’ लाई पाँचौं वेद भन्न सकिने तर्क गर्दै यसको पूर्ण रुपले सुरक्षित एक
मात्र पाण्डुलिपि भारतमा रहेको र दामोदर त्रिपाठीको सौजन्यताबाट खण्डित नै भए पनि
नेपालमा सुरक्षित प्राचीन पाण्डुलिपि हेर्न पाइएको बताउँदा मलाई गर्वानुभूति हुनु
स्वाभाविकै हो र मैले त्रिचन्द्र कलेजको विद्यार्थी छँदा घण्टाघरमुनिको भुईतलामा
रहेको वीरपुस्तकालयमा पोका पारेर राखिएका प्राचीन ग्रन्थहरुको भण्डार कैयौंपल्ट
देखेको सम्झना भएर आयो र हालै महाभूकम्पको मारमा परेको नेपालमा यस्ता अमूल्य ग्रन्थहरु
आधुनिक तरीकाले सुरक्षित राख्न आवश्यक प्रयास भएको होला भन्ने समेत कल्पना गर्न
पुगेको थिएँ ।
मध्यान्तरमा चियापान र विचारविमर्श
प्राचीन
भारतीय कलासम्बन्धी ग्रन्थ ‘चित्रसूत्र’ को
अनुवादसहित अनुसन्धानात्मक पुस्तककी लेखिका विदुषी भिक्टोरिया भेर्तोग्रादोभाले
प्राचीन भारतीय शिलाभिलेखहरुमा आधारित ‘भारतबाट कारा–तेपेसम्म’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेकी थिइन्
भने दार जुताएभले चाहि. युरी रेरिखको अध्ययनकक्षमा संग्रहित ‘नेपालको अज्ञात सचित्र पाण्डुलिपि’ बारे प्रकाश
पारेका थिए ।
बुद्धधर्मका अध्येता दार जुताएभ र भिक्टर याकोभ्लेभ
मैले सम्मेलनमा प्रस्तुत गरेको ‘नेपाली
किम्बदन्तीहरुका पात्रको रुपमा नागहरु’ शीर्षकको कार्यपत्रमा
पनि नेपालको संस्कृतिसम्बन्धी विषयवस्तुको नै विवेचना गरिएको सूचित गर्न चाहन्छु ।
रसियाली विद्वान्-विदुषीबाट मेरो कार्यपत्रबारे राखिएका प्रश्न र जिज्ञासाबाट नाग
र सर्पको भेद छुट्याउनेबारे नेपाली किम्बदन्तीलगायत नागविषयक हाम्रा विभिन्न किम्बदन्तीहरुले
उनीहरुको ध्यान आकर्षित गरेको थियो भन्ने स्पष्ट हुन्थ्यो ।
प्राच्यविद्या संस्थानका नवीन प्रकाशनहरूको प्रदर्शन
यसरी
मास्कोको केन्द्रमा रहेको प्राच्य विद्या संस्थानको प्राज्ञपरिषद्कक्षमा तीन दिनसम्म
पुर्वेली देशहरुको सभ्यता र संस्कृतिको बारेमा विचारविमर्श भएको थियो । नेपाली
पाठकवृन्दलाई कुन कुरा पनि अवगत गराउन चाहन्छु भने ३ वर्षपछि रुस विज्ञान प्रज्ञा–प्रतिष्ठानअन्तर्गत
रहेको प्राच्यविद्या संस्थानको स्थापना भएको दुई शताब्दी पूरा हुँदैछ ।
प्राच्यविद्या संस्थानको भवनसमक्ष
भारतवर्ष अनुसन्धान केन्द्रकी उपप्रमुख एभ्गेनिया भानिना र दार जुताएभ
रुसमा
नेपालको विभिन्न क्षेत्रको समेत अध्ययन-अनुसन्धान गर्दै आएको रुसको यस
विश्वविख्यात अनुसन्धान–केन्द्रसित म पनि गतः आधा शताब्दीभन्दा
बढी समयदेखि नै सम्बन्धित रहेको छु ।
मिति : १६ डिसम्बत २०१५ (बुधवार), मास्को, रुस महासंघ ।
No comments:
Post a Comment