नेपालको राजधानी काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघको सातौं विश्व महाधिवेशनको
एक सत्रमा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीबाट एनसीसी रूसको
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा १५ अक्टोबर २०१५ (वृहस्पतिवार) का दिन भानुभक्तदेखि वर्तमान समयसम्मका
नेपाली कविहरूको लेखनीबाट निसृत हाम्रो रमणीय मातृभूमि नेपाल र नेपालका विभिन्न स्थानहरूसित
सम्बन्धित कविताहरूको सँगालो 'काव्यमय नेपाल' को विमोचन गरिएको थियो ।
Wednesday, November 11, 2015
Monday, November 2, 2015
दोस्रो विश्वयुद्धमा नेपालको भूमिकाबारे मास्कोमा समारोह
मास्कोको
केन्द्रबाट पश्चिमतिर सेतुन र फिल्का भनिने सा–साना खोल्साहरूको
बीचमा रहेको पोक्लोन्नाया गोरा भनिने ढिस्कोमा २० वर्षअघि सन् १९९५ मा अस्तित्वमा
आएको रमणीय विजयपार्कमा महान् देशभक्तिपूर्ण युद्धमा सोभियत संघका जनताको विजयको
स्मारकस्वरुप स्मृति–संग्रहालय रहेको छ ।
Monday, October 26, 2015
मास्कोमा विजया दशमीको टीका र दशैं भोज
नेपालीहरूको महान् राष्ट्रिय, सांस्कृतिक तथा
धार्मिक पावन पर्व बडादशैं – २०७२ को उपलक्ष्यमा मास्कोस्थित
नेपाली राजदूतावासमा विजयादशमी (२२ अक्टोबर २०१५, वृहस्पतिवार) का दिन टीका ग्रहण
तथा दशैं भोजको आयोजना गरिएको थियो ।
Sunday, October 4, 2015
रूसमा नेपाली महिला नेतृत्रयको स्वागत एवं अन्तरक्रिया कार्यक्रम
मास्कोमा बसोवास गरिरहेका नेपालीहरुले रुसको सांस्कृतिक
राजधानी सेन्ट–पिटर्सबर्गमा सुसम्पन्न भएको
युरेसियाली महिला सम्मेलनमा भाग लिन आएको
नेपाली महिला प्रमण्डलको हार्दिक स्वागत गरेका छन् ।
Tuesday, September 15, 2015
मास्कोमा गैरआवासीय नेपाली संघ रुसको सातौं राष्ट्रिय अधिवेशन
रसियाली
जनमैत्री विश्वविद्यालयको ‘इन्टरक्लब’ को सभाकक्षमा गैरआवासीय नेपाली संघ रूस (एनआरएनए
रसिया) का कार्यवाहक अध्यक्ष डिल्ली खरेल सुमनको सभापतित्वमा सातौं राष्ट्रिय
अधिवेशन सुसम्पन्न भयो ।
Thursday, July 30, 2015
मास्कोमा २०२–यौं भानुजयन्ती समारोहका पाँच बुँदा
मास्कोमा २०२–यौं भानुजयन्ती समारोहको विवरण
रूसको राजधानीमा रहेको रमणीय ओस्तान्किनो पार्कमा गतः १९ जुलाई २०१५ (आइतवार) दिन विश्वनेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा बनभोजसहित २०२–यौं भानुजयन्ती समारोहसफलतापूर्वक सुसम्पन्न भएको छ ।
रूसको राजधानीमा रहेको रमणीय ओस्तान्किनो पार्कमा गतः १९ जुलाई २०१५ (आइतवार) दिन विश्वनेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा बनभोजसहित २०२–यौं भानुजयन्ती समारोहसफलतापूर्वक सुसम्पन्न भएको छ ।
Friday, July 17, 2015
मास्कोको भोरोन्चोभ्स्की पार्कमा सप्ताहान्त
रुसको राजधानी ग्रीष्मकालमा हराभरा पार्कभित्रै रहेको
महानगरी प्रतीत हुन्छ । नगरका राजमार्गहरुको अगलबगलमा रोपिएका रुखहरुको हरियालीलाई
विभिन्न स्थानमा बनाइएका क्यारीहरुमा रोपिएका
रङ्गीविरङ्गी फूलका बोटहरुले झन् मनमोहक
तुल्याइदिन्छन् ।
Subscribe to:
Posts (Atom)