Tuesday, January 7, 2014

रुसमा निर्मित नयाँ जेरुसलमको कथा


मास्कोबाट ६० किलोमिटर मात्र टाढा इस्त्रा भनिने क्षेत्रमा नयाँ जेरुसलम नामक मोनेष्ट्री रहेको छ । सन् १६५६ मा रुसका धर्माधिकारी पैत्रिआर्क निकोनले मास्कोलाई तृतीय रोम बनाउने विचारलाई साकार रुप दिने उद्देश्यले मास्कोको नजिकै एक रमणीय स्थलमा जेरुसलमको नक्कल उतारेर बनाएको मोनेष्ट्रीले नयाँ जेरुसलम भन्ने नाउँ पाएको छ ।  

रुसको संविधानको कथा


रुसको विद्यमान संविधान १२ डिसम्बर (सन् १९९३) का दिन क्रियाशील भएको थियो । भर्खरै इतिहासको गर्भमा विलीन भएको सन् २०१३ को १२ डिसम्बरका दिन रुसमा देशको संविधान लागू गरिएको २० वर्ष पूरा भएको सन्दर्भमा संविधान दिवस मनाइयो ।

स्वास्थ्यनगरी सोचीको कथा


एक महीनापछि कृष्णसागरीय तटवर्ती स्वास्थ्यनगरी सोचीमा विश्वका सम्पूर्ण महादेशहरुका खेलाडीहरु खेलप्रेमीहरुको संगमस्थल हुनेछ यो रमणीय नगरी सन् २०१४ को फेब्रुअरीदेखि पूरै १७ दिनसम्म बाईसौं शीतकालीन ओलम्पिक खेलको राजधानी बन्ने यस विश्वव्यापी महत्वको घटनापश्चात् यसै नगरीमा संसारभरिका अपांग खेलाडीहरुले शीतकालीन खेलकूद प्रतियोगितामा भाग लिने छन् त्यसको सन्दर्भमा पनि विश्वका विभिन्न देशका खेलप्रेमीहरु त्यहाँ ओइरिने छन् मैले सोभियत कालमा देखेको सोची क्षेत्रमा अहिले अभूतपूर्व कायाकल्प भइसकेको तापनि यस अन्तर्राष्ट्रिय क्रीडा महोत्सवको पूर्ववेलामा रुसका लागि सन् २०१४ को महत्वपूर्ण ऐतिहासिक घटनाको केन्द्रबिन्दु बन्ने रमणीय सोचीनगरको बारेमा नेपाली पाठकवृन्दलाई संक्षेपमा बताउन अग्रसर भएको छु...   

Friday, January 3, 2014

नेपालविषयक काव्यहरूको त्रिभाषिक छविग्रन्थको लोकार्पण


मास्को, २५ डिसम्बर २०१४ (वृहस्पतिवार) । र्इश्बीसम्बत्को नयाँ वर्ष सन् २०१४ को शुभागमनको पूर्ववेलामा मास्कोको 'रेनासाँ' नामक रेष्टुराको विशाल कक्षमा 'दुर्इ देवताहरुप्रति' भन्ने शीर्षकमा दागेस्तानी जनकवि रासुल हाम्जातोभको नेपालविषयक दुर्इ काव्यकृतिहरु ('जीवनचक्र' र 'जीवित देवी कुमारी') को रुसी, आभार तथा नेपालीसमेत त्रिभाषिक छविग्रन्थको भव्य वातावरणमा लोकार्पण सुसम्पन्न भयो । खैरो रङ्गको मोरोक्को छालाले मोडिएको मोटो गातामा ठुलो साइजका ३६० पृष्ठ भएको (उपहारको उद्देश्यले लेखकस्वबिना सीमित संख्यामा छापिएको) यस सचित्र पुस्तकलाई छविग्रन्थ भन्नुको तात्पर्य के हो भने दागेस्तानी कविका काव्यकृतिहरुलाई युवा फोटो चित्रकार इभान कोजोरेजोभकृत नेपाल र दागेस्तानका हिमशिखरहरुका साथै रमणीय प्राकृतिक दृश्य, सांस्कृतिक परिवेश एवं मानवाकृतिहरुअंकित  रंगीन छविचित्रहरुद्वारा सिंगारिएको छ र काव्यकृतिका उक्त तीनै भाषाभाषी पाठकवृन्दले त्यसमा वर्णित परिवेशको दृश्यात्मक झलक समेत प्राप्त गर्ने सम्भावना पाउने छन् ।

रुसमा छापाखाना र पुस्तक-प्रकाशनको कथा



आजभन्दा ठीक ४५० वर्षअघि सन् १५६३ को १९ अप्रिलका दिन रुसमा पहिलो छापाखाना (तत्कालीन रुसी भाषामा पेच्यात्न्या) खोलिएको थियो र त्यस छापाखानाबाट रुसी भाषामा पहिलो पुस्तक प्रकाशमा ल्याइएको हालै १ मार्चका दिन ४४९ वर्ष पूरा भयो । यो रुसको सांस्कृतिक विकासमा ज्यादै महत्व राख्ने परिघटना थियो ।

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

मास्कोस्थित गणतन्त्र दागेस्तानको प्रतिनिधिप्रासादमा बीसौं-एक्काईसौं शताब्दीहरूको संघारमा दागेस्तान र नेपालका सामाजिक-आर्थिक तथा नृवंशात्मक-सांस्कृतिक समस्याहरू भन्ने व्याख्यात्मक वाक्यांसहित ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक शीर्षक बोकेको पुस्तकको लोकार्पण ५२-औं अन्तरिक्षदिवस (१२ अप्रिल २०१३) कै सुअवसरमा रूसका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा तथा रुसका राष्ट्रपतिअन्तरगत दागेस्तानका स्थायी प्रतिनिधि अलेक्सान्द्र इगोरेभिच एर्मोश्किनबाट भएको छ । विश्वको सर्वोच्च हिमश्रृंखलाको काखमा अवस्थित नेपाल र ककेशिया पर्वतश्रृंखलाको काखमा अवस्थित दागेस्तानबीच समानता र विषमताको तुलनात्मक अध्ययनका लागि रुसी भाषामा हालै प्रकाशित यस ग्रन्थबाट निकै सहयोग पुग्न सक्तछ । यो दागेस्तानी तथा नेपाली लेखकद्वय क्रमशः सेर्गेइ मुर्तुजालिएभ तथा यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) को  संयुक्त कृति हो । 

प्राचीन रुसी ग्रन्थहरुमा समय र स्थानसम्बन्धी अवधारणा

प्राचीन रुसमा लिखित लेतोपिस भनिने वर्षावलीहरुको अध्ययनबाट समय (काल) र स्थान (दिक्) सम्बन्धी त्यतिखेरका ग्रन्थकारहरुको अवधारणा स्पष्ट हुन्छ । रूसी भाषाका दुई शब्द (“लेतो” को अर्थ “वर्ष” र “पिस” को अर्थ “लेखन”) को आधारमा  “लेतोपिस” भनिने यस्ता हस्तलिखित ग्रन्थहरुमा प्राय: वर्षभरि घटेका घटनाहरूको टिपोट गरिने हुनाले नेपालीमा वर्षावली भन्नु उपयुक्त हुन्छ । रुसले अपनाएको अर्थाडक्स चर्चका मोनेष्ट्रीहरुमा बस्ने क्रिस्चियन भिक्षुहरुले वर्षावली लेख्ने गरेका थिए । हुन पनि त्यस समयमा धर्मकर्ममा संलग्न व्यक्तिहरु नै शिक्षित पनि हुन्थे । ग्रन्थको नामअनुसार नै ग्रन्थावलीहरुमा समाजमा घटेका विभिन्न महत्वपूर्ण घटनाहरुलाई अभिलेख गर्नेगरिएको थियो । कुन कुरा पनि रोचक छ भने रूसी शब्द “लेतो” को अर्थ ग्रीष्मयाम पनि हुन्छ र वर्षको अधिकांश समय जाडो हुने रूसका लागि वर्षको गणनाका लागि त्यही ऋतुबोधक शब्द ग्रहण गरिएको होला भन्ने मेरो ठनाइ छ । हामीले पनि त गर्मीयाममा नेपालजस्तो कृषिप्रधान देशका लागि जीवनदायी मनसुन झरीवर्षा हुने वर्षाऋतुकै आधारमा सालबोधक “वर्ष” शब्द प्रयोग गर्दै आएका छौं । यसरी रूसवासीलेझैं हामीले पनि समयको गणना प्रमुख ऋतुबोधक शब्दद्वारा गर्दै आएका छौं ।