Wednesday, October 19, 2016

मास्कोमा बडाबशैंको जमरा र विजयादशमीको टीका समारोह

रूसको राजधानीस्थित नेपाली राजदूतावासमा रूसवासी नेपालीहरूले उल्लासमय वातावरणमा विजयादशमी२०७३ को उत्सव मनाए ।

Friday, September 30, 2016

नेपालमा रूसी महाकवि पुश्किनको प्रतिमा र काव्यसङ्ग्रह विमोचन

रूसनेपाल सहयोग तथा मैत्री समाजको अग्रसरतामा रूसमा बसोवास गरिरहेका साहित्यानुरागी नेपालीहरूको समेत सक्रिय सहभागितामा २५ सेप्टेम्बर २०१६ (आइतवार) का दिन  नेपालको राजधानीस्थित रूसी विज्ञान तथा संस्कृति केन्द्रको प्राङ्गणमा विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा स्थापना गरियो ।

Sunday, July 31, 2016

नेपाल–रूस दौत्य सम्बन्ध स्थापनाको हीरक जयन्ती

रूस (सोभियत संघ) र नेपालबीच दौत्य सम्बन्ध स्थापनाको ६०यौं वर्षबन्धन (हीरक जयन्ती) को सुखद सन्दर्भमा रूसनेपाल सहयोग तथा मैत्री समाजको तत्वावधानमा  साहित्यिक तथा सांस्कृतिक कार्यक्रमसहित विशेष समारोह सुसम्पन्न भएको छ । 

कविता प्रतियोगिता र वनभोज कार्यक्रमसहित भानुजयन्ती-२०३ सुसम्पन्न

हाम्रा आदिकवि भानुभक्त आचार्थको २०३औं  जन्मजयन्तीको उपलक्षमा २४ जुलाई २०१६ (आइतवार) का दिन मास्कोको हरियालीपूर्ण रमणीय स्थल वनस्पतिउद्यान पार्कमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको अधिवेशनमा नयाँ कार्यकारिणी समिति निर्वाचित गरिनुका साथै समारोह सम्पन्न भयो ।  

Sunday, July 24, 2016

नेपाली र रूसी भाषामा प्रकाशित पुस्तकहरू

आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोहप्रति समर्पित पुस्तकहरू
(नेपाली र रूसी भाषामा काठमाडौंबाट प्रकाशित)

Monday, June 20, 2016

मास्कोमा नेपाली साहित्यकारद्वय ‘जय पृथ्वी – इभान मिनाएभ’ स्रष्टासम्मानबाट विभूषित

मास्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा गैरआवासीय नेपाली संघ रूस तथा विश्व नेपाली साहित्य महासंघ, रूस शाखाको तत्वावधानमा नेपालबाट रूस भ्रमणमा आइरहनुभएका साहित्यकारद्वय धनराज गिरी तथा अश्विनी कोइरालाको स्वागतार्थ साहित्यिक समारोहको आयोजना गरिएको थियो ।

Friday, June 10, 2016

रूसी महाकवि पुश्किनको आवक्ष–प्रतिमा अवलोकन

आधुनिक रूसी साहित्यिक भाषाका प्रवर्तक मानिने विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र सेर्गेएभिच पुश्किनको २१७रौं जन्मजयन्तीको पावन अवसरमा मास्कोका प्रसिद्ध मूर्तिकार एवं चित्रकार ग्रिगोरी भिक्तोरोभिच पोतोत्स्कीको शिल्पशालामा पुगेर उनले रूसनेपाल सहयोग तथा मैत्री समाजको तर्फबाट काठमाडौंमा स्थापना गर्नका लागि भर्खरै निर्माण गरेको रूसी महाकविको आवक्ष कांस्यमूर्तिको दर्शन गर्ने सुअवसर जुटेको थियो ।

Wednesday, April 20, 2016

मास्कोमा नयाँ वर्ष २०७३ को सांस्कृतिक साँझ

          बिक्रम सम्बत् २०७३ को पावन उपलक्ष्यमा १७ अप्रिल २०१६ (आइतवार) रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबको प्रेक्षालयमा शुभकामना तथा सांस्कृतिक साँझको आयोजना गरिएको थियो ।

Sunday, April 17, 2016

मास्कोमा आधुनिक नेपाली चित्रकला प्रदर्शनी

रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बिक्रम सम्बत् २०७३ को नयाँ वर्ष तथा नेपाल र रूस (सोभियत संघ) बीच दौत्य सम्बन्ध स्थापनाको आसन्न ६०यौं वर्षबन्धनको सन्दर्भ पारेर नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा आधुनिक नेपाली कला प्रदर्शनीको आयोजना गरिएको थियो ।

Monday, March 14, 2016

हिउँदको ठिहि-याउने बरफ–पानीमा डुबुल्की र पौडी

मास्कोको उत्तरी क्षेत्रमा रहेको सेरेब्य्रान्नी बोरभनिने रमणीय इलाकामा अवस्थित सानो तर गहिरो सरोबरमा जमिरहेको बरफको बाक्लो पत्र काटेर वनाइएको २५ मिटर लामो  पोखरीमा हिउँदको ठिहि-याउने पानीमा पौडी खेल्ने हुनाले जलसिंह’ (रूसी भाषामा मोर्ज) भनिने पौडीबाजहरू र अन्य हिमपौडीका प्रेमीहरूले समेत चिसो पानीमा डुबुल्की लगाएर यस वर्षको हिउँदलाई बिदा गरेका थिए । 

Tuesday, February 9, 2016

सेन्टपिटर्सबर्गमा नेपालको वाणिज्य दूतावासको समुद्घाटन

     रुस महासंघको उत्तरी राजधानी मानिने सेन्टपिर्सबर्ग महानगरीमा गत २५ जनवरी २०१६ (सोमवार) का दिन नेपालको वाणिज्य दूतावासको उदघाटन समारोह सुसम्पन्न भएको छ ।

Tuesday, February 2, 2016

रूसमा नेपालविद्याका संस्थापक मिनाएभप्रति समर्पित सम्मेलन

रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्ष नेपालको राष्ट्रिय झण्डा र दृश्यचित्रहरूका साथै मञ्चपछिल्तिर रूसी प्राच्यविद इभान मिनाएभको ठूलो फोटो-पोष्टर टाँगेर सिंगारिएको थियो ।

Tuesday, January 12, 2016

देवकोटा र पुश्किनका अमर काव्यकृतिद्वय एउटै गाताभित्र

रूसको राजधानीमा हालै सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३-२५जुलाई २०११) को सन्दर्भमा नेपाल रूसका महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा अलेक्सान्द्र सेर्गेयेभिच पुश्किनका दुर्इ काव्यकृति क्रमशः मुनामदन जिप्सी लाई एउटै गाताभित्र समेटेर देवकोटा पुश्किन शीर्षकमा प्रकाशनमा ल्याइएको यसको प्रकाशन गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्को तर्फबाट भएको हो  

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

पुस्तक-प्रतिक्रिया
इतिहासका प्रत्यक्षदर्शी र मौन रक्षकहरू
भिक्टर मिखाइलोभिच याकोभ्लेभ
(साहित्यशास्त्रका विद्यावारिधि)

Wednesday, January 6, 2016

मास्कोमा अन्तर्राष्ट्रिय नववर्ष २०१६ को झिलिमिली

रुसमा नयाँ वर्षले हाम्रो दशैंतिहारको सम्झना गराउँछ । तिहारमा झैं घरहरु रंगीचंगी बिजुलीबत्तीको मालाले झिलिमिली पारेर सिंगारिनुका साथै सहरका चोकहरु र ठूल्ठूला पसलहरुअगाडि समेत तलेसल्लाको बोट सिंगारेर राखिएको हुन्छ ।