बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक रुस
महासंघमा मुख्यत: क्रिश्चियन
अर्थाडक्स चर्च, इस्लाम, यहुदी तथाबुद्धद्धर्म प्रचलित छन् र देशका
अधिकांश वासिन्दाहरूले मान्ने यी चार प्रमुख धर्महरुमध्ये देशको पूर्वेली भागमा अवस्थित बु-यातिया, काल्मिकिया, तुभा क्षेत्रहरुमा
बुद्धधर्माबलम्बीहरुको बसोवास छ । नेपाली पाठकवृन्दलाई रूस गणतन्त्रको पूर्वेली
भागमा अवस्थित बु-यातियामा बुद्धधर्मको इतिहास र वर्तमानबारे अवगत गराउनु यस लेखको
उद्देश्य रहेको छ ।
रूसको राजधानीको केन्द्रमै अवस्थित एकातेरिना कला कोषको तत्वावधानमा १७ सेप्टेम्बर (२०१३) मा आयोजित उत्तरआधुनिक किंवा उत्तरसोभियत कलाप्रदर्शनीकोउद्घाटन समारोहमा भाग लिने अवसर मलाई
प्राप्त भएको थियो ।
प्राचीन नेपालको इतिहासका ज्ञाता
रुसी विद्वान् दिमित्री निकोलाएभिच लेल्युखिनको निधनबाट रुसमा नेपालविद्याको
निम्ति अपूरणीय क्षति पुग्न गएको छ । उनी रुसमा नेपाल र भारतका प्राचीन
शिलाभिलेखहरुका एक लब्धप्रतिष्ठ अनुसन्धानकर्ता थिए ।
र तिररूसको
राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा गैरआवासीय नेपाली संघ रूसको
तत्वावधानमा रूसमा बसोवास गरिरहेका नेपालीहरूका सबै सामाजिक संस्थाहरूको समेत
सक्रिय सहभागितामा नेपाल सम्बत् ११३५ को शुभागमनको सुखद उपलक्ष्यमा दीपावली र म्हपूजा
सुसम्पन्न भएको छ । नेपाली राजदूतावासको सभाकक्षको भुईंमा प्रज्ज्वलित दीपमालिकाले
सिंगारिएको ठूलो आकारको मण्डपलाई फलफूल, धूप, दीप, नैवेद्यका
साथै पूजासामग्रीहरूले सजाएर दीपमालिकाद्वारा नै ‘११३५’ अंकित
गरिनुका साथै मध्यभागमा ज्ञानको प्रतीक षट्कोणको बीचमा सिद्धिदायक गणेश स्थापना
गरी नेपाली नारी निकुञ्जका सदस्यहरूले विधिपूर्वक पूजा गरेपछि राजदूत–दम्पतिका
साथै सबै संघसंस्थाका प्रतिनिधिहरूले घण्टध्वनिका साथै फूलअक्षता चढाउँदै मण्डप
परिक्रमा गरे ।
थानकोट (शोणितपुर) इमाखेल (शुरूमा शोणितपुर विनायक विद्याश्रमको नामले स्थापित
भई हाल मङ्गलोदय माध्यमिक विद्यालय रहेको) चहुरको पुछारमा इन्द्रविनायकको सानो
मन्दिर रहेको छ ।त्यसको प्रादुर्भावको सम्बन्धमा प्रचलित किम्बदन्तीको छन्दोबद्ध
वर्णन यहाँ प्रस्तुत गरिन्छ ।