र तिररूसको
राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा गैरआवासीय नेपाली संघ रूसको
तत्वावधानमा रूसमा बसोवास गरिरहेका नेपालीहरूका सबै सामाजिक संस्थाहरूको समेत
सक्रिय सहभागितामा नेपाल सम्बत् ११३५ को शुभागमनको सुखद उपलक्ष्यमा दीपावली र म्हपूजा
सुसम्पन्न भएको छ । नेपाली राजदूतावासको सभाकक्षको भुईंमा प्रज्ज्वलित दीपमालिकाले
सिंगारिएको ठूलो आकारको मण्डपलाई फलफूल, धूप, दीप, नैवेद्यका
साथै पूजासामग्रीहरूले सजाएर दीपमालिकाद्वारा नै ‘११३५’ अंकित
गरिनुका साथै मध्यभागमा ज्ञानको प्रतीक षट्कोणको बीचमा सिद्धिदायक गणेश स्थापना
गरी नेपाली नारी निकुञ्जका सदस्यहरूले विधिपूर्वक पूजा गरेपछि राजदूत–दम्पतिका
साथै सबै संघसंस्थाका प्रतिनिधिहरूले घण्टध्वनिका साथै फूलअक्षता चढाउँदै मण्डप
परिक्रमा गरे ।
Sunday, October 26, 2014
Saturday, September 6, 2014
इन्द्रविनायक (नेवारी किम्बदन्ती)
थानकोट (शोणितपुर) इमाखेल (शुरूमा शोणितपुर विनायक विद्याश्रमको नामले स्थापित
भई हाल मङ्गलोदय माध्यमिक विद्यालय रहेको) चहुरको पुछारमा इन्द्रविनायकको सानो
मन्दिर रहेको छ ।त्यसको प्रादुर्भावको सम्बन्धमा प्रचलित किम्बदन्तीको छन्दोबद्ध
वर्णन यहाँ प्रस्तुत गरिन्छ ।
Thursday, August 14, 2014
Стихи и отрывки из поэм Бханубхакты Ачарьи
Wednesday, July 23, 2014
मास्कोमा आदिकविप्रति समर्पित कविता प्रतियोगिता र वनभोज
रुसमा आदिकवि
भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह मनाउने क्रममा विश्व नेपाली साहित्य
महासंघ रुस शाखा तथा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोह समिति रुस
महासंघको संयुक्त तत्वावधानमा मास्कोको रमणीय ओस्तान्किनो पार्कमा कविता प्रतियोगिता र बनभोज
कार्यक्रम सम्पन्न गरिएको छ ।
Saturday, July 12, 2014
रुसको प्रसिद्ध तीर्थस्थल त्रोइत्सा सेर्गेएभ मोनेष्ट्रीको कथा
रुसको चार प्रसिद्ध धर्मस्थलमध्येको एक मानिने त्रोइत्सा सेर्गेएभ मोनेष्ट्रीले लाभ्रा (विशाल मोनेष्ट्री) को मान्यता प्राप्त गरेको यसै वर्ष २७० वर्ष पूराभएको छ । मास्को अञ्चलको उत्तरी भागमा कोन्चुरा भनिने नदीको तटमा सेर्गिएभ पोसाद भनिने रुसको एक प्राचीन नगर अवस्थित छ । यसै नगरको बीचमा कोन्चुरा र भोन्द्युगा भनिने दुई साना नदीहरुको संगमस्थलमा रहेको प्रचीन कालमा माकोभित्सा भनिने थुम्कोमा त्रोइत्सा सेर्गेएभ लाभ्रा भनिने विशाल र भव्य मोनेष्ट्री रहेको छ ।
Sunday, June 22, 2014
रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकको सन्दर्भमा भव्य समारोह
रूसको राजधानी मास्कोको एक रमणीय
स्थलमा रहेको ‘पार्क
पैलेस’ स्थित
रेष्टुराँमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह समिति रूस महासंघको
अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा आदिकवि भानुभक्त आचार्यको
द्विशतवार्षिक समारोहप्रति समर्पित सप्ताहव्यापी कार्यक्रमको उत्कर्षस्वरूप भव्य
नेपाल–रूस
साहित्य सम्मेलनको साथै क्युरियो वस्तु, बुद्धको कांस्य मूर्ति र मानेहरू, पौभा (थान्का), गलैंचा,
पस्मिना, चिया, कफी इत्यादि नेपालमा उत्पादित घरेलु शिल्पकला
तथा हस्तकलाका वस्तुहरूको प्रदर्शनी र पर्यटन विकाससम्बन्धी विशेष कार्यक्रमको
समेत आयोजना गरिएको थियो ।
Subscribe to:
Posts (Atom)
.jpg)
