Saturday, July 12, 2014
Sunday, June 22, 2014
रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकको सन्दर्भमा भव्य समारोह
रूसको राजधानी मास्कोको एक रमणीय
स्थलमा रहेको ‘पार्क
पैलेस’ स्थित
रेष्टुराँमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोह समिति रूस महासंघको
अग्रसरतामा मास्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा आदिकवि भानुभक्त आचार्यको
द्विशतवार्षिक समारोहप्रति समर्पित सप्ताहव्यापी कार्यक्रमको उत्कर्षस्वरूप भव्य
नेपाल–रूस
साहित्य सम्मेलनको साथै क्युरियो वस्तु, बुद्धको कांस्य मूर्ति र मानेहरू, पौभा (थान्का), गलैंचा,
पस्मिना, चिया, कफी इत्यादि नेपालमा उत्पादित घरेलु शिल्पकला
तथा हस्तकलाका वस्तुहरूको प्रदर्शनी र पर्यटन विकाससम्बन्धी विशेष कार्यक्रमको
समेत आयोजना गरिएको थियो ।
Friday, June 20, 2014
रूसमा भानुभक्तप्रति समर्पित बनभोज र अन्तरक्रिया कार्यक्रम
विगत वर्षहरुमा जस्तै यस वर्ष पनि मास्को महानगरीको होहल्लाबाट टाढा
प्रकृतिको काखमा मास्को अञ्चलको इस्त्रा नदीको रमणीय तटमा गैरआवासीय नेपालीदिवस
(एनआरएन डे) उल्लउसमय वातावरणमा भव्यताका साथ मनाइएको छ । यस कार्यक्रमको आयोजक गैरआवासीय
नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषदले यस बनभोज कार्यक्रमलाई आदिकवि भानुभक्त
आचार्यको द्विशतवार्षिक समारोहप्रति समर्पित गरी अन्तरक्रिया कार्यक्रम पनि
सम्पन्न गरेको छ ।
Thursday, June 19, 2014
रूस लेखक संघको ‘लेर्मोन्तोभ पदक’ बाट नेपाली साहित्यकरद्वय विभूषित
रूसमा आदिकवि भानुभक्त आचार्यको
द्विशतवार्षिक समारोहमा भाग लिन मास्को आउनु भएका मदन पुरस्कार विजेता नेपालका
लब्धप्रतिष्ठ साहित्यकारद्वय श्री कृष्ण धरावासी तथा श्री अमर न्यौपानेलाई रूस
लेखक संघले रूसका विख्यात कवि एवं गद्यकार मिखाइल लेर्मोन्तोभको नाममा स्थापना
गरिएको साहित्यिक सम्मान ‘लेमोन्तोभ
पदक’ बाट
विभूषित गरेको छ ।
Sunday, June 15, 2014
रूसमा आदिकविको प्रतिमा अनावरण र ‘भानु संग्रहालय’ स्थापना
रूस दिवसको
शुभउपलक्ष्यमा मास्कोबाट ९० किलेमिटर टाढा रहेको ‘नृवंश–लोक’ (‘एत्नोमिर’) अन्तर्गत निर्मित ‘नेपाली घर’ मा आदिकवि भानुभक्त आचार्यको आवक्ष प्रतिमाको अनावरण समारोह सुसम्पन्न भयो ।
Sunday, June 1, 2014
रुसका विख्यात सन्त सेर्गेइ रादोनेज्स्कीको कथा
रुसमा प्रचलित प्रमुख क्रिश्चियन धर्म अर्थात् अर्थाडक्स चर्चअन्तर्गतका
विभिन्न सन्तहरुमध्ये महामना सेर्गेइ रादोनेज्स्कीको नाम अग्रगण्य स्थानमा रहेको छ । यसै वर्ष मेई
महिनामा उनको ७०० यौं जन्मजयन्ती मनाइयो । उनको जन्म सन् १३१४ को ३ मेईका दिन भएको थियो भन्ने स्वीकार गरिएको छ ।
रोस्तोभ भेलिकीनिवासी बोयार भनिने उच्च खानदानका किरिल्ल तथा मारिया दम्पतिले
चर्चका धर्मगुरुको परामर्शअनुसार नवजात शिशुको नाम भार्फोलोमेइ भन्ने राखिदिएका
थिए । त्यस दिन सन्त भार्फोलोमेइको धार्मिक उत्सव परेको हुँदा उनलाई यस्तो नाम दिइएको थियो । उनी सन्त सेर्गेइ
रादोनेज्स्की भन्ने नामले प्रसिद्ध भए ।
Friday, May 16, 2014
रुसमा निर्मित नेपाली घरमा २५५८ औं बुद्धजयन्ती समारोह
|
|
|
केन्द्रीय रुसको कालुगा अञ्चलस्थित ‘एत्नोमिर’ (‘नृवंशलोक’) अन्तर्गत निर्मित ‘नेपाली घर’ को प्रांगणमा रुसमा रहेका नेपालीहरुले २५५८ औं बुद्धजयन्ती
भव्यताका साथ मनाए ।
|
Subscribe to:
Posts (Atom)