Tuesday, January 12, 2016

देवकोटा र पुश्किनका अमर काव्यकृतिद्वय एउटै गाताभित्र

रूसको राजधानीमा हालै सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३-२५जुलाई २०११) को सन्दर्भमा नेपाल र रूसका महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा अलेक्सान्द्र सेर्गेयेभिच पुश्किनका दुर्इ काव्यकृति क्रमशः “मुनामदन” र “जिप्सी” लाई एउटै गाताभित्र समेटेर “देवकोटा र पुश्किन” शीर्षकमा प्रकाशनमा ल्याइएको छ । यसको प्रकाशन गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्को तर्फबाट भएको हो । 

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

पुस्तक-प्रतिक्रिया
इतिहासका प्रत्यक्षदर्शी र मौन रक्षकहरू
भिक्टर मिखाइलोभिच याकोभ्लेभ
(साहित्यशास्त्रका विद्यावारिधि)

Wednesday, January 6, 2016

मास्कोमा अन्तर्राष्ट्रिय नववर्ष २०१६ को झिलिमिली

रुसमा नयाँ वर्षले हाम्रो दशैंतिहारको सम्झना गराउँछ । तिहारमा झैं घरहरु रंगीचंगी बिजुलीबत्तीको मालाले झिलिमिली पारेर सिंगारिनुका साथै सहरका चोकहरु र ठूल्ठूला पसलहरुअगाडि समेत तलेसल्लाको बोट सिंगारेर राखिएको हुन्छ ।

Tuesday, December 29, 2015

रुसमा क्रिश्चियन भिक्षु फोती ‘गोलोस–२०१५’ गायन प्रतियोगिताका विजेता

रुसको केन्द्रीय टेलिभिजनको प्रथम च्यानलद्वारा गतः ४ वर्षदेखि आयोजना गरिंदै आएको ‘गोलोस’ गायन प्रतियोनितामा यस वर्ष रुसी अर्थाडक्स चर्चका  इएरोमोनाख  (क्रिश्चियन भिक्षु) फोती (भिक्षुत्वमा दीक्षा प्राप्तिपछिको नाम) प्रथम घोषित गरिएका छन् ।

Friday, December 25, 2015

रूसी कवि इगोर एलिसेएभको कविता ‘स्वर्गद्वारीको पुल’

रूस मडासंघको दक्षिणी भेकमा अवस्थित दोनवर्ती रोस्तोभनिवासी रूसी कवि इगोर एलिसेएभको कविता ‘स्वर्गद्वारीको पुल’ नेपाली पाठकसमक्ष प्रस्तुत छ ।

Thursday, December 17, 2015

बैतडी (महाकाली अञ्चल)

                                                       बैतडी (महाकाली अञ्चल)
            ज्यादै अग्लो ठाउँ भएकोले ज्यादा हावा लाग्ने हुँदा संस्कृतमा यस ठाउँको नाम 'वायूत्तड' ('वायु' - 'हावा' र 'उत्तड' - 'उन्मुख') रहेको र त्यसैको अपभ्रंश भई क्रमशः 'वायोतड', 'बैतड' र अन्तमा बैतडी नाउँ रहन गएको हो । 

मास्कोमा प्राच्य विद्याविषयक त्रिदिवसीय वैज्ञानिक सम्मेलन

सधैंझैं यस वर्ष पनि प्रसिद्ध प्राज्ञ युरी रेरिख (निकोलाइ रेरिखका जेष्ठ पुत्र) को स्मृतिमा प्राच्यविद्या संस्थानमा त्रिदिवसीय वैज्ञानिक सम्मेलनको आयोजना गरिएको थियो ।