Saturday, May 30, 2015

मास्कोमा बौद्धविहार निर्माणको शुभारम्भ

  मास्कोमा भावी बौद्धविहार निर्माणस्थलमा १५ मेई २०१५ (शुक्रवार)  दिन बौद्धमन्दिरको निर्माणार्थ शुभमुहूर्तमा एक समारोहबीच जग खन्ने कार्य सुसम्पन्न भएको छ ।

Saturday, May 16, 2015

रुसी अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभलाई ७४-रौं शुभजन्मोत्सवको शुभेच्छा !

सन् २०१५ को १३ मेईका दिन नेपालका परम् मित्र रुसी अन्तरिक्षयात्री भ्लादिमिर अलेक्सान्द्रोभिच जानिबेकोभले जीवनको ७३ वसन्त पार गरी ७४रौं वर्षमा प्रवेश गरेका छन् ।

Monday, May 11, 2015

मास्कोमा जर्मन फाशीवादउपर विजयको ७० वर्षको महोत्सव

    एकाबिहानै वसन्तऋतुको उज्यालो झ्यालबाट कोठामा पस्नासाथै ब्युँझेर बाहिर दृष्टि दिएँ । हिउँदभरि जाडोले कठ्यांग्रिएका रुखहरु हरिया पातहरुको पहिरनमा सिंगारिएर उभिइरहेका थिए । 

महाभूकम्प पीडितोद्धारका लागि बुद्धजयन्तीको अवसरमा दीप प्रज्ज्वलन

                  हरेक वर्षझैं यस वर्ष पनि बुद्धजयन्तीका दिन बिहानै मास्कोमा बसोवास गरिरहेका नेपालीहरु र तिनका रसियाली मित्रहरु पनि मास्कोबाट ९० मिलोमिटर टाढा कालुगा अञ्चलमा निर्मित नेपाली घरको प्रांगणमा पुगेका थिए । 

Friday, April 10, 2015

मास्कोमा नेपालविषयक वैज्ञानिक सेमिनार

मास्कोको केन्द्रमा अवस्थित रुस विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमा भारतवर्ष अनुसन्धान केन्द्रको अग्रसरतामा ६ अप्रिल २०१५ (सोमवार) आयोजना गरिएको नेपालविषयक एक वैज्ञानिक सेमिनार सुसम्पन्न भयो । 

Friday, February 20, 2015

रूसमा नेपाली पाठशालाको कथा

नेपाली साहित्यक्षेत्रमा देखापर्न थालेको अग्रेजी भाषामा नेपाली वाङ्मयको नवीनतम शाखाको जगमा रूसमा हुर्किरहेका नेपाली किशोरद्वय अनुराग तथा अनुकृत लामिछाने दाजुभाइबाट पुस्तकरूपी ईंट थपिएको छ । 

Monday, January 19, 2015

नेपालसँग सहयोग तथा मैत्री समाजको विशेष सम्मेलन

 मास्कोको वाह्य चक्रपथको छेवैमा रहेको नेपाली-भारतीय रेष्टुराँ 'तुन्दुर' को एक कक्षमा  
१७ जनवरी २०१५ (शनिवार) का दिन 
नेपालसँग सहयोग तथा मैत्री समाजको नामबाट पुनर्गठनको सन्दर्भमा 
विशेष सम्मेलन सुसम्पन्न भयो ।