Friday, May 16, 2014

रुसमा निर्मित नेपाली घरमा २५५८ औं बुद्धजयन्ती समारोह


केन्द्रीय रुसको कालुगा अञ्चलस्थित एत्नोमिर’ (‘नृवंशलोक’) अन्तर्गत निर्मित नेपाली घरको प्रांगणमा रुसमा रहेका नेपालीहरुले २५५८ औं बुद्धजयन्ती भव्यताका साथ मनाए । 

Sunday, April 27, 2014

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

विश्वको सर्वोच्च हिमश्रृंखलाको काखमा अवस्थित नेपाल र ककेशिया पर्वतश्रृंखलाको काखमा अवस्थित दागेस्तानबीच समानता र विषमताको तुलनात्मक अध्ययनका लागि मास्कोमा रुसी भाषामा प्रकाशित ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक (मास्को-काठमाडौं, २०१२) शीर्षकको सचित्र ग्रन्थबाट निकै सहयोग पुग्न सक्तछ । 

Tuesday, April 22, 2014

सोभियत नेता ख्रुश्चेभसँग जम्काभेटको कथा

पछिल्लो समयमा रुसमा मात्र नभई विश्वभरि नै क्रिमिया, युक्रेन (उक्राइना) र रुसको चर्चापरिचर्चा भइरहेको छ र यस परिप्रेक्ष्यमा बारम्बार ४३ वर्षअघि दिवंगत भइसकेका तत्कालीन सोभियत नेता निकिता ख्रुश्चेभ (ई.सं. १८९४१९७१) को पनि नाम लिइने गरिएको छ । यस वर्ष उनको १२०सौं जन्मजयन्ती पर्ने भएको हुनाले उनको व्यक्तित्वप्रति (खास गरी रुसमा) यसरी ध्यान आकर्षित भएको होइन, बरु उनले क्रिमिया प्रायःद्वीप नै उक्राइनालाई उपहारदिएको सन्दर्भमा उनको नाम लिने गरिएको छ ।

Wednesday, April 16, 2014

मास्कोमा नयाँ वर्ष २०७१ को रमाइलो सांस्कृतिक साँझ

बिक्रम सम्बत् २०७१ को शुभागमनको स्वागतार्थ गैरआवासीय नेपाली संघ रुस तथा नेपाली छात्रसंघ, रसियाली जनमैत्री विश्वविद्यालयको तत्वावधानमा रुसमा रहेका नेपालीहरुका विभिन्न संघसंस्थाहरु (रुस सीआईएस नेपालउद्योगवाणिज्य संघ, नेपालीनारी निकुञ्ज, नेपाल खेलकूदतथा संस्कृति समाज, विश्व नेपाली साहित्यमहासंघ रुस) को समेत सक्रिय सहभागितामा १३ अप्रिल २०१४ (आइतवार) का दिन मास्कोमा भव्य समारोह र सांस्कृतिक साँझ सुसम्पन्न भएको छ । 

Sunday, March 23, 2014

आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति रूस महासंघ


नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री सुशिल घिमिरेको अध्यक्षतामा काठमाडौंमा २०७० साल पौष २६ गते आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह मूल समिति गठन भई नेपालीहरू पुगेका संसारका विभिन्न देशमा द्विशतवार्षिकी भानुजयन्ती भव्यतापूर्वक मनाउने सक्रिय तैयारी भइरहेको सन्दर्भमा रूसबाट उक्त मूल समितिमा कृष्णप्रकाश श्रेष्ठलाई संयोजक नियुक्त गरिएको सर्वविदीतै छ ।

रुसमा क्रिमिया प्रायद्वीपको पुनर्मिलनको कथा


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसका जनताहरुको अभिमतलाई समेत ध्यानमा राखेर गतः १८ मार्चका दिन मास्को क्रेमलिनको भव्य गिओर्गी सभाकक्षमा देशको व्यवस्थापिकाका प्रतिनिधिहरुसमक्ष विशेष सम्बोधनको आयोजना गरी भव्य राजकीय वातावरणमा क्रिमिया गणराज्यका प्रमुख सेर्गेइ आक्स्योनोभ, सर्वोच्च सोभियतका अध्यक्ष भ्लादिमिर कन्स्तान्तिनोभ तथा सेभास्तोपोल नगरका मेयर अलेक्सेइ चालीका साथै क्रिमिया प्रायःद्वीपलाई रुसमा सम्मिलित गर्ने दस्तावेजमा हस्ताक्षर गर्नुभयो । रुसको विधायिका अंग (राजकीय दुमा र संघीथ परिषद्) मा सर्वसम्मतिबाट सन्धिपत्रको अनुमोदन तथा तत्सम्बन्धी विधेयकपारित गरिएपछि भव्य समारोहमा दुवै दस्तावेजमा राष्टपतिको हस्ताक्षर भई क्रिमिया पायःद्वीप पुनः रुसको अभिन्न अंग बन्न पुगेको छ ।

Saturday, March 15, 2014

कृष्णसागरको मोती क्रिमियाको कथा

                               वक्षस्थलमा भूमण्डलको                                                         अलङ्कार हो अत्युज्ज्वल यो !
        पाभ्लो नेरुदा
 आजभन्दा ठीक ६० वर्षअघि सन् १९५४ को २६ अप्रिलका दिन तत्कालीन सोभियत संघको सर्वोच्च सोभियतले रसियाली संघ तथा युक्रेन गणराज्यका सर्वोच्च सोभियतहरूको आकांक्षाअनुसार सोभियत सैनिक शिविर रहेको सेभास्तोपोलबाहेक क्रिमियालाई युक्रेन गणराज्यको मातहतमा प्रदान गर्ने निर्ण लिएको थियो