Sunday, March 23, 2014

आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति रूस महासंघ


नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री सुशिल घिमिरेको अध्यक्षतामा काठमाडौंमा २०७० साल पौष २६ गते आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह मूल समिति गठन भई नेपालीहरू पुगेका संसारका विभिन्न देशमा द्विशतवार्षिकी भानुजयन्ती भव्यतापूर्वक मनाउने सक्रिय तैयारी भइरहेको सन्दर्भमा रूसबाट उक्त मूल समितिमा कृष्णप्रकाश श्रेष्ठलाई संयोजक नियुक्त गरिएको सर्वविदीतै छ ।

रुसमा क्रिमिया प्रायद्वीपको पुनर्मिलनको कथा


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रूसका जनताहरुको अभिमतलाई समेत ध्यानमा राखेर गतः १८ मार्चका दिन मास्को क्रेमलिनको भव्य गिओर्गी सभाकक्षमा देशको व्यवस्थापिकाका प्रतिनिधिहरुसमक्ष विशेष सम्बोधनको आयोजना गरी भव्य राजकीय वातावरणमा क्रिमिया गणराज्यका प्रमुख सेर्गेइ आक्स्योनोभ, सर्वोच्च सोभियतका अध्यक्ष भ्लादिमिर कन्स्तान्तिनोभ तथा सेभास्तोपोल नगरका मेयर अलेक्सेइ चालीका साथै क्रिमिया प्रायःद्वीपलाई रुसमा सम्मिलित गर्ने दस्तावेजमा हस्ताक्षर गर्नुभयो । रुसको विधायिका अंग (राजकीय दुमा र संघीथ परिषद्) मा सर्वसम्मतिबाट सन्धिपत्रको अनुमोदन तथा तत्सम्बन्धी विधेयकपारित गरिएपछि भव्य समारोहमा दुवै दस्तावेजमा राष्टपतिको हस्ताक्षर भई क्रिमिया पायःद्वीप पुनः रुसको अभिन्न अंग बन्न पुगेको छ ।

Saturday, March 15, 2014

कृष्णसागरको मोती क्रिमियाको कथा

                               वक्षस्थलमा भूमण्डलको                                                         अलङ्कार हो अत्युज्ज्वल यो !
        पाभ्लो नेरुदा
 आजभन्दा ठीक ६० वर्षअघि सन् १९५४ को २६ अप्रिलका दिन तत्कालीन सोभियत संघको सर्वोच्च सोभियतले रसियाली संघ तथा युक्रेन गणराज्यका सर्वोच्च सोभियतहरूको आकांक्षाअनुसार सोभियत सैनिक शिविर रहेको सेभास्तोपोलबाहेक क्रिमियालाई युक्रेन गणराज्यको मातहतमा प्रदान गर्ने निर्ण लिएको थियो  

Friday, February 21, 2014

मास्कोमा तन, बुखारेष्टतिर मन


उपरोक्त शीर्षकले नेपाली पाठकवृन्दलाई आजको नभई ६ दशकअघिको एक साहित्यिक परिघटनाको स्मरण गराउने छ, यद्धपि हालै रोमानियाको राजधानी बुखारेष्ट पुग्नुभएका रुस महासंघका लागि नेपाली राजदूत डा. रविमोहन सापकोटा कोपिलाज्यूले रोमानियाका राष्ट्रपति त्रैयाँन बसेस्कूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको घटनाले मलाई कलम चाल्न घच्घच्याएको हो । यस सन्दर्भमा मलाई आजभन्दा ठीक ६० वर्षअघि सर्वप्रथम बुखारेष्ट पुग्ने नेपालीहरुमध्ये हाम्रा विख्यात कवित्रय लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ तथा बालकृष्ण समको नाम सम्झना भयो ।

Wednesday, January 29, 2014

लेनिनग्रादमा ९०० दिन लामो घेराबन्दीको कथा

आजभन्दा ठीक ७० वर्षहिले ९०० दिनसम्म फाशीवादी जर्मनीको फौजको घेराबाट रुसको उत्तरी राजधानी तथा सांस्कृतिक केन्द्रस्वरुप रहेको लेनिनग्राद (सेन्ट पिर्टसबर्ग) लाई सन् १९४४ को २७ जनवरीका दिन सोभियत सेनाले मुक्त गरेको थियो । भीषण घेराबन्दीमा परेको लेनिनग्रादका वासिन्दाहरुले पनि युद्धकालको असहनीय र अमानवीय आपदको सामना गर्दै शत्रुसमक्ष आत्मसमर्पण नगरेर वीरतापूर्वक आफ्नो सहरको रक्षा गरेका थिए । नगरवासीहरुले देखाएको यसै पराक्रमको सम्मानमा लेनिनग्रादलाई वीरनगरको उपाधिद्वारा विभूषित गरिएको थियो ।

Wednesday, January 22, 2014

आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह समिति

   नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री सुशील घिमिरेको अध्यक्षतामा आादिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी कार्यकारी समिति गठन गरेको बिदेशमा रहेका नेपाली साहित्यकारहरुमध्ये रुसबाट कृष्णप्रकाश श्रेष्ठलाई सदस्य मनोनयन गरिएको प्रमाणपत्रसहितको प्रेसविज्ञप्ति यस प्रकार छ । 
  

रूसी भाषामा भानुभक्तको कवितासंग्रहको लोकार्पण


मास्को, १५ डिसम्बर २०१३ (आइतवार) । रूसको राजधानीमा विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तत्वावधानमा सम्पन्न काव्यगोष्ठीमा आदिकवि भानुभक्त आचार्यप्रति समर्पित 'लोकको गरूँ हित् भनी' शीर्षकमा प्रकाशित द्विभाषिक ग्रन्थको लोकार्पण गरिएको छ ।