रुसमा नयाँ वर्षले हाम्रो दशैंतिहारको सम्झना गराउँछ । तिहारमा झैं घरहरु रंगीचंगी बिजुलीबत्तीको मालाले झिलिमिली पारेर सिंगारिनुका साथै सहरका चोकहरु र ठूल्ठूला पसलहरुअगाडि समेत तलेसल्लाको बोट सिंगारेर राखिएको हुन्छ ।
रुसको
केन्द्रीय टेलिभिजनको प्रथम च्यानलद्वारा गतः ४ वर्षदेखि आयोजना गरिंदै आएको ‘गोलोस’ गायन प्रतियोनितामा यस वर्ष रुसी अर्थाडक्स
चर्चकाइएरोमोनाख (क्रिश्चियन
भिक्षु) फोती (भिक्षुत्वमा दीक्षा प्राप्तिपछिको नाम) प्रथम घोषित गरिएका छन् ।
ज्यादै अग्लो ठाउँ भएकोले ज्यादा हावा लाग्ने
हुँदा संस्कृतमा यस ठाउँको नाम 'वायूत्तड' ('वायु' - 'हावा' र 'उत्तड' - 'उन्मुख') रहेको र त्यसैको अपभ्रंश भई क्रमशः 'वायोतड',
'बैतड' र अन्तमा बैतडी नाउँ रहन गएको हो ।
सधैंझैं यस
वर्ष पनि प्रसिद्ध प्राज्ञ युरी रेरिख (निकोलाइ रेरिखका जेष्ठ पुत्र)
को स्मृतिमा प्राच्यविद्या संस्थानमा त्रिदिवसीय वैज्ञानिक सम्मेलनको आयोजना
गरिएको थियो ।
रुसका एक वरिष्ठ राजनीतिज्ञ तथा प्राज्ञ एभ्गेनी प्रिमाकोभको
देहान्त भएको दुःखद समाचारले विशाल रुस शोकाकूल भएको छ । गतः २६ जूनका दिन उनको देहावसान
भएको थियो र ३ दिनपश्चात् २९ जून २०१५ (सोमवार) का दिन उनको पार्थिक शरीरलाई राजकीय सम्मानका साथ नोभोदेभिच्ये मोनेष्ट्रीको
परिसरमा रहेको मास्कोको प्रतिष्ठित तथा प्रसिद्ध चिहानघारीको केन्द्रीयस्थलस्थित उद्यानपथमा
रुस महासंघका प्रथम राष्ट्रपति बोरिस एल्चिनको समाधिनेरै रुसी अर्थाडक्स चर्चको विधिअनुसार
दफनाइयो।