Friday, April 10, 2015

मास्कोमा नेपालविषयक वैज्ञानिक सेमिनार

मास्कोको केन्द्रमा अवस्थित रुस विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानमा भारतवर्ष अनुसन्धान केन्द्रको अग्रसरतामा ६ अप्रिल २०१५ (सोमवार) आयोजना गरिएको नेपालविषयक एक वैज्ञानिक सेमिनार सुसम्पन्न भयो । 

Friday, February 20, 2015

रूसमा नेपाली पाठशालाको कथा

नेपाली साहित्यक्षेत्रमा देखापर्न थालेको अग्रेजी भाषामा नेपाली वाङ्मयको नवीनतम शाखाको जगमा रूसमा हुर्किरहेका नेपाली किशोरद्वय अनुराग तथा अनुकृत लामिछाने दाजुभाइबाट पुस्तकरूपी ईंट थपिएको छ । 

Monday, January 19, 2015

नेपालसँग सहयोग तथा मैत्री समाजको विशेष सम्मेलन

 मास्कोको वाह्य चक्रपथको छेवैमा रहेको नेपाली-भारतीय रेष्टुराँ 'तुन्दुर' को एक कक्षमा  
१७ जनवरी २०१५ (शनिवार) का दिन 
नेपालसँग सहयोग तथा मैत्री समाजको नामबाट पुनर्गठनको सन्दर्भमा 
विशेष सम्मेलन सुसम्पन्न भयो ।

Sunday, November 30, 2014

रूस गणतन्त्रको पूर्वेली भागमा अवस्थित बु-यातियामा बुद्धधर्म

                बहुजातीय, बहुभाषिक एवं बहुधार्मिक रुस महासंघमा मुख्यत: क्रिश्चियन अर्थाडक्स चर्च, इस्लाम, यहुदी तथा बुद्धद्धर्म प्रचलित छन् र देशका अधिकांश वासिन्दाहरूले मान्ने यी चार प्रमुख धर्महरुमध्ये देशको पूर्वेली भागमा अवस्थित बु-यातिया, काल्मिकिया, तुभा क्षेत्रहरुमा बुद्धधर्माबलम्बीहरुको बसोवास छ । नेपाली पाठकवृन्दलाई रूस गणतन्त्रको पूर्वेली भागमा अवस्थित बु-यातियामा बुद्धधर्मको इतिहास र वर्तमानबारे अवगत गराउनु यस लेखको उद्देश्य रहेको छ ।

Friday, November 28, 2014

मास्कोमा उत्तरआधुनिक कला-प्रदर्शनीको कथा

रूसको राजधानीको केन्द्रमै अवस्थित एकातेरिना कला कोषको तत्वावधानमा १७ सेप्टेम्बर (२०१३) मा आयोजित उत्तरआधुनिक किंवा उत्तरसोभियत कलाप्रदर्शनीको  उद्घाटन समारोहमा भाग लिने अवसर मलाई प्राप्त भएको थियो । 

Tuesday, November 4, 2014

रुसमा नेपालविद्याको विकासमा अपूरणीय क्षति

प्राचीन नेपालको इतिहासका ज्ञाता रुसी विद्वान् दिमित्री निकोलाएभिच लेल्युखिनको निधनबाट रुसमा नेपालविद्याको निम्ति अपूरणीय क्षति पुग्न गएको छ । उनी रुसमा नेपाल र भारतका प्राचीन शिलाभिलेखहरुका एक लब्धप्रतिष्ठ अनुसन्धानकर्ता थिए । 

Sunday, October 26, 2014

मास्कोमा नेपाल सम्बत् ११३५ को म्हपूजा र तिहार सम्पन्न

 र तिररूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा रूसमा बसोवास गरिरहेका नेपालीहरूका सबै सामाजिक संस्थाहरूको समेत सक्रिय सहभागितामा नेपाल सम्बत् ११३५ को शुभागमनको सुखद उपलक्ष्यमा दीपावली र म्हपूजा सुसम्पन्न भएको छ । नेपाली राजदूतावासको सभाकक्षको भुईंमा प्रज्ज्वलित दीपमालिकाले सिंगारिएको ठूलो आकारको मण्डपलाई फलफूल, धूप, दीप, नैवेद्यका साथै पूजासामग्रीहरूले सजाएर दीपमालिकाद्वारा नै ११३५अंकित गरिनुका साथै मध्यभागमा ज्ञानको प्रतीक षट्कोणको बीचमा सिद्धिदायक गणेश स्थापना गरी नेपाली नारी निकुञ्जका सदस्यहरूले विधिपूर्वक पूजा गरेपछि राजदूतदम्पतिका साथै सबै संघसंस्थाका प्रतिनिधिहरूले घण्टध्वनिका साथै फूलअक्षता चढाउँदै मण्डप परिक्रमा गरे ।