हाम्रा
आदिकवि भानुभक्त आचार्थको २०३–औं
जन्मजयन्तीको उपलक्षमा २४ जुलाई २०१६ (आइतवार) का दिन मास्कोको
हरियालीपूर्ण रमणीय स्थल वनस्पतिउद्यान पार्कमा विश्व नेपाली साहित्य महासंघ रूस
शाखाको अधिवेशनमा नयाँ कार्यकारिणी समिति निर्वाचित गरिनुका साथै समारोह सम्पन्न भयो ।
Sunday, July 31, 2016
Sunday, July 24, 2016
नेपाली र रूसी भाषामा प्रकाशित पुस्तकहरू
आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिक समारोहप्रति समर्पित पुस्तकहरू
(नेपाली र रूसी भाषामा काठमाडौंबाट प्रकाशित)
Monday, June 20, 2016
मास्कोमा नेपाली साहित्यकारद्वय ‘जय पृथ्वी – इभान मिनाएभ’ स्रष्टासम्मानबाट विभूषित
मास्कोस्थित
नेपाली राजदूतावासको सभाकक्षमा गैरआवासीय नेपाली संघ रूस तथा विश्व नेपाली साहित्य
महासंघ,
रूस शाखाको तत्वावधानमा नेपालबाट रूस भ्रमणमा आइरहनुभएका
साहित्यकारद्वय धनराज गिरी तथा अश्विनी कोइरालाको स्वागतार्थ साहित्यिक समारोहको
आयोजना गरिएको थियो ।
Friday, June 10, 2016
रूसी महाकवि पुश्किनको आवक्ष–प्रतिमा अवलोकन
आधुनिक रूसी साहित्यिक भाषाका
प्रवर्तक मानिने विश्वविख्यात रूसी महाकवि अलेक्सान्द्र सेर्गेएभिच पुश्किनको २१७–रौं जन्मजयन्तीको पावन अवसरमा मास्कोका प्रसिद्ध मूर्तिकार एवं चित्रकार
ग्रिगोरी भिक्तोरोभिच पोतोत्स्कीको शिल्पशालामा पुगेर उनले रूस–नेपाल सहयोग तथा मैत्री समाजको तर्फबाट काठमाडौंमा स्थापना गर्नका लागि
भर्खरै निर्माण गरेको रूसी महाकविको आवक्ष कांस्यमूर्तिको दर्शन गर्ने सुअवसर
जुटेको थियो ।
Wednesday, April 20, 2016
मास्कोमा नयाँ वर्ष २०७३ को सांस्कृतिक साँझ
बिक्रम सम्बत्
२०७३ को पावन उपलक्ष्यमा १७ अप्रिल २०१६ (आइतवार) रसियाली जनमैत्री
विश्वविद्यालयको ‘इन्टरक्लब’ को प्रेक्षालयमा शुभकामना तथा सांस्कृतिक
साँझको आयोजना गरिएको थियो ।
Sunday, April 17, 2016
मास्कोमा आधुनिक नेपाली चित्रकला प्रदर्शनी
रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्राङ्गणमा
बिक्रम सम्बत् २०७३ को नयाँ वर्ष तथा नेपाल र रूस (सोभियत संघ) बीच दौत्य सम्बन्ध
स्थापनाको आसन्न ६०–यौं वर्षबन्धनको सन्दर्भ पारेर नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघ
रूसको तत्वावधानमा आधुनिक नेपाली कला प्रदर्शनीको आयोजना गरिएको थियो ।
Monday, March 14, 2016
हिउँदको ठिहि-याउने बरफ–पानीमा डुबुल्की र पौडी
मास्कोको
उत्तरी क्षेत्रमा रहेको ‘सेरेब्य्रान्नी बोर’ भनिने
रमणीय इलाकामा अवस्थित सानो तर गहिरो सरोबरमा जमिरहेको बरफको बाक्लो पत्र काटेर
वनाइएको २५ मिटर लामो पोखरीमा हिउँदको ठिहि-याउने
पानीमा पौडी खेल्ने हुनाले ‘जलसिंह’ (रूसी
भाषामा ‘मोर्ज’) भनिने पौडीबाजहरू र
अन्य हिमपौडीका प्रेमीहरूले समेत चिसो पानीमा डुबुल्की लगाएर यस वर्षको हिउँदलाई
बिदा गरेका थिए ।
Subscribe to:
Posts (Atom)