Thursday, December 17, 2015

बैतडी (महाकाली अञ्चल)

                                                       बैतडी (महाकाली अञ्चल)
            ज्यादै अग्लो ठाउँ भएकोले ज्यादा हावा लाग्ने हुँदा संस्कृतमा यस ठाउँको नाम 'वायूत्तड' ('वायु' - 'हावा' 'उत्तड' - 'उन्मुख') रहेको र त्यसैको अपभ्रंश भई क्रमशः 'वायोतड', 'बैतड' र अन्तमा बैतडी नाउँ रहन गएको हो । 

मास्कोमा प्राच्य विद्याविषयक त्रिदिवसीय वैज्ञानिक सम्मेलन

सधैंझैं यस वर्ष पनि प्रसिद्ध प्राज्ञ युरी रेरिख (निकोलाइ रेरिखका जेष्ठ पुत्र) को स्मृतिमा प्राच्यविद्या संस्थानमा त्रिदिवसीय वैज्ञानिक सम्मेलनको आयोजना गरिएको थियो ।

Saturday, December 5, 2015

रुसका महान् नागरिक एवं प्राज्ञ एभ्गेनी प्रिमाकोभको स्मृतिमा

रुसका एक वरिष्ठ राजनीतिज्ञ तथा प्राज्ञ एभ्गेनी प्रिमाकोभको देहान्त भएको दुःखद समाचारले विशाल रुस शोकाकूल भएको छ । गतः २६ जूनका दिन उनको देहावसान भएको थियो र ३ दिनपश्चात् २९ जून २०१५ (सोमवार) का दिन उनको पार्थिक शरीरलाई राजकीय सम्मानका साथ नोभोदेभिच्ये मोनेष्ट्रीको परिसरमा रहेको मास्कोको प्रतिष्ठित तथा प्रसिद्ध चिहानघारीको केन्द्रीयस्थलस्थित उद्यानपथमा रुस महासंघका प्रथम राष्ट्रपति बोरिस एल्चिनको समाधिनेरै रुसी अर्थाडक्स चर्चको विधिअनुसार दफनाइयो।

मास्कोमा जनस्तरीय राजनीतिको भूमिकाबारे फोरम

रूसमा विदेशका साथ मैत्री सम्बन्ध प्रवर्धनको उद्देश्यले सन् १९२५ मा गठित र हाल रोस्सोत्रुद्नीचेस्तभोभनिने निकायको स्थापना भएको ९०यौं वर्षान्त समारोहको सन्दर्भमा मास्कोमा अन्तर्राष्ट्रिय मानविकी सहयोगको विकासमा जनस्तरीय राजनीतिको भूमिकाभन्ने विषयमा अन्तर्राष्ट्रिय फोरम (२६-२७ नोभेम्बर २०१५) सम्पन्न भएको छ ।

Monday, November 16, 2015

मास्कोमा नेपाल सम्बत् ११३६ को म्हपूजा र तिहार

मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा नेपालीहरूको महान् चाड तिहार (दीपावली) मनाउन रूसमा रहेका नेपालीहरू भेला भएका थिए । 

Wednesday, November 11, 2015

हाम्रो सुन्दर नेपाल काव्यमय नेपाल बनोस् !

नेपालको राजधानी काठमाडौंमा सम्पन्न गैरआवासीय नेपाली संघको सातौं विश्व महाधिवेशनको एक सत्रमा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीबाट एनसीसी रूसको प्रतिवेदन प्रस्तुत गर्ने क्रममा १५ अक्टोबर २०१५ (वृहस्पतिवार) का दिन भानुभक्तदेखि वर्तमान समयसम्मका नेपाली कविहरूको लेखनीबाट निसृत हाम्रो रमणीय मातृभूमि नेपाल र नेपालका विभिन्न स्थानहरूसित सम्बन्धित कविताहरूको सँगालो 'काव्यमय नेपाल' को विमोचन गरिएको थियो । 

Monday, November 2, 2015

दोस्रो विश्वयुद्धमा नेपालको भूमिकाबारे मास्कोमा समारोह

मास्कोको केन्द्रबाट पश्चिमतिर सेतुन र फिल्का भनिने सासाना खोल्साहरूको बीचमा रहेको पोक्लोन्नाया गोरा भनिने ढिस्कोमा २० वर्षअघि सन् १९९५ मा अस्तित्वमा आएको रमणीय विजयपार्कमा महान् देशभक्तिपूर्ण युद्धमा सोभियत संघका जनताको विजयको स्मारकस्वरुप स्मृतिसंग्रहालय रहेको छ ।