Wednesday, March 31, 2021

 In loving memory of

Krishna Prakash Shrestha

November 7, 1938 - March 29, 2021


गहिरो शोक तथा दु:खका साथ हामी देशविदेशमा रहनुभएका आफन्त, इष्टमित्र, शुभेच्छुकहरू र नेपाली तथा रूसी साहित्य समाजलाई  यो समाचार दिइरहेका छौं कि हाम्रा प्रात: स्मरणीय बुवा श्री कृष्णप्रकाश श्रेष्ठको मास्कोस्थित एक अस्पतालमा उपचार गर्दागर्दै २९ मार्च २०२१ का दिन  स्वर्गारोहण भयो। झण्डै एक महिना अघि उहाँमा कोरोना भाइरसको संक्रमण भएको थियो र त्यसपछि उहाँका अन्य स्वास्थ्य समस्याहरू निरन्तर बल्झिदै गएका थिए।  

श्री कृष्णप्रकाश श्रेष्ठको जन्म विक्रम सम्बत १९९५ साल मंसिरमा चुनिखेल, काठमाडौंमा  भएको थियो। उहाँ सोभियत संघमा अध्ययन गर्न जाने पहिला नेपाली विद्यार्थीहरू मध्येका    हुनुहुन्थ्यो। मास्को लोमोनोसोभ विश्वविद्यालयबाट सन १९६३ मा पत्रकारितामा स्नातकोत्तर उपाधि हासिल गरेको लगत्तै उहाँ त्यसबेला भरखरै स्थापित रेडियो मास्कोको नेपाली कार्यक्रममा समाचार वाचक हुनुभयो। सोही वर्षदेखि सोभियत संघको विघटनपश्चात सन १९९३ मा नेपाली सेवा बन्द नहुँदासम्म अविच्छिन्न रूपमा उहाँले सो सेवाको संचालकको रूपमा काम गर्नु भयो। त्यसपछिका वर्षहरूमा उहाँ रुसको प्राच्यविद्या संस्थानसँग सम्बद्ध हुनुहुन्थ्यो र त्यसै मार्फत आफ्ना साहित्यिक गतिविधिलाई निरन्तरता दिइरहनुभएको थियो।  

श्री कृष्णप्रकाश श्रेष्ठ नेपाली साहित्यका एक परिचित र खासगरी साहित्यिक अनुवाद क्षेत्रमा स्थापित ब्यक्तित्व हुनुहुन्थ्यो। उहाँले विश्व प्रसिद्ध रूसी साहित्यकारहरू लियो टाल्स्टाय, अलेक्सान्द्र पुश्किन, मिखाइल लेर्मोन्तोभ लगायत अन्य कैयनका रचनाहरूको नेपाली भाषामा अनुवाद गरेर नेपाली साहित्यप्रेमीहरूलाई रुसी साहित्यको परिचय दिनुभएको थियो भने नेपाली साहित्यिक कृतिहरूको पनि रूसी भाषामा अनुवाद गरेर रुसमा नेपाली साहित्यको प्रचार गर्नमा महत्वपूर्ण योगदान दिनुभएको थियो। उहाँका कैयन मौलिक रचनाहरू नेपालमा प्रकाशित भएका छन् जसमध्ये रुसमा नेपालको छबि, नेपाली समालोचक र समालोचना, नेपालभाषा साहित्य, नेपाली किम्बदन्तीमाला आदि प्रसिद्ध छन्। नेपालमा पशुपंक्षीको पूजा, यमलोकमा जिउँदोमान्छे (नेपाली दन्त्य कथा), लँगडाको साथी (लैनसिंह बाङ्देल), नेवारी साहित्य आदि उहाँले रुसी भाषामा सोभियत संघ र रुसमा प्रकाशित गरेका पुस्तकहरू हुन्। अनुवाद साहित्यलाई प्रवर्द्धन गर्ने उद्येश्यले उहाँले नै मास्कोमा विश्वभाषा अनुवाद संस्थाको पनि स्थापना गर्नुभएको थियो जसमा मास्कोमा अध्ययनरत नेपाली विद्यार्थीहरू पनि सहभागी भएका थिए।   

राजनीतिक क्षेत्रमा उहाँले मार्क्सवादी साहित्यका चर्चित ग्रन्थहरू नेपाली भाषामा अनुवाद गरेर ख्याति कमाउनुभएको थियो। उहाँले मार्क्स र एञ्जेल्सद्वारा प्रतिपादित 'द्वन्दात्मक भौतिकवाद' दर्शनबारे रुसमा प्रकासित पुस्तक र लेनिनका थुप्रै रचनाहरुको नेपालीमा अनुवाद गर्नुभएको थियो। सोभियत काल देखिनै त्यहाँको समकालिन राजनीतिक, सामाजिक, साहित्यिक गतिविधि र जनजीवनबारे उहाँका रचनाहरू नेपाल तथा सोभियत संघ र रुसका पत्रपत्रिकाहरूमा नियमित रूपमा प्रकाशित भइरहन्थे।   

विदेशमा बसेर नेपाली भाषा र साहित्यको विकासमा दिएको अतुलनीय योगदानवापत उहाँलाई विस २०५९ सालको जगदम्बा श्री पुरस्कारले सम्मानित गरिएको थियो। रुसमा पनि उहाँलाई पुश्किन स्वर्णपदक प्रदान गरिएको थियो। 

उहाँकी धर्मपत्नी श्रीमती इरिना श्रेष्ठ सन २०१८ मा दिवंगत हुनुभएको थियो। उहाँकी दुई छोरी जान्ना श्रेष्ठ र मारिना श्रेष्ठ छन् र जेठी छोरी जान्ना श्रेष्ठका तर्फबाट नाति अनन्त उपाध्याय र नातिनी एलिजा उपाध्याय छन्।

Saturday, January 25, 2020

भारतीय चलचित्रसम्राट् राज कपूरको ९५-यौं जन्मजयन्तीको सन्दर्भमा 'राज कपूर र म'


हिन्दी फिल्मी जगत्का विश्वविख्यात चलचित्रकर्मी तथा चलचित्र-निर्देशक राज कपूरको नाम नसुन्ने संसारमा विरलै मानिस होलान्  

Sunday, December 29, 2019

एक वर्षभित्र रूसी भाषामा नेपालबारे पाँच विषयका छ पुस्तक

बित्नै आँटेको सन् २०१९ रूसी भाषामा नेपाल विषयक पुस्तक प्रकाशनको क्षेत्रमा निकै उपलब्धिमूलक  रहेको छ । 

Thursday, December 26, 2019

मस्कोमा स्वागत-सम्मान, पुस्तक लोकार्पण तथा मिलन समारोह


गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष जस्तो गरिमामय पदमा रूसमा बसोवास गरिरहेको नेपाली समुदायका प्रतिनिधि डा. बद्री केसी निर्वाचित हुन सफल भएको उपलक्ष्यमा २२ डिसम्बर २०१९ (आइतवार) का दिन रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्षमा आयोजित स्वागत-सम्मान समारोह भव्यतापर्वक सुसम्पन्न भयो ।

Wednesday, December 18, 2019

रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन


रूसको राजधानीमा १६ डिसम्बर २०१९ (सोमवार) का दिन मस्कभिचभनिने एक सांस्कृतिक केन्द्रको विशाल सभाकक्षमा रूस लेखक संघ मस्को नगर संगठनको महाधिवेशन सुसम्पन्न भएको थियो । त्यसमा मस्को नगर संगठनका हाल विद्यमान २४३९ सदस्यहरूमध्ये १२३६ सदस्यहरूको समुपस्थिति रहेको थियो ।

Thursday, July 25, 2019

रूसमा 'हिमालय तथा तिब्बत अनुसन्धाता संघ' गठन


यस सालको वसन्तागमनका साथै रूसको सांस्कृतिक राजधानी सेन्ट-पिर्टसबुर्गमा 'रसियाली हिमालय तथा तिब्बत अनुसन्धाता संघ' ('Russian Association of Researchers on Himalaya and Tibet') नामक रसियाली अनुसन्धानकर्ताहरूको संगठन अस्तित्वमा आएको छ । 

Sunday, December 2, 2018

मास्कोमा रूस-नेपाल साहित्य सङ्गम सुसम्पन्न


रूसको राजधानीमा १ डिसेम्बर २०१८ शनिवारका दिन मास्कोको एक केन्द्रीय सडक बोल्साया निकित्स्कायामा अवस्थित केन्द्रीय लेखक भवनमा विश्व नेपाली साहित्य महासंघ रूस शाखा तथा रूस लेखक संघ मास्को नगर संगठनको संयुक्त आयोजनामा रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न भयो । 

Thursday, September 13, 2018

एउटा भरपर्दो सन्दर्भ सामग्री


नेपालरूस कूटनीतिक सम्बन्धको विकासक्रममा योगदान पु¥याउने पात्र तथा घटनाहरूसँग सम्बन्धित दस्तावेजहरूलाई संगठित रूप दिएर यस ग्रन्थले उक्त सम्बन्धको ऐतिहासिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । यो ग्रन्थ नेपालरूस द्विपक्षीय सम्बन्धका बारेमा चासो राख्ने जो कोहीका लागि एउटा भरपर्दो सन्दर्भ सामग्री हुनेमा म विस्वस्त छु

Wednesday, March 7, 2018

रूसमा ‘लाल सेना’ शताब्दीको कथा- कृष्णप्रकाश श्रेष्ठ


मास्कोको मुटु क्रेमनिनको हाताभित्रै अवस्थित राजकीय क्रेमलिन प्रासादमा रूसमा लाल सेनाको स्थापना भएको एक शताब्दी पूरा हुने पूर्वसन्ध्यामा २२ फेब्रुअरी २०१८ (वृहस्पतिवार) का दिन विश्वप्रसिद्ध मोइसेएभ संगीत मण्डली र रूसी सेनाको अलेक्सान्द्रोभ संगीतमण्डलीको बाध्यवादनसहित भव्य सांकृतिक कार्यक्रम सुसम्पन्न भयो । 

Sunday, December 17, 2017

रूसको राजधानीमा सम्मान र शुभकामना समारोह सुसम्पन्न

रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा नेपाली र रूसी भाषामा कविता पाठ, नेपाली गीत र नृत्यधूनको सुमधुर गुञ्वनसहित मनोरम र उल्लासमय वातावरणमा गैरआवासीय नेपाली संघ रूस तथा मास्कोस्थित नेपाली राजदूतावासको तत्वावधानमा आयोजित सम्मान तथा शुभकामना समारोह भव्यताका साथ सुसम्पन्न भएको छ ।

Tuesday, November 14, 2017

हिमालयको सम्पदा : सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनी

मास्कोको केन्द्रमा अवस्थित राजकीय प्राच्यकला संग्रहालयमा ७ सेप्हटेम्बर २०१७ का दिन हिमालय क्षेत्रका देशहरू (नेपाल, भुटान, भारत) का सांस्कृतिक कलाकृतिहरूको प्रदर्शनीको समुद्घाटन सुसम्पन्न भयो ।

Monday, November 13, 2017

В Музее народов Востока: выставка «Сокровица Гималаев»

В Музее народов Востока в Москве открылась выставка «Сокровица Гималаев» (7-28 сентября 2017 г.).  

Friday, November 3, 2017

रूसको राजधानीमा संबोधी बौद्धस्तुपको प्राणप्रतिष्ठा र समुद्घाटन

रूसको राजधानीको उत्तरी क्षेत्रमा पर्ने ओत्राद्नोए इलाकामा खोल्सोसहितको रमणीय पार्ककै छेउमा रूसी चर्च र मुस्लिम मस्जिद समेत रहेको ठाउँमा १६ सेप्टेम्बर २०१७ (शनिश्चरवार) का दिन मास्को बौद्ध समाजको अग्रसरतामा निर्मित संबोधी बौद्धस्तुपको प्राणप्रतिष्ठा र समुद्घाटन समारोह सुसम्पन्न भएको छ ।

Wednesday, November 1, 2017

रूसी भाषामा ‘नेपाली कविता कुञ्ज’ को लोकार्पण

विश्व नेपाली साहित्य महासंघ, नेपाल रूस साहित्य समाज तथा रूसी विज्ञान तथा संस्कृति केन्द्रको संयुक्त आयोजनामा  १३ अक्टोबर २०१७ (शुक्रवार) का दिन काठमाडौंमा रूसी भाषामा प्रकाशित नेपाली कविता कुञ्ज’ को विमोचन कार्यक्रम सुसम्पन्न भयो । 

Tuesday, September 5, 2017

मास्कोमा गैरआवासीय नेपाली संघ रूसको आठौं राष्ट्रिय अधिवेशन

मास्कोस्थित रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबको प्रेक्षालयमा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदको आठौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।

Friday, August 18, 2017

बाणासुरको राजधानी शोणितपुरको यात्रा

वाणासुरको राजधानी ? को हो वाणासुर ? कहाँ छ उसको राजधानी ? शीर्षकले नै पाठकवृन्दमा खुल्दुली जगाउने छ ।  वाणासुर भन्ने नामले नै त्यो पौराणिक कालको असुर होला भन्ने स्पष्ट हुन्छ । त्यसमा पनि उससँग हज्जार हात थिए भन्ने सुनेपछि त निसन्देह नै त्यो अजङको दैत्य नै हो भन्ने पक्कापक्की हुनेछ । दैत्य नै हो भने त्यसको राजधानीमा पनि मानव नभई दानवहरू नै बस्ता होलान् भन्ने ठम्याउन गाह्रो पर्दैन । यस्तो दैत्यको राजधानीमा यात्रा गर्न को तयार होला र ?

Tuesday, June 27, 2017

देवकोटा र पुश्किनका अमर काव्यकृतिद्वय एउटै गाताभित्र

रूसको राजधानीमा सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३-२५जुलाई २०११) को सन्दर्भमा नेपाल रूसका महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा अलेक्सान्द्र सेर्गेयेभिच पुश्किनका दुर्इ काव्यकृति क्रमशः मुनामदन जिप्सी लाई एउटै गाताभित्र समेटेर देवकोटा पुश्किन शीर्षकमा प्रकाशनमा ल्याइएको  

Saturday, June 10, 2017

मास्को प्राच्यविद्या संस्थानमा नेपालीहरूको स्वागत

रसियाली विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानका निर्देशक, इतिहासशास्त्रका महाविद्यावारिधि, रूसमा बुद्धधर्म र दर्शनका प्रकाण्ड विद्वान् भालेरी पाभ्लोभिच आन्द्रोसोभ तथा रूसका लागि नेपाली राजदूत महामहिम ऋषिराम घिमिरेका बीच ७ जून २०१७ (बुधवार) का दिन भेट-परिचय तथा अन्तरक्रिया कार्यक्रम सुसम्पन्न भएको छ ।

Tuesday, June 6, 2017

विश्वकै एक उत्कृष्ट पत्रकारिता शिक्षण केन्द्रको ६५–यौं वर्षान्त समारोह

विश्वप्रसिद्ध मास्को राजकीय विश्वविद्यालयअन्तरगत पत्रकारिता विभाग संचालनको ७० वर्ष तथा पत्रकारिता संकायको स्थापनाको ६५ वर्ष पूरा भएको सन्दर्भमा मास्कोको केन्द्रमा रहेको ऐतिहासिक विश्वविद्यालय भवनमा भव्य समारोह सुसम्पन्न भएको छ ।

Tuesday, April 25, 2017

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग मास्कोमा अन्तरक्रिया

विश्वका कम्युनिष्ट पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मास्को आउनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता, नेपालको संसदव्यवस्थापिकाका सदस्य, नेपालका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग रूसको राजधानी मास्कोस्थित नेपाली राजदूतावासमा २३ अप्रिल २०१७ (आइतवार) का दिन भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।