रूसको राजधानीमा सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३-२५जुलाई २०११) को सन्दर्भमा नेपाल र रूसका महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा अलेक्सान्द्र सेर्गेयेभिच पुश्किनका दुर्इ काव्यकृति क्रमशः “मुनामदन” र “जिप्सी” लाई एउटै गाताभित्र समेटेर “देवकोटा र पुश्किन” शीर्षकमा प्रकाशनमा ल्याइएको छ ।