Wednesday, April 20, 2016

मास्कोमा नयाँ वर्ष २०७३ को सांस्कृतिक साँझ

          बिक्रम सम्बत् २०७३ को पावन उपलक्ष्यमा १७ अप्रिल २०१६ (आइतवार) रसियाली जनमैत्री विश्वविद्यालयको इन्टरक्लबको प्रेक्षालयमा शुभकामना तथा सांस्कृतिक साँझको आयोजना गरिएको थियो ।

Sunday, April 17, 2016

मास्कोमा आधुनिक नेपाली चित्रकला प्रदर्शनी

रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्राङ्गणमा बिक्रम सम्बत् २०७३ को नयाँ वर्ष तथा नेपाल र रूस (सोभियत संघ) बीच दौत्य सम्बन्ध स्थापनाको आसन्न ६०यौं वर्षबन्धनको सन्दर्भ पारेर नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा आधुनिक नेपाली कला प्रदर्शनीको आयोजना गरिएको थियो ।

Monday, March 14, 2016

हिउँदको ठिहि-याउने बरफ–पानीमा डुबुल्की र पौडी

मास्कोको उत्तरी क्षेत्रमा रहेको सेरेब्य्रान्नी बोरभनिने रमणीय इलाकामा अवस्थित सानो तर गहिरो सरोबरमा जमिरहेको बरफको बाक्लो पत्र काटेर वनाइएको २५ मिटर लामो  पोखरीमा हिउँदको ठिहि-याउने पानीमा पौडी खेल्ने हुनाले जलसिंह’ (रूसी भाषामा मोर्ज) भनिने पौडीबाजहरू र अन्य हिमपौडीका प्रेमीहरूले समेत चिसो पानीमा डुबुल्की लगाएर यस वर्षको हिउँदलाई बिदा गरेका थिए । 

Tuesday, February 9, 2016

सेन्टपिटर्सबर्गमा नेपालको वाणिज्य दूतावासको समुद्घाटन

     रुस महासंघको उत्तरी राजधानी मानिने सेन्टपिर्सबर्ग महानगरीमा गत २५ जनवरी २०१६ (सोमवार) का दिन नेपालको वाणिज्य दूतावासको उदघाटन समारोह सुसम्पन्न भएको छ ।

Tuesday, February 2, 2016

रूसमा नेपालविद्याका संस्थापक मिनाएभप्रति समर्पित सम्मेलन

रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्ष नेपालको राष्ट्रिय झण्डा र दृश्यचित्रहरूका साथै मञ्चपछिल्तिर रूसी प्राच्यविद इभान मिनाएभको ठूलो फोटो-पोष्टर टाँगेर सिंगारिएको थियो ।

Tuesday, January 12, 2016

देवकोटा र पुश्किनका अमर काव्यकृतिद्वय एउटै गाताभित्र

रूसको राजधानीमा हालै सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३-२५जुलाई २०११) को सन्दर्भमा नेपाल रूसका महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा अलेक्सान्द्र सेर्गेयेभिच पुश्किनका दुर्इ काव्यकृति क्रमशः मुनामदन जिप्सी लाई एउटै गाताभित्र समेटेर देवकोटा पुश्किन शीर्षकमा प्रकाशनमा ल्याइएको यसको प्रकाशन गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्को तर्फबाट भएको हो  

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

पुस्तक-प्रतिक्रिया
इतिहासका प्रत्यक्षदर्शी र मौन रक्षकहरू
भिक्टर मिखाइलोभिच याकोभ्लेभ
(साहित्यशास्त्रका विद्यावारिधि)