Monday, March 14, 2016

हिउँदको ठिहि-याउने बरफ–पानीमा डुबुल्की र पौडी

मास्कोको उत्तरी क्षेत्रमा रहेको सेरेब्य्रान्नी बोरभनिने रमणीय इलाकामा अवस्थित सानो तर गहिरो सरोबरमा जमिरहेको बरफको बाक्लो पत्र काटेर वनाइएको २५ मिटर लामो  पोखरीमा हिउँदको ठिहि-याउने पानीमा पौडी खेल्ने हुनाले जलसिंह’ (रूसी भाषामा मोर्ज) भनिने पौडीबाजहरू र अन्य हिमपौडीका प्रेमीहरूले समेत चिसो पानीमा डुबुल्की लगाएर यस वर्षको हिउँदलाई बिदा गरेका थिए । 

Tuesday, February 9, 2016

सेन्टपिटर्सबर्गमा नेपालको वाणिज्य दूतावासको समुद्घाटन

     रुस महासंघको उत्तरी राजधानी मानिने सेन्टपिर्सबर्ग महानगरीमा गत २५ जनवरी २०१६ (सोमवार) का दिन नेपालको वाणिज्य दूतावासको उदघाटन समारोह सुसम्पन्न भएको छ ।

Tuesday, February 2, 2016

रूसमा नेपालविद्याका संस्थापक मिनाएभप्रति समर्पित सम्मेलन

रूसको राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्ष नेपालको राष्ट्रिय झण्डा र दृश्यचित्रहरूका साथै मञ्चपछिल्तिर रूसी प्राच्यविद इभान मिनाएभको ठूलो फोटो-पोष्टर टाँगेर सिंगारिएको थियो ।

Tuesday, January 12, 2016

देवकोटा र पुश्किनका अमर काव्यकृतिद्वय एउटै गाताभित्र

रूसको राजधानीमा हालै सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३-२५जुलाई २०११) को सन्दर्भमा नेपाल रूसका महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा अलेक्सान्द्र सेर्गेयेभिच पुश्किनका दुर्इ काव्यकृति क्रमशः मुनामदन जिप्सी लाई एउटै गाताभित्र समेटेर देवकोटा पुश्किन शीर्षकमा प्रकाशनमा ल्याइएको यसको प्रकाशन गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्को तर्फबाट भएको हो  

ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक

पुस्तक-प्रतिक्रिया
इतिहासका प्रत्यक्षदर्शी र मौन रक्षकहरू
भिक्टर मिखाइलोभिच याकोभ्लेभ
(साहित्यशास्त्रका विद्यावारिधि)

Wednesday, January 6, 2016

मास्कोमा अन्तर्राष्ट्रिय नववर्ष २०१६ को झिलिमिली

रुसमा नयाँ वर्षले हाम्रो दशैंतिहारको सम्झना गराउँछ । तिहारमा झैं घरहरु रंगीचंगी बिजुलीबत्तीको मालाले झिलिमिली पारेर सिंगारिनुका साथै सहरका चोकहरु र ठूल्ठूला पसलहरुअगाडि समेत तलेसल्लाको बोट सिंगारेर राखिएको हुन्छ ।

Tuesday, December 29, 2015

रुसमा क्रिश्चियन भिक्षु फोती ‘गोलोस–२०१५’ गायन प्रतियोगिताका विजेता

रुसको केन्द्रीय टेलिभिजनको प्रथम च्यानलद्वारा गतः ४ वर्षदेखि आयोजना गरिंदै आएको गोलोसगायन प्रतियोनितामा यस वर्ष रुसी अर्थाडक्स चर्चका  इएरोमोनाख  (क्रिश्चियन भिक्षु) फोती (भिक्षुत्वमा दीक्षा प्राप्तिपछिको नाम) प्रथम घोषित गरिएका छन् ।