Sunday, May 13, 2012



रूसवासी नेपालीहरूद्वारा बुद्धजयन्ती मनाउँदै शान्तिदीप प्रज्ज्वलन      

       मास्को, ६ मेई २०१२ (आइतवार) । मास्कोबाट दक्षिण-पश्चिम दिशामा झण्डै ९० किलोमिटर टाढा  कालुगा अञ्चलमा अवस्थित 'एत्नोमिर' ('नृवंशलोक') नामक एक विश्वग्रामअन्तरगत रूसमा रहेका नेपालीहरूको लगानीमा नेपाली वास्तुकला एवं संस्कृतिको प्रतिनिधित्व हुने किसिमबाट निर्मित 'नेपाली घर' ('नेपालमण्डप') को प्राङ्गणमा भेला भई त्यहाँ बनेको चैत्यवरिपरिको पालाहरूमा शान्तिद्वीप प्रज्ज्वलन गरी वैशाख पूर्णिमाको पुनित उपलक्ष्यमा रूसमा रहेका नेपालीहरूले शान्तिको कामना गर्दै २५५६-औं बुद्धजयन्ती मनाएका छन्

Friday, January 13, 2012

ГОЛУБЬ И ОРЕЛ

В любой стране, с любых высот
Отправьте голубя в полет –
Свободы, мира, счастья птицу –
Куда бы он ни полетел
И как бы сильно ни хотел
Навстречу счастью устремиться,
Но все равно, бессильный, он
Стать вечно жертвой обречен
Орлана – птицы дяди Сэма.
Желанье рвать живую плоть
Ему ничем не побороть:
Орлан – Америки эмблема.

-Бикрама Суббa

Подстрочный перевод с непали:Кришна Пракаша Шрестха
Стихотворный перевод:Игорь Елисеев

सन्दर्भ बीसौं शताब्दीको नेपालको : चर्चा साहित्यिक परिवेशको


मास्कोस्थित नेपाली राहदूतावासको प्राङ्गणमा गत: २१ डिसम्बर (२०११) का दिन रूसको विज्ञान प्रज्ञा-प्रतिष्ठान प्राच्यविद्या संस्थानबाट प्रकाशित “नेपालको इतिहास : २०-सौं शताब्दी” (लेखकद्वय अलेक्सान्द्र लेदकोभ र सेर्गेइ लुन्योभ) तथा महाकवो देवकोटाका १५ कविताको सङ्कलन “सुनको बिहान” (अनुवाबकद्वय ल्युदमिला साल्तिकोभा र कष्णप्रकाश श्रेष्ठ) को लोकार्पण गरिएको थियो ।यस सन्दर्भमा प्रस्फूरित भाव नेपाली पाठकसमक्ष यहाँ संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।  

Sunday, November 20, 2011

कुलेश्वर - नेमुनिको आश्रमस्थल

कुलेश्वर - नेमुनिले आश्रम बनाएर बसेको पवित्र स्थल !

यसपल्ट घर (काठमाडौं) जाँदा बगलमै रहेको कुलेश्वर महादेवको स्थान पनि हेर्न जाने योजनाअनुसार एकाबिहानै भाइ तेजप्रकाश बहिनी ताराबदन सहित त्यहाँ पुगें पाँच वर्षअघि पहिलोपल्ट त्यहाँ पुग्दा जीर्णोद्धारको काम भइरहेजस्तो लागेको थियो राम्ररी अवलोकन गर्न पाएको थिइन, तर यसपटक केही फोटो समेत खिंचेर ल्याउने मौका मिल्यो मूल सडकबाट सिंढी उक्लेर माथि जाने ठाउँनेरै कसैले बनाइदिएको द्वारभित्र पस्नासाथ माथि ठूलो आकारको अक्षरले आकर्षित गरिहाल्दछ भने बिस्तारै माथि उक्लँदै जाँदा अगल-बगलमा बोटबुट्यान सम्भवतः पाटी-पौवाहरू पनि देखिन्छन् केही सम्म परेको महादेवस्थानमा रुद्राक्षको बोट समेत देख्न पाइयो त्यहाँ भजन गर्ने पाटी पनि देखियो कुलेश्वरको शिवलिङ्गमा अटूट जलधाराको व्यवस्था पनि गरिएको रहेछ त्यसको पछिल्तिर अभिलेखसहितको धातुको पट चाहिं उति पुरानो थिएन, न त तल ओर्लने ठाउँनेर भित्तामा रहेको शिलापत्र नै पुरानो थियो । शिवलिङ्ग वरपरका सम्भवतः पुराना केही मूर्तिहरू र एउटा शिलापत्र पनि सुरक्षित ढङ्गले राखिएका थिए

थानकोट किंवा शोणितपुर : इतिहास र सम्भावना

          मेरा मितबुवा देवरत्न (आशामरु) श्रेष्ठसंग उहाँको घर ताहाननि (थानकोट) मा एकपल्ट कुरा चल्दा थानकोटको प्राचीन नाउँ शोणितपुर हो भन्ने थाहा पाइएपछि आजभन्दा दशकअघि नै यस कथनको प्रामाणिकता सिद्ध गर्ने खोजमा लाग्दा वाणासुरको बारेमा मेरा मीतबुवाले सुनाएको किम्बदन्तीको मूलस्रोत 'श्रीमद्भागवत् महापुराण' मा भेटे 'उषाहरण' नाटक लेखी थानकोटमा मञ्चन समेत गरिएको थियो भने 'नेपाल महात्म्यमा समेत 'वाणासुरो दैत्यराजः  शोणिताख्ये पुरेभवेत्' भन्ने लेखिएको पाइँदा थानकोट नै प्राचीन शोणितपुर भएको प्रमाणित भएको पक्का भएको थियो तसर्थ शोणितपुर नामको प्रचार-प्रसारका लागि चुनीखेलमा निर्मित नयाँ तीनतले घरमा 'शोणितपुर, चुनिखेल' अङ्कित साइनबोर्ड टाँग्नुका साथै मेरा भाइ नारायणप्रसाद श्रेष्ठ (फुपुका छोरा) को सहयोगबाट स्थानीय युवाहरूलाई समेत संगठन गरी एउटा क्लब संचालन गरेको थिएँ स्थानीय महालक्ष्मीको मन्दिरकै बगलमा रहेको पाटीमा नियमित रूपमा यस क्लबको बैठक बस्ने गर्दथ्यो एकपल्टको यस्तै बैठकमा यस भेकबाट प्रथम आम निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार त्रिपुरवरसिंह प्रधानसंग अन्तक्रिया सम्पन्न गरिएको अहिले मलाई सम्झना भएर आयो जे होस्, तास खेलेर समय बिताउने युवाहरूमा चेतनाको प्रचारमा यस क्लबले किञ्चित प्रयास गरेको थियो इमाखेलमा सानो पुस्तकालयको संचालनदेखि नाटकको मञ्चनसम्मको कार्यमा यसका सदस्यहरूको सक्रिय भूमिका रहेको थियो

चुनीखेल बजारको अतीत र वर्तमान

      चन्द्रागिरि दहचोकडाँडाको मध्यभागमा अवस्थित थानकोट (शोणितपुर) भेकको एक महत्वपूर्ण ऐतिहासिक स्थल हो चुनीखेल यो चन्द्रागिरिको पूर्वी काखमा रहेको बीसौं शताब्दीको मध्यसम्म काठमाडौंबाट चन्द्रागिरी भञ्ज्याङ छिचोल्दै नेपालकै विभिन्न जिल्लाका साथै भारततिर लाग्ने एक मात्र प्रमुख पैदल बाटो चुनीखेल भएरै जाने तथ्य इतिहासका पानाहरूमा पढ्न सकिन्छ थानकोट भनिने मुख्य नेवारवस्तीभन्दा केही माथि वनप्रान्तमा चुन्देवी भनिने वनदेवीको स्थाननेरै भिरलो परेको ठूलो चहुर (नेवारीमा खेल वा ख्यः) समेत भएको हुँदा यस स्थानले चुनीखेल भन्ने नाम पाएको हो यस बजारमा नेवारहरूको मात्र नभई तामाङहरूको घरघडेरी पनि काठमाडौं उपत्यकाका काँठहरूमा अन्यत्र पनि चुन्देवीको स्थाननजिकै चुनीखेल भनिने बस्तीहरू अस्तित्वमा छन् तर चन्द्रागिरिको फेदीमा रहेको यस चुनीखेलको आफ्नो बेग्लै मौलिकता