Sunday, November 20, 2011

चुनीखेल बजारको अतीत र वर्तमान

      चन्द्रागिरि दहचोकडाँडाको मध्यभागमा अवस्थित थानकोट (शोणितपुर) भेकको एक महत्वपूर्ण ऐतिहासिक स्थल हो चुनीखेल यो चन्द्रागिरिको पूर्वी काखमा रहेको बीसौं शताब्दीको मध्यसम्म काठमाडौंबाट चन्द्रागिरी भञ्ज्याङ छिचोल्दै नेपालकै विभिन्न जिल्लाका साथै भारततिर लाग्ने एक मात्र प्रमुख पैदल बाटो चुनीखेल भएरै जाने तथ्य इतिहासका पानाहरूमा पढ्न सकिन्छ थानकोट भनिने मुख्य नेवारवस्तीभन्दा केही माथि वनप्रान्तमा चुन्देवी भनिने वनदेवीको स्थाननेरै भिरलो परेको ठूलो चहुर (नेवारीमा खेल वा ख्यः) समेत भएको हुँदा यस स्थानले चुनीखेल भन्ने नाम पाएको हो यस बजारमा नेवारहरूको मात्र नभई तामाङहरूको घरघडेरी पनि काठमाडौं उपत्यकाका काँठहरूमा अन्यत्र पनि चुन्देवीको स्थाननजिकै चुनीखेल भनिने बस्तीहरू अस्तित्वमा छन् तर चन्द्रागिरिको फेदीमा रहेको यस चुनीखेलको आफ्नो बेग्लै मौलिकता



कुनै जमानामा उपत्यकामा आवागमनको एक मात्र आधारस्थलको रूपमा रहेको चुनीखेलबजारको अतीत निकै रोचक थियो भने वर्तमान चाहिं दयनीय इतिहासको पाना पल्टाउँदा पृथ्वीनारायण शाहद्वारा उपत्यकामा आधिपत्य जमाइएपछि काशीवासतर्फ गएका भक्तपुरका अन्तिम राजा रणजीत मल्लले यसै ठाउँबाट चन्द्रागिरिको डाँडो उक्लेर द्यौरालीमा बसी उपत्यकासंग बिदाबारी हुँदै लेखेको विलापगीत प्रसिद्ध भने स्वयं पृथ्वीनारायण शाहले पनि थानकोटको ठीक माथि पर्ने त्यसै भञ्ज्याङमा पहिलोपल्ट पुग्दा उपत्यकाको सौन्दर्य र वैभव देखेर त्यस शस्यश्यामला भूमिलाई हस्तगत गर्ने इरादा लिएका थिए काशी निर्वासित रणबहादुर शाह पनि दलबलसहित थानकोटको चुनिखेल पुग्दा उनलाई पक्रन खटिइगएको फौजले उनैलाई राजा मानी सलामी दिएपछि यहींबाट सगर्व काठमाडौं दरवारमा भित्रिएका थिए र्वप्रथम बेलायतको यात्रा गर्ने राणा प्रधानमन्त्री वंशका पर्वत्तक जङ्गबहादुर कुँवर वा भारततिर जाने राणावंशका अन्य उच्च पदाधिकारीहरू मात्र नभई मधेशतिर लाग्ने सर्वसाधारणका साथै काशीवासका लागि जाने वृद्धवृद्धाहरू समेत यसै स्थानबाट डाँडापारि जाने गर्दथे सुगौलीको सन्धि (सन् १८१६) पश्च्यात् काठमाडौंमा स्थापित रेजिडेन्ट अफिसमा नियुक्ति पाउने बेलायतका पदाधिकारीहरूदेखि लिएर यूरोपबाट आउने यात्रुहरू नेपालको अध्ययनकर्ता विद्वान्हरू पनि यसै ठाउँबाट ओहोरदोहोर गर्दथे काठमाडौंका लागि काठपात, दाउरा, खाद्यान्न आदिको भारी बोक्ने ढाक्रेहरू मात्र नभई ठूलाबडाहरूलाई तामदानमा बोकेर ल्याउने भरियाहरू पनि यतैबाट ओहोरदोहोर गर्ने क्रममा थकाई मार्न यहाँ रोकिन्थे...

राणाकालमा काठमाडौंबाट यहाँसम्म मोटर सडक बनेको हुँदा चुनीखेलको तल्लो पुछार गोदाम भन्ने स्थानमा रहेको बिसौनीदेखि ब्रिटिश लिगेसनस्थित एक्सचेञ्ज पोष्टआफिससम्म भारतलगायतका देशहरूबाट आउने पत्र र पार्सलहरू छमछम बज्ने घङ्गलासहितको लट्ठी टेक्दै रातविरात हुलाकीले यसै बाटोबाट बोकेर ल्याएको हुलाक लिएर जाने डाँकगाडी संचालन गरिएको थियो स्मरणीय के पनि भने त्यसताका राणा शासकहरू ठूलाबढाहरूका लागि डोकोमा बोकेर ल्याइने  मालसामान मात्र नभई काठमाडौंका सडकहरूमा गुडाउने कारहरू मान्छे ओसार्ने मोटरगाडी ट्रकहरू आदि पनि दर्जनौं भरियाहरूले काँधमा बोकेर लामो पहाडी बाटोमा पर्ने डाँडाकाँडा चन्द्रागिरी भञ्ज्याङ पार गराएर ल्याउने गर्दथे भरियाहरुले बोकेर ल्याई यहाँ पुर्याएपछि मोटरगाडी जडान गरेर काठमाडौंतिर गुडाइन्थ्यो । यहींबाट हुनेखानेले घोडा वा तामदानमा चन्द्रागिरी भञ्ज्याङतिर सवारी चलाउँथे भने सर्वसाधारणले पैदलै विकट उकालो लाग्नुपर्दथ्यो चुनीखेल भनिने चहुरमा राजा-महाराजाहरू पाल टाँगेर बस्दथे उनीहरूका लागि घोडाको निम्ति तबेला पनि त्यही रहेको थियो (नेपालमा पहिलो भूमिगत राजनैतिक दल प्रजापरिषद्का संस्थापक टङ्कप्रसाद आचार्यका पिताजीले राणाकालमा भीमफेदी-थानकोट ओहोरदोहोर गर्नका लागि घोडाहरूको व्यवस्था गर्ने गरेको कुरा नेपालको इतिहासमा वर्णित सम्भवतः अद्यापि यहाँ सुरक्षितबेला त्यसैताका बनाइएको होला) यहाँबाट एक दिनको बाटो पैदल हिंडेर भीमफेदी पुग्न चन्द्रागिरिभञ्ज्याङतिर उक्लने मूलबाटो जाने हुँदा यहाँबाट भरियाहरु तामदानको व्यवस्था गर्ने गरिन्थ्यो यहाँ भरियानाइके अफिस, पुलिस चौकी टेलिफोन आफिस पनि रहेका थिए (अहिले गणेशमानमार्ग नामकरण गरिएको यस पुरानो बाटोमा पर्ने चुनीखेलनेरै हाल सैनिक ब्यारेक रहेको ) नेपालमा सन् १०५०-१९५१ को जनक्रान्तिपश्चात् भारत सरकारको सहयोगबाट सन् १९५९ देखि थानकोटको वाणभञ्व्याङ हुँदै काठमाडौंलाई भारतसंग जोड्ने त्रिभुवन राजपथको निर्माण भई मोटर-यातायात संचालित हुन थालेपछि पुरानो पैदल बाटोमा रहेका चुनीखेलदेखि भीमफेदीसम्मका बजारहरूको पहिलेको महत्व रहन गएन  

यसपल्ट आफ्नो जन्मथलोमा पुग्दा चुनीखेलवासी मेरा संगातीहरूमध्ये हाल सेतो दाह्री पालेका रत्नदास कर्माचार्यसंग उनकै घरअगाडि फोटो खिंच्न पाइएको थियो त्यतिखेर मलाई उनको साथमा युवावस्थामा छाउनीको चहुरमा साइकल चलाउन सिकेर भर्खरै निर्मित त्रिभुवन राजपथमा साइकल चढेर इमाखेलतिर घुम्दा अर्कोतिरबाट छतमा समेत यात्रुहरू बोकेर हुर्रिंदै आइरहेको बसबाट बच्न छेउ लाग्दा दुवैजना  साइकलबाज अग्लो कान्लाबाट एक्कैबाजी तल खेतमा खसेको सम्झना भएको थियो पाँच वर्षअघि मात्र भेटेर कुराकानी गरिएको भए तापनि यसपटक मैले दाइ भनेर मान्दै आएका जनकलाल श्रेष्ठको निधन भएको दुखद खबर पाउँदा खल्लो लागेको थियो । उनी एक व्यापारीका पुत्र भए तापनि अंग्रेजी सिक्ने जिज्ञासा राख्नुका साथै आसपासका तामाङहरुसंग तामाङ भाषामा कुराकानी गर्न पोख्त थिए । मलाई वरपरको इलाकामा उनको संगसंगै घुमफिर गर्नेगरेको समयको याद भएर आयो...

यस चुनीखेल बजारको इतिहास पल्टाउँदा के थाहा पाइन्छ भने भक्तपुर सुकुलढोका रिपुकछें बस्ने जुजुवीर अमात्यले आफ्नी छोरी लक्ष्मीको विवाह काठमाडौं अटकोनारायणस्थानका जीतमान थकुजुजुसंग गरिदिई दाइजोस्वरूप दिएको चुनीखेलको बिर्ता पाखा जग्गानेर बनेको त्यस सत्तलको आयस्ताका निम्ति निजका भाइ भाजुकुटुले आसपासको रोपनी बाँझो जग्गामा झाराबेथी केही तिर्न नपर्ने गरी रैती राखी पौवा (सत्तल) को चिताई गर्ने अधिकारसहित सन् १८४७ मा लालमोहोर (१९०४ साल वैशाख वदी ३० रोज ) प्राप्त गरेकाले भक्तपुरबाटै मानिसहरू ल्याई बस्ती बसाएका थिए यहाँ एक गुठी कायम गरी विभिन्न जात्रा (वैशाख संक्रान्ति, कृष्णाष्टमी, गठेमंगल आदि) चलाउनुका साथै कार्तिक पुर्णिमाका दिन घरैपिच्छे पूजा लगी चुन्देवी स्थानमा भेडा भोग दिई पूजा गर्ने चलन थियो भनिन्छ...

त्यस ताका तामदान बोक्ने भरियाहरू अन्य सर्वसाधारण मानिसहरू उकालो लाग्नुअघि वा चन्द्रागिरीभञ्ज्याङबाट उपत्यका भित्रिएपछि चिसो पानी खाएर थकाइ मार्न चुनीखेल बजारको एक छेउमा बनाइराखेको कलात्मक ढुङ्गेधारा त्यसको सामु रहेको सुन्दर आँखीझ्यालयुक्त दुर्इतले पौवामा भारी वा तामदान बिसाएर सुस्ताउने गर्दथे साँझ परेपछि त्यहाँ पुगेका बटुवाहरू चाहिं त्यसै पौवामा रात बिताउँथे स्मरणीय के पनि भने आजभन्दा १३५ वर्षअघि सन् १८७५ मा नेपालको भूमिमा सर्वप्रथम पदार्पण गर्ने प्रथम रूसी प्राच्यविद् इभान मिनाएभले समेत यस सत्तलमा केही बेर विश्राम लिएका थिए भन्न सकिन्छ, किनभने चन्द्रागिरी पार गरेर फेदीमा पुगेका तामदानवाहकहरूले खाजा खान वा यहाँ रहेको धाराको पानीले आफ्नो तिर्खा मेट्न यसै सत्तलको पेटीमा उनको तामदान अड्याएको वेला उनले निसन्देह नै वरपर पनि चहारेको हुनु सम्भव इभान मिनाएभले आफ्नो नेपालयात्रासम्बन्धी वृतान्तमा अंशतः लेखेका छन् : '...अनि पहाड चढेर ताम्रखानी नदीको उपत्यका मार्खु हुँदै चितलाङ्ग उपत्यकाबाट चन्द्रागिरि पहाड उक्लनुपर्दछ यो पहाड चढ्नु पनि उत्तिकै गाह्रो , जति तल ओर्लनु यसको टाकुराबाट ठूलो उपत्यका टड्कारै देखिन्छ आकाश स्वच्छ भने यहाँबाट हिमालयका हिमाच्छादित चुचुराहरु पनि देखिन्छन् चन्द्रागिरिको फेदीमा ठूलो उपत्यकामा थानकोट सहर रहेको , जहाँबाट (उपत्यकाको दक्षिण-पूर्व) भादगाउँसम्म काठमाडौं हुँदै सडक बनेको ...' मिनाएभले चुनीखेललाई नै थानकोट भनेको हुनुपर्दछ, जस्तो कि अद्यापि भन्ने गरिन्छ खास यहींबाट उनले उल्लेख गरेको सडक सुरु हुन्छ उनको समयमा निश्चय पनि यस सडकमा मोटर चल्ने कुरै भएन

यसै ऐतिहासिक स्थानमा रहेको उक्त सत्तलको छेउमै रहेको घरजग्गामा सात दशकभन्दा पहिले आमाको कोखबाट जन्म लिएर यस पंक्तिकारले पहिलोपल्ट प्राणवायुको सास फेरेको होतीन महिनाको उमेरमा आमाको बुइँ चढेर मिनाएभले वर्णन गरेको त्यही बाटों हुँदै चन्द्रागिरी पार गरेर सुदूर पश्चिमको बैतडीतर्फ प्रस्थान गरेकाले बि.सं.२००४ सालतिर मात्र जन्मथलोमा पुग्दा त्यहाँको पौवामा पुलिसचौकी रहेको घरअगिल्तिरबाट वीरगञ्जसम्म पुर्याइएको टेलिफोनका तारहरू तन्किएको देखेको थियो हाल जगको चिन्ह मात्र बाँकी रहन गएको त्यस पौवामा रहेको पुलिसचौकी सातसालको क्रान्तिपश्चात् केही तल चुन्देवीथाननजिकै चहुरमा बनेको टेलिफोन आफिसकै बगलमा निर्मित भवनमा सरेको थियो

सन् १९५५ मा आफूले प्रवेशिका परीक्षा दिएर परिणामको घोषणा पर्खिरहेको वेला यसै पंक्तिकारले चुनिखेलस्थित पौवामा छरछिमेकका किशोरहरूलाई अंग्रेजी पढाउन थालेको थियो त्यतिखेर थानकोटमा नेपाली काङ्ग्रेसको एकाईका संस्थापक मीनबहादुर श्रेष्ठको समेत अग्रसरतामा इमाखेलका हर्षदास अमात्य, थानकोट तहाननीका देवरत्न (आसामरु) श्रेष्ठका साथै मेरा बुवा रामबहादुर श्रेष्ठलगायत स्थानीय गण्यमान्य व्यक्तिहरूको तत्परतामा संचालक समिति गठन भई भविष्यसेवा मिडिल स्कूलको नामले स्थापना भएको स्कूलको संचालन गोदाममा मीनशमशेरबाट अर्धनिर्मित धर्मशालामा गर्ने अनुमतिसमेत लिई गरिएको थियो मैले अवैतनिक हेडमाष्टरको हैसियतले पढाउन थालेको थिएँ त्यस स्कूलमा पढ्न निकै टाढाबाट समेत थानकोट भेकका दहचोक, मातातीर्थ, महादेवस्थान, इटाखेलसम्मका छात्रहरू पढ्न आउने गरेका थिए तत्कालीन जेहेनदार मेरा शिष्यहरूमध्ये चुनीखेलकै विष्णुप्रसाद लामा हाल अमेरिकामा बस्न थालेको थाहा पाइयो भने इमाखेलका ओम अमात्य कामविशेषले उपत्यकाबाहिर गइरहेको हुँदा भेट हुन सकेन

ज्ञातव्य के पनि भने आधाशताब्दीअघि (सन् १९५९) सम्म चन्द्रागिरी दहचोक डाँडाको बीचमा अवस्थित वाणभञ्ज्याङदेखि नैकापसम्म फैलिएको यस भेकमा यसै चुनीखेलमा दुर्इजना (कृष्णप्रकाश श्रेष्ठ इन्द्रगोपाल श्रेष्ठ) मात्र सर्वप्रथम प्रवेशिका परीक्षा (सन् १९५५) उत्तीर्ण गर्ने र पछि ब्याचलर अफ आर्टस (सन् १९५९) को डिग्रीप्राप्त व्यक्ति जन्मिए यसपल्ट चुनीखेल पुगेर साथी इन्द्रगोपाल श्रेष्ठसंग पनि भेट गरी हात मिलाएर स्नेह प्रकट गर्ने सम्भावना पाउँदा अपार हर्षको अनुभव भएको थियो ।

चुनिखेललाई नै निवासस्थल बनाएर साहित्यसेवा गरिरहेको मेरो भाइ तेजप्रकाशसंगै मूल थानकोट (शोणितपुर) अवलोकन गर्दै इमाखेलमा आफूले नै नामकरण गरेको शोणितपुर विनायक विद्याश्रमले मङ्गलोदय माध्यमिक विद्यालयको रूप लिएर संचालित भइरहेको नयाँ आधुनिक स्कूलभवनको अवलोकन गर्नुका साथै चुनीखेल आदि स्थानमा पनि हाईस्कूल संचालित भइरहेको देखेर आनन्दित भएँ भने आफूले स्थापना गरेको 'लोक ज्ञान केन्द्र' पुस्तकालय त्यसै अलपत्र परिरहेको चाल पाउँदा खिन्न पनि भएँ आफ्नै जन्मथलोमा पाताल भइराखेको पौवाको स्थानमा एउटा पुस्तकालय वा संग्रहालय बनाउने त्यहाँ फ्याँकिइरहेको ढुङ्गेधाराको बिचल्ली निराकरण गर्ने उपाय सोच्न नसकी चिन्तित बनेको छु नेपाली सांस्कृतिक सम्पदाको संरक्षण हुनुपर्छ भनेर लेख्ने बोल्ने तर आफ्नै जन्मथलोका उक्त दुवै सांस्कृतिक सम्पदा पाताल बनेको देख्दा मनमा ठूलो चोट पर्न गएको अहिले यसको चाँजोपाँजो मिलाउन नसके पौवाको कलात्मक तीनझ्याल, काठका बुट्टा कुँदिएका थामहरू, शिलापत्र इँटहरू समेत नभेटिएजस्तै यी सांस्कृतिक सम्पदाको बाँकी रहेको चिन्ह समेत नष्ट भएर जाने कुरा सुनिश्चित

यो ढुङ्गा छापिएको बाटो चलनचल्तीको रहुञ्जेल हरेक वर्ष मर्मत गरिन्थ्यो बाटोको दुवै बगलमा चुनीखेलसम्म नै रोपिएका काङ्गियो-फूलका बोटहरूमा लटसम्म रातो फूल पनि फुल्दथ्यो,  तर हाल बाटोको मरम्मत गरिंदैन र बाटोमा बिछ्याइएका ढुङ्गाहरु प्राय: उप्किसकेका छन्, यद्यपि हालसालै बजारपछिल्तिरको समानान्तर सडकमा कालोपत्र (पीच) लगाएर चुनिखेलको सिरानमा अवस्थित पानीघाटसम्म पुर्याइएको चुनिखेलमा पानीको कलधारा बिजुलीबत्तीको व्यवस्था गरिनुका साथै नयाँ डिजाइनका घरहरू पनि बनेका छन् यहाँ उक्त तबेलानेरै एउटा माध्यमिक स्कूल पनि संचालित भइरहेको कुनै दिन ऐतिहासिक दुईतले सत्तल र कलात्मक ढुङ्गेधाराको पुन:स्थापना भई चुनीखेलको शोभा र ख्याति बढ्ने छ भन्ने आशा राखेको छु ।

३० अप्रिल २०११, मास्को, रूस महासंघ ।

No comments:

Post a Comment