Friday, January 13, 2012

सन्दर्भ बीसौं शताब्दीको नेपालको : चर्चा साहित्यिक परिवेशको


मास्कोस्थित नेपाली राहदूतावासको प्राङ्गणमा गत: २१ डिसम्बर (२०११) का दिन रूसको विज्ञान प्रज्ञा-प्रतिष्ठान प्राच्यविद्या संस्थानबाट प्रकाशित “नेपालको इतिहास : २०-सौं शताब्दी” (लेखकद्वय अलेक्सान्द्र लेदकोभ र सेर्गेइ लुन्योभ) तथा महाकवो देवकोटाका १५ कविताको सङ्कलन “सुनको बिहान” (अनुवाबकद्वय ल्युदमिला साल्तिकोभा र कष्णप्रकाश श्रेष्ठ) को लोकार्पण गरिएको थियो ।यस सन्दर्भमा प्रस्फूरित भाव नेपाली पाठकसमक्ष यहाँ संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।  

राणाशाही नेपालको अन्धकारमय युगमा नेपालमा र्सवप्रथम सामाजिक तथा धार्मिक सुधारको मिर्मिरे उज्यालोर्ने नेपालका प्रथम प्रबोधक माधवराज जोशीले आजभन्दा ११० वर्षपहिले बीसौं शताब्दीको प्रारम्भमै सन् १९०१ तिर नेपालको राजधानीमा आर्यसमाजको भावनाको प्रचार-प्रसार गर्न सुरु गरेका थिए राणाप्रधानमन्त्री चन्द्रशमशेरको रोहबरमा पण्डितहरूसँग शास्त्रार्थ हुँदा हारेको पक्षले 'नेवारको छोरोले संस्कृत पढेर बाहुनसँग शास्त्रार्थ गर्ने ?' भन्दै उनलाई कुट्न लगाएका थिए पछि उनलाई सन् १९०५ मा देशनिकाला गरिएको थियो उनले भन्दा पहिले नेपालमा अरु कसैले पनि मूर्तिपूजा, पशुबलि, जातिप्रथा आदि हिन्दूधर्मका विकृतिहरूको प्रतिकार गर्नसकेको थिएन त्यस समयका अर्का प्रबोधक थिएझाङ्गे राजा जयपृथ्वी बहादुर सिंह (सन् १८७७-१९४०) उनी सन् १९०१ मा नेपालको पहिलो समाचारपत्र “गोरखापत्र” का व्यवस्थापक-सम्पादक नियुक्त भएका थिए भने प्रधानमन्त्री चन्द्र शमशेर राणाकै ज्वाइँ हुँदा सन् १९०८ मा ससुराको साथमा बेलायतको भ्रमणमा समेत गएका थिए, तर तत्कालीन नेपाली समाजका लागि प्रगतिशील विचार राख्दै मानवतावादको वकालत गर्दा उनले चाहिं स्वनिर्वासन रोजेर भारततर्फ पलायन गरेका थिए नेपालीहरूमध्ये सर्वप्रथम अमेरिकाको यात्रा गर्ने सम्भवतः रूसको तत्कालीन राजधानीमा समेत पुग्ने पछि समाजवादी व्यवस्थाको अध्ययन-अवलोकन गर्न मास्को आउने प्रयास समेत गर्ने प्रबोधक जयपृथ्वीबहादुर सिंहलाई “नेपालका कोलम्बस” को संज्ञा दिनु अत्युक्ति हुँदैन ।
राणाशासकहरूको जगजगीको वेला नेपालका तत्कालीन कैयौं प्रगतिशील बुद्धिजीविहरू प्रवासित हुन पुगेका थिए काशीमा प्रवासित जीवन विताउन वाध्य भएका माधवप्रसाद जोशीका सुपुत्र शुक्रराज शास्त्री (सन् १८९३-१९४१) का साथै राणाशाहीविरुद्ध भूमिगत राजनैतिक दल प्रजापरिषद्को सक्रिय कार्यकर्ता रही नेपालमा जनजागृतिको लहर ल्याउने दशरथ चन्द, धर्मभक्त माथेमा गङ्गालालबाट देशमा प्रजातन्त्रिक व्यवस्थाको स्थापनाको बलिवेदीमा आत्मोत्सर्ग गरिएको पनि ७० वर्षपुरा भएको स्मरणीय के पनि भने शुक्रराज शास्त्री एक लेखक पनि थिए उनले लेखेको 'स्वर्गको दरवार' को दोस्रो संस्करण ६० वर्षपछि मात्र सन् २००९ मा प्रकाशमा आएको मैले बाल्यकालमा पिताज्यूको हातमा मुखपृष्ठमा नै राणा प्रधानमन्त्रीको फोटो छापिएको यस पुस्तकको प्रथम संस्करणको देख्न पाएको थिएँ । नेपालका एक शहिदले त्यसको गुदी कुरा लुकाउन नै आफूले लेखेको किताबमा राणा प्रधानमन्त्रीको फोटो राखेको होला भन्ने विचार गरेको थिएँ । अहिले मेरा बनेपानिबासी मित्र मोहन दुवालबाट उपहारस्वरूप प्राप्त भएको सो पठनीय पुस्तक पढ्ने मौका पाएँ ।
आजभन्दा ७५ वर्षअघि देशमा पहिलो राजनैतिक संगठन प्रजा परिषद्का संस्थापक टङ्कप्रसाद आचार्यको जन्म पनि आजभन्दा १०० वर्षअघि भएको थियो ब्राहृमण भएको हुनाले मात्र उनी राणाशाहीको क्रूरताको सिकार हुनबाट बाँचेका थिए, तर आजन्म कैदको सजाय पाएर कालकोठरीमा जाकिएका थिए उनी जेलमै रहँदा उनलाई नेपाली कांग्रेसको स्थापनापश्चात् यस राजनैतिक दलको सभापति घोषित गरिएको थियो सात सालको क्रान्तिले उनी लगायत कैयौं राजबन्दीहरू जेलबाट मुक्त भएका थिए पछि सन् १९५६ मा नेपाल रूसबीच दौत्य सम्बन्ध स्थापना हुँदा उनी नेपालका प्रधानमन्त्री रहेका थिएयसै वर्ष टङ्कप्रसाद आचार्यको सैयौं जन्मजयन्ती (जन्म : वि.सं. १९९६ मंसीर कृष्णपक्ष वा ३१ डिसम्बर १९१२) पनि पर्दछ
बीसौं शताब्दीको नेपाली साहित्यमा अग्रगण्य र अद्वितीय स्थान राख्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९-१९५९) को साहित्यिक परिवेशको चर्चा गर्दा उनको सिर्जनामा तत्कालीन हिन्दी लेखककविहरूका साथै अंग्रेजी साहित्यको पनि प्रभाव परेको सर्ववीदितै यसका साथै उनको वरिपरि रहेका उनले अक्सर भेटिरहने नेपाली संस्कृत भाषामा लेख्ने लेखक-कविहरूको मात्र चर्चा गर्नु पनि अपर्याप्त हुन्छ (स्थानाभावले गर्दा सर्ववीदितै तथ्य हुँदा पनि यहाँ यसको विशेष उल्लेख गरिएको छैन) यसका अतिरिक्त उनको अगलबगलमै रहेर राणाशासकहरूको वक्रदृष्टिका वावजूद पनि नेवारी भाषामा रचना जारी राख्ने लेखक-कविहरूसँग उनको सङ्गत हुनुका साथै तिनको रचनाबाट पनि उनी अवगत नरहन सक्तैनथे यसको छाप 'मुना-मदन' खण्डकाव्य लगायत उनका कैयौं रचनाहरूमा पनि ठम्याउन सकिन्छ निसन्देह नै उनलाई नेवारी भाषाको प्रथम साहित्यिक पत्रिका 'नेपालभाषा बुद्धधर्म' का सम्पादक धर्मादित्य धर्माचार्य (खास नाम जगतमान वैद्य, सन् १९०२-१९६२) को गतिविधिको पनि जानकारी थियो होला उनको १२५-सौं वाषिर्कोत्सव पनि यसै वर्ष परेको यसै गरी नेवारी भाषाका गद्यगुरु निष्ठानन्द बज्राचार्य (जन्म सन् १८५८), नेवारी रामायणका रचयिता पद्यगुरु सिद्धिदास अमात्य (जन्म १८५८ नभेम्बर) मातृभाषामै अंग्रेजीलगायत विषयहरूको शिक्षामा जोड दिने नेवारी-अंग्रेजी शब्दकोषका सङ्कलक जगतसुन्दर मल्ल (सन् १८८२ अक्टोबर-१९५२ अगस्त) को क्रियाकलापबारे पनि देवकोटाले सुनेको हुनुपर्दछ यस वर्ष नेवारी गद्यगुरुको १५३-नौं पद्ययगुरुको १४५-औं जन्मजयन्ती पर्दछ भने यूरोपेली साहित्यका ज्ञाता एवं इसपका कथाहरूको नेवारीमा अनुवादक माष्टर जगतसुन्दर मल्लसंग उनको भेटघाट समेत भएको हुन सक्तछ देवकोटाभन्दा जगतसुन्दर मल्ल ३० वर्ष मात्र जेठा थिए उनको देहान्त पनि प्रजातन्त्रको स्थापनापश्चात् सन् १९५२ मात्र भएको हो यससाल उनको १३०-सौं जन्मजयन्ती र ६०-यौं स्मृतिदिवस परेको
महाकवि लक्ष्मीप्रसाद देवकोटा समाजसुधारक एवं नेवारी कवि योगवीरसिंह कंसाकार (सन् १८२५-१९४१) सित पनि परिचित थिए उनको 'कसाकोठी' भनिने पसलमा जम्ने साहित्यिक मण्डलीमा चक्रपाणि चालिसे, लेखनाथ पौड्याल, चित्तधर हृदय, लक्ष्मीप्रसाद देवकोटा लगायत राणाकालीन नेपालका लेखक-कविहरूको जमघट हुन्थ्यो यस्तै जमघटको क्रममा काठमाडौंमा पुस्तकालय खोल्ने विचार साकार तुल्याउने तरखरमा लाग्दा राणाशासनको कुदृष्टि परेर दशौं बुद्धिवीवीहरूका साथै लक्ष्मीप्रसाद देवकोटाले पनि जरीवाना तिर्नुपरेको थियो
यही वर्ष नेपालका आदिकवि भानुभक्त आचार्य (सन् १८१४-१८६८) को  १९८-यौं जन्मजयन्ती नेपालका आदिसमालोचक मोतीराम भट्ट (सन् १८६६-१८९६) को १४५-सौ जन्मजयन्ती एवं ११५-रौं स्मृतिदिवस पनि परेको लक्ष्मीप्रसाद देवकोटाकै वरिपरि रहेका समकालीन साहित्यकारहरूमध्ये कविशिरोमणि लेखनाथ पौड्याल (सन् १८८४-१९६५) को १२७-सौं, नेवारी भाषाका कविकेसरी चित्तधर हृदय (जन्म सन् १९०६) स्वच्छन्दतावादी कवि वैकण्ठप्रसाद लाकौल (जन्म सन् १९०६) को १०५- जन्मजयन्ती युगकवि सिद्धिचरण श्रेष्ठ (जन्म १९२२-१९९२) को जन्मशताब्दी पनि यसै साल परेको सूर्यबिक्रम ज्ञवाली (सन् १८९८-१९८५), यदुनाथ खनाल (सन् १९१३-२००४), श्वर बराल (सन् १९२३-१९९४), बालचन्द्र शर्मा (सन् १९२२-१९७५), केदारमान व्यथित, विहय मल्ल, दौलतबिक्रम बिष्ट प्रभृति लब्धप्रतिष्ठ दिवंगत साहित्यकारहरू महाकवि देवकोटाका दौंतरी नै थिए हाल मेरो स्मृतिमा मात्र अमिट रहेका उपरोक्त पछिल्ला नौजना प्रसिद्ध व्यक्तित्वहरूसित यस पङ्तिकारले व्यक्तिगत रूपमा परिचित हुने सौभाग्य पाएको थियो । स्वनामधन्य राष्ट्रकवि माधवप्रसाद घिमिरेको साथमा देवकोटाले सन् १९५८ मा ताशकन्दमा सम्पन्न भएको अफ्रो-एसियाली लेखक सम्मेलनमा समेत भाग लिएका थिए
रूसवासी नेपालीहरूले यस साल महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती रूसी भाषामा छन्दोबद्ध रूपमा दुर्इवटा पुस्तकको प्रकाशन गरेर मनाएका छन् भन्नु युक्तिसङ्गत हुने ठान्दछु गैरआवासीय नेपाली संघ रूसद्वारा प्रकाशित पहिलो पुस्तकमा 'मुना-मदन' खण्डकाव्यका साथै रूसी महाकवि अलेक्सान्द्र पुश्किनको 'जिप्सी' काव्य समेत समाविष्ट गरिएको भने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेको आर्थिक सहयोगमा प्रकाशित 'सुनको बिहान' शीर्षकको दोस्रो पुस्तकमा चाहिं देवकोटाका १५ वटा बालकविताहरू रूसी तथा नेपाली दुवै भाषामा प्रस्तुत गरिएका छन् यसबाहेक यसै पंक्तिकारको अनुवादमा त्रिमूर्ति प्रकाशन, काठमाडौंबाट प्रकाशमा ल्याइएको रूसी विदुषी ल्युदमिला आगानिनालिखित लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व एवं कृतित्वबारे पुस्तक 'नेपालका महाकविको कथा' (सन् २०११) को पनि यहाँ उल्लेख गर्नु आवश्यक ठान्दछु यी तीनै पुस्तकहरू महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०२-यौं जन्मजयन्तीप्रति समर्पित गर्न पाइनु निकै हर्षको कुरा हो ।
१२ जनवरी २०१२ (बृहस्पतिवार)
मास्को, रूस महासंघ ।

No comments:

Post a Comment