संसारमा पहिलोपल्ट मानवजातिका सुपुत्र यूरी गागारिनले अन्तरिक्षमण्डलमा डुबुल्की लगाएर नयाँ
अन्तरिक्षयुगको शुभारम्भ गरेको यस वर्ष १२ अप्रिलका दिन आधा शताब्दी पूरा हुन्छ । काकताली
पनि कस्तो पर्न गएको छ भने हामी नेपालीहरू त्यस मितिको लगत्तै पछि बिक्रम सम्बत्को नयाँ वर्ष
पनि मनाउँछौं । विश्वभरि नै अन्तरिक्ष विजयको आधा शताब्दी पूरा भएको वसन्तका यी दिनहरूमा
नेपालको भूमिमा पदार्पण नगरे तापनि पृथ्वीको सवभन्दा अग्लो हिउँचुली भएको देश हुनाले युरी
गागारिन अन्तरिक्षको यात्राकालमा पृथ्वीको सबभन्दा नजिक पर्ने नेपालको नै सबभन्दा निकट
थिए भन्न सकिन्छ ।