Tuesday, August 31, 2010

काव्यमय नेपाल

       नेपाली कविहरूको लेखनीबाट हिमालयको काखमा अवस्थित आफ्नो मातृभूमिको विषयवस्तुमा थुप्रै काव्यकृतिहरूको रचना भएको यस पुस्तकमा ती सबै कविताहरूलाई समावेश गर्न सकिएको छैन यो अहिलेलाई सम्भव पनि छैन

नेपालमा साहित्यसृजनाको इतिहासमा र्ससर्ती दृष्टि दिने हो भने अहिलेसम्म प्राप्त पहिलो काव्यमय देशप्रशस्ति लिच्छविकालीन ज्ञात कवि बुद्धकीर्तिद्वारा रचिएको काव्यमा भएको पाइन्छ राजा जयदेव द्वितीयद्वारा पशुपतिनाथलाई चढाइएको चाँदीको कमलको सर्न्दर्भमा 'पद्मप्रशस्ति' स्वरूप कैयौं श्लोकहरूको रचना गर्दै पच्चिसौं श्लोकमा चारैतिर पर्वतमालाले परिवेष्ठित राजधानी रहेको उपत्यकालाई नै कमलसित तुलना गर्दै यस पवित्र पाशुपतक्षेत्रको सर्न्दर्भमा कवि बुद्धकीर्तिले यस्तो उद्गार प्रकट गरेको पाइन्छ :

एषा भाति कुलाचलैः परिवृता प्रालेयसंसग्गिर्भि
र्व्र्वेदी मेरुशिलेव काञ्चनमयी देवस्य विश्रामभूः
शुभ्रैः प्रान्तविकासिपंकजदलैरित्याकलय्य स्वयं
रौप्यं पद्ममचीकरत्पशुपतेः पूजार्थमत्युज्ज्वलम्२५
                   -धनबज्र बज्राचार्य, लिच्छविकालीन अभिलेख,
                    काठमाडौं, वि.सं. २०३०, पृ. ५५१-५५२)    

यस श्लोकको निम्न छायानुवाद पनि यहाँ प्रस्तुत गर्न चाहन्छु

वेदी मेरुशिला काञ्चनमयी विश्रामभू देवको,
क्या राम्रो हिमशैलवेष्ठित धरा पाशुपत क्षेत्र यो
फक्रेको कमलैसरी रजतको यो पद्म अत्युज्ज्वल,
राजाज्ञाअनुरुप नै शिवजीको पूजार्थ तैयार भो ।।२५।।
                  -अनु. कृष्णप्रकाश श्रेष्ठ)

मल्लकालमा रचिएका नाटकहरूमा पनि देशप्रशस्ति समावेश गर्ने परम्परा रहिआएको उदाहरणका लागि यहाँ कान्तिपुरका अन्तिम मल्लराजा जयप्रकाश मल्लको शासनकालमा लिखित 'रत्नेश्वर प्रादर्भाव' नाटकमा कान्तिपुरको विषयमा नेवारी (नेपालभाषा) मा दिइएको देशवर्णनको नमूना यहाँ प्रस्तुत :

नगर लक्षण दुन कान्तिपुर भिङ
पुरन्दरपुर गन जुइओ थतिङ
तलेजु बिज्याक थन कुमारी सहित
पशुपति गुहृयेश्वरी जगतया हित ।।
                  -'रत्नेश्वर प्रादुर्भाव' नाटक)

यस प्रशस्तिगीतको भावानुवाद तल दिइएको :

कान्तिपुर नगरको लक्षण अति नै राम्रो
इन्द्रपुरी समेत यति सुन्दर के होला ?
यहाँ कुमारीसहित तलेजु विराजमान छिन्
जगतको हितका लागि पशुपति गुहृयेश्वरी छन् ।।
                  -अनु. कृष्णप्रकाश श्रेष्ठ)

आधुनिक नेपाली साहित्यअर्न्तर्गत काठमाडौंको सर्न्दर्भमा रचिएका कविताहरूमध्ये आदिकवि भानुभक्त आचार्यले नेपालको राजधानीलाई 'अलकापुरी' सित दाँजेको पाइन्छ भने पछिल्लो समयका कतिपय कविताहरूमा चाहिं कसैले काठमाडौंलाई सुरसासंग तुलना गरेका छन् भने कसैले चाहिं वेश्याको उपमा दिएका छन् अनिे कसै-कसैले नेपालको राजधानीको गन्दगीको यथार्थ वा भावार्थ चित्रण समेत प्रस्तुत गरेको पाइन्छ

निसन्देह नै अधिकांश कविताहरू कुनै निश्चित भौगोलिक स्थानको विषयमा नभई समग्र रूपले नेपालप्रति नै समर्पित गरेर रचिएका पाइनु स्वाभाविकै हो समष्टिगत रूपमा हेर्ने हो भने सम्पुर्ण नेपाली काव्य नै नेपालकै विषयमा रचिएको मान्न सकिन्छ ती सबैलाई यस संग्रहको कलेवरले थेग्न नसक्ने हुन्छ यति मात्र नभई 'नेपाल' वा 'मेरो मातृभूमि' आदि नेपाललाई बुझाउने शब्दहरूको प्रयोग गरेर शीर्षक राखिएका समेत सबै कविताहरूलाई यसमा समावेश गर्न सकिएको छैन नमूनास्वरूप मात्र यहाँ केही प्रतिनिधि कविताहरूलाई समावेश गरिएको स्पष्ट पार्नु युक्तिसङ्गत हुने ठान्दछु

आदिकविको लेखनीबाट निसृत देशप्रशस्तिबाट नै सुरु गरौं भानुभक्त आचार्यले आफ्नो अध्यात्मवदी भावनानुरूप नेपालको चित्रण गर्दै एउटा श्लोकमा यसरी घोषणा गरेका छन् :

यत्ती छन् सब देवता भनि यहाँ गन्ने नसक्नू भई,
याहीं छन् सब तर्ीथ पाप् हरिदिन्या जानू नपर्न्या कहीं
यो नेपाल्सरि पुण्यभूमि अहो देखीन मैले कतै,
आर्यातीर्थ मरण् मुक्ति दिनमा तत्पर खडा छन् शिवै ।।

हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि आदिकविको र्समर्थन जनाउन पछि परेका छैनन् उनले 'कुञ्जिनी' काव्यमा अंशतः जनाएका छन् :

देश हो हाम्रो, नेपाल राम्रो
आर्यभूभि हिमाल काखको
र्स्वर्गझै सुन्दर, धर्मको मन्दिर,
जन्मनलाई राजामा लाखको ।।
                  -कुञ्जिनी)

उपरोक्त दुवै श्लोकको भावमा निकै समानता पाइन्छ भने पुरानो पुस्ताका नेपाली कवि चक्रपाणि चालिसेले चाहिं 'हाम्रो नेपाल' शिर्षकको कवितामा नेपालको शब्दचित्र यसरी उतारेका छन् :

नाना शैल सरित् सरोवर लता गुल्मादिले गुम्फित,
उच्चो दुर्गसमान हैम गिरिले चौतर्फ संवेष्ठित
चातुर्वण्य सनातनीय सुकृति प्रख्यात र्सवप्रिय,
त्यस्तो देश कुनै ता जगतमा नेपाल नै निश्चय ।।
                  -साझा कविता, पृ. २६)

लक्ष्मीप्रसाद देवकोटाले पनि नेपालप्रति समर्पित आफ्ना कैयौ कविताहरूमा स्वदेशको ओजपूर्ण वर्णन गर्दै 'के हो नेपाल भन्ने ?' शीषकको कविताको आरम्भ यसरी गरेका छन् :

के हो नेपाल भन्ने सब मुटु मुटुको ढुक्ढुकी एक बार,
यौटा आँखा सबैको झननन गरिने झल्किने एक तार
यौटा गाना चलेको कलकल मनमा झल्किंदै बारबार,
यौटा छाना उज्यालो झलमल सजिने कोटि नक्षत्रदार ।।
                  -पुतली, पृ. ४८)

विश्वको जुनसुकै देशका कविहरूले भै+m नेपाली कविहरूले पनि मातृभूमिको सुख-दुख प्रारब्धसित आफ्नो व्यक्तिगत सुख-दुःख तियतिलाई पनि जोडेको पाइन्छ उदाहरणार्थ, कवि हिमांसु थापाले पनि 'आफ्नै देशको छहारीमा' शीर्षकको आफ्नो कविताको माध्यमबाट यही भाव व्यक्त गरेका छन् भन्न सकिन्छ नेपालको गाथा भन्न सकिने उनको  कवितामा यस्ता लययुक्त शब्दहरू छन् :

विख्यात नेपाली कविहरूबाट विभिन्न शीर्षकमा रचिएका 'नेपाल' विषयक कविताहरूमा पनि यही भाव गुञ्जेको प्रतीत हुन्छ उदाहरणार्थ, एम.बी.बी. शाह भन्ने नामबाट काव्यको रचना गर्ने नेपालका राजा महेन्द्र बीर बिक्रम शाह पनि समयको आवाज टिप्न पछि परेका छैनन् पंचायती व्यवस्थाको र्समर्थनमा प्रबुद्ध वर्गको समेत सहयोग जुटाउने उद्देश्यले उत्प्रेरित भई उनले पनि कतिपय कविताहरूमा देशको गाथा गाउँदै यसरी आहृवान गरेको पाइन्छ :

काली, गण्डकी, कोशी नाला,
पर्वत, समथर, खँडहर - डाँडा
हरिया वन सौर्न्दर्य भरेका
हाम्रै छन् खेत धान झुलेका
आऊ, बनाऔं साथ मिलेर
भोलिको यो हाम्रो नेपाल !!
                  -फेरि उसैको लागि)

यस छोटो सिंहावलोकनमा नेपाली कविहरूद्वारा अभिव्यक्त गरिएका देशप्रेमको काव्यात्मक भावाभिव्यक्तिले भरिपूर्ण पंक्तिहरूको असंख्य उद्धरणहरूलाई समेट्न सकिंदैन यस्ता उद्धरणहरू मात्र संकलन गर्ने हो भनै पनि एउटा ठूलै ठेली बन्ने परन्तु यहाँनेर महाकवि लक्ष्मीप्रसाद देवकोटाले सन् १९५८ मा रूसको राजधानीमा रहँदा रचना गरेको नेपालविषयक एउटा कविताका केही पंक्ति उद्धृत नगरी रहन सक्तिनँ रूसी पाठकका लागि हाम्रा महाकविद्वारा त्यो कविता अंग्रेजी भाषामा रचना गरिएको थियो त्यसका प्रारम्भिक पंक्तिहरूमा महाकविद्वारा नेपालको विलक्षण सौर्न्दर्यको यसरी उद्घोषणा गरिएको थियो :

बादलबुट्टे आकाशझैं पाखापर्वत नीला,
र्स्वर्गको कल्पनाजस्तै तालतलैया नीला
पर्छ तिन्मा अग्ला अग्ला पहाडको बिम्ब,
बेलबुट्टे गलैंचामा इन्द्रेणीको रंग ।।

वेगवती नदी बग्छ भावनाको सल्ल,
हाँसो हो कि गीत पो हो निर्झरको कल्ल
मेरो आत्मा लुक्न खोज्छ अथाह त्यो खोंचमा,
चरीको चिर्बिरीभित्र प्रकृतिको काखमा ।।

ऐले छु नगरमा, भनिन्छ जो मास्को,
सुन्दर मास्को, लाग्छ दन्त्यकथाजस्तो
मास्को नदीछेउ देख्छु दृश्य नेपालकै,
मनभित्र याद फुर्छ नित्य स्वदेशकै ।।

आँखा अलि झिम्म गर्दा देखिन्छ झल्झल
नेपालका पाखापर्वत यूँरंगका नील,
नेपालका नदीनाला युरंगका नील,
नेपालको आकाश पनि युँरंगकै नील ।।
मास्को १९५८
-अनु. कृष्णप्रकाश श्रेष्ठ

उपरोक्त कविता त्यसै ताका रूसी भाषामा प्रकाशित भएको थियो कुन कुरा पनि उल्लेखनीय भने मूल कविता उपलब्ध हुन नसकेको हुँदा यसै पंक्तिकारबाट चार श्लोकको रूसी भाषाबाट नेपालीमा रूपान्तर गरी नेपालमा आमजनमतसंग्रहको पर्रि्रेक्ष्यमा 'नीलो सौर्न्दर्य जगत्' शीर्षकमा 'समीक्षा' साप्ताहिकमा प्रकाशित भएको थियो सन् १९७८ को १५ फेब्रुअरीका दिन नेपालको राष्ट्रिय प्रजातन्त्र दिवसको सर्न्दर्भमा रेडियो मास्कोबाट 'नेपालको काव्यात्मक छवि' शीर्षकमा प्रसारित गरिएको यसै प्रलेखमा समावेश गरिएको थियो

प्रस्तुत संग्रहमा देशको राजधानी काठमाडौंलगायत नेपालका विभिन्न ठाउँहरू (नगरनदी, ताल, पर्वत, स्मारक आदिे) को बारेमा नेपाली कविहरूका भावाभिव्यक्तिहरूलाई स्थान दिने जमर्को गरिएको यस संग्रहका आधासयभन्दा बढी विभिन्न स्थानहरूको सर्न्दर्भमा विभिन्न शैली विचारधारा राख्ने कविहरूद्वारा विभिन्न समय परिस्थितिमा रचिएका कविताहरूलाई वर्णानुक्रमअनुसार यथास्थान समावेश गरिएको छन्दोबद्ध कविताका प्रेमी पाठकहरूका साथै गद्यकविताका हिमायती पाठकहरूले पनि यस 'काव्यमय नेपाल' भित्र विचरण गरेर नेपाली कविताहरूको किञ्चित् रसास्वादन गर्न सक्ने छन् भन्ने विश्वास गरिन्छ


No comments:

Post a Comment