Tuesday, September 28, 2010

नेपाल

सर्वप्रथम 'अथर्व परिशिष्ट' (.पू. ८००-६००) मा 'नेपाल' शब्दको उल्लेख पाइन्छ यो स्थाननाम 'महाभारत', 'वृहस्पति अर्थसूत्र' आदि ग्रन्थहरूमा पनि उल्लिखित बौद्धग्रन्थ 'मूल सर्वस्तिवाद विनय संग्रह' (अध्याय २१, नैर्सर्गिक १६, टोकियो संस्करण, पृ. १००) तथा कौटिल्यको अर्थशास्त्र (अधिकरण , अध्याय ११, सूत्र १०५-१०६) मा वर्णन गरिएअनुसार आदिकालदेखि नै भोट (तिब्बत) भारतको बीचमा ऊनको प्रसिद्ध मण्डी (बजार) को रूपमा यो प्रदेश रहेको सिद्ध हुन्छ पुरातात्विक प्रमाणअनुसार समुद्रगुप्तको प्रयाग स्तम्भाभिलेख एवं नेपालमै पनि विच्छवि राजाहरूका वटा शिलाभिलेखहरूमा 'नेपाल' शब्द उत्कृर्ण गरिएको पाइन्छ
चिनियाँ यात्री हृवेनत्साङ्गले नेपाललाई 'निपोलो' लेखेका छन् भने तिब्बती भाषामा चाहिं 'बालयुल' वा 'बाल्पो' (मङ्गोलियाली भाषामा चाहिं 'बाल्बा') भनिने प्रचलन रहेको यस देशको नाम 'स्कन्दपुराण हिमवत् खण्ड' मा वर्णन गरिएअनुसार सत्ययुगमा 'सत्यवती', त्रेतायुगमा 'तपोवन' द्वापरयुगमा चाहिं 'मुक्तिसोपान' भनिन्थ्यो भने कलियुगमा 'नेपाल' हुन गयो
नेपालको सीमा 'नेपाल माहात्म्य' अनुसार पूर्वमा कौशिकीगङ्गा (कोसी), पश्चिममा त्रिशूलीगङ्गा, उत्तरमा शिवपुरी दक्षिणमा शीतलोदका (सम्भवतः चिसापानी खोला) बताइएको भने 'हिमवत् खण्ड' अनुसार चाहिं पश्चिम-पूर्व गण्डकीदेखि कौशिकी (कोसी) सम्म उत्तर-दक्षिण नीलकण्डदेखि नटेश (भारतको चम्पारण जिल्लामा नारायणी नदीको किनारामा रहेको नटेश्वर शिवलिङ्ग) सम्म थियो यसै चौकिल्लाभित्रको क्षेत्रलाई नेपाल भनिएको प्रतीत हुन्छ हिमालयपर्वतको दक्षिणी काखमा अवस्थित वर्तमान नेपालले पूर्वमा मेचीदेखि पश्चिममा महाकाली नदीसम्म सरदर लम्बाई ८८५ किलोमिटर उत्तर-दक्षिण न्यूनतम चौडाइ १४५ किलोमिटर तथा अधिकतम चौडाइ १९३ किलोमिटरसम्म फैलिएको १४७१८१ वर्गकिलोमिटर क्षेत्रफल ओगटेको
'नेपाल' शब्दको व्युत्पत्तिको सर्न्दर्भमा मतैक्यता पाइँदैन भाषिक, नृवंशात्मक, आध्यात्मिक, आख्यायिक, पौराणिक, सामाजिक, लौकिक आदि विभिन्न किसिमबाट गरिने विश्लेषणको आधारमा यस शब्दको २९ थरी व्युत्पत्ति पहिल्याइएको (हेर्नुस्, कृष्णप्रकाश श्रेष्ठ, स्थाननामकोश, हिमाल किताब, काठमाडौं, वि.सं. २०६७, पृ. २२१-२२६)
हिमाली (तिब्बत-बर्मेली) भाषापरिवारको निम्ति 'ने' (लामा ग्रन्थमा लेखिएअनुसार 'न्यस्') को तार्त्पर्य 'घर' वा 'निवासस्थान' (लाप्चा भाषामा 'पहाडको गुफा' वा 'मान्छे बस्ने कन्दरा') तिब्बती भाषामा एक अर्थमा 'पवित्र गुफा' वा 'पवित्र स्थल' अर्को अर्थमा चाहि 'समूह') हुन्छ भने 'पाल' को तात्पर्य 'ऊन' (लाप्चा भाषामा 'भेडाको भुत्ला') भन्ने हुन्छ यसप्रकार 'नेपाल' भन्नाले 'ऊनको घर', 'ऊन पाइने देश' अथवा 'पवित्र गुफाकन्दराको प्रदेश' भन्ने बुझिन्छ
नृवंशात्मक आधारमा 'निप' (सम्भवतः किरातहरूको 'नेपार' अर्थात् वर्तमान 'न्यार्पा') भनिने जातिद्वारा बसोवास गरिएको क्षेत्र हुनाले 'नेपाल' नाम अस्तित्वमा आएको थियो भन्ने अनुमान लगाउन सकिन्छ यस पर्रि्रेक्ष्यमा 'गोपालराजवंशावली' अनुसार पशुपतिनाथ पत्ता लगाउने गाईधनीको नाम 'नेप' हुनु पनि मननीय वास्तवमा 'निप' वा 'नेप' भनिने पशुपालक जातिकै आधारमा '' को विकृत रूप '' तथा '' एवं '' को वैकल्पिक उच्चारणभेदबाट जातिवाची नाम 'नेपार' वा 'नेवार' ('नेवाल') बन्न पुगेको यसै जातिको बसोवासको क्षेत्र 'नेपाल' भनिएको प्रतीत हुन्छ के पनि मननीय भने भोटे भाषामा 'नेप' को एउटा अर्थ 'पानी सुकाई बस्ती बसाएको' भन्ने हुन्छ भौगर्भिक अनुसन्धानबाट पनि पहिले एक ठूलो सरोवर ('नागह्रद') को रूपमा रहेको ठाउँमा उर्वरा उपत्यका अस्तित्वमा आएको बोध हुन्छ पौराणिक उपाख्यानहरूमा वर्णित बोधिसत्व मञ्जुश्री (हिन्दू अनुश्रुतिअनुसार चाहि विष्णु वा कृष्ण) ले चोभारनेरको होचो पहाड काटेर पानी सुकाई नेमुनि (बौद्ध मतानुसार धर्माकर) लाई नवोत्पन्न रमणीय उपत्यकामा बस्ती बसाउने अभिभारा दिइएको थियो यस अनुश्रुतिअनुसार 'ने' अथवा 'नेमि' (मरीचि ऋषिका पुत्र) द्वारा पालना गरिएको प्रदेशको  नाम 'नेपाल' रहन गएको थियो एक थरीको मतानुसार 'न्यायपूर्वक पालना गरिएको देश' भन्ने अर्थमा 'नयपाल' नाम अर्को थरीको धारणाअनुसार  'मुनिहरूको समूहद्वारा निवास गरिएका गुफाकन्दराहरूले परिपूर्ण प्रदेश' भन्ने अर्थमा 'मुनिपाल' शब्द नै 'नेपाल' स्थाननामको पूर्वरूप ठानिएको यस परिप्रेक्ष्यमा अग्रवाल जातिको वंशावलीमा उल्लिखित यस जातिको पूर्खा धनपालका वंशज नेमिनाथद्वारा स्थापना गरिएको देश हुनाले 'नेपाल' भनिएको हो भन्ने प्रसंग पनि रोचक बौद्ध मतानुसार 'ने' अर्थात् 'स्वर्गको मार्ग निर्देशक' वा 'स्वयम्भू' आदिबुद्धद्वारा 'पालित' अर्थात् 'संरक्षित' देश हुनाले 'नेपाल' नाम रहन गएको हो भन्ने तर्क गरिन्छ
उत्तरमा जनवादी गणतन्त्रको चीनको तिब्बत स्वयत्त क्षेत्र तथा पूर्व, दक्षिण पश्चिममा चाहिं भारत गणतन्त्रका क्रमशः सिक्किम, पश्चिमी बङ्गाल, विहार एवं उत्तर प्रदेश राज्यहरू रहेका छन् यो भूपरिवेष्ठित देश उत्तरी अक्षांश  २६२२'' तथा ३०२७'' पूर्वी देशान्तर ८०'' तथा ८८१२'' अन्तर्गत अवस्थित नेपाललाई नदी प्रणालीको दृष्टिले कोसी, गण्डकी कर्णाली गरी तीन प्रदेशमा बाँड्न सकिन्छ भने भौगोलिक सतहको दृष्टिले चाहिं हिमाल, पहाड तराई गरी तीन खण्डमा विभाजित गर्न सकिन्छ ठाडो भरेङजस्तै तीन पहाडी श्रृंखला (चुरे, महाभारत हिमालय) युक्त विश्वको सर्वोच्च गगनचुम्बी हिमशिखर सगरमाथा (झोमोलुङमा वा माउण्ट एभेरेष्ट) को देशको सरदर उच्चाइ १२२० मिटर भने उच्चतम अग्लाइ समुद्र सतहबाट ८८४८ मिटर न्यूनतम अग्लाइ ७० मिटर (झापा) मात्र
हजारौं वर्षलामो राजनैतिक तथा सांस्कृतिक इतिहास भएको नेपाल गौतम बुद्धको जन्मभूमि र सीता तथा भृकुटीको माइती देश हो । धर्मनिरपेक्ष संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बहुजातीय, बहुभाषी र धर्मसहिष्णु देशको रूपमा विश्वप्रसिद्ध छ ।
    

No comments:

Post a Comment