Wednesday, August 18, 2010

देवकोटा र रुस

      हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म-शतवाषिर्की समारोह मनाउँदा मलाई उनले ठीक आधा शताब्दी अघि रुसको भूमिमा बसेर रचना गरेको एउटा कविताको अनायासै सम्झना हुन्छ महाकविले त्यो कविता अंग्रेजी भाषामा लेखेका थिए तर मूलप्रति अथक प्रयास गरी १० वर्षघि खोज्दा पनि भेटृाउन सकिएन अब त्यो प्राप्त हुने आशा नै छैन त्यस ताका रचिएका केही कविताहरु रुसी भाषामा प्रकाशित भएका थिए त्यसैमध्येको एउटा मैले नेपालमा जनमत संग्रहताका ज्यादै प्रासंगिक लागेर उल्था समेत गरी 'समीक्षा' साप्ताहिकमा प्रकाशनार्थ पठाएको थिएँ पछि त्यो 'अनुवादको पनि अनुवाद' मास्कोमा नेपाल सीआईएस रुस उद्योगवाणिज्य संघको तर्फबाट सन् १९९९ मा रुसी भाषामा प्रकाशित देवकोटाका गद्यात्मक काव्यात्मक कृतिहरुको संग्रह 'संकलित रचना' मा समावेश हुन पुगेको थियो 'नीलो सौर्न्दर्थ जगत्' शर्ीष्ाकमा झुल्केको त्यस कविताका दर्ुइ श्लोक यस प्रकार छन् 


ऐले छु नगरमा, भनिन्छ जो मास्को,
सुन्दर मास्को, लाग्छ दन्त्यकथाजस्तो
मास्को नदीछेउ देख्छु दृश्य नेपालकै,
मनभित्र याद फुर्छ नित्य स्वदेशकै ।।
आँखा अलि झिम्म गर्दा देखिन्छ झल्झल
नेपालका पाखापर्वत यँूरंगका नील,
नेपालका नदीनाला यँूरंगका नील,
नेपालको आकाश पनि यँूरंगकै नील ।।
-देवकोटा, १९९९, पृष्ठ , आगानिना, १९७०, पृष्ठ १२८)

      वास्तवमा भन्ने हो भने रुसको राजधानीमा आधा शताब्दीअघि रचिएको उक्त कवितामा विश्वभरिकै गैरआवासीय नेपालीहरुको मनोभावना मुखरित भइरहेको प्रतीत हुन्छ
लक्ष्मीप्रसाद देवकोटा रुसको यात्रा गर्ने नेपालीहरुमध्ये पहिलो पंक्तिका एक जना नेपाली थिए उनको पहिलो यात्राभ्रमण सन् १९५३ तिर भएको थियो भने दोस्रोपल्ट उनी ५० वर्षधि सन् १९५८ को शरद्मा ठीक यसै समयतिर मास्को पुगेका थिए उनकी धर्मपत्नी मनदेवी देवकोटा हाम्रा स्वनामधन्य राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि उनको साथ दिएका थिए खास देवकोटा उज्बेकिस्तानको राजधानी ताशकन्दमा सम्पन्न भएको अप|mोएसियाली लेहक सम्मेलनमा भाग लिन तत्कालीन रुस पुगेका हुन् ताशकन्द सम्मेलनमा उनले दिएको प्रतिवेदन तत्कालीन विश्वलाई नै नेपाली साहित्यको परिचय दिने महत्वपर्ूण्ा दस्तावेज बन्न पुगेको थियो त्यसको नेपाली रुपान्तर पनि नेपालीहरुसमक्ष बीस वर्षपहिले नै 'रुपरेखा' मासिक -अंक २३४, वि.सं. २०३७, पृष्ठ -२१) को माध्यमबाट प्रस्तुत गर्ने सौभाग्य मैले पाएको थिएँ त्यसैको मूलपाठ उपरोक्त संकलित रचनामा पनि समाविष्ट रुसमा नेपालविद्याको विकासमा यसै प्रतिवेदनको प्रभाव रहेको भनी ठोकुवा गर्न सकिन्छ त्यसअघि रुसमा कसैलाई पनि नेपाली भाषामा साहित्यको पनि सृजना हुन्छ भन्ने कुरो थाहा थिएन देवकोटाको सोभियत संघ यात्राबाट प्रभावित भई रुसी विदुषी ल्युदमिला आगानिना, भाषाविद् निकोलाई कराल्योभ तथा इतिहासविद् इल्या रेद्कोले नेपालको साहित्य, भाषा तथा इतिहासको अध्ययन गर्न थालेका थिए यस विषयका अनेकौं ग्रन्थ समेत प्रकाशित गरेका थिए प्रसंगवश भनिहालौं, देवकोटाको व्यक्तित्व तथा कृतित्वबारे ल्युदमिला आगानिना लिखित "नेपालका महाकविको कथा" भन्ने शर्ीष्ाक बोकेर सन् १९७० मा रूसी भाषामा छापिएको थियो यो नै हाम्रा महाकविबारे यूरोपेली भाषामा प्रकाशित पहिलो ग्रन्थ हो यस अनुसंधानात्मक कृतिकी लेखिका थिइन् रुसी विदुषी ल्युदमिला आगानिना उनी हाम्रा महाकविको मास्को बर्साईंकालमा अनुवादक बन्न पुगेकी हुनाले देवकोटासित व्यक्तिगत रुपले समेत परिचित थिइन्

     रुसी कविहरुमध्ये कसबाट हाम्रा महाकवि प्रभावित थिए होलान् भन्ने अनुगमनको माध्यमबाट मात्र सिद्ध गर्न सकिने कुरा हो, तथ्यप्रमाण भेटृाउन गाह्रै तैपनि उनले अंग्रेजी भाषाको माध्यमबाट कतिपय रुसी लेखककविहरुका कृतिहरुको किंचित् परिचय पाएको हुनु निकै सम्भव मेरो विचारमा उनले रुसी महाकवि अलेक्सान्द्र पुश्किनको बारेमा पनि केही केही थाहा पाएको हुनु असम्भव छैन, किनभने त्यतिखेर हिन्दी भाषामा पुश्किनको बारेमा प्रकाशित एउटा पुस्तक भारतीय कविहरुको माझमा निकै चर्चित रहेको थियो राहुल सांस्कृत्यायनको शब्दमा पन्त, निराला वर्मारुपी हिन्दी काव्यसरिताको त्रिवेणी मानिने  देवकोटाले त्यसको र्सर्ुइको नपाएको हुन सक्तैन

     रुस नेपालका महाकविद्वयको काव्यसिर्जनाकालमा एक शताब्दी भन्दा पनि बढी समयको अन्तर रहे तापनि यी दुवै महाकविहरु रोमाञ्थवाली साहित्यधारा कै प्रतिनिधि भएका हुनाले उनीहरुको काव्य-चिन्तनमा धेरै समानता पाइनु अस्वाभाविक हुँदैन दुवै कविहरुले आप\mना काव्यकृतिहरुमा प्रकृतिचित्रण गर्नुका साथै विभिन्न प्राकृतिक दृश्य तथा वस्तुहरु -बादल, इन्देनी, साँझ, विहान, वसन्त, श्रद्, नदी, पहाड, झरना आदि) विषयवस्तुमा कविताहरुको रचना गरेको पाइन्छ उदाहरणार्थ दुवै कविहरुले "बादल" भन्ने एउटै शर्ीष्ाकमा रचना गरेका कविताहरुमा भएको प्रकृतिचित्रणतिर दृष्टि दियौं भने यसको राम्रो बोध हुन्छ र्ससर्ती पढ्दा समेत के प्रष्ट हुन्छ भने पुश्किनले बादललाई मध्यमपुरुषको रूपमा सम्बोधन गरेका छन् भने देवकोटाले उत्तमपुरुषमै आत्मसात् गरेका छन् तर समय स्थानको दृष्टिले एक अर्काबाट निकै दूरीमा रहेका कविहरुबाट एउटै शर्ीष्ाक रोजिनु मात्र नभई चित्रणसाम्यता समेत पाइनु चाहिं वैचारिक निकटताकै द्योतक हो

     दुवै कविहरूका काव्यकृतिहरूमा जीवनर्-दर्शनको पर्रि्रेक्ष्यमा पनि निकै समानता ठम्याउन सकिने देखिन्छ उदाहरणार्थ, पुश्किनको 'जीवनको गाडी' शर्ीष्ाक कविता देवकोटाको 'जीवन' शर्ीष्ाक कवितालाई दाँज्ने हो भने यी दुवै कविहरूको दार्शनिक भावमा साम्यता पाइन्छ देवकोटाले मानव-जीवनलाई 'बिउँझी रोदनमा कलिलो, मधुर उषाको मोहनीमा, बैंश वसन्त विहार सपना, कुसुमाकरको ध्वनिमा' भन्दै ऋतु-परिवर्तनसंग तुलना गरेका छन् भने पुश्किनले 'जीवन-गाडी' लाई बिहानदेखि साँझसम्मको एक दिनको समय-परिवर्तनसंग दाँजेका छन् देवकोटाको अर्को कविता 'जिन्दगीको मौसम' मा पनि पुश्किनकै जस्तो भावाभिव्यक्ति भएको पाइन्छ फरक यत्तिकै कि देवकोटामा पर्ूर्वीय दर्शनको प्रभाव टड्कारै देखिन्छ भने पुश्किन चाहिं पौरस्त्य विचारले ओतप्रोत छन् तर यस अन्तरले जीवनको समान अनुबोधमा कुनै फरक पारेको देखिंदैन साँझतिर पुश्किनको 'जीवनको गाडी' यस्तो अभिव्यक्ति गर्न पुग्दछ

पर्ूववत् गाडी दौडिन्छ सोझै आफ्नै मताबमा
बानी त्यस्मा परिसक्छ यसरी साँझसम्ममा ।।
थाकेर लस्त भै उँघ्छौं, खोज्छौं वास कतैतिर
किन्तु समयले घोडा दौडाउँछ निरन्तर ।। 

अनि देवकोटाको 'जीवन' को साँझ पनि वासकै खोजमा भौतारिंदै यसरी अलाप्न पुग्छ
      बढ्दो चेत अकेलापनको बिर्सिसकेका सपना साज
      उदासपनाको छाना नभ नै, शोक, विषाद, बिराना आवाज ।।
      जपमालाको आखिर भरमा धरमर पयर जराको कंपन
      आँशुभरी नजर निमीलन, विचित्र नै छस् हे जीवन ।।
            -भिखारी, २०२३, पृ. ४२)

पुश्किन देवकोटाका यस्ता कैयौं कविताहरुको तुलनात्मक दृष्टान्त प्रस्तुत गर्न सकिन्छ आजको नेपालको पर्रि्रेक्ष्यमा 'बिहान' 'र्सर्ूय' को बिम्बविधानअर्न्तर्गत रचिएका पुश्किन देवकोटाका कविताबाट निम्न दर्ुइ कवितांशहरु निकै सान्दर्भिक सारगर्भित लाग्दछन्
अलेक्सान्द्र पुशिकनको 'गाउँ' शर्ीष्ाकको कविताको एक श्लोक यस्तो
सखे, देख्छु कि लोक रञ्जित,
मातृभू मुक्त, प्रबुद्ध, जागृत,
दासत्वको भार जारको डर ,
उदाउला के, भन, र्सर्ूय सुन्दर -

उपरोक्त कवितांशमा  'जार' शब्दको सटृा 'नरेश' शब्द राखेर पढ्ने हो भने मेरो विचारमा आकांक्षा संशयको द्वन्द्व झल्केको अभ्रि्राय बोध हुनेछ जुन वर्तनाम नेपालको पर्रि्रेक्ष्यमा मननीय लाग्दछ अनि लक्ष्मीप्रसाद देवकोटाले 'सुनको बिहान' कवितामा चाहिं 'नयाँ नेपाल' को कल्पना गर्दै आशावादी दृष्टिकोण व्यक्त गरेर लेखेका छन्
सुनको दिन एक उदाउँछ रे
यस देश खुलीकन आउँछ रे
रंगिला सब बादल छाउँछ रे
जल चञ्चल भैकन गाउँछ रे

      जे होस्, पुश्किन देवकोटाको समयबीच देशकालको ठूलो अन्तर रहे तापनि यी दुवै कविहरुको चिन्तनधारामा साम्यता पाइन्छ रुसमा उन्नाईसौं शताब्दीको पर्ूवार्धको जारकालीन परिवेश नेपालमा बीसौ शताब्दीको पर्ूवार्धको राणाकालीन समाजमा निकै साम्यता हुनुका साथै साहित्यिक चिन्तनमा पनि समानता पाइन्छ यी दुवै कविहरुले आफ्नो कृतित्वमा स्वच्छन्दतावादबाट यथार्थवादको साहित्यिक धरातलको प्रतिनिधित्व गरेका छन् यसैउसले उनीहरुको साहित्यधर्मितामा साम्यताका तत्वहरु मनग्य भेटिृन्छन् साहित्यिक विधा विषयवस्तुमा समानता, प्रकृतिचित्रणमा साम्यता, लोकाख्यानको प्रयोग, सामाजिक व्रि्रोहको स्वर, आधुनिक साहित्यिक भाषाको निर्माण, नवीन बिम्बविधानको सृजना, अभिव्यञ्जनाका नयाँ-नयाँ साधनहरुको उपयोग आदि दुवै कविहरुको अभीष्ट रहेको पुश्किन देवकोटाका कृतिहरुको तुलनात्मक अध्ययनको आधारमा यो बढी स्पष्ट हुन्छ दुवैको आराध्य कवितादेवी नै भए तापनि दुवैले आख्यानात्मक प्रबन्धात्मक कृतिहरु लेखेर गद्यविधामा पनि आफ्नो कव्रि्रतिभाको राम्रो पर््रदर्शन गरेका छन् उदाहरणार्थ, काव्यको क्षेत्रमा पुश्किनको "जिप्सी" देवकोटाको "मुनामदन" खण्डकाव्यहरुलाई दाँज्ने हो भने पर्ूर्वीय जीवनदर्शनका उपज तर पश्चिमाभिमुख देवकोटामा तथा यूरोपीय जीवनदर्शनका प्रतिनिधि तर पर्ूवाभिमुख पुश्किनमा कतिपय मूलभूत अन्तरका वाबजूद पनि निकै समानता ठम्याउन सकिन्छ यी खण्डकाव्यहरुको रचनामा दुवै कविले लोकाख्यानलाई आधार तुल्याएका छन् त्यसैले रुसी भाषाबाट नेपाली भाषामा सोझै अनुवाद गरिएको पहिलो कृति बन्न पुगेको 'जिप्सी' खण्डकाव्य र्-.सं. १९६८) नेपालीमा 'मुनामदन' कै लोकछन्द लिएर उदाएको अनि आफ्नो महाकाव्य "येभ्गेनी ओनेगिन" लाई पुश्किनले 'कविता-उपन्यास' भनेभै+m देवकोटाले पनि 'सुलोचना' लाई महाकाव्य भन्नु "साधारण समजको उपाधि" मात्र हुने ठानेर 'कविता-उपन्यास' कै नाउँ दिएका छन् यी दुवै यथार्थवादी कृतिहरुको रचनाकालमा पूरै एक शताब्दीको अन्तर रहे तापनि तिनको साहित्यिक भावधारा समान रहेको भन्नु अतिशयोक्ति मानिने छैन वास्तवमा कविहरुको चिन्तन देश कालको सीमाले बाँधिएको हुँदैन

      देवकोटाको उपचार मास्कोको प्रसिद्ध बोत्किन अस्पतालमा भएको कुरा मैले ल्युदमिला आगानिनाबाट थाहा पाएको हुँ उनको भनाइअनुसार तत्कालीन अवस्थामा रूसी चिकित्सकहरुले नेपाली महाकविको हरसम्भव उपचार गरेका थिए उनको स्वास्थ्यमा सुधार पनि भएको थियो, तर २८ दिनको अस्पताल बसाइँपछि पनि दर्ुदमनीय रोग निमिट्यान्न हुन सकेन अन्त्यमा देवकोटा दम्पति नेपाल फर्केको थियो स्वदेशमा महाकविले अर्कै पीडा भोग्नुपर्यो अर्थात् अप्रत्यासित अभावको सामना गर्नुपर्यो उनले रायल नेपाल एकेडेमीबाट पाउने गरेको मासिक वृत्ति अनुमति नलिई नसोधेरै विदेश गएको भन्ने आरोपमा पूरै आठ महीनासम्म रोकियो   दयनीय आर्थिक अवस्थाको संगसंगै रोग पनि बल्भिmयो उनी जीवन-मरणको संर्घष्ाको किचाघानमा परेर नराम्रोसंग थला परे त्यसैताका लक्ष्मीप्रसाद देवकोटा रुस जान पाए पुनः स्वास्थ्यलाभ गर्न सकिने थियो भन्ने विचार व्यक्त गरिरहन्थे भनिन्छ तर उनलाई यो सम्भावना प्राप्त भएन...

       लक्ष्मीप्रसाद देवकोटाले मास्को अस्पतालमा रहँदा "हिमालयमाथि जेट हवाईजहाजमा" शर्ीष्ाकको काव्य लेखेका थिए भन्ने अनुमान उनले आफ्नो ताशकन्द भाषणमा नै "हाम्रो बाटोमा देखिएका सबै प्राकृतिक चमत्कारबारे काव्य लेख्न चाहन्छु" -देवकोटा, १९९९, पृ. २८) भनी स्पष्ट पारेका थिए त्यसको ठीक ५० वर्षछि आज हामी देवकोटाको जन्म-शतवाषिर्की मनाउँदै छौं यस विशेष अवसरमा कुन कुराको पनि चर्चा गर्न चाहन्छु भने मास्कोमा यसै वर्षरुस लेखक संघको समेत सहयोगबाट  "रेलगाडीमा हिमालयतिर" भन्ने शर्ीष्ाकमा नेपालको इतिहास, साहित्य, संस्कृति, धर्म, रीतिरिवाज आदि विभिन्न विषयका मेरा पर्ूवप्रकाशित तथा अप्रकाशित लेखहरुको एक संग्रह पनि निकालिंदै

       महाकविलाई 'यात्री' जस्ता कविताहरुको रचना गरेको पर्रि्रेक्ष्यमा नास्तिक उनको कविता लेख्ने धूनको सर्न्दर्भमा बहुला भन्ने लांछना पहिलेदेख नै लाग्दै आएको थियो तर मास्कोबाट फर्केपछि चाहिं देवकोटालाई 'कम्युनिष्ट' भए भन्ने समेत लांछना लागेको सम्झँन्छु त्यतिखेर त्रिचन्द्र कलेजका हामी विद्यार्थीहरु हरेक दिन जसो देवकोटाको स्वास्थ्यबारे एक-आपसमा सूचनाको आदानप्रदान गर्दथ्यौं मृत्युशय्यामा देवकोटालाई भेट्ने सम्भावना सबैले पाउने कुरै थिएन, तैपनि विद्यार्थीहरु आफ्ना प्रिय कविको अवस्था बुझन दिनहुँ आर्यघाट पुग्दथे देवकोटाले असहृय पीडाबाट छुटकारा पाउन बिष माग्ने गरेको, आफ्नो मृत्युको १० दिनअधि "आखिर श्रीकृष्ण रहेछ एक" भन्ने कविता लेखेको, अमेरिकी पत्रकारले महाकविका अन्तिम वाणी टेप गरेको, मृत्युको एक हप्ताअघि २१ भ्ााद्र २०१६ को साँझमा आफ्नो उपचार गर्ने अमेरिकी डाक्टर मिलरलाई अंग्रेजीमा एउटा कविता लेखेर दिएको कुराहरु सुन्दथ्यौं असहृय पीडाको क्रन्दनले भरिएको त्यस अंग्रेजी कविताको आरम्भिक अंश यस्तो
प्रमेथियसको पीडा मैले बोकेको छु
आँसुमा आँसुको थोपा संगाल्दै
तैपनि सुखको गीत गाउन बाध्य छु
मेरोर् इश्वरको स्तुतिगान गर्दै...
      -भावानुवाद - कृष्णप्रकाश श्रेष्ठ, १२ नभेम्बर २००४)

      तत्कालीन उद्योग एवं वाणिज्य मन्त्री गणेशमान सिंहले मरणासन्न अवस्थामा पुगिसकेका देवकोटालाई अन्तिम अवस्थामा आर्यघाटमा भेटेर उनको सारा ऋण सरकारले तिरिदिने बचन दिई अरु कुन कुराको आवश्यकता छ भनी सोध्दा महाकविले अरु केही चाहिंदैन, देशमा प्रजातन्त्र सुरक्षित रहोस् भन्दै अन्तिम सास लिएका थिए भन्ने कुरा काठमाडौंमा तत्कालै फैलियो । यसरी मात्र ५० वर्षो उमेरमा पवित्र वाग्मतीको तटस्थित आर्यघाटमा २९ भाद्र २०१६ का दिन महाकवि देवकोटाकोर् इहलीला समाप्त भयो । काकताली कस्तो पर्न गयो भने त्यसै दिन सोभियत संघले प्रक्षेपण गरेको राकेट विश्वमा पहिलोपल्ट चन्द्रधरातलमा ओर्लिएको थियो । यसैलाई आधार बनाएर काठमाडौंवासी र्सवसाधारण मानिसहरुले महाकविको आत्मा रूसी रकेटमा चढेर चन्द्रलोकमा पुगेको अभिव्यक्ति दिएका थिए भने हामी विद्यार्थीहरु पनि "उद्देश्य के लिनु - उडी छुनु चन्द्र एक" भन्ने देवकोटाकै उक्ति साकार भएको जस्तै ठानिरहेका थियौं ।

      विश्वमा र्सवप्रथम भूउपग्रहको प्रक्षेपण गर्ने देशमा पुगेका देवकोटाले मास्कोको बर्साईंकालमा यस सर्न्दर्भमा पनि कविता नलेख्न सक्तैनथे । प्रकृतिउःपर विज्ञानको विजयको सर्न्दर्भमा उनले रचना गरेको एउटा कविताको रुसीभाषाबाट गरिएको अनुवाद पनि यहाँ प्रस्तुत गर्न चाहन्छु ः
प्रकृतिकै गरी इष्र्या जहाँबाट उड्यो उता,
विश्वमा पहिलोपल्ट धराको दूत एउटा ।
पस्यो ठाडो गरी माथा अनन्त गहिर्राईमा,
भू-उपग्रहको घन्क्यो  नयाँ सन्देश विश्वमा ।।
भएन बमविष्फोट युर्द्धार्थ कहिल्यै यहाँ,
हुन्छ विज्ञानको निम्ति चमत्कार नयाँ-नयाँ ।
यहाँ नै शान्तिका लागि अणुको मुटु छेडियो ।
यहाँ प्रगतिका लागि ज्ञान-विज्ञान देखियो ।।
Fmचो सगरमाथा त्यो उठैझैं हिमशैलमा ।
चम्क्यो मानवको बुद्धि रुसी विज्ञानक्षेत्रमा ।।
      -भावानुवाद - कृष्णप्रकाश श्रेष्ठ, २८ अक्टोबर २००८)

विक्रम सम्बत् १९६६ को कार्तिक २७ गतेका दिन काठमाडौंवासीहरु घरघरमा लहरै दीयो बालेर लक्ष्मी पूजाको तैयारीमा संलग्न थिए । त्यसै राति तिलमाधव देवकोटाको डिल्लीबजारस्थित घरमा नवजात सुपुत्रको जन्मसंगै एउटा थप दीयो बालियो । ग्रहनक्षत्रको विचार गरी राखिएको चिनोको नाउँ तर्ीथमाधव भए तापनि जन्मदाताहरुले लक्ष्मीपूजाका दिन गरिएको पुत्रलाभलाई लक्ष्मीको प्रसादको रुपमा लिए । आजभन्दा १०० वर्षघि यस धरामा उत्रिएको त्यही शिशु नै आफ्नो कवित्वशक्तिको चमत्कार देखाएर लक्ष्मीप्रसादको नामले नेपालीमात्रको मानसपटलमा विराजमान हुन पुग्यो । उनको कृतित्वमा "माली" शर्ीष्ाकको कवितामा भनिएभै+m "आँसुहरुका रसले फुल्छन्, दिव्य हाँसी कविता फूल" -देवकोटा, माली, भिखारी, पृ. १०) । यसरी महाकविले नेपाली काव्यबाटिकामा आँसुहरुका रसले सिंचित कैयौं दिव्य कविताफूलहरु हामीलाई  उत्तरदेनको रुपमा छोडेर गएका छन् । अहिले देवकोटाको नश्वर शरीर अस्तित्वमा नरहे तापनि उनी आफ्ना अमर कृतिहरुमा अद्यापि जीवन्त छन् र भविष्यमा पनि नेपाली साहित्यको आकाशका चम्किलो ध्रुवतारा बनेर सदैव पथपर््रदर्शन गरिरहने छन् । 

२८ अक्टोबर २००८ -मंगलवार),लक्ष्मीपूजा, वि.सं. २०६५, मास्को, रुस महासंघ ।
-प्रकाशित ः विश्वपरिक्रमा -पाक्षिक अखबार) । वाशिंगटन डी.सी. वर्ष२, अंक १९ -३७), १६-३० नभेम्बर, २००८ । पृ. १०-११)


अलेक्सान्द्र पुश्किन
            प्रतिध्वनि

      वनमा बाघ-भालुको नै यो होस् कि त गर्जन,
      करनाल बजेको होस्, मेघको होस् कि गुञ्जन ।
      गीत नैे युवतीको होस् डाँडापारि -
                                 कुनै स्वर
      हावामा गुञ्जनासाथ पाइन्छ स्पष्ट उत्तर ।।

      मेर्घगर्जनमा दिन्छौ त्यस्तै गर्जनको ध्वनि,
      हुरी वा छालको शब्द, सुनिन्छ दोहरी पनि ।
      कराओस् यदि गोठालो -
                         दिन्छौ सधैं प्रतिध्वनि !
      स्वयं उत्तर पाउन्नौ...
                      त्यस्तै छस् कवि, तँ पनि !!
     
वाषिर्क पत्रिका 'उत्तरी सुमन' -'सेबर्ेर्निये स्वेतीर्'र् इ.सं. १८३२),
            सम्पादक ल..प्रिmजमान, 'नाउका' प्रकाशनगृह, मास्कोर्,र् इ.सं. १९८०, पृ. १७८ ।
अनु. कृष्णप्रकाश श्रेष्ठ
ज्वेनिगोरोद, २०.०५.२०१० ।

No comments:

Post a Comment