रूसको राजधानीस्थित नेपाली राजदूतावासको प्राङ्गणमा
बिक्रम सम्बत् २०७३ को नयाँ वर्ष तथा नेपाल र रूस (सोभियत संघ) बीच दौत्य सम्बन्ध
स्थापनाको आसन्न ६०–यौं वर्षबन्धनको सन्दर्भ पारेर नेपाली राजदूतावास तथा गैरआवासीय नेपाली संघ
रूसको तत्वावधानमा आधुनिक नेपाली कला प्रदर्शनीको आयोजना गरिएको थियो ।
Sunday, April 17, 2016
Monday, March 14, 2016
हिउँदको ठिहि-याउने बरफ–पानीमा डुबुल्की र पौडी
मास्कोको
उत्तरी क्षेत्रमा रहेको ‘सेरेब्य्रान्नी बोर’ भनिने
रमणीय इलाकामा अवस्थित सानो तर गहिरो सरोबरमा जमिरहेको बरफको बाक्लो पत्र काटेर
वनाइएको २५ मिटर लामो पोखरीमा हिउँदको ठिहि-याउने
पानीमा पौडी खेल्ने हुनाले ‘जलसिंह’ (रूसी
भाषामा ‘मोर्ज’) भनिने पौडीबाजहरू र
अन्य हिमपौडीका प्रेमीहरूले समेत चिसो पानीमा डुबुल्की लगाएर यस वर्षको हिउँदलाई
बिदा गरेका थिए ।
Tuesday, February 9, 2016
सेन्टपिटर्सबर्गमा नेपालको वाणिज्य दूतावासको समुद्घाटन
रुस महासंघको उत्तरी राजधानी
मानिने सेन्टपिटर्सबर्ग महानगरीमा गत २५ जनवरी २०१६ (सोमवार) का दिन नेपालको
वाणिज्य दूतावासको उदघाटन समारोह सुसम्पन्न भएको छ ।
Tuesday, February 2, 2016
रूसमा नेपालविद्याका संस्थापक मिनाएभप्रति समर्पित सम्मेलन
रूसको
राजधानीस्थित नेपाली राजदूतावासको सभाकक्ष नेपालको राष्ट्रिय झण्डा र
दृश्यचित्रहरूका साथै मञ्चपछिल्तिर रूसी प्राच्यविद इभान मिनाएभको ठूलो फोटो-पोष्टर
टाँगेर सिंगारिएको थियो ।
Tuesday, January 12, 2016
देवकोटा र पुश्किनका अमर काव्यकृतिद्वय एउटै गाताभित्र
रूसको राजधानीमा हालै सम्पन्न भएको छैटौं गैरआवासीय नेपाली क्षेत्रीय सम्मेलन (२३-२५जुलाई २०११) को सन्दर्भमा नेपाल र रूसका महाकविद्वय लक्ष्मीप्रसाद देवकोटा तथा अलेक्सान्द्र सेर्गेयेभिच पुश्किनका दुर्इ काव्यकृति क्रमशः “मुनामदन” र “जिप्सी” लाई एउटै गाताभित्र समेटेर “देवकोटा र पुश्किन” शीर्षकमा प्रकाशनमा ल्याइएको छ । यसको प्रकाशन गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्को तर्फबाट भएको हो ।
ककेशिया चुलीदेखिन् हिमाली उच्चतातक
पुस्तक-प्रतिक्रिया
इतिहासका प्रत्यक्षदर्शी र मौन रक्षकहरू
भिक्टर मिखाइलोभिच याकोभ्लेभ
(साहित्यशास्त्रका विद्यावारिधि)
Wednesday, January 6, 2016
मास्कोमा अन्तर्राष्ट्रिय नववर्ष २०१६ को झिलिमिली
रुसमा नयाँ वर्षले हाम्रो दशैंतिहारको सम्झना गराउँछ । तिहारमा झैं घरहरु रंगीचंगी बिजुलीबत्तीको मालाले झिलिमिली पारेर सिंगारिनुका साथै सहरका चोकहरु र ठूल्ठूला पसलहरुअगाडि समेत तलेसल्लाको बोट सिंगारेर राखिएको हुन्छ ।
Subscribe to:
Posts (Atom)