कृष्णप्रकाश श्रेष्ठ



कृष्णप्रकाश श्रेष्ठ


जन्मतिथि : ७ नभेम्बर १९३८
जन्मस्थान : चुनिखेल, शोणितपुर (थानकोट), काठमाडौं, नेपाल ।
शिक्षा : स्नातक (बि.ए.), (पटना विश्वविद्यालय, भारत, १९५९)
       स्नातकोत्तर (एम.ए.), (पत्रकारिता संकाय, मास्को राजकीय विश्वविद्यालय, रूस, १९६६)
विद्यावारिधिका लागि अनुसंधान (प्राच्यविद्या संस्थान, रूसी विज्ञान प्रज्ञा-प्रतिष्ठान, मास्को) ।
पेशागत सेवा : नेपाली कार्यक्रम संचालक, रेडियो मास्को (१९६३-१९९१), रेडियो रूस (१९९१-२००६) ।
       अनुवादक : प्रगति प्रकाशन, मास्को (१९७५-१९८५); रादुगा प्रकाशन, मास्को (१९८५-१९९०) ।
संप्रति : वैज्ञानिक कार्यकर्ता, भारतवर्ष अनुसंधान केन्द्र, प्राच्यविद्या संस्थान, रूसी विज्ञान प्रज्ञा-प्रतिष्ठान, मास्को (१९९९ देखि) ।
आबद्ध संस्थाहरू : मानार्थ सदस्य, रूस सीआईएस नेपाल उद्योगवाणिज्य संघ, ।
मानार्थ सदस्य, नेपाल बालसाहित्य समाज, काठमाडौं ।
सल्लाहकार, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (२००९), अनेसास, रूस शाखा (१९९९)
उपाध्यक्ष (१९९८-२००१), प्रधान संपादक (२००१ देखि), रूस-नेपाल मैत्री एवं सहयोग संघ,
सदस्य (१९९९ देखि), रूस लेखक संघ, मास्को नगर संगठन,
गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद् ।

सम्मान : मित्रकुञ्ज, काठमाडौं (१५.१०.२००३), गैरआवासीय नेपाली संघ, रूस राष्ट्रिय समन्वय परिषद्, मास्को (२७.१०.२००६), महाकवि देवकोटा शताब्दी सम्मान, काठमाडौं, २००९ ।

कदर-पत्र : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, रूस शाखा, मास्को (१२.०६.२००९)।

पदक : ‘टेलिभिजन एवं रेडियोका उत्कृष्ट कार्यकर्ता’ (सोभियत टेलिभिजन एवं रेडियो राजकीय समितिद्वारा प्रदत्त सम्मानपदक, १९८८); ‘शिक्षानुरागीप्रति’ (पुश्किन जन्म द्विशताब्दीको उपलक्षमा रूस वाङ्मय प्रज्ञा-प्रतिष्ठानद्वारा प्रदत्त पुश्किन स्वर्णपदक, २००३); ‘मैत्री कार्यमा योगदानवापत्’ (रूस महासंघको परराष्ट्र मन्त्रालयअन्तरगत रोस्जारुभेजसेन्त्रद्वारा प्रदत्त सम्मानपदक, २००५); 'साहित्य सेवा सम्मान-पत्र' (गैरआवासीय नेपाली रुस राष्ट्रिय समन्वय परिषदद्वारा नेपाली साहित्यको अनवरत सेवा वापत प्रदान गरिएको सम्मान, सन् २००६) ।

पुरस्कार : ‘जगदम्वा-श्री’ पुरस्कार (वि.सं. २०५९)नृपध्वज कार्की अन्तरराष्ट्रिय साहित्यिक पुरस्कार, न्युयोर्क (सन् २००९), नइ देरुनीख अन्तरराष्ट्रिय पुरस्कार (वि.सं. २०६७) ।

प्रकाशित मौलिक कृतिहरू :
नेपालीमा : रूसमा नेपालको अध्ययन, नेपालभाषा साहित्य, रूसमा नेपालको छवि, नेपाली समालोचक र समालोचना, नेपाली किम्बदन्तीमाला (श्लोकबद्ध), स्थाननामकोष ।
रूसी भाषामा : नेपालमा पशुपक्षीको पूजा, स्वस्थानी, मित्रता र सहयोगको गांठो, रेलगाडीमा हिमालयतिर (कार्यपत्र र लेखसंग्रह), नेपालको साहित्यमा परम्परा र आधुनिकता,  इतिहासको परिप्रेक्षमा नेपाली किम्बदन्ती र परम्परागत उत्सव-पर्व, नेपालमा परंपरागत भोजको विधि–विधान आदि।

प्रकाशित अनूदित कृतिहरू :
       रूसीबाट नेपालीमा : अलेक्सान्द्र पुश्किन - जिप्सी (खण्डकाव्य), बेल्किनका कथाकहानी (गद्यकृति), दुब्रोभ्स्की (लघुउपन्यास); इभान तुर्गेनेभ – गद्यमा कविता (लघुकथाहरू), पिता र पुत्र (उपन्यास); मिखाइल शोलोखोभ – मान्छेको भाग्य र दोनका कथाहरू; मिखाइल लेर्मोन्तोभ – हाम्रो जमानाका चरित्र नायक (उपन्यास); लेभ तोल्स्तोइ – कथाकहानी, लेभ तोल्स्तोइका उत्कृष्ट कृतिहरू; अलेक्सान्द्र ग्रीन – राता पालहरू (लघुउपन्यास र कथाहरू); माक्सिम गोर्की – मेरा विश्वविद्यालयहरू (उपन्यास); रसूल हाम्जातोभ – जीवित देवी (काव्यकृतिहरू); चिंगिज आइतमातोभ – प्रथम शिक्षक (लघुउपन्यास); सुनौला सिउर (रूसी लोककथा संग्रह); रूसी चरित्र (कथासंग्रह); लेनिन-गाथा (कवितासंग्रह); लेओन्तयेभ – संक्षिप्त राजनीतिक अर्थशास्त्र; आफानास्येभ – दर्शनशास्त्रको प्रारम्भिक ज्ञान आदि विभिन्न कृतिहरूका साथै रूसी बालसाहित्यका कैयौं पुस्तकहरू ।
       नेपालीबाट रूसीमा : यमलोकमा जिउंदो मान्छे (नेपाली लोककथासंग्रह); कल्चौंडीको ठुङ्ग र पञ्जा किन पहेंलो हुन्छ? (नेपाली बाललोककथासंग्रह); लैनसिंह बाङ्गदेल – लङ्गडाको साथी (लघुउपन्यास); रमेश विकल – फुटपाथ मिनिस्टर्स (कथा); ज्ञानकाजी मानन्धर – कुमारी चण्डेश्वरी (नाटक); हिरण्यलाल श्रेष्ठ – नेपाल परिचय;  स्वामी आनन्द अरूण – सन्त-दर्शन (लेखसंग्रह); लोपोन टशी छिरिङ्ग लामा - मणिमन्त्र (कृति) आदि ।
       संस्कृतबाट नेवारीमा : कृष्णगीता (श्रीमद् भागवत् गीताको समश्लोकी अनुबाद) ।
रूसीबाट हिन्दीमा : अनोखे चीजों की दुकान (आधुनिक बाललोककथा-संग्रह), (कृतिलेखकद्वय - कारेभा तथा कराल्योभ) ।

सम्पादन तथा संकलन :
पत्रिकाहरू – किरण (नेपाली छात्रसंघ, सोभियत संघ); झिल्को (अनुवाद संस्थान, मास्को); सार्थवाह (रूस सिआईएस नेपाल उद्योगवाणिज्य संघ); नारीदृष्टि (नेपाली नारी निकुञ्ज) ।
शब्दकोषहरू - रूसी-नेपाली शब्दकोष; नेपाली-नेपालभाषा शब्दावली; अंग्रेजी-नेपाली पालरभाषिक शब्दकोष ।
पुस्तकहरू – लक्ष्मीप्रसाद देवकोटा, संकलित रचना (रूसी भाषामा); नेपाल : सहस्त्राब्दिहरूको संघारमा (रूसी भाषामा लेखसंग्रह); रसियाली प्राच्यविद्याको सन्दर्भमा नेपाल आदि ग्रन्थका साथै नेपाली भाषामा प्रकाशित विभिन्न संकलन र पुस्तकहरू ।
नेपालीमा अनुवाद तथा सम्पादन – मिनाएभ र नेपाल ।

2 comments:


  1. Sir Namaskarr,
    धन्य भए सर, हजुरको ब्लग हेरेर हजुरको बारेमा धेरै ज्ञान भयो ।

    ReplyDelete