Friday, August 18, 2017

बाणासुरको राजधानी शोणितपुरको यात्रा

वाणासुरको राजधानी ? को हो वाणासुर ? कहाँ छ उसको राजधानी ? शीर्षकले नै पाठकवृन्दमा खुल्दुली जगाउने छ ।  वाणासुर भन्ने नामले नै त्यो पौराणिक कालको असुर होला भन्ने स्पष्ट हुन्छ । त्यसमा पनि उससँग हज्जार हात थिए भन्ने सुनेपछि त निसन्देह नै त्यो अजङको दैत्य नै हो भन्ने पक्कापक्की हुनेछ । दैत्य नै हो भने त्यसको राजधानीमा पनि मानव नभई दानवहरू नै बस्ता होलान् भन्ने ठम्याउन गाह्रो पर्दैन । यस्तो दैत्यको राजधानीमा यात्रा गर्न को तयार होला र ?