Sunday, October 26, 2014

मास्कोमा नेपाल सम्बत् ११३५ को म्हपूजा र तिहार सम्पन्न

 र तिररूसको राजधानीस्थित नेपाली राजदूतावासको प्रांगणमा गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा रूसमा बसोवास गरिरहेका नेपालीहरूका सबै सामाजिक संस्थाहरूको समेत सक्रिय सहभागितामा नेपाल सम्बत् ११३५ को शुभागमनको सुखद उपलक्ष्यमा दीपावली र म्हपूजा सुसम्पन्न भएको छ । नेपाली राजदूतावासको सभाकक्षको भुईंमा प्रज्ज्वलित दीपमालिकाले सिंगारिएको ठूलो आकारको मण्डपलाई फलफूल, धूप, दीप, नैवेद्यका साथै पूजासामग्रीहरूले सजाएर दीपमालिकाद्वारा नै ११३५अंकित गरिनुका साथै मध्यभागमा ज्ञानको प्रतीक षट्कोणको बीचमा सिद्धिदायक गणेश स्थापना गरी नेपाली नारी निकुञ्जका सदस्यहरूले विधिपूर्वक पूजा गरेपछि राजदूतदम्पतिका साथै सबै संघसंस्थाका प्रतिनिधिहरूले घण्टध्वनिका साथै फूलअक्षता चढाउँदै मण्डप परिक्रमा गरे ।