नेपालविद्या

रूसमा नेपालविद्याको १३५ वर्ष

रूसमा नेपालविद्याको इतिहास झण्डै डेढ शताब्दी पुरानो यस विशाल देशमा प्रसिद्ध रूसी प्राच्यविद् इभान पाभ्लोभिच मिनायेभ (.सं. १८४०-१८९०) ले रूसीहरूमध्ये र्सवप्रथम सन् १८७५ मा नेपालमा पदार्पण गरेर  फर्केपछि उन्नाईसौं शताब्दीको चतुर्थ चरणमा रूसमा नेपालविद्याको जग लगाएका थिएर्सवप्रथम आफ्ना  देशवासीहरूलाई यस हिमाली राज्यको भूगोलइतिहास, नृवंशअर्थव्यवस्था, भाषा, साहित्य, संस्कृति, धर्म, जनजीवन आदि विभिन्न पक्षको परिचय दिने विद्वान् उनी नै थिए त्यस समयदेखि यता मिनायेभका दशौं अनुयायीहरू देखापरिसकेका छन् नेपालविद्याको जुन बिरुवा उनले रूसको भूमिमा रोपेका थिए त्यो अहिले निकै नै झ्यांगिइसकेको    रूसमा नेपालविद्याको विकासक्रमलाई मोटामोटी रूपमा चार चरणमा विभाजित गरेर विवेचना गर्न सकिन्छ

      रूसमा सन् १९१७ को तथाकथित महान् अक्टोबर समाजवादी क्रान्ति विजयी हुनुभन्दा झण्डै आधा शताव्दीअघि नै यस देशमा हाम्रो हिमाली मुलुकप्रति अभिरूचि लिन थालिएको अनुमान हुन्छ तर्सथ यस अवधिलाई रूसमा नेपालविद्याको विकासक्रमको प्रारम्भिक चरण मान्नु युक्तिसंगत देखिन्छ त्यसताका बौर्द्धधर्मप्रतिको जिज्ञासाले नै रूसका प्राच्यविद्हरूको दृष्टि नेपालतर्फपर्न गएको थियो तत्कालीन रूसको राजधानी सेन्टपिर्टसबर्गमा पूर्वेली देशहरूको अनुसंधानमा संलग्न  इभान पाभ्लोभिच मिनायेभले  खास बौर्द्धधर्मको  अध्ययनार्थ नै भारत, बर्मा श्रीलंकाको साथै नेपालको पनि यात्राभ्रमण गरेका थिए तर उनको अनुसंधानको क्षेत्र निकै व्यापक थियो हाम्रो देशको इतिहास, संस्कृति, भाषा, साहित्य, कला, जनजीवन आदि विभिन्न विषयको गहकिलो अध्ययन गरी स्वदेश फर्केपछि उनले विभिन्न रूसी पत्रपत्रिकाहरूमा नेपालसम्बन्धी लेखहरू छपाउनुका साथै नेपालको साहित्यका केही कृतिहरू (मुख्यतः नेवारी॒ (नेपालभाषा) बाट अनूदित) प्रकाशित गरे यस अवधिको मुख्य उपलव्धिको रूपमा लंका भारत वृतान्त शीर्षकअर्न्तर्गत भागमा छापिएको इभान मिनायेभको कृतिको पहिलो भागमा समावेश गरिएको नेपाल शर्ीष्ाकको छुट्टै अध्यायलाई लिनुपर्दछ (यी हरफका लेखकद्वारा नेपालीमा अनूदित यो कृति जगदम्बा प्रकाशन, ललितपुरबाट '.पा. मिनाएभको नेपाल' (वि.सं. २०२८) शिर्षमा छापिएको )

      रूसमा सोभियत सत्ताको प्रादर्ुभावपश्चात् नेपालविद्याको विकासको अर्को चरण थालिन्छ यो चरण करीव ३५ वर्षर्-.सं. १९१७ देखि १९५१ सम्म) कायम रहृयो यस समयावधिमा नेपालविद्याले यस देशमा मिनायेभका शिष्य सेर्गेइ फ्योदोरोभिच ओल्डेनबुर्ग (इ.सं. १८६३-१९३४) जस्ता  सुविख्यात प्राच्यविद्को टेवा पाएको थियो, यद्यपि फस्टाउने राम्रो मौका पाएन यसको मुख्य कारण के थियो भने समाजवादी क्रान्तिको परिणामस्वरुप भर्खरै अस्तित्वमा आएको सोभियत राष्ट्रले एकातिर आफ्नै आन्तरिक (प्रथम विश्वयुद्धद्वारा ध्वस्त अर्थतन्त्रको पुनर्निमाण, गृहयुद्ध बाहृय आक्रमणको प्रतिकार, पछि फासिवादविरुद्ध देशभक्तिपूर्ण युद्धमा संलग्नता त्यसद्वारा पुग्न गएको क्षतिको पूर्ति आदि) समस्याहरूको समाधानमा बढी ध्यान दिनुपरिरहेको थियो भने अर्कोतिर शोषणप्रथाकै उन्मूलन गर्ने सिद्धान्तमा आधारित सत्ता कायम गर्ने भनिएको समाजवादी व्यवस्था अपनाउने यस देशको कुनै पनि व्यक्तिले  बाहृय संसारबाट  देशलाई अलग्याएर  राख्ने नीतिको कडाइका साथ अनुसरण गरिरहेको राणाशाहीको खाँडो जागिरहेको नेपालको यात्रा गर्ने कल्पना समेत गर्न सक्तैनथ्यो यस्तो अवस्थामा सोभियत सत्ताको जग बलियो पार्नमा संलग्न रहेको रूसमा तीन दशकसम्म नेपालविद्याले प्रत्यक्ष विकास गर्ने सुअवसर नपाउनु स्वाभाविकै थियो       

उपरोक्त कठिनाइहरू हुँदाहुँदै पनि सोभियत सत्ताका पहिला वर्षरूमा  रूसका पत्रपत्रिकाहरूमा हिमालयको काखमा रहेको रहस्यमय देशबारे एकाध लेखहरू प्रकाशित भएको पाइन्छ   उदाहरणस्वरुप सन् १९२५ मा मास्कोको अखबारमा नेपालमा दासप्रथाको उन्मूलनबारे लेख छापिएको थियो भने सन् १९३१   मा चाहिं एशियाली देशहरूको अर्थव्यवस्थासम्बन्धी एउटा पुस्तकमा नेपालविषयक सामग्री प्रकाशित भएको थियो यस समयावधिमा नेपालबारे यूरोपेली देशहरूमा भइरहेको अध्ययन तथा रूसी विद्वान् इभान मिनायेभद्वारा संकलित सामग्रीहरूको सेरोफेरोमा रूसमा नेपालविद्याको विकासप्रक्रिया सीमित रहृयो भन्न सकिन्छ
       
बीसौं शताव्दीको मध्यदेखि मात्र रूसमा नेपालविद्याको तेस्रो चरण सुरु भएको मान्नर्ुपर्दछ यो साढे चार दशकको समयावधि रूसमा नेपालविद्याको विकासका लागि निकै उर्वर सावित भयो नेपालमा सात सालको जनक्रान्ति र्-.सं. १९५० १९५१) पछि बाहृय संसारको लागि हिमालीे देशको ढोका खुल्यो तत्कालीन सोभियत संघमा पनि नेपालविद्याको पुनर्जागरण सुरु भयो एकातिर विगतमा देखापरेका  प्रायः सबै बाधाअडचनहरू निमिट्यान्न हुन गए भने अर्कोतिर नेपालविद्याको द्रुततर विकासका लागि चाहिने सारा सम्भावनाको पनि सृजना हुन गयो वास्तवमा यही चरण नै रूसमा नेपालविद्याको चरमोत्कर्षो समयावधि रहृयो भन्नुपर्दछ झण्डै आधा शताव्दीव्यापी यस चरणलाई निम्न पाँच अवधिमा विभाजित गरेर सिंहावलोकन गर्नु युक्तिसंगत हुन्छ

      . पहिलो अवधि र्-.सं. १९५१ देखि १९५६ सम्म) यस अवधिमा नेपालविद्याको स्तर मुख्यतः नेपालको सामान्य परिचय प्रस्तुत गर्नमा मात्र सीमित थियो सोभियत सत्ताकालमा र्सवप्रथम नेपालसम्बन्धी पुस्तक प्रकाशमा आउनु यस चरणको उपलव्धि हो सो पुस्तक नेपालको भूगोलसम्बन्धी हुनुमा कुनै आर्श्चर्य छैन सन् १९५१ मा प्रकाशित नेपाल शर्ीष्ाकको यस पुस्तकका लेखक थिए दिमित्री कोस्तिन्स्की नेपाली जनजीवनको बारेमा बढी जानकारी हासिल गर्न इच्छुक रसियालीहरूको इच्छालाई ध्यानमा राखेर उनले सन् १९५५ मा आफ्नो कृतिको विस्तृत दोस्रो संस्करण प्रकाशित गराए यी दुवै पुस्तकको बाहृयाकृति आन्तरिक सारमा देखापर्ने अन्तरबाट पनि यस छोटो अवधिमा नेपालविद्याले गरेको प्रगतिको स्वतः बोध हुन्छ

      . दोस्रो अवधि र्-. सं. १९५६ देखि १९६० सम्म) नेपाल तत्कालीन सोभियत संघबीच सन् १९५६ को २० जूनका दिन कूटनैतिक सम्बन्ध स्थापना हुनु नेपालविद्याको विकासपथमा एक कोसेढुंगा समान थियो त्यसपछि हाम्रा दुई देशबीच राजकीय स्तरमा जनस्तरमा समेत विभिन्न क्षेत्रहरूमा सर्म्पर्क घनीभूत हुँदैगयो विभिन्न प्रतिनिधिमण्डलहरूको आदानप्रदान  हुनुका साथै सन् १९५७ देखि नेपाली युवायुवतीहरूले मास्कोमा उच्च शिक्षा हासिल गर्न थाले यस अवधिको प्रारम्भमै क्रमशः बोरीस कुद्य्राभ्चेभलिखित  नेपालको बाहृयव्यापार (.सं. १९५७), इल्या रेद्कोलिखित नेपालको राज्यव्यवस्था र्-.सं. १९५८)   नेपालको संक्षिप्त इतिहास (.सं. १९५८शीर्षकका तीन पुस्तकहरू प्रकाशमा आए यसै अवधिमा नेपाली साहित्यको अनुवादको क्र्रम पनि सुरु भयो र्सवप्रथम नेपालका कविहरू र्-.सं. १९५८) शर्ीष्ाकमा एउटा कवितासंग्रह छापियो यसै अवधिको अन्त्यतिर इतिहासविद् इल्या रेद्कोलिखित दोस्रो विश्वयुद्धपछिको नेपाल (.सं. १९६०) प्रकाशित भयो यसरी हाम्रो देशको अर्थतन्त्र, इतिहास, राजनीति साहित्यको अध्ययनतर्फनेपालविद्याको हाँगाबिंगा फैलिंदै गएर तत्कालीन सोभियत संघमा नेपालविद्या मौलाउन थालेको अनुबोध हुन्छ

      . तेस्रो अवधि र्-.सं. १९६० देखि १९७० सम्म) यस अवधिमा नेपालविद्याको बिरुवामा मलजलको पनि राम्रो प्रबन्ध गरिएको थियो भन्नु अत्युक्ति हुनेछैन उदाहरणार्थ, सन् १९६३ को २२ नभेम्बरका दिन मास्कोमा रसियाली -सोभियत) नेपालविद्हरूको तत्परतामा सोभियत-नेपाल मैत्री समाज -हाल रूस-नेपाल मैत्री तथा सहयोग समाज) को स्थापना गरियो नेपाली भाषाका अध्येताहरूका लागि सहयोग पुर्याउने उद्देश्यले निकोलाइ कोरोल्योभलिखित व्याकरणग्रन्थ नेपाली भाषा  र्-.सं. १९६५) नेपाली-रूसी कुराकानी र्-.सं. १९६५) प्रकाशमा ल्याइनुका साथै  आनन्दबहादुर थापाको सम्पादनमा नेपाली-रूसी शव्दकोश र्-.सं. १९६८) पनि  छापियो यसै अवधिमा नेपाली साहित्यानुवादको क्षेत्रमा नेपाली कविहरूका कविता -काव्यसंग्रहर्,र् .सं. १९६२) आमाको ममता  -कथासंग्रह, र् .सं. १९६७) प्रकाशित गरियो भने नेपाली साहित्यको संक्षिप्त  झलक दिने ल्युदमिला आगानिनालिखित नेपाली साहित्य र्-.सं. १९६४) शर्ीष्ाकको पुस्तक पनि प्रकाशमा आयो यदाकदा रूसी पत्रपत्रिकामा नेपालयात्रासम्बन्धी लेखहरू पढ्न पाइन्थ्यो भने यसै अवधिमा र्सवप्रथम नेपालका वनजंगल हुँदै र्-.सं. १९६४) शर्ीष्ाकमा भ्सेभलोद तर्ुर्किनलिखित नियात्राग्रन्थ समेत प्रकाशित भयो यस प्रकार नेपालविद्याको रसियाली वृक्ष भई झ्यांगिन गएको हामी देख्दछौं

      . चौथो अवधि र्-.सं. १९७० देखि १९८० सम्म) नेपालको चतुर्दिक  अनुसंधानको फलस्वरूप यस अवधिमा गहकिला वैज्ञानिक कृतिहरू देखापरेका थिए हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको व्यक्तित्व तथा कृतित्वबारे ल्युदमिला आगानिनालिखित नेपालका महाकविको कथा (.सं. १९७०) शर्ीष्ाकको पुस्तक नेपाली साहित्याध्ययनको उर्वरताको ज्वलन्त द्योतक हो भन्नर्ुपर्दछ ल्युदमिला आगानिनासंग मिलेर यसै पंक्तिकारद्वारा नेपाली तथा नेवारी भाषाहरूबाट अनूदित दन्त्यकथाहरूको संग्रह यमलोकमा जिउँदो मान्छे (.सं. १९७१) भन्ने शिर्षमा प्रकाशित भयो यसै पर्रि्रेक्ष्यमा निकोलाइ कोरोल्योभको सहभागिता प्रकाशित भएको रूसी-नेपाली शव्दकोष (संपादक कृष्णप्रकाश श्रेष्ठ, इ.सं. १९७५) को पनि यहाँ नामोल्लेख गर्नु प्रासंगिक ठान्दछु गेन्नाडी याकोभ्लेभलिखित नेपालको आर्थिक विकास : सन् १९५१-१९६५ (.सं. १९७०) तथा नेपालको कृषि व्यवस्था (.सं. १९७५) पनि यसै अवधिमा छापिएका थिए भने विभिन्न विषयका लेखहरूको संगालो  नेपाल इतिहास, नृवंशविज्ञान, अर्थतन्त्र (.सं. १९७४) रसियाली नेपालविद्हरूको सामूहिक प्रयासको द्योतक थियो प्रकाण्ड इतिहासविद् इल्या रेद्कोलिखित नेपालको सामाजिक राजनैतिक  इतिहासको रूपरेखा : आधुनिक अत्याधुनिक काल (.सं. १९७६) शीर्षकको कृति विशेष उल्लेखनीय   यसका अतिरिक्त इगोर कोज्लोभलिखित नेपालमा स्वास्थ्यसेवा (.सं. १९७६) शीर्षकको पुस्तक समेत प्रकाशित भएको पाइन्छ यसप्रकार चौथो अवधिमा रसियाली नेपालविद्हरूले हाम्रो देशको भाषा, साहित्य, लोकसाहित्य, इतिहास, नृवंश, अर्थव्यवस्था आदि विभिन्न विषयको  अध्ययनमा मात्र आफूलाई सीमित नराखेर नेपालविद्याका नयाँ-नयाँ क्षितीजको पनि ढोका खोलेका थिए भन्ने यस अवधिमा  प्रकाशित नेपालविषयक विभिन्न पुस्तकहरूको सिंहावलोकनबाट निष्कर्षनिकल्न सकिन्छ

      . पाँचौं अवधि (.सं. १९८० देखि १९९१ सम्म) : यस समयावधिमा रूसमा नेपालविद्याले व्यापकता मात्र नभई गहनता समेत प्राप्त गर्न थालेको प्रतीत हुन्छ अर्थात् रसियाली नेपालविद्याको वृक्षमा हाँगाहरू फैलिनुका साथै त्यसको  जरा समेत गहिरिन थाल्दछ पछिल्लो समयमा प्रकाशित नेपालविषयक पुस्तकहरूबाट यस कथनको पुष्टि हुन्छ यस पर्रि्रेक्ष्यमा सोभियत पर्वतारोहीहरूद्वारा सगरमाथा आरोहणसम्बन्धी अभिलेखग्रन्थ एभरेष्ट : ८२ (.सं. १९८४), अलेक्सान्द्र तेरग्रिगोर्यानको रंगीन फोटोअल्बम नेपाल (.सं. १९८४), ल्युदमिला आगानिनालिखित समालोचना-ग्रन्थ  आधुनिक नेपाली काव्यमा व्यक्ति, समाज, धर्म (.सं. १९८५) एवं यूरी कोनोनोभलिखित दुई पुस्तकहरू सगरमाथा विजय (कीभ, इ.सं. १९८५) उष्ण मेखला हिमाच्छादित श्रृंखलाहरूको मुलुक (मास्कोर,  .सं. १९८५) आदिको नामोल्लेख गर्नु पर्याप्त हुन्छ यस अवधिको प्रमुख उपलव्धिको रूपमा निकोलाइ कोरोल्योभलिखित व्याकरणग्रन्थ नेवारी भाषा (.सं.१९८९) लाई लिन सकिन्छ
पूर्वसोभियत संघमा  नेपालविद्याको विकासमा यही तेस्रो चरण निकै उर्वर साबित भएको रूसमा नेपालविद्हरूको संख्यात्मक वृद्धि हुनुका साथै उनीहरूको लेखनीबाट  निसृत कृतिहरूको गुणस्तर पनि निकै बढेको पाइन्छ प्रसंगवश भनौं, यसै अवधिमा मास्कोबाट नेपाली भाषामा रूसी साहित्यका कृतिहरूको प्रकाशन पनि थालियो संक्षेपमा भन्ने हो भने सोभियत संघको अस्तित्वको अन्त्यतिर रूसमा नेपालविद्याले परिमाणात्मक विकासको स्तर पार गरेर गुणात्मक विकासको स्तरमा पदार्पण गरिसकेको प्रतीत हुन्छ

      बीसौं शताव्दीको अन्तिम दशकको आरम्भका साथै रूसमा नेपालविद्याको चौथो चरणं थालिएको मान्न सकिन्छ पर्ूवसोभियत संघमा नवौं दशकको  मध्यदेखि  संचालित ग्लासनोस्त -खुलापन) पेरेस्त्रोइका (पुनर्निर्माणको  नीतिको परिणामस्वरूप पहिलेको स्थितिमा आमूल परिवर्तन आउन थाल्यो सन् १९९१ को अगस्तमा पेरेस्त्रौयकाको नीतिका विरोधप्हरूको तर्फबाट भएको सत्ता परिवर्तनको प्रयासस्वरूप सोभियत समाजवादी गणतन्त्र संघकै अस्तित्व मेटियो रूसमा समाजवादी व्यवस्था ढलेर प्रजातान्त्रिक प्रक्रिया सुरु हुनासाथै नेपालमा पनि पञ्चायती व्यवस्थाको ठाउँ बहुदलीय व्यवस्थाले लियो

रूसले अर्कै क्षितीजतर्फकोल्टे फेरिरहेको  संक्रमणकालीन अवस्थामा संकट पनि चर्केर गयो आर्थिक कठिनाइले गर्दा एकातिर 'प्रगति' तथा 'रादुगा' प्रकाशनगृहहरूबाट रूसी साहित्यका  कृतिहरूको प्रकाशन रोकिनुका साथै सन् १९९८ को जूनदेखि रेडियो मास्कोको नेपाली प्रसारण समेत बन्द हुन पुग्यो भने अर्कोतिर रसियाली नेपालविद्हरूद्वारा प्रकाशनार्थ तैयार पारिएका रूसी-नेपाली शव्दकोष  तथा नेपाली भाषाको व्याकरण का द्वितीय संस्करणलगायत कतिपय कृतिहरूले पनि र्सर्ूयको प्रकाश देख्ने सम्भावनाबाट वंचित हुनुपर्यो यसो हुँदाहुँदै पनि भविष्यप्रति  आशावादी  रसियाली  नेपालविद्हरूले  आफ्नो अनुसंधान कार्य येनकेन जारी नै राखेका थिए मास्कोस्थित प्राच्य कला संग्रहालयमा नेपालविषयक पर््रदर्शनीको  आयोजनाका साथै नेपाली रूसी विद्वानहरूको संयुक्त प्रयासबाट नेपाल पर्यटन वर्ष्ाको सर्न्दर्भमा मास्कोबाट निस्कने गेओग्राफी साप्ताहिकको एक  विशेषांक पनि नेपाल  (फरवरी १९९८) शीर्षकमा प्रकाशमा आएको थियो मेरो विचारमा यस्तो संयुक्त प्रयास नै रूसमा नेपालविद्याको थौथो चरणको विशेषता हो भन्न सकिन्छ

रूसमा नेपालको वाङ्मय संस्कृतिको प्रचारप्रसारको कार्यमा हालसम्म मुख्यतः रूसपक्षकै योगदान रहिआएको थियो भने अब रूसम प्रकाशनमा राज्यको एकाधिकार निमिट्यान्न भएको नयाँ वातावरणमा नेपालपक्षले पनि पुस्तकको प्रकाशनतर्फसंंलग्न हुने सम्भावना रहेको यस दिशामा पाइला पनि सारिंदैै उदाहरणार्थ, रूसी भाषामा नेपाल-श्रृंखलाअर्न्तर्गत कृष्णप्रकाश श्रेष्ठलिखित  नेपालमा पशुपक्षीको पूजा (इ.सं. १९९३), नेवारी साहित्य (.सं. १९९५), स्वस्थानी : अनुश्रुति किम्बदन्ती -१९९६) जस्ता केही पुस्तकहरू प्रकाशित भएका थिए भने हिमाल प्रकाशन गुठीको माध्यमबाट पनि रूसी नेपाली भाषामा केही पुस्तकहरूको प्रकाशन भएको यसका साथै हिरण्यलाल श्रेष्ठलिखित नेपाल परिचय र्-.सं. २००६) तथा स्वामी आनन्द अरूणलिखित सन्त-दर्शन (.सं. २००७) जस्ता कृतिहरू मणिराज पोखरेलको संयोजकत्वमा लोपोन टशी छिरिंग शेर्पा लामालिखित अवलोकितेश्वरको आराधनासम्बन्धी कृति मणि-मन्त्र र्-.सं. २००७) अनूदित भई छापिएका छन्

नेपाली संस्कृति : परम्परा आधुनिकता भन्ने विषयमा सन् १९९८ को मार्चमा नेपालविद्हरुको वैज्ञानिक संगोष्ठी सम्पन्न गरिनु नेपालविद्याको भावी विकासको पूर्वसंकेत हो भन्ने प्रतीत हुन्छ उक्त वैज्ञानिक सम्मेलनको फलस्वरूप ताच्याना मोरोजोभाको सम्पादनमा नेपालको संस्कृति : परम्परा आधुनिकता र्-.सं. २००१) शीर्षकमा एक गहकिलो पुस्तक प्रकाशमा आएको थियो भने नेपालमा प्रजातन्त्रको घोषणाको स्वर्ण्र्ाायन्तीको उपलक्ष्यमा प्राच्यविद्या संस्थानमा आयोजित वैज्ञानिक सम्मेलनको परिणामस्वरूप यसै पंक्तिकारको संयोजकत्वमा नेपाल सशस्त्राब्दीहरूको संघारमा (इ.सं. २००२) छापिएको थियो उपरोक्त दुवै पुस्तकहरूमा  नेपालीहरूका लेखहरू मात्र समाविष्ट भएको नभई पूर्णातः नेपालप्रति समर्पित छन् भने हालै मात्र ताच्याना मोरोजोभाको सम्पादनमा प्रकाशित प्राच्य संस्कृति : प्रादेशिक विकासका विशेषताहरू : भारत, नेपाल, तिब्बत (.सं. २००९) शीर्षकको संग्रहको आधा हिस्सा नेपाल विषयक दुई लेखहरूले ओगटेका छन् नेपाल-रूस कूटनैतिक सम्बन्धको स्वर्ण्र्ाान्तीको उपलक्ष्यमा कृष्णप्रकाश श्रेष्ठबाट तयार पारिएको कृति  मित्रता सहयोगको गाँठो (.सं. २००६) गैरआवासीय नेपाली संघ रूसबाट प्रकाशित भएको थियो भने नेपालको साहित्य संस्कृतिविषयक एक लेखसंग्रह रेलगाडीमा हिमालतिर (.सं. २००९) शीर्षकमा रूस लेखक संघको समेत सहयोगबाट प्रकाशमा आएको

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म-शताब्दीको सर्न्दर्भमा गैरआवासीय नेपाली संघ रूसको तर्फबाट मुना-मदन -खण्डकाव्य) प्रकाशित गरिने भएको छ । निकट भविष्यमै गौतम बुद्धको जीवनमा आधारित एउटा नेपाली महाकाव्यको पनि अनुवाद गर्ने योजना रहेको छ । रूसी लेखक-कविहरूको सहयोगबाट नेपाली कथा, कविता र काव्य आदि प्रकाशमा ल्याउने पनि योजना बनाइएको छ ।

      रूसमा नेपालविद्याको बारेमा र्सवप्रथम नेपालीहरूलाई जानकारी दिने  उद्देश्यले नेपालका प्रगतिशील लेखक, पत्रकार तथा सम्पादक श्यामप्रसाद शर्माबाट सोभियत नेपालविद्हरू (वि. सं. २०२३ साउन : जुलाई १९६६) मा एउटा सानो पुस्तक प्रकाशित  भएको थियो । उक्त पुस्तकको प्रकाशनको एक दशकपछि यसै हरफका लेखकको एउटा पुस्तक रूसमा नेपालको अध्ययन (इ.सं. १९७६र दुई दशकभन्दा बढी समयको अन्तरालपछि रूसमा नेपालको छवि (इ.सं. १९९९)  शीर्षकमा  प्रकाशमा आएको थियो । रूसी भाषामा प्रकाशित नेपालविद्हरूका कृतिहरूबाट नेपालीहरू अनभिज्ञ रहनु स्वाभाविकै छ । नेपालीमा यस्ता कृतिहरूको अनुवादको परम्परा पनि बसेको छैन ।हालै यसै पंक्तिकारको अनुवाद र सम्पादनमा  हिमाल किताब ललितपुरबाट मिनाएभ र नेपाल (ई.सं. २०१०) शीर्षकमा १३५ वर्षअघि नेपालको यात्रा गर्ने विश्वविख्यात प्राच्यविद् इभान पाभ्लोभिच मिनाएभको कृति नेपाल तथा मिनाएभबारे रूसी विद्वानहरूका लेखहरूको सकलन प्रकाशित गरिएको छ ।प्रस्तुत पुस्तकलाई यस परम्पराको थालनी मान्न सकिन्छ । अस्तु ।

      कृष्णप्रकाश श्रेष्ठ