Sunday, December 2, 2018

मास्कोमा रूस-नेपाल साहित्य सङ्गम सुसम्पन्न


रूसको राजधानीमा १ डिसेम्बर २०१८ शनिवारका दिन मास्कोको एक केन्द्रीय सडक बोल्साया निकित्स्कायामा अवस्थित केन्द्रीय लेखक भवनमा विश्व नेपाली साहित्य महासंघ रूस शाखा तथा रूस लेखक संघ मास्को नगर संगठनको संयुक्त आयोजनामा रूस-नेपाल काव्य संगम भव्यताका साथ सुसम्पन्न भयो । 

रूस लेखक संघकी सदस्य, कवयित्री ताच्याना चेग्लोभा तथा विश्व नेपाली साहित्य महासंघ रूस शाखाका महासचिव डा. मनमूर्ति भुर्तेलबाट संचालित  त्यस समारोहमा  विनेसासंका केन्द्रीय  सल्लाहकार  कृष्णप्रकाश श्रेष्ठका  साथै  प्रमुख  अतिथिको रुपमा रूसका लागि नेपाली राजदूत महामहिम श्री ऋषिराम घिमिरे तथा रूसी साहित्य प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष बोरिस रिआबुखिनको समुपस्थिति रहेको थियो भने अतिथिको  हैसियतले साहित्यशास्त्रमा महाविद्यावारिधिको प्राज्ञिक उपाधिप्राप्त प्राच्यविद् अलेक्सान्द्र सेन्केभिच, राजकीय दुमामा सल्लाहकार गेन्नाडी आभ्दोएभ, गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रीय समन्वय परिषदका सदस्य  एकनारायण चापागाईं, रूस-नेपाल सहयोग तथा मैत्री समाजका उत्तरदायी सचिव बोरिस भेर्शेनिन प्रभृति विभिन्न रूसी तथा नेपाली सामाजिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।  
रूस-नेपाल काव्य संगमका सहभागीहरू 
(रूसी साहित्यकार भवन, मास्को, १ डिसेम्बर २०१८)
   विश्व नेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतमबाट स्वागत मन्तव्य व्यक्त गरिएपश्चात् महामहिम राजदूतज्युले काव्य समारोहका अयोजकहरूलाई धन्यवाद ज्ञापन  गर्नुभयो  ।
   रूस तथा नेपाल बीच साहित्यक सम्बन्ध विकासमा  कृष्णप्रकाश श्रेष्ठको  योगदानको चर्चा गर्दै  भविष्यमा रूस र नेपालका साहित्यकारहरूको आदानप्रदान तथा संयुक्त प्रयासबाट एक दोस्राको साहित्यको अनुवादको सम्भाव्यताबारे विचार  व्यक्त  गर्नुभयो । 
गोविन्दप्रसाद गौतम, ताच्याना चेग्लोभा, मनमूर्ति भुर्तेल एवं कृष्णप्रकाश श्रेष्ठ
   रूसी साहित्य प्रज्ञा-प्रतिष्ठानका अध्यक्ष बोरिस रियाबुखिनबाट कृष्णप्रकाश श्रेष्टलाई सम्मानपत्र प्रदान गर्नुका साथे “रूसी घटनावली” शिर्षकको स्वलिखित काव्यकृति प्रदान गरिएको थियो ।
बोरिस रियाबुखिनबाट सम्मसनपत्र ग्रहण गर्दै कृष्णप्रकाश श्रेष्ठ
रूस-नेपाल साहित्य संगममा विशिष्ट अतिथिहरूको वक्तव्य पश्चात् विनेसासंबाट प्रकाशित तथा कृष्णप्रकाशबाट नेपालीमा अनुदित ९ जना आधुनिक रुसी कविहरूका २३ वटा कविताहरूको द्विभाषिक संग्रह "रूसी काव्यपल्लव" को लोकार्पण गरियो ।
ल्युदमिला साल्तिकोभा
ल्युदमिला आभ्देएभा
कवितासंग्रह "रूसी काव्यपल्लव" का सहभागी  रूसी कवि तथा कवयित्रीहरूबाट रूसी भाषामा कविता वाचन गरिएको थियो ।
नेल्ली 

    रूसी गायिकाहरूबाट बी-बीचमा रूसी गीत पनि प्रस्तुत गरिनुका साथे कवितासंग्रहमा समाविष्ट केही कविताहरू गीतको रूपमा समेत भिडियोमार्फत् पर्दामा प्रस्तुत गरिएका थिए ।
समारोहका  कवि-कवयित्री तथा श्रोतावृन्द
       तत्पश्चात् नेपाली कविता-वाचनको क्रम सुरु भयो । 
ताच्याना चेग्लोभाको  दायाँ र बायाँ बगलमा
मनमूर्ति भुर्तेल र कुमारबहादुर श्रेष्ठ क्रान्ति
    मास्कोस्थित   नेपाली राजदूतावासमा कार्यरत कुमारबहादुर श्रेष्ठ क्रान्तिबाट रुस-नेपाल सम्बन्धबारेको कविता प्रस्तुत गरिएको थियो।
दिगम्बर भट्ट कविता वाचन गर्दै
कवयित्री कला पोखरेल दाहालबाट  रूसी अनुवादमा ‘जीवन’ शिर्षक राखिएको गजल, कवि दिगम्बर  भट्टबाट "आमा" शीर्षकको कविता, गोविन्दप्रसाद गौतमबाट जन्मेको गाउँ फलेवासको सौन्दर्य गाथास्वरूप कविता र डा. मगमूर्ति भुर्तेलबाट हवाई यात्रामा देखिने मनोरम बृश्यबारे   "नील गगन" कविता  प्रस्तुत गरिऐको थियो भने कृष्णप्रकाश श्रेष्ठबाट आफ्नो मन्तँयकै क्रममा काठमाडौं नगरकोटमा रसियाली  दागेस्तानी जनकवि रासुम हाम्जातोमको  प्रतिमा हालसालै गत: २६ नोभेम्बरका दिन नेपालमा अनावरण गरिएको परिप्रेक्षमा  उनको नेपालविषयक काव्यको नेपाली अनुवादवाट जीवित देवी कूमारीबारे केही हरफ  मंगलाचरणको रूपमा प्रस्तुत गरिएको थियो ।
नगरकोट (नेपाल) मा दागेस्तानी जनकवि
रासुल हाम्जातोभको प्रतिमा अनावरण
(२६ नोभेम्बर २०१८, मार्गकृष्ण तृतिया, वि.सं. २०७५)
रूस-नेपाल काव्य समारोहको अन्तिम चरणमा 'स्वतन्त्र माइकशिर्षकमा इच्छुक कविहरूलाई कविता वाचनको लागि आह्वान गरिएको थियो । 
ल्युदमिला आभ्देएभा र कृष्णप्रकाश श्रेष्ठ

कवयित्रीद्वय ल्युदमिला आभ्देएभा तथा नेल्ली  कोपेइकिनाबाट कृष्णप्रकाश श्रेष्ठप्रति समर्पण गरिएका कविताहरू वाचन गरिएको थियो भने अन्य कविहरूले आ-आफ्ना कविता पढेर सुनाएका थिए ।
                    
कवयित्रीहरूबाट कविता वाचन गरिंदै
 समयाभावले गर्दा इच्छुक सबै कविहरूले कवितावाचन गर्न नभ्याएको  भान भइरहेको थियो । 
प्राच्यविद् अलेक्सान्द्र सेन्केभिचबाट लिखित  
'बुद्ध' शिर्षकको  कृति उपहार ग्रहण गर्दै 
कृष्णप्रकाश श्रेष्ठ 
बाँकी रहन गएका कविताहरू अर्को यस्तै कार्यक्रमका लागि थाँती राखेर रूस-नेपाल काव्य संगम समापन गरिएको थियो ।
रूस-नेपाल काव्य सङ्गमका सहभागीहरूसहित
महामहिम ऋषिराम घिमिरे तया कृष्णप्रकाश श्रेष्ठ
सङ्युक्त रूस-नेपाल काव्य समारोहका सहभागी नेपाली तथा  रूसी मित्रहरूप्रति हार्दिक साधुवाद !
रूस-नेपाल काव्य संगमका सहभागीहरू
(मास्को, १ डिसेम्बर २०१८ शनिवार)
केन्द्रीय साहित्यकार भवन, मास्को 
रूस महासंघ




No comments:

Post a Comment