Thursday, September 13, 2018

एउटा भरपर्दो सन्दर्भ सामग्री


नेपालरूस कूटनीतिक सम्बन्धको विकासक्रममा योगदान पु¥याउने पात्र तथा घटनाहरूसँग सम्बन्धित दस्तावेजहरूलाई संगठित रूप दिएर यस ग्रन्थले उक्त सम्बन्धको ऐतिहासिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । यो ग्रन्थ नेपालरूस द्विपक्षीय सम्बन्धका बारेमा चासो राख्ने जो कोहीका लागि एउटा भरपर्दो सन्दर्भ सामग्री हुनेमा म विस्वस्त छु

उपरोक्त उद्धरण मास्कोमा रूसनेपाल सहयोग तथा मैत्री समाजको तर्फबाट रूसनेपाल : व्यक्ति, घटनावली, दस्तावेजशीर्षकमा प्रकाशमा ल्याइएको नेपालरूस सम्बन्धबारे रूसी भाषामा कृष्णप्रकाश श्रेष्ठलिखित ग्रन्थमा समाविष्ट नेपालका परराष्ट्रमन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीज्यूको शुभेच्छासन्देशबाट लिइएको हो । 
'रूस-नेपाल' पुस्तकको गाता
नेपाल र रूस (सोभियत संघ) बीच कूटनीतिक सम्बन्धको हीरक जयन्तीप्रति समर्पित ठूलो साइजको यस सचित्र ग्रन्थको गातामा सगरमाथाको दृश्यअङ्कित छ भने भित्रपट्टि चिल्लो कागजको १५२ पृष्ठमा बी-बीचमा रङ्गीन तस्बीरहरूसहित रुस र नेपालबीच डेढ शताब्दी लामो बहुआयामिक सम्बन्धको इतिवृत्त प्रस्तुत गरिएको छ ।
यस ग्रन्थको प्रारम्भमै हाम्रा दुई देशबीच कूटनीतिक सम्बन्धको ६०यौं वर्षान्तको उपलक्ष्यमा रूस महासंघका परराष्ट्रमन्त्री सेर्गेइ लाभ्रोभ तथा संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालका तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्री कमल थापाको बीचमा आदानप्रदान गरिएका शुभेच्छासन्देशहरूको पाठ छापिएको छ भने तत्पश्चात् रूस र नेपालका राष्ट्रिय गीतहरू प्रस्तुत गरिएका छन् । स्मरणीय के पनि छ भने यसै ग्रन्थमा सर्वप्रथम कृष्णप्रकाश श्रेष्ठ तथा रूसी कवि भ्लादिमिर सिल्किनाको प्रयासबाट तयार पारिफको  नेपाली राष्ट्रिय गीतको रूसी अनुवाद प्रकाशित भएको छ । रूसनेपाल सहयोग तथा मैत्री समाजको संरक्षक परिषद्का अध्यक्ष, दुईपटक सोभियत संघवीरको उपाधिप्राप्त रूसी अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभबाट रसियाली तथा नेपाली पाठकको नाममा सम्बोधनपश्चात् नेपालका परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीको शुभेच्छासन्देशनेपाली मूल र रूसी अनुवादसहित दिइएपछि रूसनेपाल सहयोग तथा मैत्री समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्योभको मन्तव्य, ग्रन्थकार कृष्ण्प्रकाश श्रेष्ठको भूमिका तथा दूरवर्ती मुलुकशीर्षकमा नेपालका लागि रूसका निवर्तमान राजदूत सेर्गेइ भेलिच्किनको वक्तव्य समावेश गरिएको छ ।
प्रस्तुत ग्रन्थ दुई भागमा विभाजित छ । पहिलो भागमा सोभियतनेपाल सम्बन्धको इतिहास (घटनावली), रूसनेपाल सम्बन्धको इतिहास (घटनावली), हाम्रो मैत्री सम्बन्धको प्रादुर्भाव र सुदृढीकरण, रूसनेपाल सम्बन्धको क्षेत्रमा को हो को (व्यक्तिपरिचय) तथा मैत्री कविता शीर्षक भएका ५ अध्याय समाविष्ट छन् भने दोस्रो भागमा चाहिं परिशिष्टको रूपमा राजा जयपृथ्वीबहादुर सिंहको रसियालीहरूको नाममा सन्देश’, नेपालका लागि सोभियत संघ एवं रूसका राजदूत तथा उपनियोग प्रमुखहरू र रूसका लागि नेपाली राजदूत तथा उपनियोग प्रमुखहरूको नामावली, सगरमाथा आरोही सोभियत तथा रूसी पर्वतारोहीहरूको नामतालिका, सोभियत संघ तथा रूसको यात्रा गर्ने नेपाली साहित्यकारहरूको नामावली, रूसनेपाल सहयोग तथा मैत्री समाजका पदाधिकारीहरूको नामावलीका साथै ग्रन्थकारको योजना साकार तुल्याउन सहयोग गर्ने अनुसन्धान संस्थान तथा महानुभावहरूप्रति धन्यवाद ज्ञापनसहितको मन्तव्य रहेका छन् । हरेक अध्यायको बी-बीचमा छविचित्रकलाकार इभान कोजोरेजोभको नेपालविषयक रङ्गीन दृश्यचित्रका साथै हाम्रा दुई देशबीच मैत्री सम्बन्धको इतिहास झल्कने कैयौं ऐतिहासिक र समसामयिक छविचित्रहरू समेत छापिएका छन् ।
स्थानाभावले गर्दा रूसी भाषामा प्रकाशित नेपालविषयक पुस्तक तथा कृतिहरूका साथै सोभियत संघ र रूसविषयक नेपाली भाषामा प्रकाशित पुस्तकहरूको ग्रन्थसूची र दुई देशबीच स्थापित भएका सन्धिसम्झौताहरू एवं राजनेताहरूको भ्रमणकालका वक्तव्यहरूसहित ३ अध्याय यस ग्रन्थमा समाविष्ट हुन सकेनन् । भविष्यमा ती सामग्रीहरूले पनि प्रकाशनको सम्भावना पाउने छन् भन्ने आशा राखिएको छ । रूसनेपाल सहयोग तथा मैत्री समाजको तर्फबाट यो ग्रन्थ रूसी भाषामा छापिएको हुँदा भविष्यमा यसको नेपाली संस्करण पनि निस्कने आशा र विश्वास छ ।
अन्त्यमा नेपालका परराष्ट्रमन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीकै शुभेच्छासन्देशबाट एक अंश सधन्यवाद उद्धृत गर्ने अनुमति चाहन्छु । उहाँ अगादि लेख्नुहुन्छ : स्थापनाकालदेखि नै हार्दिक एवं मित्रवत् रहँदै आएको  नेपालरूस सम्बन्धलाई अझ प्रगाढ एवं फराकिलो बनाउँदै जनस्तरमा लैजान समेत यो प्रकाशनले थप योगदान पुर्याउने कुरामा म आशावादी छु
दिनाङ्क : २८ अगस्त २०१८ (मङ्गलवार)
मास्को, रूस महासंघ ।

No comments:

Post a Comment